समाज

    Showing 3,941-3,950 of 6,699 items.
  • नुहाउने क्रममा महाकाली नदीमा दुई बालीका बेपत्ता भएपछि...

    कञ्चनपुर— कञ्चनपुरमा २ वालिका महाकाली नदीमा वेपत्ता भएका छन् । महाकालीमा नुहाउने क्रममा दुई बालिका बेपत्ता भएका हुन् । आइतबार दिउँसो महाकाली किनारमा ४ बालबालिका मध्य नुहाउने क्रममा २ बेपत्ता भएका हुन् ।बेपत्ता हुँनेमा भीमदत्त नरपालिका ११ का अन्दाजी ७ वर्षीय जिबिका पन्त र ६ वर्षीय सानवि पन्त रहेका जिल्ला प्रहरी कार्यालका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए ।अहिले नेपाली सेना, नेपाल प्रहरी , शसस्त्र प्रहरी र स्थानियहरुको टिमले उनिहरुको खोजी गरीरहेको छ ।

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 542 पटक पढिएको
  • कैलाली कारागार झडपः अर्को घाइते कैदीलाई पनि रेफर गर्न तयारी

    कैलाली— कैलाली कारागारमा केही दिनअघि भएको झडपमा घाइते भएका अर्को एक कैदीलाई पनि उपचारका लागि बाहिर पठाउने तयारी भइरहेको छ।जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार, ती कैदीको नसामा समस्या देखिएको छ। उनलाई काठमाडौं वा नेपालगञ्जमध्ये एक ठाउँमा रेफर गर्नेबारे छलफल भइरहेको छ। अहिले ती कैदी सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा उपचार गराइरहेका छन्।जोशीले ती कैदीलाई हेलिकप्टर होइन, सामान्य जहाजबाट पठाइने जानकारी पनि दिए। यसअघि गम्भीर घाइते भएका एक कैदीलाई नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं ल्याइएको थियो।झडपपछि कैदीहरूको संख्या यकिन गर्न आइतबारबाट गन्न थालिएको छ। का

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 501 पटक पढिएको
  • पाँच जना मिर्गौला बेचबिखन पीडित प्रहरी सम्पर्कमा

    काठमाडौं— मिर्गौला बेचबिखनमा परेका पाँच जना पीडित अहिले सम्म प्रहरी सम्पर्कमा आएका छन्। पछिल्लो पटक काभ्रे र नुवाकोटका दुई जना युवा शुक्रबार मानव बेचबिखन विरुद्धको ब्युरोमा पुगेका हुन्।यसअघि सिन्धुलीका एक जना युवा प्रहरीसँग सम्पर्कमा आएका थिए। अब सोमबार थप दुई जना जाहेरी दिन आउने तयारीमा रहेको प्रहरी उपनिरीक्षक कृष्ण प्रसाद पंगेनीले जानकारी दिएका छन्।प्रहरीका अनुसार पीडितहरूमध्ये दुई जनालाई मिर्गौला बेचेको पैसा एक रुपैयाँ पनि दिइएन। अरूलाई थोरै पैसा दिएर बाँकी पैसा नदिएको बताएका छन्।केही दिन अघि पीडितहरू प्रहरीमा आएपछि अनुसन्धान सुरु गरिएको थियो। त्यसपछि नुवाकोट र काभ्रेका चार जना व्यक्ति पक्र

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 613 पटक पढिएको
  • जलिरहेको शवको हड्डी र मासु बेचेको आरोपमा दुई जना पक्राउ, ‘अभद्र व्यवहार’को मुद्दा

    काठमाडौं— पशुपति आर्यघाटमा दाहसंस्कारका लागि राखिएको शवको हड्डी र मासु बिक्री गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पनेमा गणेश ढकाल र उनका एक सहयोगी रहेका छन् ।काभ्रेका स्थायी निवासी रामबहादुर शाहीको शवलाई शुक्रबार आर्यघाटमा जलाउँदै गर्दा उक्त घटना भएको महानगरीय प्रहरी वृत्त, गौशालाले जनाएको छ।मृतकका परिवारजनले आरोपीहरूलाई रंगेहात पक्राउ गरी प्रहरीलाई खबर गरेका थिए। घाटमा शव जलाउने काम गर्ने ढकालले आफ्ना सहयोगीलाई शाहीको जलिरहेको शवबाट निकालिएको मासु र हड्डी प्याक गर्न लगाइरहेको अवस्थामा मृतकका आफन्तले देखेपछि गौशाला प्रहरी वृत्तमा खबर आएको गौशाला प्रहरी वृत्तका सूचना अधिकारी

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 590 पटक पढिएको
  • क्रिकेटर ललित राजवंशीकी आमाको निधन

    विराटनगर— नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललित नारायण राजवंशीकी आमा सरलाको आइतबार निधन भएको छ।सरलाको आइतबार बिहान विराटनगरस्थित निवासमै निधन भएको हो । ६३ वर्षीया उनी केही समयदेखि मुटुको रोगकी बिरामी रहँदै आएकी थिइन् । उनको स्वास्थ्य अवस्था केही सातादेखि नाजुक बनेको थियो।आमाको निधनको खबर पाएलगत्तै काठमाडौंमा रहेका क्रिकेटर ललित विराटनगर आइपुगेका छन्। अहिले विराटनगर महानगरापालिका–१४ स्थित उनको परिवारका सदस्य, आफन्त र छिमेकीहरू जम्मा भएकाछन् ।आमाको निधनको खबर पाएपछि उनले भावुक हुँदै इन्स्टाग्राममा एउटा पोस्ट लेखेका छन् । ललित शुभो राजवंशीका तीन छोरा र एक छोरीमध्ये कान्छा हुन्।क्रिकेट संघ अफ

