समाज

    Showing 3,971-3,980 of 6,700 items.
  • माबिलुङ इनर्जीले सोमदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै

    काठमाडौं— माबिलुङ इनर्जी लिमिटेडले भोलि (सोमबा्) २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ।कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो।कम्पनीले जारी पूँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँको ४८.९९९८ प्रतिशत अर्थात १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबरको १८ लाख ९० हजार ५३० कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। जसमध्ये ३ लाख ८५ हजार ८२४ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र सर्वसाधारण लगानीक

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 452 पटक पढिएको
  • मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु, दुई जना घाइते

    दाङ— दाङमा दुईवटा सवारी साधन (मोटरसाइकल) एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छभने दुई जना घाइते भएका छन् । घोराही– तुलसीपुर सडकखण्डको तुलसीपुर–१८ दुधरासमा  तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको लुप्र०२–००१प ११२१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु३४प ५४०६ नम्बरको मोटरसाइकल शनिबार बेलुकी एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परी राप्ती गाउँपालिका–५ लठ्ठहवाका ४६ वर्षीय देवराज चौधरीको मृत्यु भएको छ । उनीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा शनिबार राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उ

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 497 पटक पढिएको
  • रेलवे लिक क्रस गर्ने क्रममा रेल र कार ठोक्किए

    जनकपुर— जनकपुरको थापाचोकस्थित रेलवे लिक क्रस गर्ने क्रममा रेल र कार ठोक्किएका छन् । बागमती प्रदेश ०१–२५ च १२९० नम्बरको कारसँग रेल ठोक्किएको हो ।घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।रेल भांगहा तर्फबाट जनकपुरतर्फ जाँदै थियो । सोही क्रममा थापाचोकतिरबाट जानकी मन्दिरतर्फ जान लागेको कारले लिक क्रस गर्न खोजेपछि रेलसँग ठोक्किएको प्रत्यक्षदर्शीले बताएका छन् ।दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 475 पटक पढिएको
  • जुम्लाबाट सुर्खेत हिडेको फोर्स गाडी दुर्घटना, सात जना घाइते

    जुम्ला । जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको फोर्स गाडी दुर्घटना हुँदा सात जना घाईते भएका छन् । कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको खाँडाचक्र–१० गोलुवा भन्ने स्थानमा शुक्रबार विहान दुर्घटना हुँदा सातजना यात्रु घाइते भएका हुन् ।बा.१ झ ०९७६ नम्बरको फोर्स गाडी अनियन्त्रित भइ करिब एक सय मिटर तल खसेको हो । दुर्घटनामा पाँचजना गम्भीर र दुईजना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रविन बाबु रेग्मीले जानकारी दिए ।उनका अनुसार दुर्घटनास्थल कालिकोटमा भएकाले त्यहाँको प्रहरी कार्यालयबाट जानकारी प्राप्त भएको हो । अहिले कालिकोटबाट प्रहरीको टोली घटना स्थलतर्फ पठाइएको छ । घाइतेहरूको विस्तृत वि

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 215 पटक पढिएको
  • इन्टरनेटको काम गर्दै गर्दा पोलमा चढेका युवकको करेन्ट लागेर निधन

    नेटको तार तान्न बिजुलीको पोलमा चढेका युवाको करेन्ट लागेर ज्यान गएको छ। काठमाडौँको तारकेश्वर नगरपालिका-११ नेपालटार हिलेटोल हाइटस्थित फाइबर वर्ल्ड कम्युनिकेसन प्रालिमा काम गर्ने सोही नगरपालिका-४ पुरानो गुहेश्वरी बस्ने धादिङ गल्छी गाउँपालिका-८ घर भएका २४ वर्षीय राजन भुजेलको शुक्रबार बिहान मृत्यु भएको हो।नेटको तार तान्नको लागि बिजुलीको पोलमा चढ्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको ग्रिनसिटी अस्पताल बसुन्धारामा उपचारको क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। 

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 564 पटक पढिएको
  • पार्टी एकीकरणवारे छलफल गर्न घनश्याम पुगे नारायणकाजी निवास

    काठमाडौं— नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालबीच भेटवार्ता भएको छ।श्रेष्ठको हात्तीवनस्थित निवासमा करिब एक घण्टा चलेको उक्त भेटमा नेपालको वर्तमान राजनीतिक परिस्थिति र कम्युनिष्ट क्रान्तिकारी शक्तिहरूको कार्यभारबारे गम्भीर छलफल भएको बुझिएको छ।भेटमा नेपालका विभिन्न राजनीतिक दलहरूको वर्तमान अवस्था र भूमिका, ओली नेतृत्वको सरकारका निरङ्कुश तथा भ्रष्ट गतिविधि, साथै कम्युनिष्ट आन्दोलनको रुपान्तरण र पुनर्गठनका विषयमा विचार–विमर्श भएको छ ।यससँगै नेकपा (माओवादी केन्द्र) ले हालै पारित गरेको पार्टी एकताको प्रस्तावको बारेमा र पार्

