काठमाडौं— निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि गत फागुन ३ गतेबाट सञ्चालन गरेको मतदाता शिक्षा आज सक्ने भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम गत फागुन ३ गतदेखि मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत भएको थियो । २५ करोड लगानी गरेर बदर मत घटाउने उद्देश्यका साथ देशभर मतदाता शिक्षा सञ्चालन गरेको हो ।भोलि राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । दलहरूले भोलि रातिसम्म मात्र जुलुस, आमसभा र प्रचार प्रसारका कार्यक्रम गर्न पाउनेछन् ।यसैबिच निर्वाचन आयोगले चुनावका दिन अत्यावश्यक सवारीसाधनलाई कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पा
काठमाडौं— आईसीसी टी–२० विश्वकपको सुपर–८ अन्तर्गत आइतबार दुई खेल हुने भएका छ ।भारतको इडेन गार्डेन मैदानमा आइतबार साँझ ७ः१५ बजे सुरु हुने खेलमा भारत र वेस्ट इन्डिजबिच प्रतिस्पर्धा हुनेछ । यो खेलसँगै दुईमध्ये एक टिमले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गर्नेछन् ।आयोजकसमेत रहेको भारतका लागि यो खेल प्रतिष्ठाको लडाइँ हुनेछ भने टी–२० क्रिकेटको उच्च लयमा रहेको वेस्ट इन्डिज क्रिकेटको महाशक्ति भारतलाई हराउँदै सेमिफाइल पुग्न चाहन्छ ।आजै समूह ‘एक’बाट सेमिफाइनल पुगिसकेको दक्षिण अफ्रिका र विश्वकपबाट बाहिरिएको जिम्बावेले प्रतिस्पर्धा गर्दैछन् ।यो खेल आइतबार दिउँसो ३ बजेर १५ मिनेट जाँदा दिल्लीमा सुरु हुँदैछ । स
काठमाडौं— शिखर पावर डेभलपमेन्ट लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले कुल १८ लाख ४२ हजार ६ सय कित्ता साधारण शेयर सर्वसाधारणमा निष्कासन गरेको हो ।निष्कासन गरिएको शेयरमध्ये १ लाख ११ हजार कित्ता सामूहिक लगानी कोषका लागि र ४४ हजार ४०० कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । बाँकी शेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ । आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनका तोकिएका शाखा कार्यालय
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो सैन्य तनाव र विशेष गरी इरान केन्द्रित अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।(रास्वपा)ले शनिबार एक विज्ञप्ति जारी गर्दै संवेदनशील परिस्थितिमा इरान तथा इजरायल लगायत युएई, कतार, बहराइनमा कार्यरत नेपाली नागरिकको सुरक्षालाई ध्यानमा राख्दै नेपाल सरकारलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।‘मध्यपूर्वमा विकसित भइरहेका घटनाक्रमले इरान तथा इजरायल लगायत युएई, कतार, बहराइनमा सुरक्षा अवस्था थप संवेदनशील बन्ने जोखिम देखिएको छ। ती देशहरूमा लाखौं नेपाली कार्यरत रहेका सन्दर्भमा उनीहरूको जीवन, रोजगारी र सुरक्षालाई लिएर गम्भ
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा झापा ५ का उम्मेदवार बालेन शाहले रहेका शाहले मध्यपूर्व एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपाली नागरिकलाई वर्तमान असामान्य परिस्थितिलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै बालेनले त्यहाँस्थित नेपालीहरूलाई सुरक्षित रहन र आधिकारिक निकायको निर्देशन पालना गर्न अनुरोध गरेका हुन ।शाहले सम्बन्धित देशहरूमा रहेका नेपाली राजदूतावासहरूले जारी गरेका सूचनालाई गम्भीरतापूर्वक लिन आग्रह गर्दै सकेसम्म घरभित्रै सुरक्षित रहन, स्थानीय सुरक्षा निकायका निर्देशन पूर्ण रूपमा पालना गर्न र अत्यावश्य
काठमाडौं— अमेरिकी राष्ट्रपति म्यलबमि ले इरानका सर्वोच्च नेता अली खामेनी तेहरानमा भएको आक्रमणमा मारिएको दाबी गरेका छन् ।ट्रम्पले आफ्नै सामाजिक सञ्जाल प्लेटफर्ममार्फत उक्त जानकारी सार्वजनिक गर्दै अमेरिका र इजराईलले संयुक्त रूपमा गरेको आक्रमणमा खामेनी मारिएको उल्लेख गरेका हुन् । उनले लेखेका छन् कि यस घटनाले इरानका नागरिक, अमेरिकी जनतालाई तथा विश्वका धेरै देशका मानिसहरूलाई “न्याय” मिलेको छ ।यसअघि अन्तर्राष्ट्रिय समाचार संस्था इरान तथा इजरायली सञ्चारमाध्यमहरूले पनि ८६ वर्षीय खामेनी मारिएको दाबी गरेका थिए । अमेरिकी टेलिभिजन च्यानल यह ल्भधक ले समेत इजरायली एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै
काठमाडौं— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मध्यपूर्वमा क्षेत्रको हवाई मार्गमा लगाइएको प्रतिबन्धले केही अन्तर्राष्ट्रिय उडानहरू प्रभावित हुने बताएको छ ।इरानमाथि अमेरिका र इजरायलले सैन्य आक्रमण गरेपछि कतार, दुबई र आबुधावी अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएकाले काठमाडौंस्थित विमानस्थलले शनिबार साँझ एक सूचना जारी गर्दै मध्यपूर्वी क्षेत्रका हवाई क्षेत्र बन्द गरिएका कारण केही उडान रद्द वा ढिला हुने जनाएको हो । विमानस्थल अन्तर्राष्ट्रिय उडानहरू ढिलाइ हुने, पुनः तालिकामा पर्ने वा रद्दसमेत हुन सक्ने सम्भावना रहेको बताएको हो ।विमानस्थले यात्रुहरूलाई आफ्नो उडानको पछिल्लो अवस्थाबारे सम्बन्धित वायुसेवा
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा नुवाकोट क्षेत्र नम्बर १ का उम्मेदवार डा।प्रकाश शरण महतले देश संकटको अवस्थामा रहेको उल्लेख गर्दै लोकतन्त्रको रक्षा, विधिको शासन सुनिश्चितता र स्थिरताका लागि नेपाली कांग्रेस सत्ताको नेतृत्वमा पुग्न आवश्यक रहेको बताएका छन् ।नुवाकोटमा कांग्रेसको बृहत चुनावी सभालाई सम्बोधन गर्दै उनले नुवाकोट जिल्ला नेपाली कांग्रेसको गढ भएकाले विजय सुनिश्चित हुने विश्वास व्यक्त गरे । उनले वर्तमान राष्ट्रिय राजनीति अत्यन्त तरल अवस्थामा रहेको भन्दै देश अझ कमजोर हुने खतरा विद्यमान रहेको बताए ।‘नुवाकोट जिल्ला नेपाली कांग्रेसको गण भएकोले विजय सुनिश्चित हुने मलाई थप विश्वास बढेको छ ।
गुल्मी । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देशको यो विषम परिस्थितिलाई निकास दिनसक्ने ताकत नेपाली कांग्रेससँग मात्रै भएको बताएका छन् ।गुल्मी १ मा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शर्माले अहिले देशलाई निकास दिने कांग्रेस बाहेक अन्य पार्टी नभएको बताएका हुन् ।उनले भनेका छन्, ‘सबै क्षेत्रका योग्य र विज्ञलाई जोडेर देश सम्हाल्ने तागत आजका दिनमा कांग्रेसका सभापति गगनकुमार थापामा रहेको छ । चन्द्र भण्डारी जस्तो विज्ञको नेतृत्वमा संरचना बनाएर सिंगो समाजमा राम्रोसँग ड्राइभ गर्नसक्छ भन्नेमा हामी विश्वस्त छौँ । देश सम्हाल्ने विश्वास दिलाएका छन् । परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्
सर्लाही । प्रतिनिधि सभा सदस्य निर्वाचनको संघारमा सर्लाहीमा नेपाली कांग्रेसलाई ठूलो झट्का लागेको छ ।कांग्रेसको प्रभाव क्षेत्र मानिँदै आएको रामनगर गाउँपालिका– २ खैर्वा इनर्वाबाट करिब चार सय कार्यकर्ताले सामूहिक रूपमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन् ।शनिबार एक कार्यक्रमकाबीच पूर्व संविधानसभा सदस्य शिवपुजन राय यादवले नवप्रवेशीहरूलाई टीका, माला र अबिर लगाएर पार्टीमा स्वागत गरेका थिए । उनले एमालेले अघि सारेको विकास र सुशासनको एजेन्डालाई जनतामाझ थप प्रभावकारी रूपमा पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।स्थानीय तहमा भएको यस सामूहिक प्रवेशलाई आसन्न निर्वाचनसँग जोडेर हेरिएको छ । राजनीतिक
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.