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 607 पटक पढिएको
  • जलवायुको असर तराई–मधेसको खानेपानीमा देखियो : मन्त्री यादव

    बारा –  खानेपानी मन्त्री प्रदीप यादवले तराई–मधेसका जिल्लामा देखिएको खानेपानीको समस्या तत्कालीन र दीर्घकालीन रूपमा समाधान गर्नका लागि नेपाल सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्  । आइतबार बारास्थित परवानिपुर र प्रसौनि गाउँपालिकाका विभिन्न वडाहरूमा जडान गरिएका डिप बोरिङको स्थलगत अनुगमनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले जलवायु परिवर्तनका कारण तराई–मधेस सहितका जिल्लामा खानेपानीको निकै समस्या उत्पन्न भएको बताए  ।उनले मधेसका जनतालाई खानेपानी उपलब्ध गराउने उद्देश्य अनुरूप खानेपानी मन्त्रालय मातहतका निकायले डिप बोरिङको कार्य सुरु गरेको बताएका हुन् ।मन्त्री

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 538 पटक पढिएको
  • कैलालीमा डेंगु संक्रमितको संख्या ७६ पुग्यो, देशभर २७२० बिरामी

    धनगढी- कैलालीमा डेंगु रोगका बिरामीको संख्या ७६ पुगेको छ ।स्वास्थ्य कार्यालय कैलालीका फोकल पर्शन मीनबहादुर धामीले सन् २०२४ भन्दा सन् २०२५ मा डेंगुका बिरामी केही घट्दो क्रममा रहेको बताए ।सन २०२४ मा कैलालीमा डेंगु बिरामीकाे संख्या ५२० रहेकाे थियाे । धामीका अनुसार सन २०२५ का अझै केही महिना बाँकी रहेकाले संख्या बढने देखिएकाे छ ।कार्यालयले संचालन गरेकाे लार्भाखोज तथा नष्ट गर्ने अभियान र सचेतना महिना जस्ता कार्यक्रमले केही घटेको हुन सक्ने उनले बताए । उनले भने,‘यो लामखुट्टेको टोकाईबाट लाग्ने एक किसिमको भाईरल रोग हो । बिहानको समय र बेलुकाको समयमा बढी सकृय हुने गर्दछ, त्यसैले यश वेला बच्न आवश्यक छ ।’हाल

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 422 पटक पढिएको
  • नबिल बैंकमा कर्मचारी माग

    काठमाडौं— नबिल बैंकमा रोजगारीको अवसर खुलेको छ। बैंकले गोल्ड टेस्टर पदको लागि कर्मचारी माग गरेको हो।इच्छुकले एसएलसी वा एसइई उत्तीर्ण गरेको हुनु पर्नेछ। साथै, नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख वा ग वर्गको बैंक तथा वित्तीय संस्थामा गोल्ड टेस्टरको रूपमा कम्तीमा ५ वर्षको काम गर्ने अनुभव हुनुपर्छ।३० वर्षभन्दा कम उमेर भएका इच्छुकले भदौ ५ गतेसम्म आवेदन दिन सक्नेछन्।

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 565 पटक पढिएको
  • ‘ग्रे लिस्ट’बाट बाहिरिन सहकारी नियमन कडा

    काठमाडौं– सरकारले देशभरका सबै सहकारी संघ–संस्थाहरूलाई सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी विवरण अनिवार्य रूपमा अनलाइनमार्फत बुझाउन निर्देशन दिएको छ । सहकारी विभागले जारी गरेको सूचनालाई आधार मान्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहहरूलाई परिपत्र गरी यो निर्देशन कार्यान्वयन गर्न भनेको हो ।सरकारले फाइनान्सियल एक्सन टास्क फोर्सको ‘ग्रे लिस्ट’मा परेपछि  यो कदम चालिएको जनाएको छ  । ‘ग्रे लिस्ट’ बाट बाहिर निस्कन सरकारले सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना (२०८१–८२, २०८५–८६) लागू गरेको छ। सोही कार्ययोजन

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 304 पटक पढिएको
  • शवबाट मासु झिकेर अघोरीलाई बिक्री? आर्यघाटमा अनौठो घटना सार्वजनिक

    काठमाडौँ – पशुपति आर्यघाटमा शव दहन गर्ने क्रममा शवबाट मांसपदार्थ र हड्डीको चोरी हुने गरेको अनौठो घटना सार्वजनिक भएसँगै प्रहरीले अनुसन्धान थालेको छ । प्रहरीको प्रारम्भिक अनुमान छ- शवबाट मासु र हड्डी निकालेर मसान जगाउने अघोरी बाबालाई बेचिन्छ ।मलामीले दिएको निवेदनका आधारमा शुक्रबार पशुपति आर्यघाटमा घाटे काम गर्ने गणेश ढकाललाई प्रहरीले शुक्रबार पक्राउ गरेको थियो । उनले अहिलेसम्म ठोस जजाफ दिएका छैनन् । काभ्रेको बनेपा- ९ का राम शाहीको शव अत्येष्टिका क्रममा शुक्रबार शव दहन भइसकेपछि एक टुक्रा मासु झिकेर अन्य व्यक्तिलाई रहस्यमय तवरले दिइएको भन्दै शाहीका मलामीले प्रहरीलाई खबर गरेका थिए ।खबर पाउनासाथ प्र

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 675 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा