समाज

    Showing 3,561-3,570 of 6,681 items.
  • हैजा रोकथामका लागि सबै सुरक्षा निकायसहितको चिकित्सक टोली खटाइने

    काठमाडौं—  प्रधानमन्त्री केपी शर्मा ओलीले पर्साको वीरगञ्जमा हैजा रोगको रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा नेपाली सेनासहित चारवटै सुरक्षा निकायका चिकित्सक र उपकरणको परिचालन तथा प्रयोग गरिने बताएका छन् ।प्रतिनिधिसभाको बैठकलाई शुक्रबार सम्बोधन गर्दै उनले तीन जनाको निधन भएकामा दुःख व्यक्त गर्दै नियन्त्रणका लागि सरकारको तर्फबाट सक्दो पहल भएको तथा यस रोगको स्रोत के हो भन्नेबारे खोजी भइरहेको बताए ।उनले भने, ‘यतिबेला देशमा अर्थात वीरगञ्जमा हैजाको महामारी आएको छ । यसले  गर्दा  पीडा र क्षतिको वातावरण समेत बनेको छ । अहिलेसम्म जम्मा ६२४ जनामा हैजा संक्रमि

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 525 पटक पढिएको
  • पछाडि पारिएको सुदूरपश्चिममा लगानी गर्न सरकारको आग्रह

    काठमाडौं— पर्यटकीय दृष्टिकोणले ‘भर्जिन ल्यान्ड’ का रूपमा रहेको सुदूरपश्चिममा लगानीका लागि सरोकार भएकाहरूले आह्वान गरेका छन । सुदूरपश्चिम  प्रदेश लगानी तथा विकास सम्मेलनको पूर्वसन्ध्यामा सुदूरपश्चिम सरकारसँगको आयोजना र नेपाल पर्यटन बोर्डको सहकार्यमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको छलफलमा वक्ताहरूले सुदूरपश्चिममा लगानीकमा लागि आग्रह गरेका हुन् । पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले सुदूरपश्चिमको पर्यटकीय पूर्वाधारमा लगानीका लागि आह्वान गरे। उनले त्यहाँ लगानीको वातावरण बनाउन सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी नीति निर्माण र योजना कार्यान्वयनमा ध्यान दिनुपर्ने खाँच

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 492 पटक पढिएको
  • मानव बेचबिखनविरुद्ध सञ्चारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम हुँदै

    काठमाडौं— मानव बेचबिखनविरुद्धको १९औं राष्ट्रिय दिवसको अवसरमा आज काठमाडौंमा “मानव बेचबिखनको सवालमा सञ्चार क्षेत्रको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम हुँदैछ। कार्यक्रम शक्ति समूह र कियाशील पत्रकार महिला (डब्लु डब्लु जे) को संयुक्त आयोजनामा नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा दिउँसो २ बजेदेखि ६ बजेसम्म सञ्चालन हुने छ।मानव बेचबिखनको जोखिममा परेका महिला, बालिका र किशोरीहरूको पक्षमा लामो समयदेखि काम गर्दै आएको शक्ति समूहले सञ्चार माध्यमहरूको प्रभाव र उत्तरदायित्वलाई ध्यानमा राख्दै कार्यक्रम आयोजना गरेको जनाएको छ।शक्ति समूहका रणनीतिक तथा पैरवी निर्देशक चरिमाया तामाङले जारी गरेको सूचनामा, कार

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 514 पटक पढिएको
  • एनपी साउद भन्छन उखु किसानमाथि अन्याय भयो, सरकारले वेवास्ता गर्न मिल्दैन्

    काठमाडौं— नेपाली कांग्रेसका सांसद एनपी साउदले उखु किसानहरूलाई बक्यौता भुक्तानी नदिइएको र सरकारले दिनुपर्ने अनुदान कटौती गरिएको भन्दै गम्भीर आपत्ति जनाएका छन् ।शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद साउदले नेपाल कृषिप्रधान देश भए पनि किसानहरू विशेषतः उखु किसानहरू वर्षौंदेखि निरन्तर अन्यायमा परेको बताएका हुन् ।‘नेपाल कृषि प्रधान देश भएपनि उखु किसानहरु निरन्तर अन्यायमा परिरहेका छन् । हाल सरकारले प्रदान गर्दै आएको अनुदान कटौती र बक्यौता रकमसमेत नपाउँदा किसानहरू राजधानीको माइतीघरमा धर्ना दिन बाध्य भएका छन्,’ उनले भने, ‘यो अवस्था हाम्रो कृषि आधारित अर्थतन्त्र र उखु उत्पादन चक्रका लागि गम्भीर चि

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 540 पटक पढिएको
  • रास्वपा र राप्रपाद्वारा आजपनि बैठक बहिस्कार

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले आज (शुक्रबार)पनि संसद बैठक बहिस्कार गरेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट ज्ञानेन्द्र शाहीले आफ्नो भनाई राखेपछि बैठक बहिस्कार गरेर सदनबाट बाहिरिए । उनीहरुले लामो समयदेखि भिटिज भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाएर निष्पक्ष छानविनको माग गर्दै सदन बहिस्कार गर्दै आइरहेका छन् । 

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 498 पटक पढिएको
  • बाराको सिम्रौनगढमा करेन्ट लागेर १ जनाको मृत्यु

    बारा— बाराको सिम्रौनगढमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।सिम्रौनगढ नगरपालिका— २ अमृतगन्ज बस्ने ६५ वर्षीय रामेश्वर महत्तोको बिहीबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो ।सोही ठाउँस्थित तरकारी बारीमा विद्युतीय मोटरबाट पानी तान्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 502 पटक पढिएको
  • कवाडीमाथिको अत्याचार तत्काल रोकियोस् : सांसद यादव

    काठमाडौं— नेपाली कांग्रेसकी सांसद नागिना यादवले काठमाडौं महानगरपालिकाले कवाड व्यवसायीहरूमाथि गरेको अत्याचार र तोडफोडको विरोधमा आवाज उठाएकी छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद यादवले महानगरको कार्यशैलीप्रति आपत्ति जनाउँदै अदालतको आदेश विपरीत महानगरले कवाडीहरूमाथि गरेको कारबाही अमानवीय भएको बताइन्।‘यो देशमा सबै नागरिकले सम्मानजनक जीवन बाँच्ने अधिकार छ,’ उनले भनिन्, ‘तर काठमाडौं महानगरले जुन व्यवहार कवाडीहरूमाथि गरिरहेको छ, त्यो अत्याचारपूर्ण र अपमानजनक छ।’उनले केही दिनदेखि काठमाडौं महानगरपालिकाको कारबाहीविरुद्ध कवाड व्यवसायीहरू आन्दोलनमा छन्, तर सरकारले अझैसम्म पहल नगर्नु दुःखद् विष

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 494 पटक पढिएको
  • १५ लाखको गाडीमा ७ लाखभन्दा बढीको अवैध कपडा फेला

    सिरहा— सिरहाको लहानमा भारतबाट ल्याइएको अवैध कपडा बरामद गरिएको छ। सशस्त्र प्रहरी बल नेपालले भारतीय नम्बर प्लेटको स्करपियो गाडीमा लुकाइएका कपडासहित गाडी नियन्त्रणमा लिएको हो।लहान नगरपालिका–१९ छारापट्टी चोकमा सशस्त्र प्रहरी सुरक्षा बेसको मोबाइल टोलीले चेकजाँचका क्रममा ती सामान फेला पारेको हो। टोलीको नेतृत्व सशस्त्र प्रहरी नायब उपरीक्षक विजयकुमार चौधरीले गरेका थिए।ठाडी–लहान भित्री सडकखण्डमा चेकजाँच भइरहेका बेला बिआर ०१ पिबी ४६४२ नम्बरको सेतो स्करपियो जाँच नगरी तीव्र गतिमा फरार भएको थियो। त्यसपछि सशस्त्र प्रहरीले गाडीको पिछा गर्दा लहान नगरपालिका–१९ कटाहा चोकमा गाडी बेवारिस अवस्थामा भेटिएको हो।सशस्त

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 559 पटक पढिएको
  • दलहरूमाथि दबाब बढाउँदै आन्दोलनरत शिक्षक माओवादी केन्द्रमा

    काठमाडौं— शिक्षक महासंघले नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा धर्ना दिएका छन् । सरकारले आफूहरूसँग गरेको सहमति पूर्णरुपमा सम्बोधन नगरेको भन्दै महासंघले माओवादीको पार्टी कार्यालयमा धर्ना दिएको हो ।महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज माओवादीको पार्टी कार्यालयमा धर्ना दिएको जानकारी दिए । बुधबार नेपाली कांग्रेस र बिहीबार नेकपा एमालेको पार्टी कार्यालयमा धर्ना दिएको महासंघ आज माओवादी केन्द्रको पार्टी कार्यालयमा धर्ना दिन पुगेको हो ।अध्यक्ष सुवेदीका अनुसार महासंघले  दिउँसो १ बजे पार्टी कार्यालयमा ध्यानाकर्षण पत्र समेत बुझाउने छ । उनल

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 501 पटक पढिएको
  • अवैध रुपमा गोरु लैजाँदै गरेको ट्रक बर्दघाटमा नियन्त्रणमा

    परासी— पश्चिम नवलपरासीको बर्दघाटबाट प्रहरीले १८ ओटा गोरुसहित तस्करीमा प्रयोग गरिएको एक ट्रक नियन्त्रणमा लिएको छ।बर्दघाट नगरपालिका–४ को टिसिएन चोकमा पश्चिमतर्फबाट पूर्वतर्फ जाँदै गरेको ना६ख ९१७७ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो। प्रहरीले चेकजाँच गर्दा ट्रकभित्र १८ वटा गोरु फेला पारेको थियो। तीमध्ये एक गोरु मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।गोरुलाई सुनवल नगरपालिका–३ कीर्तिपुरस्थित कामधेनु गौशालामा बुझाइएको छ।घटनामा संलग्न ट्रक चालक मकवानपुर, हेटौंडा–१९ बस्तिपुरका २८ वर्षीय तोयनाथ शिवाकोटीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको छ।

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 571 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा