समाज

    Showing 331-340 of 11,005 items.
  • लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

    काठमाडौं । लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ परेको छ ।कैलाली गोदावरी नगरपालिटका-३ मालाखेती बस्ने ३३ वर्षीय तेज भट्टराईलाई लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २६० मिलिग्रामसहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः साउन १५, २०८३
    • 62 पटक पढिएको
  • धनुषामा मन्दिर भित्र एक पुरुषको शव फेला

    जनकपुर । धनुषाको सबैला नगरपालिका १२ स्थित एक मन्दिरमा पुरुषको शव फेला परेको छ ।धनुषा प्रहरीका अनुसार पहिचान नखुलेको करिब ४० वर्ष उमेरको एक पुरुषको शव फेला परेको हो । शवको दृष्टि हेर्दा धारिलो हतियार प्रयोग गरी घाँटीसहित शरीरका विभिन्न भागका काटिएको देखिएको छ । मन्दिर परिसर भरी रगतका छिटाहरू फैलिएको छ । स्थानीयवासीको अनुसार उक्त पुरुष सोही मन्दिरमा बस्दै आएका थिए । उनी मूल पुजारी नभई सहायक पुजारीको भूमिकामा थिए ।धनुषा प्रहरीको टोली अहिले घटनास्थलमा पुगेर अनुसन्धान अगाडि बढाएको छ । सुनसरी घटनाले धनुषामा पनि स्थिति अशान्त बनेकोले धनुषा प्रशासनले विभिन्न स्थानमा कफ्र्यु आदेश जारी गरेको छ ।&nb

    • प्रकाशित मितिः साउन १५, २०८३
    • 66 पटक पढिएको
  • लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

    काठमाडौं— लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ परेको छ ।कैलाली गोदावरी नगरपालिटका—३ मालाखेती बस्ने ३३ वर्षीय तेज भट्टराईलाई लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २६० मिलिग्रामसहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः साउन १५, २०८३
    • 411 पटक पढिएको
  • सर्लाहीमा शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न प्रशासनको अपिल

    सर्लाही— पछिल्लो समय देशका विभिन्न स्थानमा देखिएका अप्रत्याशित, असहज तथा संवेदनशील घटनाक्रमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीले जिल्लामा शान्ति सुरक्षा, अमनचयन र सामाजिक सद्भाव कायम राख्न सबैसँग आग्रह गरेको छ ।सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेद्वारा जारी सार्वजनिक अपिलमा सर्लाहीको सामाजिक सद्भाव, भाइचारा र सांस्कृतिक ऐक्यबद्धतालाई कायम राख्दै जिल्लावासीलाई पूर्ण संयमता अपनाउन अनुरोध गरिएको छ ।जातीय, धार्मिक वा सामाजिक सद्भाव खलल पुग्ने किसिमका भ्रामक, आपत्तिजनक सामग्री तथा भिडिओ सामाजिक सञ्जालमार्फत सम्प्रेषण वा सेयर नगर्न प्रशासनले आग्रह गरेको छ । त्यस्ता गतिविधिमा स

    • प्रकाशित मितिः साउन १५, २०८३
    • 415 पटक पढिएको
  • धनुषाका विद्यालयहरू ३ दिन बन्द

    जनकपुर— धनुषाका विद्यालयहरू आजदेखि ३ दिनसम्म बन्द भएको छ ।हिसान धनुषा, एन–प्यावसन, प्यावसन र एम–प्यावसन धनुषासहित राजर्षी विश्वविद्यालयले सूचना जारी गर्दै साउन १५ गते शुक्रबारदेखि जिल्ला भित्रआबद्ध विद्यालय तथा क्याम्पस ३ दिन बन्द रह्ने जानकारी दिएको छ ।केही दिनयता विभिन्न स्थानमा सामाजिक सद्भाव खलबल्याउने गतिविधि तथा विभिन्न संघसंगठनले बजार बन्दको आह्वान गरेका कारण विद्यार्थीहरूको आवतजावत असहज बनेको विद्यालय सङ्गठनहरूले उल्लेख गर्दै सो अवस्थालाई मध्यनजर गर्दै पठनपाठन स्थगित गरिएको जनाएको छ ।शैक्षिक संस्थाहरूले सरकारलाई सम्बन्धित पक्षसँग तत्काल संवाद गरी शान्तिपूर्ण समाधान खोज्न तथा सामाजिक सद

    • प्रकाशित मितिः साउन १५, २०८३
    • 525 पटक पढिएको
  • धनुषामा मन्दिर भित्र एक पुरुषको शव फेला

