काठमाडौं— विश्वभर आज विश्व गैरसरकारी संस्था दिवस मनाइँदै छ ।गैरसरकारी संस्थाहरूले समाज उत्थानको लागि दिएका योगदानहरूलाई थप हौसाउन हरेक वर्षको २७ फेब्रुअरीको दिन संयुक्त राष्ट्र सङ्घले विश्व गैर सरकारी संस्था दिवस मनाउने गरेको छ । आजको दिनको मूलभूत उद्देश्य भने साथ र सहयोगको उत्सव मनाउ भन्ने रहेको छ ।यस दिवसको यस वर्षको मूल नारा ‘समावेशितामार्फत सम्मान पुनः स्थापना’ रहेको छ । विश्व गैरसरकारी संस्था दिवसले समाजका सीमान्तकृत, पिछडिएका तथा अवसरबाट वञ्चित समुदायको अधिकार संरक्षण, सशक्तीकरण र समान सहभागिता सुनिश्चित गर्न गैरसरकारी संस्थाहरूले खेलेको योगदानलाई विशेष रूपमा उजागर गर्ने लक्ष्य राखेको छ
काठमाडौं— दक्षिण भारतीय फिल्मका चर्चित कलाकार अभिनेत्री रश्मिका मन्दना र अभिनेता विजय देवरकोन्डा वैवाहिक जीवनमा बाँधिएका छन् । उनीहरूले बिहीबार भारतको उदयपुरमा विवाह गरेका हुन् ।राजस्थानस्थित उदयपुरमा आयोजित उक्त समारोहमा दुवै परिवारका सदस्य र अत्यन्त निकट साथीभाइहरूको मात्र उपस्थिति रहेको बताइएको छ । विवाह समारोहमा तेलुगु र कोदावा परम्पराअनुसारका धार्मिक विधिहरू समावेश गरिएको बताइएको छ ।उनीहरूको विवाहका अधिकारिक तस्बिरहरु भने सार्वजनिक भइसकेको छैन । रश्मिका र विजयले आफ्नो वैवाहिक समारोहलाई ‘विरोश’ नाम दिएका छन्, जुन उनीहरूका नामको संयोजनबाट बनेको हो । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका यी दुई
काठमाडौं— आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष हेकराज ढकालले कम्पनीको नवनिर्मित भवन उद्घाटन गरिएको जानकारी दिएका छन् ।भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले १२ तले उक्त भवन करिब ६० हजार वर्गफिट क्षेत्रफलमा फैलिएको र निर्माणमा झण्डै १ अर्ब रुपैयाँ लगानी भएको बताए ।उनले कम्पनीको आफ्नै भवन निर्माण हुनुले संस्थागत पहिचान मजबुत बनेको अनुभूति भएको बताए । ‘कम्पनीको आफ्नै भवन बनाउन पाउँदा हामी आभारी छौं । यसले कम्पनी स्थापित भएको अनुभूति दिलाएको छ, आइजीआईको बिल्डिङ चाँही १२ तलाको हो । झण्डै ६० हजार वर्गफिट टोटल एरिया छ । यसको लगानी झण्डै सबै गरेर १ अर्ब जति खर्च भएको छ । कम्पनी र व्यक्तिको हिस
काठमाडौं— यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यसहित ‘समावेशी समाजवादी पार्टी’का तर्फबाट सुरेन्द्र पाण्डे ले काठमाडौं क्षेत्र नम्बर १ मा घरदैलो अभियानलाई तीव्र बनाएका छन् ।घरदैलोका क्रममा उनले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय राज्य र समाजबाट अझै पनि तिरस्कृत अवस्थामा रहेको भन्दै संसदमा उनीहरूको प्रत्यक्ष प्रतिनिधित्व आवश्यक भएको बताए ।‘समाजवादी समावेशी पार्टी यौनिक तथा लैङ्गिक अल्पसंख्यक व्यक्तिहरु देश र समाजबाट नै तिरस्कृत भइरहेको अवस्थामा हाम्रो प्रतिनिधित्व संसदमा हुनुपर्छ भनेर म यो क्षेत्रमा प्रत्येक्ष रुपमा उम्मेद्वारी दिएर घर दैलो गरिरहेको छु’ उनले
बुटवल— यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले रुपन्देहीमा घरदैलो तथा भेटघाट कार्यक्रमलाई तिब्रता दिएको छ । घरदैलो तथा भेटघाटमा निस्किएका एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई जेनजी उमेर समूहका युवादेखि पाका पुस्ताले समेत फूल मालाले स्वागत गर्दै आर्सीवाद दिएका छन् ।घरदैलो अभियान अन्र्तगत बिहीबार बिहान बुटवल उपमहानगरपालिका वडा नम्बर ९ मा भएको भेटघाटमा जेनजी युवाहरूले पौडेललाई फूल मालाले स्वागत गरे भने ज्येष्ठ नागरिकहरू उनलाई अँगालो मारेर आर्सीवाद दिन पुगे ।पौडेललाई आशीर्वाद दिँदा उनीहरूको आँखामा आँसु छल्किएपछि स्वम् उम्मेदवार पौडेल नै अवाक भएका थिए । यसै गरी बुटवल–९ को
