समाज

    Showing 3,601-3,610 of 11,034 items.
  • दिल्लीमा आयोजना हुने ‘एनएक्सटी समिट २०२६’ मा रेनु दाहालको सहभागी

    काठमाडौं— भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाल भारतको नयाँ दिल्लीमा आयोजना हुने प्रतिष्ठित ‘एनएक्सटी समिट २०२६’ मा वक्ताका रूपमा सहभागी हुने भएकी छन् ।भारतीय संसद्को राज्य सभाका सांसद कार्तिकेय शर्माले दाहाललाई औपचारिक निमन्त्रणापत्र पठाउँदै उक्त सम्मेलनमा विशिष्ट वक्ताको रूपमा आमन्त्रण गरेका हुन् ।सम्मेलन मार्च १२, १३ र १४ मा नयाँ दिल्लीस्थित भारत मण्डपममा आयोजना हुने भएको छ । सम्मेलनलाई भारतमा वार्षिक क्यालेन्डर इभेन्टको रूपमा विकास गर्ने उद्देश्य राखिएको छ ।यसले नीति, शिक्षा, व्यवसाय, राजनीति, विज्ञान तथा प्रविधिका क्षेत्रका विश्वस्तरीय विचारकलाई एकै ठाउँमा ल्याउने लक्ष्य लिएको आयोजकल

    • प्रकाशित मितिः फागुन २८, २०८२
    • 523 पटक पढिएको
  • नकबजनी चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

    काठमाडौं— स्याङ्जामा नकबजनी चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले जिल्ला पुतली बजार नगरपालिका(१४ सातौ बस्ने ३८ वर्षीय नारायण लामिछाने भन्ने पूर्ण बहादुर लामिछानेलाई बुधबार पक्राउ गरेको हो ।उनलाई प्रहरीले पुतली बजार नगरपालिका–१ प्रतिनगरबाट पक्राउ गरेको हो ।जिल्ला अदालत स्याङ्जाले उक्त मुद्दामा २२ दिन कैद र ६ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई पुतली बजार नगरपालिका१ प्रतिनगरबाट पक्राउ गरेको हो ।उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत स्याङ्जामा पेस गरिएको छ ।

    • प्रकाशित मितिः फागुन २८, २०८२
    • 462 पटक पढिएको
  • औषधि व्यवसायीहरूले उत्पादनको उचित मूल्य पाएका छैनन्ः मन्त्री गौतम

    काठमाडौं— स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमले औषधि व्यवसायीहरूले उत्पादनको उचित मूल्य नपाइरहेको बताएकी छन् ।गौतमले औषधि व्यवसायीहरूले उत्पादनको उचित मूल्य नपाइरहेको उल्लेख गर्दै औषधि व्यवस्था विभागलाई थप सशक्त बनाउनुपर्ने बताइन् ।उनले विभागको संरचना तथा क्षमतालाई अझ बलियो बनाउन कम्तीमा लेबल ३ वा ४ मा स्तरोन्नति गर्नुपर्ने धारणा राखिन् ।उनले औषधि उद्योग र आयुर्वेदिक अनुसन्धानलाई सुदृढ बनाउँदै नेपाललाई औषधि उत्पादनमा आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता औँल्याएकी छन् ।उनले नेपालमा पाइने जडीबुटीको ठूलो स्रोत हिमाली क्षेत्रमा रहेको बताउँदै जुम्लास्थित मेडिकल कलेज तथा अनुसन्धान संस्थानहरूमा आ

    • प्रकाशित मितिः फागुन २८, २०८२
    • 536 पटक पढिएको
  • विदेशी विनिमय सञ्चिति ३३ खर्ब नाघ्यो

    काठमाडौं— चालू आर्थिक वर्षको माघ मसान्तसम्म नेपालको कुल विदेशी विनिमय सञ्चिति ३३ खर्ब रुपैयाँ नाघेको छ ।नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत असार मसान्तको तुलनामा विदेशी विनिमय सञ्चिति २३.३ प्रतिशतले बढेर २६ खर्ब ७७ अर्ब रुपैयाँबाट ३३ खर्ब २ अर्ब रुपैयाँ पुगेको हो ।अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा माघ मसान्तसम्म १६.७ प्रतिशतले बढेर २२ अर्ब ७६ करोड पुगेको छ । कुल सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति पनि बढेको छ । असार मसान्तमा २४ खर्ब १४ अर्ब रुपैयाँ रहेको यस्तो सञ्चिति माघ मसान्तसम्

    • प्रकाशित मितिः फागुन २८, २०८२
    • 444 पटक पढिएको
  • सुनको मूल्य स्थिर, चाँदीको घट्यो

    काठमाडौं— नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ भले चाँदीको मूल्य घटेको छ ।आज सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुनको मूल्य ३ लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला ५ हजार ५१५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला ५ हजार ७२० रुपैयाँ रहेको थियो ।

    • प्रकाशित मितिः फागुन २८, २०८२
    • 425 पटक पढिएको
  • गाउँस्तरमै अस्पताल स्थापना भई सेवा प्रवाह हुनु लोकतन्त्रको महत्वपूर्ण उपलब्धिः मुख्यमन्त्री बानियाँ