    जनकपुर— धनुषाको सबैला नगरपालिका–१२ स्थित एक मन्दिर परिसरमा करिब ४० वर्षीय एक पुरुषको शव रहस्यमय अवस्थामा फेला परेको छ।प्रहरीका अनुसार हालसम्म मृतकको पहिचान खुल्न सकेको छैन। घटनास्थलको प्रारम्भिक दृश्य हेर्दा धारिलो हतियार प्रयोग गरी घाँटीसहित शरीरका विभिन्न भागमा गम्भीर चोट पुर्‍याइएको देखिएको छ।मन्दिर परिसरमा जताततै रगतका छिटा देखिएका छन्। स्थानीयवासीका अनुसार मृतक केही समयदेखि सोही मन्दिरमा बस्दै आएका थिए। मन्दिरमै बस्दै आएका व्यक्तिको यसरी शव भेटिएपछि घटनाले थप रहस्य जन्माएको छ।घटनाको सूचना पाएलगत्तै धनुषा प्रहरी घटनास्थलमा पुगेको छ। प्रहरीले घटनास्थल सुरक्षित राखेर घटनाको प्रकृति, मृतकको प

    • प्रकाशित मितिः साउन १५, २०८३
    • 464 पटक पढिएको
  • देवानगन्ज घटना: उपचाररत अर्का युवकको पनि मृत्यु, के छ पछिल्लो अवस्था ?

    विराटनगर / सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति भएको गोलीकाण्डमा घाइते भएका अर्का एक युवकको उपचारका क्रममा मृत्यु भएको छ । यससँगै घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार देवानगन्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको बिहीबार दिउँसो विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार जयप्रकाशको पेटमा गोली लागेको थियो । घटनाको भोलिपल्ट सोमबार उनको शल्यक्रिया गरिएको भए पनि अवस्था गम्भीर रहेकाले भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनको शव हाल न्युरो

    • प्रकाशित मितिः साउन १४, २०८३
    • 147 पटक पढिएको
  • धनुषामा कफ्र्यु आदेश जारी

    जनकपुर / धनुषामा कफ्र्यु आदेश जारी गरिएको छ ।आज केही बेर अगाडि बसेको जिल्ला सुरक्षा समितिको बैठकले दिउँसो ३ः३० बजेदेखि अर्को सूचना जारी नभए सम्मका लागि कफ्र्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यायल धनुषाले जानकारी दिएको छ । धनुषाको उत्तरतर्फ लक्ष्मीनिया हाटबजार चोक हुँदै पश्चिम सिनरजोडा चोकसम्म पूर्वमा लक्ष्मीपुर बगेवासम्म त्यस्तै, पूर्वको बेलौनी रोड, दक्षिणतर्फ नगराईन नगरापलिकालेखि नगराईन चोकसम्म र पश्चिमतर्फ जनकपुरको बेला कादरी मस्जिद सम्म कफ्फर्् आदेश जारी गरिएको छ ।सो क्षेत्रमा जुलुस, प्रदर्शन, सभा, घेराउ गर्न नपाइने जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै सबैमा जानकारी गराएको छ

    • प्रकाशित मितिः साउन १४, २०८३
    • 145 पटक पढिएको
  • राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा सुरक्षा समीक्षा, खोज-उद्धार प्रभावकारी बनाउन निर्देशन

    काठमाडौं / प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठक सम्पन्न भएको छ ।बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै रक्षा मन्त्रालयका रक्षा सचिव केदारनाथ शर्माले बैठकमा राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सुरक्षा अवस्थाबारे विस्तृत विश्लेषण र समीक्षा गरिएको जानकारी दिए । उनका अनुसार देशमा भइरहेका विभिन्न घटनाक्रमको सन्दर्भमा पनि समीक्षा गर्दै भविष्यमा यस्ता प्रकृतिका घटना हुन नदिन सम्बन्धित निकायलाई सक्रिय रूपमा काम गर्न निर्देशन दिने निर्णय गरिएको छ । रक्षा सचिव शर्माले प्रदेश सरकार, स्थानीय तह तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरी सम्भावित सुरक्षा चुनौती र घट

    • प्रकाशित मितिः साउन १४, २०८३
    • 166 पटक पढिएको
  • पोल भाडा विवाद समाधानतर्फ: वल्र्डलिंकले सुरु गर्यो बक्यौता भुक्तानी

    काठमाडौं / लामो समयदेखि विवाद र अन्योलमा रहेको नेपाल विद्युत् प्राधिकरणको विद्युत् पोल भाडा बक्यौता असुली प्रक्रिया कार्यान्वयनमा आएको छ । यससँगै इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेसन्सले पोल भाडा बक्यौता भुक्तानी प्रक्रिया सुरु गरेको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत वितरण तथा ग्राहक सेवा निर्देशनालय, बागमती प्रदेश डिभिजनल कार्यालयमार्फत वल्र्डलिंकले आर्थिक वर्ष २०८२/८३ को स्वःघोषणाका आधारमा निर्धारण गरिएको पोल भाडा रकममध्ये कर कट्टीपश्चात् भुक्तानी प्रक्रिया अघि बढाएको जनाएको छ ।कम्पनीका अनुसार आर्थिक वर्ष २०८१/८२ को हकमा संयुक्त रूपमा गरिएको पोल तथा डीबी बक्स प्रमाणीकर

    • प्रकाशित मितिः साउन १४, २०८३
    • 122 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.