समाज

    Showing 3,821-3,830 of 6,695 items.
  • १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणीपछि किशाेरी गर्भवती , आरोपी ५० वर्षीय राई पक्राउ

    काठमाडौ –  किशोरीलाई जबरजस्ती करणी गरि फरार भएका एक आरोपीलाई झापा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाकाे गौरादह नगरपालिका- ९ झमकचाेक बस्ने ५० वर्षीय डिकबहादुर राई रहेका प्रहरीले जनाएकाे छ।२०८१ माघ महिनाको पहिलो साता राईले  १६ वर्षीया नाबालिगलाई डर त्रास देखाई करणी गरेकाे प्रहरी अनुसन्धानबाट खुलेकाे छ।करणीपछि किशाेरी गर्भवती भएकी थिइन् भने राई फरार थिए। गएकाे जेठ २८ गते इलाका प्रहरी कार्यालय झिलझिलेमा पीडितले राई विरुद्ध किटानी जाहेरी दिएका थिए।  झिलझिलेबाट खटिएको प्रहरी टोलीले राईलाई गोप्य सूचनाका आधारमा यही साउन २८ गते  झापाकै शिवसताक्षी नगरपालिका-६

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 492 पटक पढिएको
  • काठमाडौंको कालीमाटी र कुलेश्वरमा अवैध पुल भत्काउँदै महानगर

    काठमाडौं— काठमाडौं महानगरपालिकाले कालीमाटी र कुलेश्वर क्षेत्रमा स्थानीयले अवैध रूपमा निर्माण गरेका पुलहरू भत्काउने अभियान थालेको छ।काठमाडौं महानगरपालिका–१३ र १४ मा स्थानीयले आफूखुसी निर्माण गरेका पाँच वटा पुलमध्ये हाल दुई पुल भत्काइसकिएको र बाँकी तीन पुल भत्काउने तयारी भइरहेको महानगरले जनाएको छ।महानगरका अनुसार ती पुलहरू कुनै कानुनी स्वीकृति र प्राविधिक मापदण्ड बिना बनाइएकाले हटाउन लागिएको हो। यसले खोलाको प्राकृतिक बहावमा असर पार्नुका साथै बाढी र डुबानको जोखिम बढाउने भन्दै महानगरले अवैध संरचनाहरू हटाउन थालेको हो।यसअघि पनि महानगरले सार्वजनिक जमिन, सडक र खोल्सामा गरिएको अतिक्रमणविरुद्ध विभिन

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 407 पटक पढिएको
  • महाकाली नदीमा पानीको बहाव उच्च भएपछि आवागमन बन्द

    काठमाडौं— महाकाली नदीमा पानीको बहाव उच्च भएपछि कञ्चनपुरस्थित नेपाल–भारत सीमाको बनबासा पुल (शारदा ब्यारेज) हुँदै हुने सवारी तथा मानव आवागमन बन्द गरिएको छ।आज बिहान ११ बजे महाकाली नदीमा १ लाख २६ हजार ७१२ क्यूसेक पानीको बहाव मापन गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ। यो बहाव एक लाख क्यूसेकभन्दा बढी भएको अवस्थामा जोखिमपूर्ण मानिने भएकाले चारपाङ्ग्रे, दुईपाङ्ग्रे सवारी साधन तथा सर्वसाधारणको आउजाउ अस्थायी रूपमा रोकिएको हो।शारदा ब्यारेज बाढी मापन केन्द्रका अनुसार नदीमा जलसतह अझै बढ्ने अनुमान गरिएको छ। भारततर्फको शारदा ब्यारेज कार्यालयले पनि सूचना जारी गर्दै आगामी केही घण्टा थप वर्षा हुने सम्भावना रहेकाले

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 474 पटक पढिएको
  • डिजिटल प्रविधिको जिम्मेवार प्रयोगले समृद्ध भविष्य निर्माण सम्भव : देउवा

    काठमाडौं –  नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले डिजिटल माध्यमको सचेत, जिम्मेवार र समुचित प्रयोग नै देशको डिजिटल भविष्यको आधार हुने बताएका छन्।नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आयोजित ‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव र असर’ विषयक कार्यक्रमको उद्घाटन गर्दै देउवाले डिजिटल माध्यमले सेवा तथा सुविधालाई छिटो, पारदर्शी र प्रभावकारी बनाएको उल्लेख गरे।उनले भने, "आजको युग विज्ञान र प्रविधिको हो। हामी डिजिटल युगमा बाँचिरहेका छौं, जहाँ मोबाइल, इन्टरनेट, कम्प्युटर र सामाजिक सञ्जालको प्रयोग दैनिक जीवनको अभिन्न अंग बनेको छ।"सभापति देउवाका अनुसार डिज

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 355 पटक पढिएको
  • ठमेलबाट ११५ किलो बुद्धचित्तसहित दुई चिनियाँ नागरिक पक्राउ

    काठमाडौं – ११५ किलो बुद्धचित्तको दानासहित ठमेलबाट  दुई चिनियाँ नागरिक पक्राउ परेका छन् ।जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरुलाई बुधबार राति पक्राउ गरेको हो । उनीहरुबाट १२ लाख ७० हजार रुपैयाँ समेत बरामद भएको परिसरका प्रवक्ता तथा एसपी अपीलराज बोहराले बताए ।पक्राउ परेकाहरुको नामसहितको विवरण केहीबेरमा सार्वजनिक गरिने प्रहरीले बताएको छ । पक्राउ परेकाहरुलाई प्रहरी वृत्त सोह्रखुट्टेमा राखेर अनुसन्धान अघि बढाइएको छ ।

