समाज

    Showing 3,841-3,850 of 6,695 items.
  • झापामा जंगली हात्तीको आक्रमण : चार घर र खेतबारीमा क्षति

    झापा – झापाको मेचीनगर नगरपालिका–१ साडुगौडामा जंगली हात्तीको आक्रमणले चारवटा घर र खेतबारीमा क्षति पुर्‍याएको छ।गएराति साढे १२ बजेतिर दुईवटा जंगली हात्तीले स्थानीयवासीका घर तथा बालीमा क्षति गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।हात्तीले नर्वु तामाको भान्सा घरको टिनको छाना भत्काउँदा करिब २५ हजार रुपैयाँ बराबरको क्षति भएको छ। त्यस्तै, प्रेमबहादुर भारतीको दुई मन धान खाएको प्रहरीले जनाएको छ।सुनिता तामाङको पाँच कठ्ठा खेतमा लगाएको धान खाँदा झण्डै ३० हजार रुपैयाँ बराबरको क्षति भएको छ भने जितबहादुर मगरको पनि पाँच कठ्ठा खेतमा लगाइएको धान हात्तीले नष्ट गर्दा करिब ३० हजार रुपैयाँ बराबरको क्षति भएको

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 458 पटक पढिएको
  • मालपोत कार्यालयमा घुस प्रकरण, प्रमुख अधिकृत आचार्यसहित दुई जनाविरुद्ध मुद्दा दायर

    भक्तपुर — भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्यसहित दुई जनाविरुद्ध २४ लाख ५० हजार रुपैयाँ घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।अख्तियारका अनुसार आचार्य र कार्यालय सहयोगी टिकाराम राउतले चाँगुनारायण नगरपालिकामा पर्ने १४ रोपनी ४ आना क्षेत्रफलको जग्गालाई मोहीको नाममा लगत कट्टा तथा जग्गा धनी प्रमाण पूर्जा तयार गरिदिने भन्दै सेवाग्राहीसँग सो रकम घुस रूपमा लिएको अनुसन्धानबाट पुष्टि भएको छ।साविक चाँगुनारायण गाविस–५ ख मा पर्ने उक्त जग्गाको मोही बाँडफाँड तथा रजिष्ट्रेसनका लागि सहजीकरण गरिदिने भन्दै

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 510 पटक पढिएको
  • लड्केश्वर धाममा ६.५ केजी चाँदीको “निशानी” अनावरण, राष्ट्रप्रेम र धार्मिक भावनाको संगम

    पनौती— राष्ट्रप्रेम र शिवभक्तिको प्रतीक बनेको कालाग्नि रुद्रपीठ लड्केश्वर धाममा मंगलबार ६.५ केजी शुद्ध चाँदीको “निशानी” भव्य रूपमा अनावरण गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे र श्री १००८ स्वामी रमणानन्द जी महाराजको संयुक्त हस्तबाट अनावरण गरिएको यो निशानी धार्मिक मात्र नभई राष्ट्रिय गौरवको परिचायकका रूपमा प्रस्तुत गरिएको छ।यसअघि विश्वकै अग्लो त्रिशूल निर्माण, ७७ जिल्लामा रथयात्रा र राष्ट्रिय कोटिहोम जस्ता ऐतिहासिक कार्यहरू सम्पन्न गरिसकेको लड्केश्वर धामले यो अनावरणमार्फत आफ्ना गतिविधिहरूमा थप ऐतिहासिक अध्याय थपेको हो।उक्त कार्यक्रममा प्रा.डा. भवानी खतिवडा, भारतका ना

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 594 पटक पढिएको
  • सुनसरीमा सेप्टिक ट्यांकीभित्र ठेकेदार र कामदार मृत फेला

    विराटनगर— सुनसरीको दुहबी नगरपालिका–४, शिव मन्दिर चोकस्थित एक निर्माणाधीन घरको सेप्टिक ट्यांकीभित्र दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन्। बुधबार बिहान करिब १० बजे उनीहरू मृत फेला परेका हुन्।मृतकहरूमा दुहबी नगरपालिका–२ का ५० वर्षीय श्याम बहादुर तामाङ र ३२ वर्षीय रमेश राई रहेका छन्। तामाङ सो घर निर्माणका पेटी ठेकेदार हुन् भने राई कामदारका रूपमा कार्यरत थिए, मोरङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए।घटना स्थलमा प्रहरी निरीक्षक सागर तिमिल्सिनाको नेतृत्वमा प्रहरी टोली खटिएको थियो। प्रारम्भिक अनुसन्धान अनुसार घटनाको स्पष्ट कारण नखुलेको बताइएको छ।घटनाको थप अनुसन्धा

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 422 पटक पढिएको
  • जंगली च्याउको तरकारी खाँदा ८ जना बिरामी, ३ जनाको अवस्था चिन्ताजनक

    उदयपुर— उदयपुरमा जंगली च्याउको तरकारी खाँदा एकै परिवारका आठजना बिरामी परेका छन्। चौदण्डीगढी नगरपालिका–९ अजगरामा विषालु जंगली च्याउको तरकारी खाँदा आठ जना बिरामी परेका हुन्।बिरामी हुनेहरूमा ८५ वर्षीया गवनी सदा, ६० वर्षीया गीता सदा, ३१ वर्षीया संजु सदा, २९ वर्षीया मन्जु सदा, २९ वर्षीया सरिता सदा, १० वर्षीया सन्ध्या सदा, ११ वर्षीया सन्जा सदा र वर्ष ५५ का लल्कु सदा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।सदा परिवारले मङ्गलबार बिहान घर नजिकैको जंगलबाट ल्याएको च्याउको तरकारीसँग खाना खाएका थिए। त्यसपछि उनीहरूलाई बान्ता हुने, टाउको दुख्ने जस्ता समस्या देखिएको थियो।बिरामी मध्ये गवनी सदा, गीता सदा