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 654 पटक पढिएको
  • पर्सामा ११ वर्षीया बालिकामाथि बलात्कार : १० रुपैयाँ देखाएर जंगल लगेर दुष्कर्म, एक जना पक्राउ

    वीरगन्ज – पर्सामा एक बालिकालाई १० रुपैयाँको नोट दिएर ललाई फकाई जंगलमा लगेर  बलात्कार गरेको आरोपमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको ठोरी गाउँपालिका-२ सुन्दरबस्तीका ४६ वर्षीय अशोक साह रहेका छन्।प्रहरी अनुसार गत बुधबार बिहान १० बजेतिर बाख्रा चराउन गएका बेला ११ वर्षीया बालिकालाई साहले १० रुपैयाँको नोट दिएर ललाई फकाई नजिकैको जंगलमा लगेर बलात्कार गरेका थिए। घटनबारे थाहा पाएपछि पीडित बालिकाका अभिभावकले साहविरुद्ध प्रहरी कार्यालयमा त्यही दिन किटानी जाहेरी दिएका थिए। जाहेरीका आधारमा प्रहरीले साहलाई बिहीबार नै अपरान्ह ३ बजेतिर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 612 पटक पढिएको
  • हेटौंडामा वडाध्यक्ष र व्यापारी कुट्ने दुई जना पक्राउ

    हेटौंडा— हेटौंडामा व्यापारी र वडाध्यक्षलाई कुटपिट गर्ने दुई जना पक्राउ परेका छन्। जेठ २९ गते हेटौंडा–१० मा रहेको दास इम्पोरियमका सञ्चालक राजाबाबु दासलाई फलामे रड र काठको बेलनले कुटपिट गर्ने बुद्ध मोक्तान (हरि) पक्राउ परेका हुन्। उनी हेटौंडा–१२, पदमपोखरीका हुन् । उनी घटनापछि घरमा लुकिछिपी बसिरहेका थिए।त्यस्तै, असार ४ गते हेटौंडा–१ वडा कार्यालयमै वडाध्यक्ष सविन न्यौपानेलाई कुटपिट गरेको आरोपमा विजय थिङ (नेप्टे) पक्राउ परेका छन्। उनी मनहरी गाउँपालिका–२ का हुन् र हेटौंडा–८, कमानेबाट पक्राउ परेका हुन्।जनप्रतिनिधिमाथिको आक्रमणपछि हेटौंडा उपमहानगरका वडाध्यक्ष र उपमेयर राजेश बानियाँले असुरक्षाको म

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 524 पटक पढिएको
  • उचित बजार मूल्य नपाएपछि किसानले सडकमा फालिदिए खुर्सानी

    बैतडी— उचित मूल्य नपाएपछि बैतडीको पाटन नगरपालिका–७ का किसान हर्क बहादुर चन्दले डडेल्धुरा बसपार्कमा करिब दुई कट्टा खुर्सानी सडकमा फालेका छन्। बिहीबार बिहान चन्दले स्थानीय बजारमा आफ्नो उत्पादनको उचित मूल्य नपाएको भन्दै आक्रोशमा आएर खुर्सानी सडकमा फालेका हुन्। उनका अनुसार महिनौं लगाएर उत्पादन गरेको खुर्सानी व्यापारीहरूले न्यून मूल्यमा लिन खोजेपछि उनले यस्तो कदम चाल्न बाध्य भएका हुन्।'हामी किसानहरूले दुःख गरेर उत्पादन गर्दा पनि बजारमा मूल्य नपाउँदा मन कुँडिन्छ,'चन्दले भने, 'हामीले लागत पनि उठाउन सक्दैनौं भने किन खेती गर्ने?'स्थानीय किसानहरू भन्छन्, सरकारले किसानको उत्पादनको न्यूनतम समर्थन मूल

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 507 पटक पढिएको
  • लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ७ जना पक्राउ

    विराटनगर— झापा र मोरङ जिल्लाबाट प्रहरीले लागू औषध ब्राउन सुगर तथा प्रतिबन्धित औषधीसहित सात जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।विहीबार मोरङको विराटनगर–१५ स्थित इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले भारत, अररिया फारबिसगञ्ज निवासी ३५ वर्षीय सिकन्दर बाखत र सरफराजलाई शंकास्पद अवस्थामा चेकजाँच गर्दा उनीहरूको साथबाट १४१ ग्राम ब्राउन सुगर फेला परेको हो।यस्तै, झापाको दमक नगरपालिका–४ की २६ वर्षीया ज्योती राई तामाङ, कमल गाउँपालिका–५ का २७ वर्षीय संजीव लिम्बु, वसन्त राई, तथा कमल गाउँपालिका–४ का सन्द

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 592 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा