नेपालगञ्ज— बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–५ स्थित बसपार्कमा लागुऔषध कारोबारमा संलग्न चार व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जनालाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको हो।जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी उपरीक्षक रामबहादुर घर्तीका अनुसार सूचनाका आधारमा लागुऔषध कारोबारमा संलग्न रहेको आशंकामा प्रहरीले दुई जनालाई पिछा गरिरहेको बेला चार जना भेटिएका थिए।'हामीले दुई जनालाई नियन्त्रणमा लिएका थियौँ, बाँकी दुई जनाले ढुङ्गामुढा गर्दै भाग्न खोजेपछि परिस्थिति नियन्त्रणबाहिर जान सक्ने भएकाले बाध्य भएर गोली चलाउनुपर्यो,' घर्तीले बताए।गोली लागेका व्यक्ति भारतको बहराइज, रूपैडिय
काठमाडौं – नेपाल विद्यार्थी संघ(नेविसंघ) दार्चुला–काठमाडौं सम्पर्क समितिले ब्लड क्यान्सर रोगसँग लडिरहेका दुईजना बालकलाई आर्थिक सहयोग गरेको छ । हाल काठमाडौं स्थित बालकान्ति अस्पतालमा उपचाररत लेकम गाउँपालिका ३ निवासी दुई बर्षीय अनमोल बोहोरा र सिभिल अस्पतालमा उपचाररत महाकाली नगरपालिका ३ निवासी नौं बर्षीय रोशन बडाललाई समितिले १०–१० हजार आर्थिक सहयोग गरेको हो । समितिका अध्यक्ष अविरल महताले अस्पतालमा पुगेर विरामीलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । अध्यक्ष महताले समितिका सम्पूर्ण सदस्यहरुबाट रकम संकलनगरी आफूहरुको सानो सहयोगले कसैको जीवन मुस्कुराउन मद्दत गर्छ भन्ने किन सकेको सहयो
झापा— जङ्गली हात्तीको आक्रमणबाट घाइते भएकी दमक नगरपालिका–१ बरगाछीकी ४६ वर्षीया सुनिता राईको मृत्यु भएको छ।साउन ११ गते बिहान करिब ४ः३० बजे ‘मर्निङ वाक’मा निस्किएकी सुनितामाथि बरगाछीस्थित सडकमा जङ्गली हात्तीले आक्रमण गरेको थियो। उनको बहिनी कविता राई पनि सोही घटनामा घाइते भएकी थिइन्।दमक प्रहरीका निरीक्षक नवीन राईका अनुसार घटनापछि दुवैलाई प्रारम्भिक उपचारका लागि दमक अस्पताल पुर्याइयो, जहाँबाट थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पठाइएको थियो।सुनिताको आज बिहान उपचारका क्रममा निधन भएको हो भने कविता राईको त्यही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौं – नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका विद्यार्थीहरूले शुल्क घटाउने लगायतका माग राखेर त्रिभुवन विश्वविद्यालयमा सुरु गरेको रिले अनशन २३ दिन पुगेको छ। तर, माग अझै सम्बोधन नभएको भन्दै उनीहरूले गुनासो गरेका छन्।अखिल क्रान्तिकारी त्रिवि इन्चार्ज ममता जोशीका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध, द्वन्द्व र शान्ति, सामाजिक कार्य तथा लैङ्गिकता सम्बन्धी अध्ययन कार्यक्रमहरू ९ महिना अघि केन्द्रीय विभागमा गाभिएपछि शुल्क घटाउनुपर्ने माग उठाइएको हो। साथै, विभागमा आवश्यक शिक्षक, कर्मचारी र भौतिक संरचना व्यवस्थापन गर्नुपर्ने मागसमेत विद्यार्थीहरूको छ।विद्यार्थीहरूले १९ दिनसम्म उपकुलपतिको कार्यकक्
काठमाडौं – नेपाल पर्वतारोहण संघ (एनएमए)को निर्वाचन लागि फुर गेल्जे शेर्पा समुहले पूर्ण टिमसहित उम्मेदवारी घोषणा गरेको छ ।आगामी भाद्र ७ गते काठमाडौंको प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुने निर्वाचनको लागि शुक्रबार ‘पर्वतीय पर्यटनको विकास, सरक्षण र सम्बद्र्धनका लागि मेरो उम्मेदवारी’भन्ने नारासहित कार्ययोजना सार्वजनिक गर्दै उम्मेदवारी घोषणा गरेको हुन् । संघको विधान र परिधिभित्र रही सदस्यहरूको हकहित संरक्षणमा ध्यान केन्द्रित गर्ने प्रतिबद्धता सहित शेर्पा समूहले उम्मेद्वारी घोषणा गरेको हो । समुहले सरकारसँगको समन्वयमार्फत अन्तर्राष्ट्रियस्तरमा नेपालको छवी उकास्ने, आपतकालीन उद्धारका लागि आ
बाजुरा – गौमुल गाउँपालिका वडा नम्बर १ माडीकी मैना बोहराले आफ्नै घरमा राडीपाखी बुन्छिन् । गाउँमै आत्मनिर्भर बन्न उनले विगतदेखि राडीपाखी बुन्दै आएकी हुन् ।राडीपाखी बेचेर राम्रो आम्दानी समेत हुने गरेकाले घरखर्च चलाउन सहज हुने भएको उनको भनाइ छ । गौमुलमा हरेक महिलाहरु पेशा व्यवसायमा जोडिएका छन् । यहाँका उद्यमी महिला, बुढाबुढी मात्रै होइन् माडीलगायत गाउँपालिकाका सवै गाउँका अन्य स्थानीयले पनि व्यावसायिक रूपमा भेडापालन गरी राडीपाखी उत्पादन गरिरहेका छन् ।कृषिबाट राम्रोसँग हातमुख जोर्न नपुगेपछि यहाँका प्रत्येक नागरिक व्यवसायिक रुपमा पेशामा आबद्ध छन् । गौमुलका स्थानीयको मुख्य पेशा भेडा पा
काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय अर्थतन्त्रको विकासका लागि स्थानिय तहबाटै आत्मनिर्भरता निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।चाँगुनारायणमा आयोजित सिटी एभोकाडो सिटी अभियानको समापन तथा अभियन्ता सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देशको मौलिकताको आधारमा आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अहिलेको प्रमुख आवश्यकता भएको बताए ।उनले भने, ‘हामीले सकारात्मक सोच्ने र रचनात्मक ढंगले काम गर्ने गौरवशाली इतिहास र प्रकृति पाएका छौं । यही आधारलाई आत्मसात् गरेर स्थानिय तहबाटै विकासको मौलिक मोडेल निर्माण गर्नु आवश्यक छ । हामीले सिर्जनात्मक ढंगले हरेक वस
जनकपुर – समाजिक सञ्जाल टिकटकमा हिन्दुहरुलाई गाली गलोज र धम्की दिने भिडियो बनाउँदै आएका जनकपुरधामका टिकटकर इरसाद खान पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाले खानलाई बिहीबार पक्राउ गरेको हो । उनले ‘गुण्डा’ नाम गरेको टिकटक आईडी बनाएर खुलेआम हिन्दूहरुलाई गाली गर्नुका साथै मार्ने धम्की दिँदै आएका थिए । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ५ का समिम खानका २३ बर्षिय छोरा इरसाद खानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता बरुण बहादुर सिंहले जानकारी दिए ।खानले विदेशमा हुँदा समेत हिन्दु धर्मावलम्बीहरुलाई टारगेट गरी भिडियो बनाउने, गैरसमाजिक वक्तत्व दिने, छाडा ग
रौतहट – रौतहटका कृषकलाई समयमा सहज तरिकाले रासायनिक मल उपलव्ध गराउन किसान कार्डको व्यवस्था लागू हुने भएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटमा बिहीबार प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काको अध्यक्षतामा बसेको सो बैठकले सो निर्णय गरेको हो । मल वितरण र कृषि कार्यको सहजीकरणका लागि किसानको नाम, ठेगाना, कृषि बालीको क्षेत्रफल लगायत विवरण समावेश भएको किसान कार्ड लागू गर्न सबै स्थानीय तहलाई अनुरोध गर्ने निर्णय भएको प्रजिअ खड्काले बताए । उनका अनुसार बैठकले मलको कालोबजारी, जम्माखोरी र कृत्रिम अभाव सिर्जना गर्नेहरूमाथि कडा कानुनी कारबाही गर्ने निर्णय गरेको छ । रासायन
काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विभागका निर्देशक सचिन्द्रकुमार यादवविरुद्ध झन्डै ९७ लाख रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।आयोगको अनुसन्धान अनुसार यादवले २०६६ सालदेखि २०७९ सालसम्मको अवधिमा तीन करोड ६५ लाख रुपैयाँभन्दा बढी सम्पत्ति जोडेका थिए। तर, उनी र उनका परिवारको नाममा देखिएको आम्दानी जम्मा दुई करोड ६८ लाख रुपैयाँ मात्र देखिएको आयोगले जनाएको छ।यसरी करिब ९७ लाख रुपैयाँको सम्पत्तिको स्रोत नखुलेपछि यादवले गैरकानुनी रूपमा सम्पत्ति जोडेको ठहर गर्दै मुद्दा दायर गरिएको हो। तीमध्ये केही सम्पत्ति पत्नी आशाकुमारी यादवको नामम
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.