सिराहा— लहान नगरपालिकाका उपमेयर राम चलित्तर महतोले मेयर महेश चौधरीमाथि गम्भीर आरोप लगाएका छन् । उपमेयर महतोका अनुसार मेयर चौधरीले कानुनको धज्जी उडाउने काम गरिरहेको बताउँदै आचारसंहिता केवल कागजमै सीमित भएको टिप्पणी गरेका छन् ।उनले दल र उम्मेदवारहरूले खुलेआम आचारसंहिता उल्लङ्घन गरिरहेको उल्लेख गर्दै निर्वाचनको समयमा मात्र नियम सम्झने र जितेपछि बिर्सिने प्रवृत्ति दोहोरिँदै आएको बताएका छन् ।‘जब आफ्नै हस्ताक्षर गरेर बनाएको नियम नै पालना गर्न सकिँदैन भने भोलि कानुन बनाउने जिम्मेवारीमा पुगेपछि कस्तो उत्तरदायित्व देखिन्छ रु’ उनले प्रश्न उठाए ।उपमेयर महतोले आचारसंहितालाई कमजोर बनाउने प्रवृत्तिले लोकतन्
रौतहट— रौतहट क्षेत्र नम्बर ४ बाट आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दिएका चर्चित सञ्चारकर्मी ऋषि धमलाले आफू मन्त्री पदको लोभ त्यागेर निर्वाचनको मैदानमा उत्रिएको दाबी गरेका छन् ।बिहीबार रौतहटको चन्द्रनिगाहपुरमा स्थानीय पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफ्नो राजनीतिक यात्रा सत्ताका लागि नभई देश परिवर्तनका लागि भएको स्पष्ट पारेका हुन् । धमलाका अनुसार, वर्तमान प्रधानमन्त्री सुशीला कार्की र ‘जेनजी’ आन्दोलनका अगुवाहरूले आफूलाई मन्त्री बन्न बारम्बार आग्रह गरे पनि उनले त्यसलाई अस्वीकार गरेका थिए ।‘मन्त्री पद मेरा लागि ठुलो कुरा होइन, म सत्ताको लागि होइन, जनताको अ
सुर्खेत— नेपाली कांग्रेसले आज सुर्खेतमा शक्ति प्रदर्शन गर्ने भएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन लक्षित शक्ति प्रदर्शन गर्ने कांग्रेसले जनाएको छ ।सुर्खेतमा हुने चुनावी सभामा सम्बोधन गर्न कांग्रेस सभापति गगन कुमार थापा सुर्खेत आउदैछन् । प्रतिज्ञा पत्र सार्वजनिक पछि कंग्रेसको यो दोस्रो प्रदेशस्तरीय आमसभा हो । केहिबेरमा सुर्खेतको घण्टाघर डबलीमा हुने आमसभालाई नेपाली कांग्रेसका सभापति थापा, उपसभापति पुष्पा भुसालले सम्बोधन गर्ने छन् ।आमसभाका लागि कर्णालीका सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख र कालिकोट जिल्लाबाट समर्थकहरू सुर्खेत आउने छन् ।आजको आमसभाले कर्णालीमा कांग्रेसको पक्षमा चुनाव
पर्वत— एमालेकातर्फबाट पर्वत क्षेत्र नम्बर १ का उम्मेदवार पदम गिरीले संघीय संसदले गर्ने काम भनेको ठूला योजनाको काम भएको बताएका छन् । उनले जनताको माग एकातिर काम अर्कातिर भएको पनि बताए ।चुनावी घरदैलोमा रहेका उनले संघीय संसदको भूमिका मेगा प्रोजेक्टको काम गर्ने तर गाउँका सानातिना योजनाहरुको काम स्थानीय सरकारले गर्ने बताए । आफूलाई जिताउने मतदाता कहिल्यै पनि पछुताउनु नपर्ने पनि बताए ।‘मैले वितेको ८ बर्षमा गलत काम गरेको छैन । सो हिसाबले मलाई चुनाव जित्न गार्हो थिएन तर यस पटक सूर्चमा केही बादल लागेकाले धेरै महेनत गर्नुपरिरहेको छ,’ उनले भने ।एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको पर्वतमा आगामी फाग
सुनसरी— सुनसरीको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुहबी नगरपालिका–५ का ३२ बर्षीय बिजय ऋषिदेव र सप्तरी छिन्नमस्ता गाउँपालिका–६ का ४७ वर्षीय गिरिजानन्द साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए।आज बिहान बराहक्षेत्र नगरपालिका–११ गुप्ताटोलस्थित भित्रि सडकमा को २५ प १४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा ऋषिदेव गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सोही दुर्घटनमा दुहबी–५ का दिपेन ऋषिदेव घाइते भएका हुन । उनको उपचार भइरहेको प्रनाउ खड्काले बताए। त्
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.