काठमाडौं— नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ। आज परिसूचक चार दशमलव ८३ अङ्कले बढेर दुई हजार ७६६ दशमलव ०९ बिन्दुमा कायम भएको हो ।आज ३२२ कम्पनीको ९२ लाख ४३ हजार २३२ कित्ता सेयर ४५ हजार ११६ पटक खरिदबिक्री हुँदा चार अर्ब १८ करोड ५३ लाख १५ हजार ७३४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।आजको कारोबारमा लगानी समूह शून्य दशमलव १०, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६८, लघुवित्त शून्य दशमलव ४८ र निर्जीवन बीमा समूह शून्य दशमलव १० प्रतिशतले घटेको छभने अरु सबै समूहको उपसूचक बढेको छ । बैंकिङ शून्य दशमलव १४, विकास बैंक शून्य दशमलव ९६, वित्त शून्य दशमलव १२, होटल तथा पर्यटन शू
काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीज पर्वले चेलीबेटी र माइतीबीचको सम्बन्धलाई अझ प्रगाढ र हार्दिक बनाउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । तीज पर्वको अवसरमा शुभकामना सन्देश दिँदै उनले तीजले महिलाहरूको जीवनसँग गाँसिएका सांस्कृतिक, पारिवारिक र भावनात्मक पक्षहरू उजागर गर्नुका साथै चेलीबेटी र माइतीबीचको सम्बन्धलाई अझ प्रगाढ र हार्दिक बनाउन महत्वपूर्ण भूमिका खेलेको बताएका हुन् । उनले लेखेका छन्,‘हाम्रो देश धार्मिक, सांस्कृतिक र परम्परागत विविधताले भरिपूर्ण एक समृद्ध भूमि हो । यहाँका हरेक पर्व, संस्कार र परम्पराले नेपाली समाजको मौलिकता झल्काउँछ । ती मध्ये हरिताल
काठमाडौं— मंगलबार गोरखापत्र दैनिकमा तीजबारे छापिएको एक समाचारका कारण सनातन धर्ममाथि प्रहार भएको भन्दै पत्रिका जलाउन खोज्ने एक युवा पक्राउ परेका छन्।‘निराहार व्रतले स्वास्थ्यमा प्रतिकूल असर’ शिर्षकमा गोरखापत्रमा समाचार प्रकाशित भएपछि पत्रिका जलाउन खोज्दा आफूलाई राजावादी बताउने सन्तोष राजावादीलाई प्रहरीले पक्राउ गरेको हो।मंगलबार माइतीघर मण्डलामा उनले गोरखापत्रले तीजबारे लेखेको समाचारले सनातन धर्ममाथि प्रहार गरेको र यस्तो समाचारले नकारात्मक सन्देश दिएको गोरखापत्र जलाउन खोजेका थिए।उक्त समाचारमा निराहार वर्तले महिलाहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्ने विषयवस्तुलाई जोड दिएको थियो।सोही क्रममा सन्तोष
वीरगञ्ज । ‘पानी पिउँदा त केही होला जस्तो लागेन, तर अचानक पखाला सुरु भयो,’ वीरगञ्ज–१२ का एक बिरामीको भनाइ हो । यस्तै समस्या लिएर नारायणी अस्पताल पुगेका उनी मात्रै होइनन्, अहिलेसम्म विभिन्न अस्पतालमा ९३ जनामा हैजा पुष्टि भइसकेको छ ।सबैभन्दा बढी संक्रमित भेटिएको नारायणी अस्पताल र तराई अस्पताल दुबैको तथ्याङ्क डर लाग्दो छ–यहाँ मात्र ३२–३२ बिरामीमा हैजा देखिएको छ ।यसपछि नेशनल मेडिकल कलेजमा १२ जना, जबकी भवानी अस्पताल, वीरगञ्ज हेल्थ केयर र मङ्गलम प्याथोलोजीमा ३–३ जनामा संक्रमण भेटिएको छ । अली अर्था अस्पतालमा दुईजना र अन्य निजी अस्पतालहरू–नारायणी सेन्ट्रल, एडभान्स मेडिकेयर, नेपाल इन्डो, नीलकण्ठ, म
जनकपुर— मधेश प्रदेश सरकारको गृह सञ्चार तथा कानून मन्त्रालयले प्रदेश प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धान कार्यालयलाई सवारी साधनहरु हस्तान्तरण गरेको छ ।सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले मधेश प्रदेश प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धान कार्यालय धनुषा, रौतहट, महोत्तरी र सप्तरीलाई दुई पाङ्ग्रे र चार पाङग्रे सवारी साधनहरु हस्तान्तरण गरेका छन् ।मन्त्री लेखीले सिमित स्रोत साधनका कारणले पछिल्लो समय सुरक्षा निकायहरुलाई काम गर्न असहज भइरहेकाले उनीहरुको सुविधा र काम गर्न सजिलो हुने अभिप्रायले गाडी तथा मोटरसाइकल हस्तान्तरण गरेको बताए ।उनले अन्य सबै म
