समाज

    Showing 3,761-3,770 of 11,034 items.
  • नयाँ बानेश्वरमा ट्रिपरको ठक्करबाट स्कुटर चालको मृत्यु

    काठमाडौं— नयाँबानेश्वरमा ट्रिपरको ठक्करबाट स्कुटर चालको मृत्यु भएको छ । सुनसरी इनर्वा–५ स्थायी घर भई भक्तपुर लोकन्थली बस्ने ४८ वर्षीय बद्री कोइरालाको मृत्यु भएको हो ।आज बिहान ८ः४५ बजे मिनभवन सिभिल अस्पताल अगाडि बा२क ३२२९ नम्बरको फोहर बोक्ने ट्रिपरले प्र३–००१ब ९४५ को स्कुटरलाई ठक्कर दिएको थियो ।उपचारका लागि सिभिल अस्पताल लगिएका घाइते कोइरालालाई ८ः५५ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतक कोइराला भक्तपुरस्थीत क्षयरोग केन्द्रका नासु हुन् ।ट्रिपरका चालक गोर्खा भूमिचोक स्थायी घर भई पेप्सीकोला बस्ने २६ वर्षीय विकास थापा मगर हुन् ।

    • प्रकाशित मितिः फागुन १९, २०८२
    • 553 पटक पढिएको
  • ट्रेड युनियन कांग्रेसद्वारा मध्यपूर्वको सैन्य तनावप्रति गम्भीर चिन्ता व्यक्त

    काठमाडौं— मध्यपूर्व तथा खाडी क्षेत्रका देशहरूमा पछिल्लो समय बढ्दो सैन्य तनाव र आक्रमणका घटनाप्रति नेपाल ट्रेड युनियन कांग्रेसले गम्भीर चिन्ता व्यक्त गरेको छ ।संयुक्त राज्य अमेरिका र इजरायलको आक्रमणपछि उत्पन्न परिस्थितिमा जवाफी कारबाहीका क्रममा इरानले संयुक्त अरब इमिरेट्सस्थित अमेरिकी सैन्य अड्डामा फागुन १७ गते गरेको आक्रमणमा सेक्युरिटी गार्डका रूपमा कार्यरत गोरखा निवासी २९ वर्षीय दिवस श्रेष्ठको ज्यान गएको दुःखद घटनाले सम्पूर्ण श्रमिक आन्दोलन स्तब्ध र मर्माहत भएको कांग्रेसले जनाएको छ ।निर्दोष श्रमिकहरू अन्तर्राष्ट्रिय शक्ति संघर्षको प्रत्यक्ष मारमा पर्नु अत्यन्त दुःखद र अस्वीकार्य भएको उल्लेख ग

    • प्रकाशित मितिः फागुन १९, २०८२
    • 486 पटक पढिएको
  • नेपाल स्टक एक्सचेन्जद्वारा ब्रोकरका लागि अनिवार्य आईटी अडिट व्यवस्था लागू

    काठमाडौं— नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले पूँजी बजारको डिजिटल पूर्वाधार सुरक्षित र विश्वसनीय बनाउन ‘आईटी अडिट गाइडलाइन्स–२०२६’ जारी गर्दै ब्रोकर कम्पनीका लागि अनिवार्य सूचना प्रविधि (आईटी) अडिट व्यवस्था लागू गरेको छ ।नयाँ प्रावधानअनुसार प्रत्येक ब्रोकरले दुई वर्षमा कम्तीमा एक पटक आईटी अडिट गराउनुपर्नेछ भने नयाँ ब्रोकरले कारोबार सुरु गरेको छ महिनाभित्र पहिलो अडिट सम्पन्न गर्नुपर्नेछ । अडिट मान्यताप्राप्त आईटी विज्ञ वा अडिट फर्ममार्फत गराइ प्रतिवेदन नेप्सेसमक्ष पेस गर्नुपर्नेछ । निर्देशिकाअनुसार ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस), ब्याक अफिस सफ्टवेयर, ग्राहक डेटा व्यवस्थापन, सर्भर, डाटाबेस, नेट

    • प्रकाशित मितिः फागुन १९, २०८२
    • 462 पटक पढिएको
  • बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

    काठमाडौं— नेपाली बजारमा मंगलबार सुनको मूल्य २ हजार १ सय रुपैयाँले बढको छ ।आज छापावाला सुनको मूल्य ३ लाख २८ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुनको मूल्य ३ लाख २६ हजार ५०० रुपैयाँमा कारोबार भएकाृ थियो ।त्यस्तै, आज चाँदीको मूल्य घटेको छ । आज चाँदी मूल्य प्रतितोला ५ हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदी मूल्य तोलामा ६ हजार २० रुपैयाँमा कारोबार भइरहेको थियो ।

    • प्रकाशित मितिः फागुन १९, २०८२
    • 507 पटक पढिएको
  • मकवानपुरको मतगणना भूटनदेवी माविको भवनमा हुने

    हेटौंडा— फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनको मतगणनास्थल तय भएको छ ।मकवानपुरमा अघिल्लो निर्वाचनको मत गणना सिद्वार्थ माविमा भएकोमा यस पटक भने हेटौंडा ४ स्थित भूटनदेवी माविको भवनमा मतगणना हुने भएको हो ।प्रतिनिधिसभा क्षेत्र नम्बर १ को मतगणना प्रसाशनिक तथा पुरानो भवनमा र क्षेत्र नम्बर २ को मतगणना प्राविधिक भवन हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणनाको मिति र समय भने मत पेटिका प्राप्त भएपछि प्रकाशन गरिने जनाइएको छ ।मतदान सकिएपछि ल्याइएका मतपेटिका राख्नका लागि कोठाको व्यवस्थापन, तारजाली राख्ने काम र सिसिक्यामारा जडानको काम सक्किएको निर्वाचन आयोग बागमती प्रदेश हेटौंडाका प्रमु

    • प्रकाशित मितिः फागुन १९, २०८२
    • 457 पटक पढिएको
  • निर्वाचनले देशभरको यातायात र अर्थतन्त्र चलायमान बनाएको छः महासचिव सिटौला

    काठमाडौं— यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले प्रतिनिधिसभा निर्वाचनका कारण देशभर सार्वजनिक सवारीसाधन चलायमान भएको बताएका छन् ।नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले विगतको तुलनामा सुरुमा केही कम देखिए पनि पछिल्लो अवस्थामा सवारी सञ्चालन ह्वात्तै बढेको छ । ‘निर्वाचनका कारण महाकालीदेखि मेचीसम्म सवारीसाधन परिचालन भएका छन् । यसले यातायात क्षेत्र मात्र होइन, समग्र आर्थिक गतिविधिलाई चलायमान बनाएको छ,’ उनले भने ।सिटौलाले निर्वाचनका बेला होटल, रेस्टुरेन्ट, पसल तथा अन्य सेवा क्षेत्रसमेत सक्रिय हुने भएकाले समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने उल्लेख गरे । ‘सार्वजनिक यातायात मुलु

    • प्रकाशित मितिः फागुन १९, २०८२
    • 428 पटक पढिएको
  • चुनावको दिन यति एयरलाइन्सले उडान स्थगित गर्ने

    काठमाडौं— फागुन २१ गते हुनलागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन यति एयरलाइन्सले उडान स्थगित गर्ने भएको छ ।एयरलाइन्सले सुचना जारी गर्दै फागुन २१ गतेको निर्वाचनका कारण आफ्ना सम्पूर्ण आन्तरिक उडान सेवा स्थगित गरेको जनाएको हो ।फागुन २२ गतेदेखि पुनः नियमित उडान सेवा सञ्चालनमा आउने कम्पनीले जनाएको

    • प्रकाशित मितिः फागुन १९, २०८२
    • 471 पटक पढिएको
  • साँझ खण्डग्रास चन्द्रग्रहण : काठमाडौंबाट एक घण्टासम्म स्पष्ट देखिने

    काठमाडौं— आज साँझ खण्डग्रास चन्द्र ग्रहण लाग्दैछ । साँझ ६ः०४ बजे चन्द्रमा उदाउँदा नै ग्रहण लागेको अवस्थामा देखिने खगोलविद्हरूले बताएका छन् ।वरिष्ठ खगोलविद् जयन्त आचार्यका अनुसार यो चन्द्र ग्रहण नेपालका विभिन्न स्थानबाट अवलोकन गर्न सकिनेछ । चन्द्रमा क्षितिजबाट माथि उठ्दै गर्दा यसको आधाभन्दा बढी भाग पृथ्वीको गाढा छायाले ढाकिएको देखिने उनले जानकारी दिए ।उनका अनुसार चन्द्रमा उदाउँदा नै ग्रहण लागेको अवस्थामा देखिनु दुर्लभ खगोलीय घटना मानिन्छ । काठमाडौँमा चन्द्रमा ग्रहणसहित साँझ ६ः०४ बजे उदाउनेछ र करिब एक घण्टासम्म स्पष्ट रूपमा अवलोकन गर्न सकिनेछ ।खगोलविद्हरूले चन्द्र ग्रहण अवलोकनका लागि कुनै विशेष

    • प्रकाशित मितिः फागुन १९, २०८२
    • 433 पटक पढिएको
  • मौन अवधि सुरु, आचारसंहिता अनुगमन गर्न आयोगको निर्देशन

    काठमाडौं— फाल्गुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको लागी लागि सोमबार रातिदेखि मौन अवधि सुरु भएको छ ।निर्वाचन आयोगले यो अवधिमा आचारसंहिता अनुगमन अधिकृतलाई थप निर्देशन दिएको छ । आयोगले आजदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरण प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो ।निर्वाचन आचारसंहिता कार्यान्वयन सुनिश्चित गर्न सहायक प्रमुख जिल्ला अधिकारी र कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखलाई फरक फरक जिम्मेवारीसहित निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ ।निर्वाचन आचारसंहितामा समावेश भएका व्यवस्थाअनुसार आजदेखि फागुन २१ गतेसम्म आचारसंहिताले तोकेका सबै

    • प्रकाशित मितिः फागुन १९, २०८२
    • 469 पटक पढिएको
  • आज तराईकामा होली मनाउँदै

    काठमाडौं— आज मंगलबार तराई क्षेत्रमा पनि रङहरूको उत्सव धूमधामका साथ मनाइँदैछ । नेपालका पहाडी जिल्लाहरूमा हिजो सोमबार फागु पूर्णिमाको अवसरमा हर्षोल्लासका साथ होली पर्व मनाइएपछि एक अर्कामा अबिर र रङ्ग लगाएर, शुभकामना आदानप्रदान गर्दै तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी तराईवासीले होली पर्व मनाउने भएका छन् ।

    • प्रकाशित मितिः फागुन १९, २०८२
    • 487 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.