    हेटौँडा— मकवानपुरको कैलाश गाउँपालिकामा गाउँस्तरमै अस्पताल स्थापना भई सेवा प्रवाह हुन थालेकोलाई बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लोकतन्त्रको महत्वपूर्ण उपलब्धि भएको बताएका छन् ।बुधबार आयोजित गाउँपालिकाको ९औँ स्थापना दिवस तथा १० शैयाको वी।पी। स्मृति कैलाश आधारभूत अस्पताल उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले लोकतन्त्रले नागरिकको आधारभूत आवश्यकता गाउँमै उपलब्ध गराउने वातावरण सिर्जना गरेको बताए ।उनले अब अस्पतालमार्फत रगत, दिशा–पिसाब जाँच, आँखा परीक्षण, हाडजोर्नी तथा सामान्य स्वास्थ्य सेवाहरू स्थानीय स्तरमै उपलब्ध हुने भएकाले कैलाशवासीलाई सहज हुने उल्लेख गरे । लोकतन्त

    • प्रकाशित मितिः फागुन २८, २०८२
    • 488 पटक पढिएको
  • सात महीनामा विप्रेषण ३९.८ प्रतिशतले वृद्धि, १२ खर्ब ६१ अर्ब रुपैयाँ भित्रियो

    काठमाडौं— चालू आर्थिक वर्षको पहिलो सात महीनामा नेपालमा भित्रिने विप्रेषण (रेमिट्यान्स) उल्लेखनीय रूपमा बढेको छ ।नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३९.८ प्रतिशतले वृद्धि भई १२ खर्ब ६१ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आप्रवाह ७.५ प्रतिशतले मात्रै बढेको थियो ।प्रतिवेदनअनुसार गत माघ महिनामा मात्रै १ खर्ब ९८ अर्ब रुपैयाँभन्दा बढी विप्रेषण नेपाल भित्रिएको छ । अघिल्लो वर्षको सोही महिनामा भने १ खर्ब ३७ अर्ब रुपैयाँभन्दा बढी विप्रेषण आएको थियो ।अमेरिकी डलरमा समेत विप्

    • प्रकाशित मितिः फागुन २८, २०८२
    • 480 पटक पढिएको
  • १ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

    काठमाडौं— फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन सुरक्षामा खटिएका १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरीको आज बिदाई गर्ने भएको छ ।आज निर्वाचन प्रहरीलाई धन्यवाद ज्ञापनसहित प्रमाणपत्र र देशलाई आवश्यक परेको समयमा सहयोग गर्ने वाचासहित सम्मान गरि बिदाई गर्ने लागेको हो ।उनीहरुलाई ४० कार्यदिनका लागि भर्ना गरिएको समय आज सकिदै छ ।यस वर्ष नेपाल प्रहरी मातहत रहनेगरी १ लाख ३३ हजार ९८० र सशस्त्र प्रहरी मातहत खटिने गरी १५ हजार ११० सहित १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी परिचालन गरिएको थियो ।सशस्त्र प्रहरी मातहतका प्रहरीको पनि आजै विदाई कार्यक्रम राखिएको छ ।

    • प्रकाशित मितिः फागुन २८, २०८२
    • 623 पटक पढिएको
  • सुर्खेतमा किशोरीको बलात्कारपछि हत्याः दोषीमाथि कडा कारबाहीको माग

    काठमाडौं— गत शनिबार वीरेन्द्रनगर नगरपालिका-४, सुर्खेतस्थित शहीद उद्यानभित्र रहेको जनजागरण सामुदायिक वनमा १६ वर्षीया किशोरी इनिसा विकको बलात्कारपछि हत्या भएको घटनाप्रति विभिन्न सङ्घसंस्थाहरूले गम्भीर ध्यानाकर्षण जनाएका छन् ।सुर्खेतका विभिन्न नागरिक समाज तथा मानवअधिकारसम्बन्धी सङ्घसंस्थाहरूले संयुक्त विज्ञप्ति जारी गर्दै घटनामा संलग्न दोषीमाथि कडा कारबाही गर्न उनीहरूले माग गरेको छ ।विभिन्न सङ्घसंस्थाले घटनाले आफूलाई स्तब्ध बनाएको जनाउँदै घटनाको निष्पक्ष छानबिन गर्न तथा दोषीमाथि कारबाही गर्न माग गरेका हुन् ।वीरेन्द्रनगर नगरपालिका१ मा बसोबास गर्दै आएकी १६ वर्षीया बालिकामाथि भएको यस्तो क्रूर अपराधल

    • प्रकाशित मितिः फागुन २८, २०८२
    • 613 पटक पढिएको
  • कोशीमा पुराना दल परे पछि, श्रम संस्कृति दोस्रोमा

    विराटनगर— प्रतिनिधिसभा निर्वाचन २०८२ को अन्तिम समानुपातिक मत परिणामले कोसी प्रदेशको राजनीतिक शक्ति सन्तुलनमा ठुलो परिवर्तन देखाएको छ । सुनसरी क्षेत्र नम्बर १ बाट उदाएको श्रम संस्कृति पार्टी प्रदेशमा दोस्रो ठुलो दलका रूपमा स्थापित भएको छ भने परम्परागत दल पछि परेका छन् ।निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको समानुपातिकतर्फको अन्तिम मतपरिणाम अनुसार हर्कराज राई साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले २ लाख ९२ हजार ४९ मत प्राप्त गर्दै दोस्रो स्थान सुरक्षित गरेको हो ।प्रदेशमा प्रत्यक्षतर्फ तीन सिट जितेको उक्त पार्टीले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टीजस्ता पुराना दललाई मतसंख्या

    • प्रकाशित मितिः फागुन २८, २०८२
    • 560 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.