एजेन्सी— युद्धको चपेटामा परिरहेको गाजा क्षेत्रमा भोकमरी चरम अवस्थामा पुगेको छ। कुपोषण र भोकका कारण पछिल्लो २४ घण्टामा एक बालकसहित थप ११ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्। यससँगै भोकमरीका कारण ज्यान गुमाउनेको संख्या २५१ पुगेको छ, जसमा १०८ जना बालबालिका रहेका छन्।संयुक्त राष्ट्रसंघको राहत तथा कार्य एजेन्सी (यूएनआरडब्लुए) का अनुसार गाजामा हाल करिब १० लाख महिला र किशोरीहरू गम्भीर भोकमरी, हिंसा र दुव्र्यवहारको जोखिममा छन्। खाना र पानी खोज्न उनीहरू अत्यन्त जोखिमपूर्ण परिस्थितिमा घर बाहिर जान बाध्य छन्, । उनीहरूको ज्यान समेत संकटमा परेको यूएनआरडब्लुएले जनाएको छ।
जनकपुरधाम— सामूहिक बलात्कारको आरोपमा धनुषाका अधिवक्ता प्रमोद कुमार रायलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार रायलाई शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रबाट पक्राउ गरी शनिबार धनुषा ल्याइएको हो।धनुषा प्रहरीका अनुसार अधिवक्ता रायसहित तीनजनाले धनुषाकै एक महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा पीडितले इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा गत साता जाहेरी दिएकी थिइन्।प्रहरीले जनाएको अनुसार घटना २०७८ माघ १२ गते घटेको हो। प्रारम्भिक अनुसन्धानपछि रायलाई नियन्त्रणमा लिइएको हो।शनिबार उनलाई धनुषा जिल्ला अदालतमा पेस गरी आवश्यक अनुसन्धानका लागि म्याद थपको प्रक्रिया अगाडि बढाइन
काठमाडौं— काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा धुम्रपान गर्नेहरूमाथि कारबाही सुरु गरेको छ। सार्वजनिक स्वास्थ्यमा नकारात्मक असर पुर्याउने भन्दै महानगरले धुम्रपान नियन्त्रणमा कडाइ थालेको हो।आइतबारदेखि लागू भएको नयाँ व्यवस्थाअनुसार सार्वजनिक स्थलमा धुम्रपान गर्ने व्यक्तिलाई प्रत्येकपटक ५ सय रुपैयाँ जरिवाना गरिने महानगर प्रहरीले जनाएको छ।नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार जनगुनासो र सार्वजनिक स्थानमा अत्यधिक धुम्रपानको अवस्था बढेपछि कडाइ गर्न यो कदम चालिएको हो। चालु आर्थिक वर्ष २०८२/८३ को महानगरको आर्थिक ऐनमार्फत यो प्रावधान लागू गरिएको उनले जानकारी दिए।
बाँके– नेपालगंज उपमहानगरपालिका–४ बसपार्कबाट कटुवा पेस्तोल १ थान र गोली २ राउण्डसहित सोही नगरपालिका–९ बस्ने १७ वर्षीय किशोरसमेत दुई जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले पुष्पलाल चोकबाट बसपार्कतर्फ आउँदै गरेको ने.१ ह ४५०२ नम्बरको ईरिक्सामा सवार उनीहरूलाई उक्त पेस्तोल र गोलीसहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जनकपुर— जनकपुरधामस्थित जिल्ला प्रशासन कार्यायल अगाडि पत्रकारहरुले प्रदर्शन गरेका छन् ।अरुलाई न्याय दिलाउन अहोरात्री कलम चलाउँदै आएका पत्रकारहरु स्वयम पीडित भएको भन्दै धनुषासहित मधेश प्रदेशका विभिन्न पत्रकार संगठनमा आवद्ध सञ्चारकर्मीहरुले आइतबार जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि नाराबाजी गर्नुका साथै विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले प्रेस स्वतन्त्रता कायम गर, पत्रकार कुट्न पाईदैन, कालो कोटे मुर्दावाद, दोषीलाई कारवाही गर जस्ता नारासमेत लगाएका छन् ।गत साउन २७ गते नेपाल बार एसोसिएसन जनकपुरका केही वकिलहरूले पत्रकारमाथि सामूहिक आक्रमण गरी कुटपिट गरेको थिए । उक्त घटनामा ६ जना पत्रकार घाइते
