समाज

    Showing 3,861-3,870 of 6,696 items.
  • जलवायु परिवर्तनसम्बन्धि नीति निर्माण गर्नुपर्नेमा सांसदहरुको जोड

    काठमाडौं – वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमा जलवायु परिवर्तनसम्बन्धि नीति निर्माण गर्नुपर्ने माग गरिएको छ । मंगलबार बसेको अर्थ समितिको बैठकमा जलवायु परिवर्तनलाई विश्वसमुदायसँग सहयोगको आव्हान गर्दा समेत उचित नीति नभएको भन्दै समितिमा नीतिले सम्बोधन गर्नुपर्ने माग गरिएको हो । बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले हिमतालहरु फुटेकोदेखि लेदो बाढी आउने समस्याहरुमा अरुलाई सहयोगका लागि आव्हान गर्न नीतिको आवश्यक रहेको बताए । उनले भने, ‘प्रधानमन्त्रीज्यूले जलवायु परिवर्तनप्रति प्रतिवद्धता र विश्व समुलायसँग सहयोग पनि मागिरहेको अव

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 419 पटक पढिएको
  • जापानिज इन्सेफ्लाइटिसका कारण ७ महिनामा ३ जनाको मृत्यु

    मोरङ— जापानिज इन्सेफ्लाइटिसका कारण यो वर्ष ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङका २ जना र बाराका १ जना छन्। मृत्यु हुनेहरू क्रमशः १७, ४९ र ७४ वर्षका छन्।विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार सन् २०२५ को ७ महिनाको अवधिमा नेपालमा ३४ जनालाई जापानिज इन्सेफ्लाइटिस (जेइ) देखिएकोमा तीन जनाको मृत्यु भएको हो।विज्ञहरूका अनुसार साउनदेखि कात्तिक (जुलाईदेखि अक्टोबर) सम्म नेपालमा जापानिज इन्सेफ्लाइटिसको संक्रमण धेरै देखिन्छ। 'जेइ' का कारण मृत्युदर झण्डै ३० प्रतिशत रहेकाले समयमै पहिचान गरी उपचार गर्न सकेनौँ भने ठूलो क्षति हुन सक्छ।स्वास्थ्य जोखिमका विषयहरूमा स्वास्थ्य पत्रकारहरूलाई अभिमुखीकरण गर्न

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 609 पटक पढिएको
  • 'साम्बा’लाई ब्रान्ड एम्बेसडर हस्ताक्षर

    काठमाडौं – म्याक्सिम्याक्स एजुकेशन एण्ड माइग्रेसन सर्भिसेस र नेपाली महिला फुटबल टोलीकी कप्तान सबित्रा भण्डारी ’साम्बा’को ब्रान्ड एम्बेसडर हस्ताक्षर भएको छ ।मंगलबार पत्रकार सम्मेलन गर्दै म्याक्सिम्याक्सले म्याक्सिम्याक्स संस्थाको ब्रान्ड एम्बासडर ’साम्बा’ सँग तीन वर्षका लागि सम्झौता गरेको बताएको हो  ।साम्बाले गत वर्ष फ्रान्सको प्रिमियर लिगमा गुइनगाम्पबाट खेल खेलेको जनकारी गराँउदै अव छिट्टै नै अस्ट्रेलियाको प्रिमियर लिगमा वेलिङटन फोनिक्सबाट सहभापग हुने आयोजकको भनाइ छ । नेपाली राष्ट्रिय टोलीबाट ६० खेलमा ६६ गोल गरेकी सावित्रालाई म्याक्सीम्याक्ससँग जोड्न पाँउदा उत्साहित रहेको आयोजकको भनाइ

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 497 पटक पढिएको
  • अर्जुननरसिंह केसी भन्छन अदालतले अनुमति दिँदा पनि रवि लामिछानेलाई कारागार स्थानान्तरण नगर्नु दुःखद

    काठमाडौं— नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेल सार्नका लागि गरेको आग्रहलाई राज्यले अस्वीकार गर्नु दुःखद् भएको बताएका छन्।प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद केसीले अदालतले समेत जेल सार्नको लागि अनुमति दिए पनि स्थानारन्तरण नगरिनु दुःखद् भएको बताए।‘कसैप्रति पनि कानूनी प्रक्रियाले हुने निर्णय आफ्नो ठाउँमा छ तर राष्ट्रिय पार्टीको सभापति र पूर्वमन्त्री समेत भएको व्यक्ति (रवि लामिछाने) लाई अदालतले ठाना स्थानान्तरको अनुमति दिँदा दिँदै पनि स्थानान्तरण नरिनु दुःखद् मात्र होइन नबुझिँदो कुरा भएको छ।’

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 527 पटक पढिएको
  • अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी विधेयक राष्ट्रिय सभामा पेस

    काठमाडौँ  – राष्ट्रिय सभामा अभौतिक सम्पदाको संरक्षण गर्न सम्बन्धित व्यवस्था गर्न तयार गरिएको अभौतिक सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी विधेयक, २०८१ पेस गरिएको छ ।मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले उक्त विधेयक राष्ट्रिय सभामा पेस गरेका हुन् । विधेयक प्रस्तुत गर्दै मन्त्री पाण्डेले नेपाल अभौतिक सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी महासन्धि, २००३ को पक्ष राष्ट्र भइसकेको अवस्थामा, महासन्धिको पक्ष राष्ट्रको हैसियतले उक्त सन्धिको कार्यान्वयन गर्नका लागि यो विधेयक ल्याइएको बताए । उनका अनुसार संवैधानिक व्यवस्थालाई मूर्तरूपमा कार्यान्वयन गर्न, सांस्कृतिक सम्पदा

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 410 पटक पढिएको
  • च्याम्पियन नेपाली एमएमए फाइटर ढाँटलाई बालेनले २ लाख रूपैयाँ सहित सम्मान गरे

    काठमाडौं— काठमाडौं महानगरपालिकाले म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) च्याम्पियन नेपाली एमएमए फाइटर रवीन्द्र ढाँटलाई २ लाखले सम्मान गरेको छ ।महानगरले मंगलबार उनलाई २ लाख रूपैयाँसहित सम्मान गरेको हो । ढाँटले भारतको नोएडामा भएको म्याट्रिक्स फाइट नाइट (एमएफएन) १७ मा बान्टमवेट च्याम्पियनको उपाधि जितेका थिए ।उनले भारतका चोंगरेंग कोरेनलाई तेस्रो राउन्डमा पराजित गर्दै यो उपाधि हासिल गरेका थिए । यस जितले रवीन्द्रको व्यावसायिक रेकर्ड ८–१ मा सुधार भएको छ भने कोरेनको पाँच फाइटको यात्राको रेकर्ड तोडेका थिए । बझाङका रवीन्द्र यो उपाधि जित्ने पहिलो नेपाली फाइटर बनेका थिए ।

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 580 पटक पढिएको
  • प्रधानमन्त्रीको निर्देशन : सुशासनका लागि विना मोलाहिजा छानबिन र अनुगमन गर्नुस्

    काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा परिपूर्तिका लागि सुशासनको महाअभियान सञ्चालन गर्नुपर्ने बताएका छन् ।राष्ट्रिय सतर्कता केन्द्रको २४ औँ स्थापना दिवसका अवसरमा मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले संविधानको निर्देशक सिद्धान्तलाई ध्यानमा राखेर भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती गर्दै नगरी जनतालाई सहज सेवा प्रवाहको सरकारको दायित्वमा कुनै कमजोरी हुन नहुने बताए  । नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, सबै सचिवहरु, सुरक्षा निकायका प्रमुखहरुसमेत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले स्वच्छता, परादर्शीता र सेवा प्र

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 465 पटक पढिएको
  • पत्रकार महासंघ मधेश प्रदेशको भवन निर्माणमा बारको अवरोध, वकिल र पत्रकारबीच झडप

    जनकपुर – जनकपुरधाममा निर्माण हुन लागेको पत्रकार महासंघ मधेश प्रदेशको भवन निर्माणमा बार एशोसिएसन जनकपुरले अवरोध गरेको छ ।केन्द्रिय गुठी संस्थानसँग सम्झौता गरेर जनकपुरधाम उपमहानगरपालिका–४ स्थित भूतनाथ मन्दिरको दक्षिणपट्टि चार कठ्ठा जग्गामा निर्माण कार्य सुरु गर्न लागेपछि बार एसोसिएसनले सो जग्गा आफ्नो पार्किङ स्थल रहेको दाबी गर्दै कार्य रोक्न खोजेका हुन् ।महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जाराले सो जग्गा कानुनी प्रक्रिया पूरा गरी गुठी संस्थानसँग सम्झौता गरेर निर्माण सुरु गरेको बताएका छन् । तर बार एसोसिएसनले उक्त जग्गा पार्किङका लागि प्रयोग हुँदै आएको र कुनै हालतमा पत्रकार महासंघलाई प्रयोग गर्

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 703 पटक पढिएको
  • सर्वोच्चको दरपीठ आदेश बदर, द्वन्द्वपीडितको रिट अब दर्ता हुने

    काठमाडौं— द्वन्द्वपीडितहरूका लागि न्यायको बाटो खुलेको छ। सर्वोच्च अदालतले अघिल्लो दरपीठ आदेशलाई बदर गर्दै द्वन्द्वपीडितले दायर गरेका रिट निवेदन अब दर्ता गर्न सकिने फैसला सुनाएको छ।सर्वोच्च प्रशासनले यसअघि विभिन्न द्वन्द्वपीडितहरूको रिट निवेदनहरू दरपीठ गर्दै आएको थियो। पीडित पक्षहरूले त्यसको विरुद्धमा पुनरावलोकनको माग गरेका थिए। आजको फैसलाले पीडितहरूलाई फेरि आशाको किरण देखाएको छ।द्वन्द्वपीडित तथा मानवअधिकारकर्मीहरूले यसलाई ऐतिहासिक कदमका रूपमा स्वागत गरेका छन्। 'सत्य र न्यायको जित भएको छ,' एक द्वन्द्वपीडितले प्रतिक्रिया दिँदै भने, 'अब हामीले न्यायको ढोका खोल्ने विश्वास गरेका छौँ।'यस फैसलासँगै द

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 431 पटक पढिएको
  • रास्वपाले संसद् सुन्न र हेर्नलायक बनाएको छ : डीपी अर्याल

    काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डीपी अर्यालले रास्वपा संसद्‌मा प्रवेश गरेसँगै सदन अहिले सुन्न र हेर्नलायक भएको बताएका छन् ।मंगलबार पार्टीको युवा विभागले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा अर्यालले स्वदेशमा मात्रै नभई विदेशमा बस्ने नेपालीले पनि रास्वपा संदनमा प्रवेश गरेपछि संसद्‌को गरिमा बढेको बताउने गरेको दाबी गरे ।"राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो व्याख्या गरेजस्तो लाग्ला, तर हामीले रास्वपाको व्याख्या गर्न लागेको होइन । सदन अहिले सुन्न, हेर्नलायक भएको भनेर स्वदेशमा मात्रै होइन, विदेशमा बस्ने मानिसहरूले पनि भनिरहेको अवस्था छ," उनले भने ।उनले नीति नियम आध

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 423 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा