अर्घाखाँची— अर्घाखाँची जिल्लामा भैंसीलाई क्रूरतापूर्वक सानो गाडीमा अटाएर ओसारपसार गर्ने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।धारापानीबाट सन्धिखर्क हुँदै बुटवलतर्फ जाँदै गरेको बोलेरो सिङ्गल क्याब गाडीमा चारवटा भैंसीहरूलाई अत्यन्तै अमानवीय तरिकाले कोचेर लैजाने क्रममा सन्धिखर्क नगरपालिका–२ स्थित घोचेखोलामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।पक्राउ पर्नेमा अर्घाखाँची भुमिकास्थान नगरपालिका–६ का २३ वर्षीय सरोज पौडेल र रोल्पा लुङ्ग्री गाउँपालिका–२ निवासी १८ वर्षीय क्रिस बानिया रहेका छन्। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक झलक प्रसाद शर्माका अनुसार उनीह
कञ्चनपुर — कञ्चनपुरमा ३९ वटा छाउगोठ भत्काइएको छ।गत असार महिनामा कृष्णपुर नगरपालिका निवासी कमला दमाइको छाउगोठमा सुतिरहेको अवस्थामा सर्पको डसाइबाट मृत्यु भएपछि प्रशासनले कडा कदम चालेको थियो। सो घटनापछि जिल्ला प्रशासन कार्यालयले सबै स्थानीय तहलाई छाउगोठ हटाउन निर्देशन दिएको थियो।त्यसअनुसार विभिन्न पालिकाले अभियान चलाउँदै हालसम्म ३९ छाउगोठ हटाइसकेको स्थानीय प्रशासनले जानकारी दिएको छ।
काठमाडौँ —गत आर्थिक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ घटना भएका छन् ।प्रेस काउन्सिल नेपालले काउन्सिलमा दर्ता भएका निवेदन र नियमित अनुगमनका आधारमा प्रेस स्वतन्त्रतासम्बन्धी ९४ घटना भएका जनाएको हो ।१ साउन २०८१ देखि ३२ असार २०८२ सम्म गरिएको अनुगमनमा प्रेस स्वतन्त्रता हननका ९४ घटना भएका हुन् । सबैभन्दा बढी बागमतीमा प्रदेशमा ३८ वटा घटना भएका छन् ।त्यसैगरी, मधेश प्रदेशमा २५, सुदूरपश्चिम र कोशीमा आठ–आठ, कर्णालीमा सात, गण्डकीमा चार, लुम्बिनीमा तीन र देशबाहिर एक घटना भएका छन् । लैङ्गिक आधारमा हेर्दा यो अवधिमा भएका घटनामा ९६ पुरुष र १० महिला गरी १०६ जना पत्रकार पीडित भएका पाइएको छ ।समीक्षा अवधिमा बागमती
धरान – सुनसरीको दुहबी नगरपालिका-४ मा दुईजना पुरुषको हत्या गरिएको छ । निर्माण भइरहेको घरमा ती पुरुषहरूको हत्या गरेको अवस्थामा शव भेटिएको प्रहरीले जानकारी दिएको छ ।दुई पुरुषको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसलगत्तै इलाका प्रहरी कार्यालय दुहबीबाट प्रहरी परिचालन गरि घटनाको अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले बताए । उनका अनुसार ती पुरुषलाई कसैले हत्या गरी फ्यालेको हुनसक्ने अनुमान गरिएको छ । पहिचान नखुलेका पुरुषको शवको वस्तुस्थिति बुझ्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट चिकित्सक झिकाइएको डीएसपी खतिवडाले बताए
बाजुरा – बाजुराको बडिमालिका नगरपालिका ४ मा रहेको ओलेना बस्ती बाढी पहिरोको उच्च जोखिममा रहेको छ । बुढिगंगा नदीको कटानले बस्ती उच्च जोखिममा परेको हो ।वर्षायाम सुरु भए लगत्तै बाढी र पहिरोको त्रासमा यहाँका स्थानीय रात कटाउन बाध्य रहेका छन् । बाढिपहिरोबाट यहाँका करिब दुई दर्जन परिवार विस्थापित हुने अवस्थामा छन् । बस्ती स्थानान्तरणको पर्खाइमा रहेका यहाँका स्थानीयको आशा अधुरै रहेको छ । बर्षाैदेखि बस्ती बाढि पहिरोको उच्च जोखिममा रहेको भए पनि स्थानान्तरण भने हुन सकेको छैन् । ओलेना बस्ती एक उदाहरण मात्रै हो । बाजुराका कयौं घर बस्ती बाढिपहिरोको जोखिममा छन् । बाजुराका करिब १३५ बढि गाउँ बस्ती उच्च जोख
