समाज

    Showing 3,541-3,550 of 11,034 items.
  • पोखरामा ग्यास लुकाएर अभाव सिर्जना गर्ने डिलरलाई ५० हजार जरिवाना

    पोखरा— पोखरामा खाना पकाउने एलपी ग्यास सिलिन्डर लुकाएर कृत्रिम अभाव सिर्जना गर्ने प्रयास गरेको आरोपमा एक ग्यास डिलरलाई जिल्ला प्रशासन कार्यालय कास्कीले ५० हजार रुपैयाँ जरिवाना गरेको छ।बजार अनुगमनका क्रममा पोखरा महानगरपालिका–६ जरेवरस्थित भण्डारी ट्रेडर्समा ४८ थान भरिएका सिलिन्डर लुकाएर राखेको तथा एउटा सिलिन्डरबाट अर्कोमा ग्यास सार्ने उपकरणसहित फेला परेपछि कारबाही गरिएको हो।उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार जरिवाना गरिएको प्रशासनले जनाएको छ। भेटिएका सिलिन्डर तत्काल उपभोक्तालाई बिक्री गर्न निर्देशन दिइएको छ।

    • प्रकाशित मितिः चैत १, २०८२
    • 527 पटक पढिएको
  • सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

    काठमाडौं— नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ ।आज छापावाल सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँले घटेर ३ लाख ९ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुनको मूल्य तोलामा ३ लाख १४ हजार २०० रुपैयाँ थियो ।यसैगरी, चाँदीको मूल्य पनि २२५ रुपैयाँले घटेको छ । आज चाँदी तोलामा ५ हजार २७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार चाँदीको मूल्य तोलामा ५ हजार ४९५ रुपैयाँ थियो ।

    • प्रकाशित मितिः चैत १, २०८२
    • 528 पटक पढिएको
  • रामेछापका ग्रामीण भेगमा पनि आयुर्वेदिक उपचारप्रति आकर्षण बढ्यो

    रामेछाप— रामेछापका ग्रामीण भेगमा आयुर्वेदिक उपचार पद्धतिप्रति नागरिकको आकर्षण बढेको छ ।वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत सञ्चालनमा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले गाउँ–गाउँमा सञ्चालन गर्ने गरेको स्वास्थ्य शिविर तथा टोल टोलमा स्वास्थ्य सेवा घरदैलो कार्यक्रममा सेवा लिनेहरूको उपस्थितिले आयुर्वेद उपचार प्रतिको नागरिक आकर्षण देखाएको हो ।चिकित्सालयले शनिबार जिल्लाको गोकुलगंगा गाउँपालिका–२ ठोसेमा सञ्चालन गरेको स्वास्थ्य शिविरमा २ सय भन्दा बढी बिरामीले स्वास्थ्य सेवा लिएका छन् । बिरामीहरूको स्वास्थ्य परीक्षणका साथै निःशुल्क औषधि वितरण गरिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय

    • प्रकाशित मितिः चैत १, २०८२
    • 520 पटक पढिएको
  • मुगुका कृषकलाई ओखर खेतीसम्बन्धी तालिम प्रदान

    मुगु— मुगुका कृषक र कृषि प्राविधिकहरूलाई ओखर खेतीसम्बन्धी तालिम प्रदान गरिएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइको आयोजनामा हिउँदे फलफूल नर्सरी तथा फलफूल व्यवस्थापन अन्तर्गत ओखर खेतीको आधुनिक प्रविधिबारे तालिम सञ्चालन गरिएको हो ।बिहीबारदेखि शनिबारसम्म सञ्चालन भएको तालिममा व्यावसायिक रूपमा खेती गरिरहेका अगुवा कृषक र प्राविधिक गरी ३१ जनाको सहभागिता रहेको तालिम संयोजक भावना जौसीले जानकारी दिइन् । तालिममा ओखर उत्पादन प्रविधि तथा गुणस्तरीय बिरुवा उत्पादनसम्बन्धी सैद्धान्तिक र प्रयोगात्मक दुवै प्रकारका कक्षा सञ्चालन गरिएको थियो ।कार्यक्रमका अनुसार करिब ६०–७० प्रतिशत तालिम नर्सर

    • प्रकाशित मितिः चैत १, २०८२
    • 499 पटक पढिएको
  • ललिता दास तत्मालाई कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार

    काठमाडौं— मानव अधिकार तथा शान्ति समाजले यस वर्षको कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार ललिता दास तत्मा ‘विद्रोही’ लाई प्रदान गर्ने निर्णय गरेको छ ।समाजले सामाजिक न्यायका लागि महत्त्वपूर्ण योगदान गर्ने व्यक्तिलाई हरेक वर्ष प्रदान गर्दै आएको १ लाख १० हजार रुपैयाँ राशिको कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार २०८२ यस वर्ष ललिता दास तत्मा ‘विद्रोही’ लाई प्रदान गर्ने निर्णय गरेको हो ।मानव अधिकार तथा शान्ति समाज केन्द्रीय कार्यसमितिको सभापति रेनुका पौडेलले मधेसको दलित समुदायबाट सामाजिक न्यायको आन्दोलनमा सशक्त भूमिका निर्वाह गर्नुका साथै दलित, महिला तथा सीमान्तकृत समुदायको अधिकारका लागि उल्लेखनीय य