काठमाडौं— डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले व्यवसायीहरूको वित्तीय कारोबारलाई अझ सरल बनाउने उद्देश्यले इसेवा बिजनेस लिंक सुविधा सार्वजनिक गरेको छ।कम्पनीले स्वीफ्ट एकाउन्ट स्वीच फिचरसहितको सुविधामार्फत अब प्रयोगकर्ताले सहजै आफ्नो व्यावसायिक र व्यक्तिगत दुवै खाता एउटै इसेवा एपबाट व्यवस्थापन गर्न सक्ने जनाएको छ।कम्पनीका अनुसार धेरै वित्तीय खाता व्यवस्थापन गर्नुपर्ने चुनौतीलाई सम्बोधन गर्दै इसेवा बिजनेस लिंकले एउटै एपबाट सबै वित्तीय कारोबारको सहज व्यवस्थापन सुनिश्चित गरेको छ।यसले विभिन्न खाताहरूमा बारम्बार लगइन गर्ने वा एप परिवर्तन गरिरहने झन्झटबाट मुक्ति दिनेछ। यो नयाँ सुविधालाई कम्पनीले डिजिटल
काठमाडौं— नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१ दशमलव ३० अङ्कले बढेर दुई हजार ७६१ दशमलव २६ को बिन्दुमा कायम भएको छ । आज परिसूचक शून्य दशमलव ७७ प्रतिशतले बढेको हो ।आज ३१७ कम्पनीको एक करोड आठ लाख ७७ हजार ९४२ कित्ता शेयर ५७ हजार १५७ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब ७५ करोड ३२ लाख १९ हजार ६५२ दशमलव ७८ को कारोबार भएको छ ।उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव शून्य पाँच र म्युचुअफ फण्ड समूह शून्य दशमलव ३४ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।बैंकिङ शून्य दशमलव ५८, विकास बैंक शून्य दशमलव ९५, वित्त शून्य दशमलव २०, होटल तथा पर्यटन शून्य दशमलव ४५, जलविद्युत् शून्य दशमलव ३२, लगानी शून्
काठमाडौं— नेपालले दोस्रोपटक सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ) को गृहकार्य सुरु गरेको छ ।क्रेडिट रेटिङको तयारीका लागि आज अर्थ मन्त्रालयमा बसेको बैठकमा तयारी राम्रोसँग गर्ने र नेपालले हासिल गरेका उपलब्धिहरूलाई व्यवस्थित रूपमा प्रस्तुत गर्ने निर्णय गरेको छ ।बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालले एक वर्षमा उल्लेखनीय प्रगति गरेको सन्देश जाने गरी तयारी गर्न निर्देशन दिए ।बैठकमा अर्थतन्त्र, नीति तथा कानुनी क्षेत्र र सुशासनका क्षेत्रमा भएका सुधारका साथै राजनीतिक स्थायित्व, सडक, पर्यटन, जलविद्युत्लगायतमा हासिल भएका उपलब्धिहरूलाई प्राथमिकता दिनेबारे छलफल भ
सिरहा— सिरहाको नवराजपुर गाउँपालिका–५ झाझपट्टीका आगलागी पीडित बालकृष्ण यादवको परिवारलाई स्थानीय समाजसेवी जयकृष्ण यादवले राहत सामग्री वितरण गरेका छन्।भदौ ४ गते राति विद्युत सर्ट भएर भएको आगलागीमा बालकृष्ण यादवको घरसहित खाद्यान्न, लत्ताकपडा पूर्ण रूपमा जलेर नष्ट भएको थियो। विपन्न अवस्थाका यादव परिवारको बसोबास फुसको छाप्रो मा थियो, जहाँ उनी श्रीमती, दुई छोरी र एक छोरा गरी पाँचजनाको परिवारसहित बस्दै आएका थिए।आगलागिपछि खान लाउनसमेत समस्या परेको अवस्थामा सोमबार समाजसेवी यादवले पीडित परिवारलाई खाद्यान्न तथा आवश्यक लत्ताकपडा हस्तान्तरण गरेका हुन्।“राहत पाएपछि थोरै भए पनि अब बालबच्चासँग भोकै बस्नुपर्ने
काठमाडौं— कवाडी व्यवसायी समाजले आफ्नो पेशागत अधिकारका विषयमा गम्भीर चासो व्यक्त गर्दै सोमबार काठमाडौं महानगरपालिका कार्यालय, कमलादी घेराउ गरेका छन्।काठमाडौं महानगरले कवाड व्यवसायी, संकलक र मजदुरमाथि बारम्बार ज्यादती गर्दै आएको प्रदर्शनकारीहरूको आरोप छ। उनीहरूले संविधानले प्रत्याभूत गरेको पेसा–व्यवसाय गर्ने हक सुनिश्चित गर्न माग गर्दै आएका छन्।महानगर प्रहरीबाट भइरहेका कुटपिट, अपहरण, मानसिक यातना र संरचना भत्काउने कार्य तत्काल रोक्न माग उनीहरूले गरेका छन्। साथै, यस्ता ज्यादतीमा संलग्न महानगर प्रहरीलाई कानुनी कारबाही गर्नुपर्ने मागसमेत अघि सारेका छन्।सरकारले कवाड व्यवसायसँग आबद्ध व्यक्तिहरूको जिउ
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.