धरान— सुनसरीको धरान उपमहानगरपालिका–२० स्थित ओशो पार्क जंगलमा ठूलो परिमाणको गाँजासहित पाँचजनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ।अस्थायी प्रहरी चौकी अमरहाटको टोलीले विशेष सूचनाको आधारमा लागुऔषध गाँजा कारोबारमा संलग्न समूहलाई पक्राउ गरेको हो।पक्राउ परेकाहरूको साथबाट ७२ किलो गाँजा बरामद गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए। बरामद गरिएको गाँजा ६ वटा पोकामा प्याक गरिएको अवस्थामा फेला परेको उनको भनाइ छ ।गाँजासहित पक्राउ पर्नेमा धरान–२० बस्ने ३० वर्षीय रुपेश राई, २८ वर्षीय मिलन राई, २५ वर्षीय रञ्जित राई, धनकुटाको सहिदभूमि गाउँपालिका–३ घर भई इटहरी–१० बस्ने ३४ वर्षीय प्रदी
काठमाडौं— काठमाडौंको गोंगबुस्थित बसपार्क नजिकैको एक होटलमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्।काभ्रेपलाञ्चोक घर भई हाल बूढानीलकण्ठ बसोबास गर्ने सन्तोष सेन्चुरीलाई वीरगन्जबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।शुक्रबार राति करिब ११ बजेतिर गोंगबुस्थित होटलको कोठा नम्बर २०१ मा २७ वर्षीया ललिता विकको शव खाटमुनि शंकास्पद अवस्थामा फेला परेको थियो। शव भेटिएपछि काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थलमा पुगेको थियो।शवको सनाखत ललिता विकको रूपमा भएको र पोष्टमार्टमका लागि शव त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको
काठमाडौं— उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले काम गर्ने कर्मचारीलाई टाढा राखेर सरकारले समृद्धि खोज्न नसक्ने बताएका छन् ।नेपाल विद्युत प्राधिकरणको ४० औँ वार्षिकोत्सवका अवसरमा प्राधिकरणमा कार्यरत कर्मचारीलाई दिर्घसेवा पदक, अवकाश पदक र अमर विद्युतकर्मीलाई सम्मान कार्यक्रममा बोल्दै उनले काम गर्ने ज्यालादारी कर्मचारीलाई टाढा राखेर सरकारले समृद्धि खोज्न नसक्ने बताएका हुन् ।“विद्युत क्षेत्रको विकासका लागि ज्यालादारी कर्मचारीले धेरै काम गरेका छन्, ज्यालादारी कर्मचारीले राखेको माग सम्बोधन गर्न प्राधिकरण सञ्चालक समिति लागेको छ,”– उनले भने । श्रमको सम्मान गर्न सञ्चालक समिति लागेको उनको भन
काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले नौबिसे–नागढुङ्गा सुरुङमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् । आइतबार सामाजिक सञ्जालमार्फत उनले निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिँदै यसलाई छिट्टै सञ्चालनमा ल्याएपछि नागढुङ्गाबाट ओहोरदोहोर गर्दा हुने कष्ट अन्त्य हुने बताएका हुन् । उनले हालसम्म ९३ प्रतिशत भौतिक प्रगति भएको जनाएका छन् । उनले लेखेका छन्, नौबिसे–नागढुङ्गा सुरुङमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ। यसलाई छिट्टै सञ्चालनमा ल्याएपछि नागढुङ्गाबाट ओहोरदोहोर गर्दा हुने कष्ट अन्त्य हुने छ।’
काठमाडौं— नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०८१/८२ मा कुल १ खर्ब ३८ अर्ब ८७ करोड रुपैयाँ आम्दानी गरेको छ । यस बिचमा प्राधिकरणको सञ्चालन खर्च, ब्याज लगायतका सम्पूर्ण खर्च १ खर्ब २९ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । नेपाल विद्युत प्राधिकरणको ४० औं वार्षिकोत्सव समारोहमा बोल्दै कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कार्य सम्पादन समिक्षामा अर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको कुल आम्दानी १ खर्ब ३८ अर्ब ८७ करोड रुपैयाँ रहेको बताए । उनका अनुसार सञ्चालन खर्च, ब्याज खर्च लगायतका सम्पूर्ण खर्चहरु सहित आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको कुल खर्च १ खर्ब २९ अर्ब ८१ करोड रहेको थियो ।शाक्यका अनुसार,
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.