    • प्रकाशित मितिः चैत १, २०८२
    • 538 पटक पढिएको
  • बेनी हाइड्रोपावरको आईपीओ आजदेखि खुला

    काठमाडौं— बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आज (चैत १ गते) देखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ ।कम्पनीले जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत बराबर २० लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । यसअन्तर्गत १० लाख ४० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ । त्यसमध्ये ५ लाख २० हजार कित्ता अति प्रभावित क्षेत्र सोलुदुधकुण्ड नगरपालिका–२, ३ र ४ का बासिन्दाका लागि, ३ लाख १२ हजार कित्ता वडा नं। ५, ६, ७ र ११ का बासिन्दाका लागि तथा २ लाख

    • प्रकाशित मितिः चैत १, २०८२
    • 478 पटक पढिएको
  • जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेन्जी मुभमेन्ट नेपालको माग

    काठमाडौं— जेन्जी मुभमेन्ट नेपालले भाद्र २३ र २४ गते भएको आन्दोलनका घटनाबारे छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।शनिबार एक विज्ञप्ति जारी गर्दै जेन्जी आन्दोलनमा भएका हत्या, आगजनी र हिंसात्मक घटनाको सत्य तथ्य बाहिर ल्याई दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गरेका छन् । सङ्गठनले प्रतिवेदन सार्वजनिक नगरेसम्म देशमा न्याय र स्थायित्व स्थापित हुन नसक्ने जनाएको छ ।पारदर्शिता र उत्तरदायित्वको माग गदै आन्दोलनको प्रतिवेदन नै गोप्य राखिनु पूर्ण रूपमा अस्वीकार्य हुने बताइएको छ । सत्य लुकाएर वा दोषीलाई संरक्षण गरेर कुनै पनि राजनीतिक प्रक्रिया अघि बढ

    • प्रकाशित मितिः चैत १, २०८२
    • 480 पटक पढिएको
  • विश्व उपभोक्ता अधिकार दिवस मनाइँदै

    काठमाडौं— आज विश्व उपभोक्ता अधिकार दिवस मनाइँदै छ । हरेक वर्ष मार्च १५ लाई विश्व उपभोक्ता अधिकार दिवको रूपमा मनाउने गरिन्छ ।यस वर्षको विश्व उपभोक्ता अधिकार दिवस २०२६ को विषयवस्तु सुरक्षित उत्पादन, आत्मविश्वासी उपभोक्ता भन्ने रहेको छ, जसले उत्पादन सुरक्षाको लागि महत्त्वपूर्ण आवश्यकता, खतरनाक वस्तुविरुद्ध बलियो नियमन र भौतिक र डिजिटल बजार दुवैमा विश्वास निर्माणमा केन्द्रित छ ।यस विषयवस्तुले सुरक्षित उत्पादनले आत्मविश्वासी उपभोक्तालाई डोर्याउने कुरालाई प्रकाश पार्छ ।सन् १९६२ मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका

    • प्रकाशित मितिः चैत १, २०८२
    • 453 पटक पढिएको
  • चैत्रकृष्ण एकादशीः पापमोचनी एकादशी व्रत गरिँदै

    काठमाडौं— आज पापमोचनी एकादशी व्रत गरिँदै छ । जीवनमा जानी नजानी गरेका पाप नाश गर्ने विश्वासका साथ आज पापमोचनी एकादशी व्रत गर्न लागेको हो ।प्रत्येक वर्ष चैत्रकृष्ण एकादशीका दिन मनाइने पापमोचनी एकादशी व्रत आज भगवान् विष्णुको पूजा, आराधना गरी मनाउन लागिएको हो ।चैत्रको कृष्णपक्षमा पापमोचनी नामको एकादशी पर्दछ । त्यस एकादशीको व्रत गर्दा समस्त पाप नाश हुन्छ भनेको सुनेर मेधावी ऋषिले पापमोचनी एकादशीको व्रत गरेका थिए । मञ्जुघोषा अप्सराले पनि व्रत गरेर श्रापबाट मुक्त भई स्वर्ग गइन् । मेधावी ऋषि पनि फेरि पुण्यवान् भएको कथा पनि वर्णन गरिएको छ ।सम्पूर्ण मानवले जानी नजानी गरेका पाप नाश गर्न यो व्रत लिनुपर्ने

    • प्रकाशित मितिः चैत १, २०८२
    • 451 पटक पढिएको
  • कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

    काठमाडौं—  नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ ।बैठक ललितपुरको बीपी नगरस्थित पार्टीको केन्द्रीय कार्यालयमा आज दिउँसो १ बजे बस्ने भएको हो ।प्रतिनिधि सभा सदस्य निर्वाचनबाट समानुपातिकतर्फ प्राप्त सिट संख्याका आधारमा सांसदको नाम तय गर्न बैठक बस्न लागेको हो ।गत फागुन २१ गते भएको निर्वाचनमा पार्टीले प्रत्यक्षतर्फ १८ सिट जितेको थियो ।

    • प्रकाशित मितिः चैत १, २०८२
    • 498 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.