काठमाडौं— नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०८१/८२ मा कुल १ खर्ब ३८ अर्ब ८७ करोड रुपैयाँ आम्दानी गरेको छ । यस बिचमा प्राधिकरणको सञ्चालन खर्च, ब्याज लगायतका सम्पूर्ण खर्च १ खर्ब २९ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । नेपाल विद्युत प्राधिकरणको ४० औं वार्षिकोत्सव समारोहमा बोल्दै कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कार्य सम्पादन समिक्षामा अर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको कुल आम्दानी १ खर्ब ३८ अर्ब ८७ करोड रुपैयाँ रहेको बताए । उनका अनुसार सञ्चालन खर्च, ब्याज खर्च लगायतका सम्पूर्ण खर्चहरु सहित आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको कुल खर्च १ खर्ब २९ अर्ब ८१ करोड रहेको थियो ।शाक्यका अनुसार,
काठमाडौं— स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निःसन्तान उपचार (आईभीएफ) सेवालाई व्यवस्थित बनाउन र नियमन गर्न निःसन्तान व्यवस्थापन सेवा सञ्चालन सम्बन्धी मापदण्ड, २०८२ स्वीकृत गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै उक्त मापदण्ड स्वीकृत गरेका हुन्। मन्त्री पौडेलको अग्रसरतामा मन्त्रालयले सम्बन्धित् क्षेत्रका सरोकारवाला विज्ञहरूसँगको गहन छलफलपछि यो मापदण्ड तयार पारेको हो। यो मापदण्ड स्वीकृत भएसंगै नेपालमा पहिलोपटक ‘निःसन्तान उपचार (आईभीएफ)’ सेवा र यसका लागि आवश्यक प्रयोगशाला, जनशक्ति व्यवस्थापन तथा संवेदनशील मानिएको शुक्रकीट तथा अण्डा दान (डोनर)
काठमाडौं— नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको हो । प्रतितोला शुत्रबार १ लाख ९६ हजार २ सय रुपैयाँमा कारोबार भैइरहेको सुन आज १ लाख ९५ हजार ५ सय रुपैयाँले कारोबार भैरहेको छ । यस्तै चाँदीको मूल्य पनि आज घटेको छ । शुक्रबार २३ सय १५ रुपैयाँमा कारोवार भएको चाँदी आज ५ रुपैयाँले घटेर २३ सय १० रुपैँयामा कारोबार भएको हो ।
काठमाडौं— भदौ महिनामा वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर घटाएका छन् । साउनको तुलनामा बैंकहरुको व्याजदर ०.११ प्रतिशत विन्दुले घट्दै भदौमा यो दर ५.५७ प्रतिशतमा झरेको छ ।२० वटा वाणिज्य बैंकमध्ये ८ बैंकले ब्याजदर घटाएका छन् भने ११ बैंकले स्थिर राखेका छन् । प्रभु बैंकले मात्र ब्याजदर बढाएको छ । कृषि विकास बैंक, एभरेस्ट, लक्ष्मी सनराइज, स्ट्यान्डर्ड चार्टर्ड, सिद्धार्थ, कुमारी, सानिमा र नेपाल एसबीआई बैंकले व्याजदर घटाएका छन् ।राष्ट्र बैंकको नीतिगत दर ४.५ प्रतिशत कायम छ, जसको प्रभाव स्वरूप साउनदेखि ब्याजदर घट्दै आएको हो । असार महिनामा उच्च पूँजीगत खर्चका कारण निक्षेप वृद
काठमाण्डौं— सागर डिष्टिलरी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।गत साउन २८ गतेदेखि कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ जारी गरेको थियो । उक्त आईपीओ खरिदका लागि आज बेलुका कार्यालय समय सम्म आवेदन दिन सकिने छ । यस आईपीओमा न्यूनतम १० र अधिकतममा ७ हजार कित्ता सम्मका लागि आवेदन दिन सकिने छ ।कम्पनीले सार्वजनिक निष्कासन गरिने शेयरको १० प्रतिशतले हुन आउने कुल १ करोड ४५ लाख २० हजार रुपैयाँको १०० रुपैयाँ अंकित दरका १ लाख ४५ हजार २ सय कित्ता आईपीओ जारी गरेको छ । गत साउन १२ गते कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ७२ करोड ६० लाख
काठमाडौं— संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका एक सय २० नेपालीलाई आममाफी दिएको छ । नेपाली राजदूतावास अबुधावीका अनुसार ती नेपालीलाई बाँकी कैद सजाय माफ गरिदिएको छ । इस्लाम धर्मावलम्बीको महान् पर्व अल अहादका अवसरमा युएई सरकारले उक्त निर्णय गरेको दूतावासले जनाएको छ ।
काठमाडौं— जल तथा मौसम विज्ञान विभागले जाजरकोटस्थित नलगाड रौलाखेत जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको जनाएको छ ।विभागले जलसतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाहरूलाई सतर्क रहन अनुरोध समेत गरेको छ ।सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय तह, सुरक्षा निकाय तथा सरोकारवाला निकायलाई पनि आवश्यक पूर्वतयारी गर्न विभागको आग्रह छ ।
सप्तरी— सप्तरीको कञ्चनरुप नगरपालिका–५ स्थित पिपरामा करेन्ट लागेर आइतबार (आज) विहान एक दम्पतिको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय बद्री सरदार र उनकी ४५ वर्षीया पत्नी विमलादेवी रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।उनका अनुसार कञ्चनरुप–५ पिपराका महेन्द्र सरदारले हात्तीबाट धानबाली जोगाउन विद्युतीय तार खुला छाडेका थिए । सोही खुला बिछ्याइएको तारमा परेर सरदार दम्पतीको निधन भएको थियो । उनीहरु आफ्नो घरदेखि करिब एक सय ५० मिटर पूर्वमा रहेको खेतमा जाँदै गरेका जनाइएको थियो । खेतमा जानेक्रममा क्रममा सर
विराटनगर— झापा र सुनसरीको बिभिन्न स्थानहरुबाट साउन ३० गते प्रतिबन्धित लागू औषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ मेचीपुल स्थितबाट इलाम दानाबारी गाउँपालिका–३ का २८ वर्षीय अविशेक राईलाई २ ग्राम ६ सय ३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । यसैगरी इलाका प्रहरी कार्यालय कुमरखोदले झापाको शिवसताक्षी–७ का ३५ वर्षीय लक्ष्मी प्रसाद राजबंशीलाई ३ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा–८ का ३२ वर्षीय घनश्याम साहुलाई १ ग्राम १ सय ७० मिलिग्राम ब्राउन सुगर र नगद ३३
दाङ— रुकुम पूर्वको कृषि विकास बैंकका शाखा प्रबन्धक शिवशंकर गिरी मृत फेला परेका छन् । सिस्ने गाउँपालिका वडा नम्बर ५ बाहुनठाना स्थित कृषि विकास बैंकको आवासमा बैंक प्रबन्धक गिरी मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले रुकुम पूर्वले जनाएको छ। ।सल्यानको बागचौर ८ कोटमौलाका गिरी ५२ वर्षका थिए । गिरी शनिवार दिउँसो आफ्नै निवासमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी डिएसपी उमाशंकर प्रसाद यादवले जानकारी दिए ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.