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 574 पटक पढिएको
  • सुनसरीको झुम्का कारागारबाट कैदी फरार, प्रहरीको खोजी अभियान तीव्र

    विराटनगर— सुनसरीको झुम्का कारागारबाट एक जना कैदी भागेका छन् । जबरजस्ती करणी (बलात्कार) मुद्दाका कैदी खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ घर भएका २८ वर्षीय रुपक पौडेल खत्री गएराति कारागारबाट भागेका हुन् ।जेलर सुवासकुमार लामिछानेका अनुसार खत्रीलाई कारागारको ‘बी’ ब्लकमा राखिएको थियो । कारागारको पर्खाल नाघेर उनी फरार भएका हुन् ।सामूहिक बलात्कारको घटनामा संलग्न खत्रीलाई जिल्ला अदालत सुनसरीले २०८१ चैत २५ गते १३ वर्ष कैद सजाय हुने फैसला गरेको थियो । उनी २०८१ साउन २१ गतेदेखि  कारागारमा थिए ।घटनाको छानबिन गर्न सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय छानबिन सम

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 534 पटक पढिएको
  • उच्च अदालतका २७ जना न्यायाधीशले लिए शपथ, एक महिना तालिममा जाने

    काठमाण्डौं— न्याय परिषद्को सिफारिसमा नियुक्त भएका उच्च अदालतका २७ जना नयाँ न्यायाधीशहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। सर्वोच्च अदालत परिसरमा आयोजित विशेष समारोहमा प्रधान न्यायाधीश विष्वम्भर प्रसाद श्रेष्ठले उनीहरूलाई शपथ गराएका हुन्।शपथपछि न्यायाधीशहरू न्याय सेवा प्रशिक्षण केन्द्र, हरिसिद्धिमा आयोजना हुने एक महिनाको आधारभूत तालिममा सहभागी हुनेछन्। तालिमको उद्देश्य न्याय सम्पादनमा आवश्यक कानुनी ज्ञान, आचरण र व्यावहारिक सीप अभिवृद्धि गर्नु रहेको बताइएको छ।नवनियुक्त न्यायाधीशहरूलाई संविधान, मानव अधिकार, न्यायिक आचारसंहिता, सूचना प्रविधिको प्रयोग, र कानुनी भाषाको शुद्ध प्रयोगजस्ता विषयमा व

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 480 पटक पढिएको
  • ७ वर्षीय बालिका बलात्कार अभियोगमा एक जना पक्राउ

    उदयपुर— बालयौन दुव्र्यवहार र जबर्जस्ती करणीका दुई छुट्टाछुट्टै घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।त्रियुगा नगरपालिका–११ बरुवाटारमा डेरा गरी बस्ने ७ वर्षीय बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा बरुवाटारका ४५ वर्षीय शुुभराज राईलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) केदारमान दोङले जानकारी दिए ।केही दिनअघि राति १० बजेतिर घरनजिकै बालिकालाई जबर्जस्ती करणी गरेको जानकारी आएपछि प्रहरीले खोजतलासका क्रममा राईलाई घरबाटै नियन्त्रणमा लिई उदयपुर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय उदयपुर

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 495 पटक पढिएको
  • मोसो दल्ने खड्का पक्राउ, नेकपा बहुमत चितवन सेक्रेटरीको संलग्नता

    चितवन – नापी कार्यालय खैरहनीका कार्यालय प्रमुख इन्जिनियर शालिकराम लम्साललाई मोसो दलेर दुर्व्यवहार गर्ने जिल्ला सेक्रेटरी ‘दिपक’ भन्ने भीमबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय, चितवनका एसपी गोविन्द पुरीका अनुसार घटनामा संलग्न अन्य दुई व्यक्तिको खोजी भइरहेको छ । पक्राउ परेका खड्काबाट ९ थान पर्चा बरामद भएको छ । उक्त पर्चामा ‘शालिकराम लम्साललाई कारबाही किन नगर्ने ?’ जस्ता शब्द लेखिएका छन् ।एसपी पुरीका अनुसार पक्राउ परेका खड्काविरुद्ध अभद्र व्यवहार मुद्दामा आज म्याद थप गरिँदैछ । मंगलबार मोसो दल्नुअघि धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) ले लम्सालसँग चन्दा मागेको थिय

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 415 पटक पढिएको
  • भैंसीलाई चरम यातना दिँदै ओसारपसार गर्ने दुई जना पक्राउ

    अर्घाखाँची— अर्घाखाँची जिल्लामा भैंसीलाई क्रूरतापूर्वक सानो गाडीमा अटाएर ओसारपसार गर्ने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।धारापानीबाट सन्धिखर्क हुँदै बुटवलतर्फ जाँदै गरेको बोलेरो सिङ्गल क्याब गाडीमा चारवटा भैंसीहरूलाई अत्यन्तै अमानवीय तरिकाले कोचेर लैजाने क्रममा सन्धिखर्क नगरपालिका–२ स्थित घोचेखोलामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।पक्राउ पर्नेमा अर्घाखाँची भुमिकास्थान नगरपालिका–६ का २३ वर्षीय सरोज पौडेल र रोल्पा लुङ्ग्री गाउँपालिका–२ निवासी १८ वर्षीय क्रिस बानिया रहेका छन्। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक झलक प्रसाद शर्माका अनुसार उनीह

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 487 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा