काठमाडौं— नेपाल विद्यार्थी संघले कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्ने माग गरेको छ ।
मंगलबार त्रिचन्द्र कलेजका नेविसंघ समूहले कार्की आयोगको प्रतिवेदन सार्वजनिक गरियोस् भन्दै सामूहिक हस्ताक्षर गरेका छन् ।
त्रिचन्द्र कलेजका स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) सभापति गोविन्द कोइरालाले सुशीला कार्की सरकारले आफ्नो प्रतिवेदन लुकाउन नमिल्ने बताए ।
उनले निर्वाचन पछिको कार्की सरकारको दोस्रो काम भनेको प्रतिवेदन सार्वजनिक हो । ‘कार्की सरकाले आफ्नो प्रतिवेदन लुकाउन मिल्दैन । निर्वाचनपछि सरकारको दोस्रो काम प्रतिवेदन सार्वजनिक गर्नु थियो, गर्यो,उनले भने, ‘आज हामीले शान्तिपूर्वक हस्ताक्षर सङ्कलन कार्यक्रम गरेका छौं । हस्ताक्षर सङ्कलन प्रधानमन्त्रीलाई बुझाउने छौं ।’
प्रतिवेदन सार्वजनिक नभए आन्दोलन गर्ने चेतावनी पनि उनले दिए ।




































