समाज

    Showing 3,811-3,820 of 6,695 items.
  • डा. महतको प्रस्ताव : योग्यता भए विदेशी नागरिकलाई पनि सरकारी नियुक्ति दिन सकिने

    काठमाडौँ – पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले विदेशी नागरिक वा विदेशमा स्थायी बसोबास (पीआर) लिएका नेपाली नागरिकलाई पनि योग्य भएमा सरकारी जिम्मेवारी दिन सकिने प्रस्ताव गरेका छन्।संसद्को अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयकमाथि छलफल गर्दै महतले सरकारले नीति निर्धारण गरेपछि कार्यान्वयनको जिम्मा योग्य व्यक्तिलाई दिनुपर्नेमा जोड दिए।उनले उदाहरण दिँदै भने, “अमेरिका, युरोपका ट्रिलियन डलरका कम्पनीहरू विदेशीहरूले चलाइरहेका छन्, इन्डियनहरूले नेतृत्व लिएका छन्। काम गर्नसक्ने क्षमतावान व्यक्ति हो भने विदेशी नागरिक वा पीआर होल्डरलाई पनि सीईओ बनाउनुमा कुनै आपत्ति हुनु हुँदैन।”उन

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 565 पटक पढिएको
  • कञ्चनपुरमा एक महिलाको शव फेला

    कञ्चनपुर — जिल्लाको बेलौरी नगरपालिकामा एक महिलाको शव फेला परेको छ। बिहीबार बिहान बेलौरी नगरपालिका–७ र ८ को सीमानामा पर्ने खप्टीनाला नजिक ४२ वर्षीया बिन्दु चौधरी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।मृतक चौधरी बेलौरी नगरपालिका–८ की बासिन्दा हुन्। प्रहरीका अनुसार उनी केही समयदेखि अस्वस्थ थिइन् र आफैंसँग बोल्ने जस्ता लक्षण देखिन थालेपछि परिवारले एक साताअघि झारफुकका लागि उनलाई बुटाबारीमा बसोबास गरिरहेकी फुपुकोमा पठाएका थिए।चौधरी हिजो मात्रै फुपुको घरबाट फर्किएकी थिइन्। बेलौरी बजारमा ओर्लिएपछि उनी सम्पर्कविहीन बनेकी थिइन्। परिवारले खोजतलास गर्दा शुक्रबार बिहान उनको शव

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 477 पटक पढिएको
  • चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिले प्रधानमन्त्रीसमक्ष लिए शपथ

    काठमाडौं— देशका चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियुक्त भएका उपकुलपतिहरूले बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीसमक्ष उपकुलपतिहरूले शपथ लिएका हुन्।शपथ लिनेमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा. विक्रमप्रसाद श्रेष्ठ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सह–प्राडा. पुजनकुमार रोकाया, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राडा. बुद्धिप्रसाद पौडेल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. भरत खत्री रहेका छन्।कार्यक्रममा प्रधानमन्त्री ओलीले नवनियुक

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 516 पटक पढिएको
  • रसुवामा बस दुर्घटना हुँदा १२ जना घाइते, एक जनाको अवस्था गम्भीर

    रसुवा— रसुवाको गत्लाङबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार उत्तरगया गाउँपालिका–५ लहरेपौवामा पासाङल्हामू मार्ग अन्तर्गत बा ४ ख ८४३५ नम्बरको बस दिउँसो करिब २ बजे सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटनामा परेको हो।प्रहरी निरीक्षक राजु शाहले दुर्घटनामा परेका सबै घाइतेहरुलाई जिल्ला अस्पताल त्रिशूली पठाइएको जानकारी दिएका छन्। बसमा कति जना यात्रु थिए भन्नेबारे थप विवरण आउन बाँकी छ।दुर्घटनाको कारण खुल्न बाँकी रहेकाले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 444 पटक पढिएको
  • नागढुङ्गा सुरुङ मार्गको दस्तुर तोकियो, मोटरसाइकललाई निषेध गरियो

    काठमाडौं— सरकारले निर्माणको अन्तिम चरणमा रहेको नागढुङ्गा सुरुङ मार्ग प्रयोग गर्ने सवारी साधनका लागि दस्तुर तोकेको छ। मन्त्रिपरिषद्को हालैको बैठकले दस्तुर दर निर्धारण गरेको हो।निर्धारित दस्तुरअनुसार साना सवारी साधन (कार तथा भ्यान) काठमाडौंतर्फ आउँदा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। मिनी बस तथा ट्रकका लागि भित्रिँदा ११५ र बाहिरिँदा ८० रुपैयाँ तोकिएको छ।त्यस्तै, ठूला बस र ट्रकहरूले काठमाडौं आउँदा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ। भारी उपकरणसहितका सवारी साधनले भने भित्रिँदा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको छ।सुरक्षा तथा प्रविधिगत कारण द

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 506 पटक पढिएको
  • किशोरी बलात्कृत आरोपमा एक पुरुष जना पक्राउ

    कैलाली— १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–३ कुचैनी शिविर बस्ने ४६ वर्षीय लोकेश सुर्जा मगर रहेका छन्।उनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो। मगरले ती बालिकालाई बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 438 पटक पढिएको
  • पशुपतिमा जलिरहेको शवबाट हड्डी निकालेर बिक्री, दुई जना पक्राउ

    काठमाडौं— पशुपति आर्यघाटमा अन्त्येष्टि भइरहेका बेला शवबाट हड्डी निकालेर बेचबिखन गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा सर्लाही घर भई हाल काठमाडौंको कपनमा बसोबास गर्दै आएका ४२ वर्षीय रामनन्दन ठाकुर र सप्तरी घर भई गौरीघाटमा बस्दै आएका ४१ वर्षीय मिश्रीलाल यादव रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ठाकुर हड्डी र खरानी खरिद गर्ने मुख्य व्यक्ति हुन् भने यादवले उनलाई सहयोग गर्ने गरेका थिए।प्रहरीका अनुसार, गत साउन २३ गते बनेपा नगरपालिका–९ का ६५ वर्षीय राम शाहीको शव पशुपति आर्यघाटको चिता नम्बर २ मा जलाइरहेका बेला शंकास्पद गतिविधि देखिएको थियो। पशुपति क्षेत्र विकास कोष अन्तर्गत

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 499 पटक पढिएको
  • तराईका जिल्लामा जापानी इन्सेफलाइटिसको जोखिम बढेपछि सतर्कता अपनाउन विज्ञहरुको आग्रह

    काठमाडौं— तराईका जिल्लामा जापानिज इन्सेफलाइटिस बढेको भन्दै सतर्कता अपनाउन विज्ञले सुझाएका छन् । यो लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको गम्भीर रोग हो ।जनसुकै उमेर समूहका मानिसलाई यो रोग लाग्न सक्छ । तर, धेरैजसो १५ वर्षमुनिका बालबालिकालाई यो रोग लाग्ने गरेको चिकित्सक बताउँछन् ।हाँस, कुखुराजस्ता चराचुरुंगी र सुँगुर–बंगुरजस्ता जनावरलाई टोकेमा लामखुट्टे संक्रमित हुन्छ । उक्त संक्रमित लामखुट्टेले मानिसलाई टोके यो रोग लाग्न सक्ने उनीहरूको भनाइ छ ।विशेष गरी साउनदेखि कात्तिकसम्म देखिने जापानिज इन्सेफलाइटिस मानिसबाट मानिसमा सर्दैन ।जापानिज इन्सेफलाइटिसमा बेस्सरी टाउको दुख्नु, उच्च ज्वरो, बेहोस हुने,

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 534 पटक पढिएको
  • काठमाडौं प्रहरी परिसरमा बैंकिङ कसुरका मुद्दा बढ्दै

     काठमाडौं—  जिल्ला प्रहरी परिसर काठमाडौंमा बैंकिङ कसुरका मुद्दाको चाङ लागेको छ । गत एक वर्षमा दर्ता भएका १२ हजार ९१५ मुद्दामा छ हजार ५५३ वटा बैंकिङ कसुरका मुद्दा  परिसर प्रमुख विश्व अधिकारीले जानकारी दिए ।सहकारी ठगी, अनुचित लेनदेन, विद्युतीय कसुर, साइबर अपराध र अभौतिक मुद्रासम्बन्धी अपराधका घटना बढेका छन् । परिसरमा दैनिक ३५ मुद्दा दर्ता हुने गरेका छन् ।आव २०८०/८१ मा सहकारी ठगीका २६ मुद्दा दर्ता भएकामा आव २०८१/८२ मा ३२ मुद्दा परेका छन् । परिसरमा ज्यानमार्ने उद्योगका १४० मुद्दा दर्ता भएका प्रमुख अधिकारीले बताए ।

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 551 पटक पढिएको
  • सौर्य एयरलाइन्स दुर्घटनाः कोपाइलट सुशान्तका पिताद्वारा आयोग संयोजकमाथि दुर्व्यवहारको आरोप

    काठमाडौँ – सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका कोपाइलट सुशान्त कटुवालका पिता ओम कटुवालले घटनाको अध्ययन गर्न गठित आयोगका संयोजकमाथि दुर्व्यवहार गरेको गम्भीर आरोप लगाएका छन्।बिहीबार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उनले आयोग पक्षपाती ढंगले कार्य गरेको भन्दै असन्तुष्टि व्यक्त गरे। कटुवालले आफू आयोगसँग कुरा गर्न जाँदा संयोजकले दुर्व्यवहार गरेको र प्रयोग गरिरहेको औषधिसमेत रोक्न बाध्य बनाएको दाबी गरे।उनका अनुसार आयोगले प्रारम्भिक प्रतिवेदन र अन्तिम प्रतिवेदनमा उल्लेख्य फरक प्रस्तुत गरेको छ। “छोरो जर्मनीमा जाँदा फेल भएको रहेछ भनेर कुराकानीम

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 593 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा