समाज

    Showing 3,831-3,840 of 6,695 items.
  • जयपृथ्वी राजमार्ग तेह्र घण्टापछि खुल्यो

    बैतडी— जयपृथ्वी राजमार्ग १३ घण्टापछि खुलेको छ । राजमार्गको खोडपे–बझाङ सडकखण्ड अन्तर्गत बैतडीको सुर्नया गाउँपालिका–७ भञ्ज्याङमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । सडकमा खसेको पहिरो जेसिबीले पन्छाएपछि केही बेरअघिदेखि राजमार्ग सञ्चालन भएको बैतडीका प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । लगातारको वर्षाले पहिरो पन्छाउन ढिलो भएको थियो । सवारी साधन सञ्चालन भएसँगै अलपत्र यात्री आ–आफ्ना गन्तव्यतर्फ लागेका छन् । 

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 448 पटक पढिएको
  • मुगुमा बालविवाह कायमै

    मुगु – नेपाल सरकारको २० वर्ष उमेर पुगेपछि मात्रै विवाह गर्ने कानुनी प्रवाधान भए पनि मुगुमा भने २० वर्ष नपुग्दै बाल विवाह गरि आमा बन्नेहरुको संख्या बढ्दो छ । जिल्ला अस्पातलबाट सुरक्षित प्रसूति हुने र सुरक्षित गर्भपतन गराउनेको संख्या सबै बन्दा बढी २० बर्ष मुनिका किशोरीहरुको संख्या रहेको देखिन्छ ।आर्थिक वर्ष ०८१÷०८२ मा जिल्ला अस्पतालमा जम्मा २ सय २९ जनाले सुरक्षित सुत्केरी भएका छन भने यसमा ४५ प्रतिशत २० बर्ष नपुग्दै आमा बन्ने किशोरीको संख्या बढी रहेको पाइन्छ ।जिल्ला अस्पतालमा आएर सुरक्षित गर्भपतन गराउनेहरुको संख्या विगतका भन्दा पछिल्ला बर्षहरुमा झन बढ्दो अवस्थामा छ । आर्थिक बर्ष ०८१।०८२ सालम

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 568 पटक पढिएको
  • सामाजिक सञ्जालका भ्रामक सुचनाको प्रलोभनबाट जोगिन प्रहरीको अनुरोध

    काठमाडौं— केहि दिन यता सामाजिक संजाल फेसबुक, इस्ट्राग्राम र टिकटक मार्फत शेयर बजारको बारेमा सूचना दिने भनी आएका भ्रामक सूचनाको प्रलोभनमा नपर्न केन्द्रीय अनुसन्धान ब्यूरोले अनुरोध गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोले एक विज्ञप्ती जारी गर्दै सामाजिक संजाल फेसबुक, इस्ट्राग्राम र टिकटक मार्फत नेप्से एआइ नामक एपको प्रयोग नगर्न र अपरिचित लिङक तथा एपहरु डाउनलोड नगर्न अनुरोध गरेको हो । ब्यूरोको विज्ञप्तीमा भनिएको छ, ‘केहि दिन यता सामाजिक (संजाल फेसबुक, इस्ट्राग्राम र टिकटक लगायत) मा नेप्से एआई नामक एप डाउनलोड गर्न लगाई एआईले शेयर बजारको बिश्लेषण गरी बढि भन्दा बढि नाफा कमाउन सक्ने जस्त

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 491 पटक पढिएको
  • ‘राष्ट्रिय मानव अधिकार सम्बन्धी नयाँ ऐन प्रक्रियागत रुपमा छ’

    काठमाडौं— राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले राष्ट्रिय मानव अधिकार सम्बन्धी नयाँ ऐनको आवश्यकता महशुस भएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित ‘मानव अधिकार रक्षकहरुको अवस्था, चुनौती र अधिकार संरक्षण सम्बन्धी कानूनको मस्यौदा विधेयक’ विषयक कार्यक्रममा उनले राष्ट्रिय मानव अधिकार सम्बन्धी नयाँ ऐनको आवश्यकता महशुस भएको कारण २०६८ को ठाँउमा नयाँ ऐन ल्याएको बताए । उनले भने, ‘राष्ट्रिय मानव अधिकारमा नयाँ ऐन २०६८ को ठाँउमा नयाँ ऐन ल्याउने कुरा भईसकेपछि हामी त्यसमा अघि बढ्यौं । यो अहिले छलफल कै चरणमा छ । यो ऐन सदनमा पेश भएपछि, समिति पनि छ त्यहाँ पनि छलफल हुन्छ, त्यो बेला पनि

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 549 पटक पढिएको
  • बाजुरा: बिच्छ्या खोलाको बाढीले दुई घर पुरिए

    बाजुरा— बाजुराको हिमाली गाउँपालिका वडा नम्बर १ मा रहेको बिच्छ्या खोलाको बाढीले २ वटा घर पुरेको छ ।बाढीले ४ वटा घरमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । हिजो बेलुकी ६ बजेतिर आएको बाढीले स्थानीय नरेन्द्र बुढाको पसल र सञ्चलाल थापाको घर पुरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक देब वहादुर चौधरीले जानकारी दिए ।त्यसैगरी स्थानीय धनसिंह थापा, सब्बले थापा, लाल बहादुर थापा, गोताल थापाको घरमा आशिंक रुपमा क्षति पुगेको छ भने सुजालाल थापाको शौचालय बाढीले पुरेको प्रहरी निरीक्षक चौधरीले बताए ।बाढीले झोलुङ्गे पुल र बिच्छ्या मावि, १ नम्बर वडा कार्यालय भवन लगायत अरु

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 553 पटक पढिएको
  • ६६ जनाबाट ४ करोड १७ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरी फरार सिंह पक्राउ

    काठमाडौं— वैदेशिक रोजगारीको नाममा ६६ जनाबाट ४ करोड १७ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरी फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एनएन मेरिटाइम ट्रेनिङ एण्ड एजेन्सी प्रालिका सञ्चालक त्रिलोक सिंहलाई कास्कीबाट पक्राउ गरेको हो।डम्बर देउवा लगायतका पीडितहरूले दिएको जाहेरीका आधारमा सिंहविरुद्ध वैदेशिक रोजगार ठगी सम्बन्धी मुद्दा दायर भएको थियो। मुद्दा चलेपछि फरार रहेका सिंह कास्की जिल्लाको पोखरा महानगरपालिका–२७ स्थित डाँडाकोनामा लुकीछिपी बसेको विशेष सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 481 पटक पढिएको
  • कैलाली कारागार घटनाको छानबिन गर्न समिति गठन

    कैलाली— गृहमन्त्री रमेश लेखकले कैलाली कारागारमा साउन २२ गते राति भएको झडपको छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति गठन गरिएको जानकारी दिएका छन्।कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले छानबिन समितिको प्रतिवेदनका आधारमा दोषीमाथि कानुनी कारबाही हुने बताए।उक्त झडपमा एक कैदीको मृत्यु भएको थियो भने ४८ जना घाइते भएका थिए। घाइतेमध्ये ३ जनालाई काठमाडौं ल्याइ उपचार भइरहेको छ भने अन्य ४१ जना सेती प्रादेशिक अस्पतालमा उपचाररत छन्।गृहमन्त्रीका अनुसार झडप राति दुई ब्लक बीचको पर्खाल तोडफोड गरेर ब्लक ए का कैदीले ब्लक बीमा पुगेर कुटपिट गरेका थिए।घटनापछि कारागारमा आन्तरिक द्वन्द्व र

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 569 पटक पढिएको
  • नेपाल धितोपत्र बोर्डको सञ्चालकमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षमा ढकाल नियुक्त

    काठमाडौं— नेपाल धितोपत्र बोर्डको सञ्चालकमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल नियुक्त भएका छन् । बोर्डको संचालक सदस्यमा महासंघको प्रतिनिधि सदस्य हुने व्यवस्था छ । सोही व्यवस्था अनुरूप महासंघले आफ्नो प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोकर्ण अवस्थी थिए । उनले राजीनामा दिएपछि बोर्डमा महासंघबाट प्रतिनिधित्व गर्ने संचालकको पद खाली रहेको थियो । त्यही ठाउँमा उपाध्यक्ष ढकाल नियुक्त भएका हुन् ।

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 428 पटक पढिएको
  • हेलम्बुका युवा डल्ले खुर्सानीको खेतीबाट आत्मनिर्भर बन्दै

    सिन्धुपाल्चोक— सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–५ भारती डिप्लोका युवा परम्परागत जातको डल्ले खुर्सानीको खेती गरेर आत्मनिर्भर बन्न थालेका छन् । पाँच वर्षअघि स्थानीय युवा वीरजित तामाङले डल्ले खुर्सानीको व्यावसायिक खेतीको सुरुआत गरेका थिए । उनले गरेको खुर्सानीखेती फस्टाएपछि हाम्रो साझा कृषि सहकारी संस्थाको समन्वय र सहयोगमा हेलम्बु कृषि शाखाले आर्थिक वर्ष २०८१÷८२ को कार्यक्रमबाट आधुनिक प्रविधिद्वारा खुर्सानी रोप्न प्रयोग गरिने मल्चिङ प्लास्टिक ५० प्रतिशत अनुदानमा दिएको सहकारीका अध्यक्ष सानुकान्छा तामाङ बताउछन् । उक्त अनुदान पाएसँगै हेलम्बु–५ का विभिन्न टोलमा त्यहाँका युवाहरुले व्यावसायि

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 463 पटक पढिएको
  • अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ पोल्यान्ड शाखाको अध्यक्षमा ललितपुरका बजगाईं

    काठमाडौं— विश्वभर छरिएर रहेका पत्रकारहरुलाई एकीकृत गर्ने उद्देश्यका साथ, आम सञ्चारकर्मीहरूको हक र हितका लागि सङ्गठित रुपमा आवाज उठाउँदै आएको अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ पोल्यान्डको अध्यक्षमा सङ्गम दैनिकका प्रधान सम्पादक ललितपुरका केशवप्रसाद बजगाई निर्विरोध निर्वाचित भएका छन ।पोल्यान्डको राजधानी क्राकोमा २०८२ साउन २५ गतेको भेलाले संस्थाको अध्यक्षमा बजगाईलाई निर्विरोध निर्वाचित गरेको हो ।नौ सदस्यीय कार्यसमितिमाको उपाध्यक्षमा सौगात ढुङ्गाना, सचिव अशोक भुसाल, कोषाध्यक्ष दीपक बजगाईं त्यस्तै बोर्ड अफ डाइरेक्टरमा धनेश्वर चौधरी, प्रमिला भुजेल, कमल बिष्ट, रामप्रसाद शर्मा र स्वागत ढुङ्गाना रहेका छन

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 516 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा