समाज

    Showing 3,721-3,730 of 11,034 items.
  • हेटौंडामा निर्वाचनको तयारी पूरा, ४ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

    मकवानपुर— बिहीबार हुने प्रतिनिधि सभा निर्वाचनका लागि मकवानपुरमा तयारी पूरा भएको छ । जिल्ला निर्वाचन कार्यालय मकवानपुरका अनुसार जिल्लाभरका सबै मतदान केन्द्रहरूमा आवश्यक व्यवस्थापन सकिएको छ ।हाल मतदान केन्द्रहरूमा बुथ व्यवस्थापन, डोरी टाँग्ने, मतदाताको प्रवेश–निर्गमन मार्ग छुट्याउने तथा मतदान कक्ष व्यवस्थित गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा मतगणना स्थल पनि तयार भइसकेका छन् । हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालय भवनमा मतगणनाका लागि चार वटा कोठा तयारी अवस्थामा रहेको मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठले जानकारी दिइन् ।जिल्लामा १६७ मतदान स्थल

    • प्रकाशित मितिः फागुन २०, २०८२
    • 401 पटक पढिएको
  • अतिरञ्जित र भ्रामक सूचनामा विश्वास नगर्न सेनाको अपिल

    काठमाडौं— नेपाली सेनाले अतिरञ्जित तथा भ्रामक सूचनामा विश्वास नगर्न आग्रह गरेको छ । बुधबार सूचना जारी गर्दै सेनालाई जोडेर सुनियोजित ढङ्गबाट प्रसारित असान्दर्भिक, अतिरञ्जित तथा भ्रामक सूचनामा विश्वास नगर्न आग्रह गरेको हो ।'नेपाली सेनाले आफ्नो गैर-राजनीतिक चरित्र कायमा राख्दै संविधान प्रदत्त एवं अन्य जिम्मेवारीहरू सदैव कुशलतापूर्वक निर्वाह गर्दै आएकोमा आसन्न प्रतिनिधिसभा निर्वाचनलाई सुरक्षित, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजनाअनुसार सरोकारवाला सबै निकायहरूसँग समन्वय र सहकार्यसहित सुरक्षाका कार्यहरू गर्दै आएको छ,' सेनाले भनेको छ, 'नेपाली सेनालाई जोडेर सुनियोजित ढङ्गबाट प्रसा

    • प्रकाशित मितिः फागुन २०, २०८२
    • 458 पटक पढिएको
  • निर्वाचनका कारण ललितपुरमा भोली फोहोर सङ्कलन तथा सरसफाइका कार्यहरु स्थगित

    काठमाडौं— प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण बिहीबार फोहोर सङ्कलन तथा सरसफाइका कार्यहरु ललितपुर महानगरपालिकालले स्थगित गरेको छ ।बुधबार एक विज्ञप्ती जारी गर्दै महानगरपालिकाको वातावरण तथा सरसफाइ शाखाले प्रतिनिधि सभा सदस्य निर्वाचनका कारण भोलीका लागि नियमित फोहोर सङ्कलन कार्य स्थगित गरिएको जानकारी दिएको छ ।फोहोर सङ्कलन कार्य स्थगित हुने भएकाले फोहोरलाई जथाभाबी सडक, सार्वजनिक स्थल वा खुल्ला ठाउँमा नफाल्न महानगरले आग्रह समेत गरेको छ ।

    • प्रकाशित मितिः फागुन २०, २०८२
    • 487 पटक पढिएको
  • निर्वाचन सुरक्षामा खटिएका १२ जनाप्रहरीसहित १४ जनाको मृत्यु

    काठमाडौं— प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षामा खटिएका प्रहरी तथा कर्मचारीहरूको विभिन्न जिल्लामा मृत्यु भएको छ। सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवास्थित मतदान केन्द्रमा खटिएका ४२ वर्षीय रघुनाथ महतो अचानक बेहोस भई उपचारका क्रममा मृत्यु भएको हो।कञ्चनपुरमा निर्वाचन ड्युटीमा रहेका ३५ वर्षीय मानसिंह राना पनि अचेत भएपछि अस्पतालमा उपचारका क्रममा निधन भयो। उनी उच्च रक्तचाप र मधुमेहका बिरामी थिए।त्यसै गरी बैतडीमा एक महिनाको अवधिमा तीन जना निर्वाचन प्रहरीको मृत्यु भएको छ भने मकवानपुरमा गाडीको ठक्करबाट २४ वर्षीय पवन कुमार शाहको मृत्यु भएको छ।यस्तै, रामेछापमा सवारी दुर्घटनामा परेर एक प्रहरी सहायक निरीक

    • प्रकाशित मितिः फागुन २०, २०८२
    • 461 पटक पढिएको
  • निर्वाचन सुरक्षा तयारी पूरा, हेलिकप्टरबाट पनि पेट्रोलिङ गरिने

    काठमाडौं— गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बुधबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले भोलि बिहीबार (फागुन २१ गते) हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण सुरक्षा तयारी पूरा भएको जनाएको छ ।गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख एवं प्रवक्ता आनन्द काफ्लेका अनुसार बैठकमा सबै सुरक्षा निकायबाट निर्वाचनको तयारीका सम्बन्धमा भएका कार्यको ब्रिफिङ लिइएको र सोही अनुरुप निर्वाचनको सुरक्षा तयारी पूरा भएको बैठकले निष्कर्ष निकालेको हो ।बैठकले संवेदनशील क्षेत्रमा हेलिकप्टरबाट पेट्रोलिङ गर्ने, निर्वाचन विरोधी गतिविधि हुनसक्ने विषयमा सम्भावित सूचना संकलन गर्ने, कानून विपरित

    • प्रकाशित मितिः फागुन २०, २०८२
    • 472 पटक पढिएको
  • भ्रामक समाचार नपत्याउन मतदातासँग आसिका तामाङको अपिल

    काठमाडौं— धादिङ क्षेत्र नं १ की उम्मेदवार आसिका तामाङले आफ्नो उम्मेदवारी खारेज भएको भन्ने विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति गम्भीर आपत्ति जनाएकी छन् । उनले सामाजिक सञ्जाल मार्फत उक्त समाचार पूर्ण रूपमा भ्रामक र असत्य भएको स्पष्ट पारेकी हुन् ।निर्वाचनको अन्तिम चरणमा केही मिडिया हाउसहरूले ‘आसिका तामाङको उम्मेदवारी खारेज भयो’ भन्ने शीर्षकमा समाचार प्रकाशित गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तामाङले आफ्नो उम्मेदवारी कायमै रहेको स्पष्ट पारेकी हुन् ।उनले आफूलाई बारम्बार ‘विदेशी’ भन्दै लगाइएका आरोपहरू पनि असत्य र आधारहीन भएको दाबी गरिन् । ‘म यही देशको नागरिक हुँ। नेपालको संवि

    • प्रकाशित मितिः फागुन २०, २०८२
    • 447 पटक पढिएको
  • सरकारी गाडीमा निजी नम्बर प्लेट प्रयोग गर्ने पूर्वसभामुखका ज्वाइँ पक्राउ

    काठमाडौं— सरकारी गाडीमा निजी नम्बर प्लेट प्रयोग गरिरहेको आरोपमा पूर्व सभामुख एवं धनुषा १ का उम्मेदवार रामचन्द्र मण्डलका ज्वाइँ रमेश मण्डल पक्राउ परेका छन्।मौन अवधिमा सरकारी गाडीको नम्बर प्लेट परिवर्तन गरी निजी बनाइएको आरोपमा मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रुगम बहादुर कुँवरले जानकारी दिए।उनका अनुसार सशस्त्र प्रहरीको विशेष चेकजाँचका क्रममा मिथिला बिहारी नगरपालिका–पुरन्दाहा क्षेत्रबाट गाडी र चालक नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीमा बुझाइएको छ।सशस्त्र प्रहरी बल, नेपाल मधेस प्रदेशका डीआइजी कृष्ण ढकालले पनि एक चारचक्के स्कारपियो गाडी र चालक नियन्त्रणमा लि

    • प्रकाशित मितिः फागुन २०, २०८२
    • 533 पटक पढिएको
  • तार्केश्वर नगरपालिकाको मतदान स्थल अनुगमनमा पुगे गृहमन्त्री

    काठमाडौं— गृहमन्त्री ओम प्रकाश अर्यालले काठमाडौं तार्केश्वर नगरपालिका अन्तर्गत काठमाडौं क्षेत्र नं. ६ को मतदान स्थलको अनुगमन गरेका छन् ।बुधबार गरिएको अनुगमनका क्रममा मतदान केन्द्रको सुरक्षा व्यवस्था, मतदाताको सहज आवागमन तथा आवश्यक व्यवस्थापनबारे जानकारी लिएका हुन् ।अनुगमनमा काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसाललगायत सुरक्षा निकायका अधिकारीहरू सहभागी थिए ।त्यसक्रममा गृहमन्त्री अर्यालले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन सबै निकाय सतर्क रहन निर्देशन समेत दिए ।

    • प्रकाशित मितिः फागुन २०, २०८२
    • 475 पटक पढिएको
  • निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका युट्युबर रतन कार्की पक्राउ

    काठमाडौं— प्रतिनिधि सभा सदस्य निर्वाचनलाई प्रभावित पार्नेगरी निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा युट्युबर रतन कार्की पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले उनलाई बुधबार दिउँसो चितवनबाट पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरिक्षक अबि नारायण काफ्लेले जानकारी दिए ।सोमबार राति १२ बजेदेखि निर्वाचनको मौन अवधि सुरु भइसकेको अवस्थामा कार्कीले राजनीतिज्ञसँगको अन्तर्वार्ता युट्युब तथा अन्य सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले उनले मौन अवधि तोडेको प्रहरीको प्रारम्भिक बुझाइ छ । कार्कीमाथि थप अनुसन्धान भइरहेको र यसबारे

    • प्रकाशित मितिः फागुन २०, २०८२
    • 473 पटक पढिएको
  • निर्वाचन विरोधी गतिविधि गर्नेलाई सिधै अदालत पुर्‍याउँछौँः गृहमन्त्री

    काठमाडौँ। अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२’ का लागि देशभर पूर्ण रूपमा सुरक्षाको प्रत्याभुति गरिएको बताएका छन् ।निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, धाँधलीरहित र भयमुक्त वातावरणमा सम्पन्न गर्न सरकारले सम्पूर्ण तयारी पूरा गरेको बताएका हुन् । उनले मतदातालाई ढुक्क भएर मतदानमा सहभागी हुन अपिल गरेका हुन् ।गृहमन्त्री अर्यालले निर्वाचन सुरक्षा, मतपत्र तथा मतपेटिका ढुवानीको स्पष्ट मापदण्ड, उश्रृङ्खल गतिविधि गर्नेमाथि कडा कारबाही हुने बताए । गृहमन्त्री अर्यालकाअनुसार सरकारले निर्वाचनका लागि ‘एकीकृत सुरक्षा योजना’ पारित गरी सोही आधारमा सुरक्षा संयन्त्रहरू परिचालन

    • प्रकाशित मितिः फागुन २०, २०८२
    • 290 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.