समाज

    Showing 3,501-3,510 of 11,034 items.
  • इनिशा बिक हत्या प्रकरणः फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी

    सुर्खेत— बलात्कारपछि हत्या गरिएको भनिएकी सुर्खेतकी इनिशा बिकको हत्या प्रकरणमा जोडिएका अभियुक्तको बयान सकिएको प्रहरीले जनाएको छ ।विभिन्न कोणबाट अनुसन्धान भइरहेको उक्त घटनामा नाबालकहरूको बयान सकिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले बताए । पक्राउ परेका एक नाबालकले दुई वर्षदेखि इनिशासंग प्रेम सम्बन्धमा रहेको बयान दिएका छन् ।उनले आफूहरूबिच शारीरिक सम्बन्ध भएको र रक्तश्राव भएपछि इनिशा बेहोस भएको बताएको ती अधिकृतले बताए ।‘इनिशा बेहोस भएपछि अस्पताल लैजान साथीहरूको सहयोग मागेको हो,’ अभियुक्तको बयान उदृत गर्दै ती अधिकृतले भने, ‘आफ्नो आग्रहमा अरू साथीहरू घटनास्थल आएका हुन् ।’सिसिटिभी फुटेजमा पनि बिहान

    • प्रकाशित मितिः चैत ३, २०८२
    • 464 पटक पढिएको
  • अन्तर्राष्ट्रिय महिला महिनाको अवसरमा ५ किलोमिटर रमाइलो दौड आयोजना हुने

    काठमाडौं— हायर ग्राउन्ड नेपालले अन्तर्राष्ट्रिय महिला महिनाको अवसर पारेर वार्षिक ५ किलोमिटर ‘फन रन’ आयोजना गर्ने भएको छ । कार्यक्रम शनिबार, २१ मार्च २०२६ बिहान जावलाखेल फुटबल ग्राउन्डबाट आयोजना गर्ने भएको हो । आयोजकका अनुसार कार्यक्रममा २००० भन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ । कार्यक्रमको मुख्य उद्देश्य महिलाको सशक्तीकरण, लैङ्गिक समानता तथा सामुदायिक एकतालाई प्रवर्द्धन गर्नु रहेको छ । दौड मार्ग सबै उमेर समूहका लागि सहज र पहुँचयोग्य बनाइएको छ ।रमाइलो दौड मार्ग भनिमण्डल, ठाडोढुंगा, सानेपा खरिबोट, कार्यशाला भोजनालय, अरुण थापा चोक हुँदै सेन्ट मेरी र सेन्ट जेभियर्स विद्यालय क्षेत्र प

    • प्रकाशित मितिः चैत ३, २०८२
    • 492 पटक पढिएको
  • ३ कम्पनी मर्ज भएर बनेको महाशक्तिले ६ महिनामा बेच्यो ४६ करोड रुपैयाँको सिमेन्ट

    काठमाडौं— महाशक्ति सिमेन्टले ६ महिनामा ४६ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा करिब आधा अर्ब रुपैयाँको कारोबार गरेको हो ।कम्पनीले सन् २०२५ मा १ अर्ब २५ करोड ५० लाख रुपैयाँ, सन् २०२४ मा ९४ करो १० लाख रुपैयाँ र सन् २०२३ मा ९६ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीको व्यापार पछिल्लो दुई वर्षमा १४.२२ प्रतिशतले बढेको छ । कम्पनीको नाफा मार्जिन गत आवमा ३० प्रतिशत छ । कम्पनीको गत आवमा ११ करोड २० लाख रुपैयाँ कुल सञ्चय नगद रहेको जनाएको छ ।सन् २०२३ मा दर्ता भएको कम्पनी ३ वटा कम्पनी मर्ज भएको संस्था हो । महाशक्ति सिमेन्ट, गरिमा सिमेन्ट र एम जयपी स

    • प्रकाशित मितिः चैत ३, २०८२
    • 469 पटक पढिएको
  • क्यानडा पठाइदिने भन्दै २७ लाख ठगी, गीता भण्डारी पक्राउ

    काठमाडौं— क्यानडा पठाइदिने प्रलोभन देखाएर पाँच जनाबाट २७ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले गीता भण्डारीलाई पक्राउ गरेको छ।उपत्यका अपराध अनुसन्धान विभाग टेकुले काठमाडौं–९ बाट ५१ वर्षीया भण्डारीलाई नियन्त्रणमा लिएको हो। उनको स्थायी ठेगाना कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ रहेको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार भण्डारीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने आश्वासन दिँदै पाँच जनासँग ठूलो रकम उठाएको उजुरी परेको थियो। सोही उजुरीका आधारमा प्रहरीले खोजी अभियान चलाएर उनलाई पक्राउ गरेको हो।पक्राउ परेकी भण्डारीलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले

    • प्रकाशित मितिः चैत ३, २०८२
    • 481 पटक पढिएको
  • हराएका आमा छोरीको शव भेटियो, छोरा अझै बेपत्ता

    सुर्खेत— आइतबारदेखि दुई छोराछोरीसहित हराएकी सुर्खेत गुर्भाकोट नगरपालिका–१२ पिप्लेकी माया कठायत र छोरी आशा कठायतको शव फेला परेको छ । उनका पाँच वर्षीय छोरा दीपक कठायत अझै बेपत्ता छन् ।आइतबार बिहान आशा छोराछोरीसहित बेपत्ता भएकी थिइन् । ३८ वर्षीया मायाको आइतबार बेलुका र ११ वर्षीया आशाको मंगलबार बिहान शव फेला परेको हो जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए ।मायाको शव लेकबेशी नगरपालिका–३ को पटारेमा र आशाको गुर्भाकोट–१३ मसानघाट नजिकै माछा पार्ने जालमा फेला परेको हो थापाले बताए ।‘बेपत्ता  आमा र छोरीको लास भेटिएको र पाँच वर्षीय छोरा दीपक कठायतको खोजी भइ

    • प्रकाशित मितिः चैत ३, २०८२
    • 422 पटक पढिएको
  • शिखर पावरको आईपीओ बाँडफाँड सम्पन्न

    काठमाडौं— शिखर पावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आईपीओ आज बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड गरिएको हो ।कम्पनीका अनुसार आईपीओमा २६ लाख ८७ हजार ३४७ जना आवेदकबाट कुल २ करोड ८८ लाख १६ हजार ९९० कित्ताका लागि आवेदन परेको थियो । तीमध्ये ३६ हजार ५०० जना आवेदकले दिएको ४ लाख २२ हजार २०० कित्ताको आवेदन विभिन्न कारणले बदर भएको छ । बाँकी २६ लाख ५० हजार ८४७ जना आवेदकको २ करोड ८३ लाख ९४ हजार ७९० कित्ताका लागि परेको आवेदन भने सदर भएको छ ।सदर आवेदनमध्ये गोलाप्रथाबाट १० कित्ताका दरले १ लाख ८४ हजार २६० जना आवेदकले मात्र शेयर

    • प्रकाशित मितिः चैत ३, २०८२
    • 428 पटक पढिएको
  • बाजुरामा ढुङ्गा प्रहार गरी एक जनाको हत्या

    बाजुरा— बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका २ पुडेनीमा ढुङ्गा प्रहार गरी एक जनाको ज्यान गएको छ । पुडेनी बस्ने अन्दाजी ३५ वर्षका सर्वाश बुढाको ढुङ्गा प्रहार गरी हत्या भएको हो ।सोमबार सोही ठाउँ बस्ने अन्दाजी ४५ वर्षका धनबहादुर महतरा र उनका छोरा अन्दाजी १८ वर्षका हेमराज महतराले सर्वाशको टाउकोमा ढुङ्गा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे वडाध्यक्ष विष्णुबहादुर बुढाले प्रहरीलाई जानकारी गराएपछि इलाका प्रहरी कार्यालय मुक्तिकोबाट प्रहरी नायब निरीक्षक रवीन्द्र धामीको नेतृत्वमा टोली खटिएको थियो ।कुटपिटमा संलग्न धन बहादुर महतरालाई घटनास्थलबाटै नियन्त्रणमा लिइएको छ भने उनका

    • प्रकाशित मितिः चैत ३, २०८२
    • 435 पटक पढिएको
  • स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण र प्रारम्भिक उपचार गराउन महानगरले गर्यो वीर अस्पतालसँग सम्झौता

    काठमाडौं— महिलाहरूको स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण गराउन र प्रारम्भिक उपचारका लागि काठमाडौं महानगरपालिकाले वीर अस्पतालसँग सम्झौता गरेको छ ।महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको रोहवरमा स्वास्थ्य विभागका प्रमुख दीपककुमार के.सी. र अस्पतालका निर्देशक प्रा. डा. दिलिप शर्माबिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।क्यान्सरको सम्भावना समयमा थाहा पाउन सकियो भने व्यक्तिलाई बचाउन सकिन्छ । क्यान्सर नसर्ने रोगको पहिलो समस्या हो । यस कारण महानगरपालिकाले क्यान्सर नियन्त्रणका लागि परीक्षण र प्रारम्भिक उपचारका लागि सहकार्य गरेको हो ।त्यस अवसरमा क

    • प्रकाशित मितिः चैत ३, २०८२
    • 445 पटक पढिएको
  • प्रधानमन्त्री कार्कीद्वारा नवनिर्वाचित एनआरएनए अध्यक्ष डा शर्मालाई बधाई

    काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीले गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष डा हेमराज शर्मालाई बधाई तथा शुभकामना व्यक्त गरेकी छन् ।प्रधानमन्त्री कार्कीले सोमबार साँझ आफ्नो औपचारिक फेसबुक पेजमार्फत डा. शर्माको नेतृत्वमा चयन भएको टोलीलाई सफल कार्यकालको शुभकामना दिएकी हुन्।प्रधानमन्त्री कार्कीले एकता र मेलमिलापभन्दा ठुलो शक्ति अरू केही नहुने बताउँदै गैर आवासीय नेपाली सङ्घले आज एउटै मञ्च र एउटै ब्यानरमा सर्वसम्मत नेतृत्व चयन गरी अघि बढ्ने प्रण लिएको उल्लेख गरेकी छन्। उनले विश्वभर रहेका सम्पूर्ण गैर आवासीय नेपालीलाई बधाई दिँदै डा. हेमराज शर्मा नेतृत्वको टोलीलाई सफल कार्यकालको शुभ

    • प्रकाशित मितिः चैत ३, २०८२
    • 475 पटक पढिएको
  • हङकङ भ्रमणमा जाँदै कोशीकी राज्यमन्त्री शोभा चेम्जोङ

    विराटनगर— कोशी प्रदेश सरकारकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङ हङकङ भ्रमणमा जाने भएकी छन् । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् हङकङ र नेपाली महिला संघ हङकङको संयुक्त आयोजनामा हुने कार्यक्रममा सहभागी हुन उनी हङकङ जान लागेकी हुन् ।सोमबार बसेको कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले ११६औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आगामी चैत १५ गते आयोजना हुने कार्यक्रममा सहभागी हुन उनलाई भ्रमण स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।कोशी प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीका अनुसार राज्यमन्त्री चेम्जोङको भ्रमण खर्च आयोजक संस्थाले नै व्यहोर्नेछ

    • प्रकाशित मितिः चैत ३, २०८२
    • 423 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.