काठमाडौं — जोमसोम–कोरला सडकअन्तर्गत वारागुङ–मुक्तिक्षेत्र छुसाङ खण्ड लेदोसहितको पहिरो खसेपछि आज बिहानदेखि पूर्णरूपमा अवरुद्ध भएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास क्षेत्रीका अनुसार सडक विभागसँगको समन्वयमा पहिरो पन्छाउन प्रहरी टोली परिचालन भएको छ ।
काठमाडौं – संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले रोस्ट्रमबाट राजीनामाको घोषणा गर्दै निष्ठाका आधारमा निर्णय लिएको दाबी गरे।खतिवडा निजामती सेवा विधेयकमा गरिएको विवादास्पद संशोधन — दुई वर्षे 'कुलिङ पिरियड' हटाउने निर्णय — का कारण आलोचनामा परेका थिए। सो विषयमा गठित संसदीय छानबिन समितिले उनलाई ‘नैतिक रूपमा जिम्मेवार’ ठहर गरेपछि उनले सभामुख देवराज घिमिरे र पार्टी प्रमुख सचेतक श्यामकुमार घिमिरेसँग छलफल गरेर राजीनामाको निर्णय लिएको जनाएका छन्।राजीनामा घोषणा गर्दै खतिवडाले विधेयकमा त्रुटि भएको दिनमै स
जनकपुरधाम, २७ साउन। नेपाल पत्रकार महासंघ मधेश प्रदेशले कानुन अनुरुप २० वर्षका लागि लिजमा लिएको जग्गामा नेपाल बार एशोसिएसन जनकपुरले अनावश्यक रुपमा हस्तक्षेप गरेपछि बार र संचारकर्मीहरु बिचमा विवाद सृजना भएको छ । मंगलबार नेपाल बार एसोसिएसनमा आबद्ध वकिलहरुको कुटपिटबाट पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष बनजारा, महासचिव क्रान्ति, पत्रकार दिवाकर राय र अनिलकुमार निराला घाइते भएका छन्।जनकपुरधाम उपमहानगरपालिकाले वडा नम्बर ४ स्वर्गव्दारा छेउमा नै रहेको ४ कठठा जग्गा गुठिसंस्थानसँग लिजमा लिएर भवन बनाउने तयारी गरिरहेको अवस्थामा बार एसोसिशएसन जनकपुरधामका अधिवक्तहरुले अवरोध सृजना गरेपछि संचारकर्मीहरु र
काठमाडौं— सेवाग्राहीसँग १३ हजार रुपैयाँ घुस लिएको आरोपमा नापी कार्यालय कलंकीका एक कार्यालय सहयोगी सोमबार पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालका अनुसार चन्द्रागिरी नगरपालिका–१३ स्थित एक जग्गा हालसाविक गरी नयाँ पुर्जा बनाउने प्रक्रियामा सेवाग्राहीसँग घुस मागिएको भन्ने उजुरीका आधारमा आयोगको टोली खटिएको थियो ।टोलीले कार्यालय सहयोगी एकेन्द्र कुँवरलाई नापी कार्यालयको परिसरमै सेवाग्राहीबाट लिएको १३ हजार रुपैयाँसहित नियन्त्रणमा लिएको हो । आयोगका अनुसार कुँवरसँगै उनको मोबाइल फोन पनि बरामद गरिएको छ । त्यस क्रममा कार्यालय प्रमुखका दुई थान मोबाइल डिभाइस र सर्भेक्षकको मोबाइल पनि
झापा— करेन्ट लागेर झापाको शिवसताक्षीमा एकजना गंभीर घाइते भएका छन् । घाइते हुनेमा बिर्तामोड ९ बस्ने ४८ वर्षीय होमनाथ सुबेदी रहेका छन् ।उनका दाई शिबसताक्षी– ८ बिहानी टोल बस्ने हरि सुबेदीको घरमा करेन्ट लागेको हो । उनी मानसिक रोगका बिरामी हुन् । आज बिहान १०ः३५ बजे होमनाथ आफ्ना दाई हरिको घरमा गएका थिए । उनी दाईको टिनको छानो भएको २ तले घरको धुरीमाथि चढेर हातमा काठको लाठी लिई अभद्र शब्द प्रयोग गरी टिनमा लाठीले हान्दा बिजुलीको तारलाई छुन गई करेन्ट लागेको थियो ।इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी टोली खटिएर घाइतेलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड पठाएको छ । उनको अबस्था गंभीर रहेको प्रहरी
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.