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 441 पटक पढिएको
  • दार्चुलाको छाङ्गरुमा बाढीले तीन काठे पुल बगायो, गोरेटो र पाइपलाइन समेत क्षति

    दार्चुला – दार्चुलाको ब्यास गाउँपालिका–१ छाङ्गरुस्थित नाम्पा र तिंकर खोलामा आएको बाढीले तीन वटा काठे पुल बगाएको छ। बाढीले छाङ्गरु र तिंकर जोड्ने तीन वटा काठेपुल बगाउनुको साथै पैदल यात्रा गर्ने गोरेटो बाटो समेत कटान गरेको छ।खाने पानीको पाइप समेत बगाएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। त्यस क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म छाङ्गरुबाट सशस्त्र प्रहरी नायव उपरीक्षकको कमान्डमा टोली परिचालन भएको छ।सञ्चार सम्पर्क नभएका कारण थप विवरण प्राप्त हुन नसकेको पनि डीएसपी थापाले बताए। 

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 355 पटक पढिएको
  • दोलखाली अर्जुनको पोर्चुगलमा रहस्यमय मृत्यु

    दोलखा— वैदेशिक रोजगारीका लागि घरबाट टाढा गएका दोलखा तामाकोसी गाउँपालिका–६, च्यामा निवासी अर्जुनप्रसाद आँपागाईंको पोर्चुगलमा रहस्यमय मृत्यु भएको छ।३३ वर्षीय आँपागाईं आइतबार बिहान पोर्चुगलको बेजा जिल्लास्थित आफ्नै कोठामा झुन्डिएको अवस्थामा फेला परेका हुन्। नेपाली साथीहरूले मृत अवस्थामा देखेपछि घटनाको खबर उनका भाइ शिवजी आँपागाईंलाई गराएका थिए।करिब साढे ३ वर्षअघि श्रम स्वीकृति लिएर क्रोएसिया पुगेका अर्जुन केही महिनामै पोर्चुगल छिरेका थिए। उनी त्यहाँको एक एजेन्ट कम्पनीमा श्रमिकका रूपमा काम गर्दै आएका थिए।मृतक अर्जुनका वृद्ध बाबुआमा, श्रीमती, एक छोरा र एक छोरी नेपालमा छन्।

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 426 पटक पढिएको
  • वैदेशिक रोजगारका नाममा करोडौं ठगी गर्ने सिंह कास्कीबाट पक्राउ

    काठमाडौं – वैदेशिक रोजगारको नाममा करोडौं रुपैयाँ ठगी गरेको आरोपमा फरार रहेका एक जनालाई कास्कीबाट पक्राउ गरिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले ठगी आरोपमा २९ वर्षीय त्रिलोक सिंहलाई पक्राउ गरिएको जानकारी दिएको हो ।एन.ए.एन. मेरीटाइम ट्रेनिङ एण्ड एजिन्सी प्रा.लि.का सञ्चालक रहेका सिंहमाथि ६६ जना व्यक्तिबाट ४ करोड १७ लाख ९३ हजार २८० रुपैयाँ ठगी गरेको आरोप लागेको छ ।प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार सिंह कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. २७ डाँडाकोनाक क्षेत्रमा लुकीछिपी बसेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय शिशुवा, कास्कीको समन्वयमा  २७ साउनमा पक्रा

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 436 पटक पढिएको
  • कैलाली कारागार प्रकरणः कैदीको मृत्युपछि सिडिओ हमाल तानिए गृह मन्त्रालय

     कैलाली— कैलाली कारागारमा कैदीबन्दीको मृत्यु भएपछि प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोगनबहादुर हमाललाई गृह मन्त्रालय तानिएको छ।गृह मन्त्रालयले बुधबार हमाललाई मन्त्रालयमा बोलाएर उनको स्थानमा दाङका सिडिओ कृष्णप्रसाद लम्साललाई खटाएको हो।लम्साललाई दाङबाट कैलाली पठाइए पनि दाङमा हालसम्म नयाँ सिडिओको नियुक्ति गरिएको छैन।साउन २३ गते राति कैलाली कारागारका दुई ब्लकमा रहेका कैदीबन्दीहरूबीच झडप हुँदा धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय कैदीबन्दी भरत चौधरीको मृत्यु भएको थियो। उक्त घटनामा ४७ जना घाइते भएका थिए।

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 521 पटक पढिएको
  • स्याङ्जामा नदीजन्य पदार्थ उत्खनन गर्ने ३ सवारीसाधन नियन्त्रणमा

    स्याङ्जा – नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार गर्ने तीन सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गरेको भन्दै प्रहरीले ३ सवारी साधन नियन्त्रणमा लिएर आवश्यक कारबाही लागि स्थानीय पालिकालाई हस्तान्तरण गरेको हो।लु१क ५१८५ नम्बरको टिप्पर, लु१क ५१८६ नम्बरको टिप्पर र प्र ३०१००३ क ७१२९ नम्बरको एक्काभेटर रहेको प्रहरी नायब उपरीक्षक प्रशन्नराज चौधरीले जानकारी दिए।असार, साउन र भदौ ३ महिना नदीजन्य पदार्थ उत्खनन र ओसारपसारमा प्रतिबन्ध छ।  

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 550 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा