काठमाडौं– दुग्ध विकास संस्थान (डीडीसी)को महाप्रबन्धक पदमा आवेदन खुलेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आइतबार एक सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरेको हो ।महाप्रबन्धकका लागि इच्छुक उम्मेदवारले गोप्य सिलबन्दी २१ दिन भित्र पेस गर्नुपर्ने छ ।प्रशासन, व्यवस्थापन वा कानून विषयमा स्नातकोत्तर गरी ३० वर्ष पूरा भएर ६० वर्ष ननाघेको व्यक्तिले आवेदन दिन पाउने छन् ।
झापा— झापाको कनकाई नगरपालिका–४ स्थित कन्काई घाटमा विद्युतीय शवदाह गृह निर्माण गरिएको छ । कोशी प्रदेश सरकार, कनकाई नगरपालिका र विभिन्न दाताको सहयोगमा रु दुई करोड ३० लाखको लागतमा कन्काई नदीको पूर्वी तटमा विद्युतीय शवदाह गृहको निर्माण सम्पन्न भएको हो । विद्युतीय शवदाह गृहमा कोशी प्रदेश सरकारको रु दुई करोड, नगरपालिकाको रु २० लाख र विभिन्न दाताको रु १० लाख लगानी रहेको छ ।कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले विद्युतीय शवदाह गृह कनकाई नगरपालिकाले सञ्चालन गर्नेगरी प्रदेश सरकारसँग सम्झौता भएको जानकारी दिए । निर्माण सम्पन्न भएसँगै कनकाई नदीमा विद्युतीय शवदाह गृह निर्माणका ला
राजविराज— सप्तरीको कञ्चनरुप नगरपालिका—८ चाँदनी चोक नजिक चन्द्रनहरमा डुबेर एक जना पुरुष मृत्यु भएको छ।कञ्चनरुप—७ बलुवा चोकका ५० वर्षीय गोविन्द चौधरीको चन्द्रनहरमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।चन्द्रनहरमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शवलाई गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा परीक्षणका लागि पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।मृत्युको वास्तविक कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन भने प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको जनाएको छ।
काठमाडौं— राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको वैशाख महिनादेखि साउन ३१ गतेसम्म देशभर विभिन्न प्रकारका २,८५३ विपद्का घटना घटेका छन्। ती घटनामा परी १२६ जनाको ज्यान गएको छ भने ५८५ जना घाइते भएका छन्।उक्त अवधिमा २३ जना बेपत्ता भएका छन् भने पाँच हजार ४१ परिवार विपद्बाट प्रभावित भएका छन्। विपद्का घटनामध्ये सबैभन्दा बढी आगलागीका १,११४ घटना दर्ता भएका छन्। यस्तै, डढेलोका १५८, हुरीबतासका २७७, जनावर आक्रमणका १७२, र सर्पदंशका ७७ घटनाहरू भएका छन्।प्राकृतिक प्रकोपका अन्य घटनामध्ये बाढीका २१६, पहिरोका ३१७, भारी वर्षाका २२१, चट्याङका २४५, लेक लागेको ४६, भूकम्पक
काठमाडौं— फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सत्र करोड ५० लाख रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीको साधारणसभाले यो निर्णय गरेको हो।कम्पनीले भोजपुरको साल्पासिलिछो गाउँपालिकामा ४.३ मेगावाटको फेदीखोला (थुमलुङ) जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। आगामी पुस मसान्तसम्ममा यो आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।सञ्चालक प्रकाशचन्द्र दुलालका अनुसार, आयोजनाको अनुमानित लागत ९४ करोड रुपैयाँ रहे पनि २०८१ साउन १५ गतेको बाढीका कारण लागत ४ करोड रुपैयाँले बढेर ९८ करोड रुपैयाँ पुगेको छ। कुल लागतको ४९ प्रतिशत (४८ करोड रुपैयाँ) सेयरधनीबाट र बाँकी ५१ प्रतिशत (५० करोड रुपैयाँ
काठमाडौं— सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका– ५ तुइनखोलास्थित सडकखण्डमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध बनेको हो ।जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार अहिले दुई ‘जेसिभी’ प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ । सो ठाउँमा चट्टानसहितको पहिरो खसेको र पन्छाएर केहीबेरमा बाटो सञ्चालन गर्ने तयारी भइरहेको खनालले जनाकारी दिए ।पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन् ।
बैतडी— बैतडी कुवाकोट निवासी एमाले केन्द्रीय परिषद् सदस्य दीपेन्द्र कुँवर ‘यथार्थ’ एमाले परित्याग गरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।जनयुद्ध कालदेखि नै माओवादी आन्दोलनमा सक्रिय रहेका कुँवर नेकपा विभाजन पश्चात् एमालेमा सक्रिय रहेका थिए । कुँवरलाई माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नै निवास खुमलटारमा स्वागत गरे ।माओवादी केन्द्रका बैतडी जिल्ला इन्चार्ज नरेन्द्र कुँवर ‘विजय सुन्दर’ ले कुँवरलाई पार्टीमा पुनर्मिलनको निम्ति सहजीकरण गरेका छन् ।
सप्तरी— सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका—११, नयाँटोलस्थित बिहुल खोला नजिकैको बगैँचाबाट करिब ९८ किलोग्राम गाँजा बरामद भएको छ।साउन ३० गते सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पातो र नेपाल प्रहरीको संयुक्त टोलीले विशेष सूचनाको आधारमा उक्त स्थानमा छापा मारेको थियो। त्यस क्रममा बेवारिसे अवस्थामा ५ वटा पोकाभित्र राखिएको गाँजा फेला परेको हो।बरामद गरिएको गाँजालाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।
सुनसरी— सुनसरीको झुम्का कारागारबाट भागेका कैदी तीन दिनपछि शनिबार बिहान बिर्तामोडबाट पक्राउ परेका छन्।कारागारबाट भागेका कैदी खोटाङको प्रुङचुचुम्मा गाउँपालिका २ का २८ वर्षीय रुपक पौडेल खत्रीलाई झापा जिल्लाको बिर्तामोड नगरपालिका १०, बिराटपोखरस्थित आफन्तको घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिमिल्सिनाले जानकारी दिए।जबरजस्ती करणी कसूरमा कारागारमा सजाय भोगिरहेका पौडेल खत्रीलाई प्रहरीले पक्राउ गरी थप कानूनी कारबाही प्रक्रिया अघि बढाइएको छ । जबरजस्ती करणी कसूरमा १३ वर्ष कैद सजाय पाएका खत्रीले एक वर्ष कैद भुक्तान गरेका छन् ।
काठमाडौं— उड्ने कार तातोपानी नाकामा आइपुगेको छ । भृकुटीमण्डपमा आगामी मंगलबारदेखि शुरू हुने नाडा अटो शोका लागि उक्त कार तातोपानी नाकामा बोकेर ल्याइएको हो । बाढीपहिरोले बाटो बन्द भएका कारण कारलाई भरिया लगाइ बोकेर नाकामा ल्याइएको तातोपानी भन्सार कार्यालयले जनाएको छ । उड्ने कार यतिबेला नेपाली भन्सार कार्यालयले आइपुगेको हो । भदौ ३ देखि ८ सम्म काठमाडौंको भृकुटीमण्डपको प्रदर्शनी स्थलमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल ९नाडा०ले आयोजना गर्ने शोमा उड्ने कार राखिने छ ।भविष्यको सहरी हवाई मोबिलिटीको पहिलो झलक स्वरूप उड्ने कार प्रदर्शनीमा राखिने भएको हो । प्रदर्शनीमा पुगेर जो कोहीले कार अवलोकन ग
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.