समाज

    Showing 3,981-3,990 of 6,700 items.
  • प्रतिवन्धित औषधी बेचविखनमा संलग्न मेडिकल संचालकसहित २ जना पक्राउ

    विराटनगर— झापाको कमल गाउँपालिका—६ स्थितबाट प्रतिवन्धित औषधी बेचविखनमा संलग्न मेडिकल संचालक सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार झापाको कमल गाउँपालिका– ६ स्थित बिष्णु प्रसाद बगालेको घरमा लागू औषध लुकाई छिपाई राखेको छ भन्ने बिशेष  सुचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उक्त घरको कोठा भित्र प्रतिबन्धित औषधी ट्रामाडोल ३ हजार क्याप्सुल, डायक्लोमाई २ हजार १ सय १० ट्याव्लेट र स्पास्पेन २ हजार ५० ट्याव्लेट बरामद गरेको हो । प्रतिबन्धित औषधी बरामद भए संगै घर धनी बगाले र बेचबिखनमा संलग्न दमक मेडिकल डिस्ट्रिब्युटरका संचालक ४०

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 473 पटक पढिएको
  • लागू औषधसहित विभिन्न ठाउँबाट ६ जना पक्राउ

    विराटनगर— मोरङ, सुनसरी र उदयपुर जिल्लाबाट लागू औषधसहित ६ जना पक्राउ परेका छन्। बुधबार प्रहरीद्वारा गरिएको छुट्टाछुट्टै कारबाहीमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।मोरङको पथरीशनिश्चरे–१० का २२ वर्षीय अब्राहम राई र २६ वर्षीय युकेश राईलाई इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको टोलीले ५९ चक्की ट्रामाडोलसहित पक्राउ गरेको हो।त्यसैगरी, कानेपोखरी गाउँपालिका–६ का ३३ वर्षीय प्रेम दाहाल र २२ वर्षीय निसान माझीलाई ३४९ चक्की डायक्लोमाइन र ट्रामाडोलसहित प्रहरी चौकी रमाइलोले नियन्त्रणमा लिएको छ।सुनसरीको धरान–६ का २७ वर्षीय चेतनाथ खड्कालाई ९४ क्याप्सुल ट्रामाडोल र ९५ ट्याब्लेट डिकोलिकसहित प्रहरीले पानबारीबाट पक्रा

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 487 पटक पढिएको
  • झापा प्याप्सनमा एकता संकटः नेतृत्व विवादले संगठन प्रभावित

    झापा— प्याप्सन झापामा १४औं जिल्ला अधिवेशनपछि आन्तरिक मतभेद सतहमा आएको छ। अध्यक्षमा छत्र कार्की विजयी भएपछि प्रतिस्पर्धी जनार्दन ढकाल पक्षले बेवास्ता गरिएको आरोप लगाउँदै झापा क्लस्टर प्याप्सनको नाममा समानान्तर गतिविधि सञ्चालन गरिरहेको छ।शिवशताक्षीमा हालै सम्पन्न कर, सामाजिक सुरक्षा कोष र लेखा व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रममा १५३ प्रिन्सिपलको उल्लेखनीय सहभागिता देखिएको थियो। कार्यक्रम जनार्दन ढकालको अध्यक्षतामा भएको थियो, जसमा संगठनको समावेशीपनमाथि प्रश्न उठाइयो।अर्कोतर्फ, अध्यक्ष कार्कीले पराजित समूहलाई सल्लाहकारको रूपमा समेट्ने प्रयास गरिएको दाबी गर्दै विभिन्न पालिकासँगको समन्वयमा कार

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 605 पटक पढिएको
  • झापा क्लस्टर प्याप्सनद्वारा सामाजिक सुरक्षा, कर र लेखा व्यवस्थापनसम्बन्धी अभिमुखीकरण सम्पन्न

    झापा— निजी विद्यालयहरूको पारदर्शिता, सामाजिक सुरक्षा र कर प्रणालीबारे जानकारी दिन झापा क्लस्टर प्याप्सनले शिवशताक्षीस्थित वाटर किङ्गडम पार्कमा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।कार्यक्रममा शिवशताक्षी नगरपालिका–८ का वडा अध्यक्ष सन्तकुमार फेउदेन प्रमुख अतिथिका रूपमा उपस्थित थिए। उनले शिक्षासँग जोडिएका यस्ता विषयगत कार्यक्रमहरूमा स्थानीय तहको समेत चासो रहेको भन्दै यस्ता प्रयासहरूलाई स्वागतयोग्य बताए।गौरीगञ्ज गाउँपालिकाका पूर्व उपाध्यक्ष दिपेन्द्र थापाले निजी विद्यालयहरूले पारदर्शिता, उत्तरदायित्व तथा सामाजिक सुरक्षा प्रणालीको प्रभावकारी कार्यान्वयनमा अग्रणी भूमिका खेल्नुपर्नेमा जोड दिए

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 521 पटक पढिएको
  • रबि लामिछानेद्वारा रुपन्देही कारागारमा २१ थान पंखा सहयोग

    रुपन्देही— जनताको सेवा भावनासहित सक्रिय रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष तथा पूर्व गृहमन्त्री रबि लामिछानेले रुपन्देही कारागारमा रहेका कैदीबन्दीका लागि २१ थान पंखा उपलब्ध गराएका छन्।२५० कैदी क्षमता भएको रुपन्देही कारागारमा हाल करिब ६०० कैदीबन्दी रहेका छन्। अत्यधिक गर्मी (४० डिग्री सेल्सियस हाराहारी) को बीचमा पंखाको अभावमा बसेका कैदीहरूले लामो समयदेखि कारागार प्रशासनसँग सहयोगको माग गर्दै आएका थिए। कैदीहरुले आफुहरुले माग गरेपनि प्रशासनले सो बारे बेवास्ता गरेको उनीहरूको गुनासो छ।पूर्व गृहमन्त्री समेत भएका लामिछाने कारागार निरीक्षणका क्रममा कैदीबन्दीहरूले पंखाको माग गर्दै

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 599 पटक पढिएको
  • मापसे गरेर अधिवक्ताको परीक्षा दिन पुगेपछि एक परीक्षार्थी पक्राउ

    सुर्खेत— नेपाल कानुन व्यवसायी परिषद्को अधिवक्ता तहको परीक्षामा मादक पदार्थ सेवन (मापसे) गरी होहल्ला गर्ने एक परीक्षार्थीलाई सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्ने व्यक्ति दैलेखको दुल्लु नगरपालिका–५ का ४५ वर्षीय नगेन्द्र बहादुर थापा रहेका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनजंग बुढ्थापाका अनुसार थापा वीरेन्द्रनगर नगरपालिका–१३ स्थित गुप्तीपुरको श्री अमर ज्योति नमुना माध्यमिक विद्यालय परीक्षा केन्द्रमा अधिवक्ता तहको ३३औँ परीक्षामा सहभागी हुन आएका थिए। तर, उनी मादक पदार्थ सेवन गरेको अवस्थामा परीक्षा केन्द्रमा पुगेका थिए।परीक्षा सञ्चालन भइरहेको ब

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 545 पटक पढिएको
  • वर्षाका कारण पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

    काठमाडौं— लगातारको वर्षाका कारण विभिन्न स्थानमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। गजुरी गाउँपालिकास्थित जहरे खेत नजिकै खसेको ठूलो पहिरोले राजमार्गको दुबैतर्फको सवारी आवागमन ठप्प पारेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख सुरज श्रेष्ठले जानकारी दिए।पहिरो पन्छाउने काम जारी रहेको उनले बताए । लगातार पानी परिरहेकाले काममा कठिनाइ भइरहेको छ। पहिरो विस्तारै बगिरहेकोले सुरक्षाको दृष्टिकोणले पनि सावधानी अपनाइएको जनाइएको छ।राजमार्ग अवरुद्ध भएपछि संघीय राजधानी काठमाडौंबाट बिहान छुटेका सवारीसाधन र राजधानी प्रवेश गर्न लागेका रात्री बसहरू सडकमै रोकिएका छन्। थप सवारी जाम हुन नदिन प्रहरीले

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 470 पटक पढिएको
  • सप्तरीमा ४ सय किलो गाँजा बरामद

    सप्तरी— जिल्लाको डाक्नेश्वरी नगरपालिका–५ स्थित महादेवाबाट करिब ४ सय किलो गाँजा प्रहरीले बरामद गरेको छ।सशस्त्र प्रहरी बलको प्रस्तावित सीमा सुरक्षा गुल्म पातोबाट खटिएको टोली र नेपाल प्रहरीको संयुक्त टोलीले सोमबार साँझ उक्त गाँजा बरामद गरेको हो।सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार गाँजा झाडीमा बेवारिसे अवस्थामा लुकाएर राखिएको थियो।सुरक्षाकर्मीहरूले १७ वटा पोकामा प्याक गरिएको अवस्थामा जम्मा ३ सय ९७ केजी गाँजा फेला पारेका हुन्।हाल गाँजा आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 463 पटक पढिएको
  • वितरण योग्य नरहेका ५१ वटा जार जफत, १७ कम्पनीको पानी ल्याबमा परीक्षण गरिदै

    काठमाडौं— काठमाडौं महानगरपालिकाभित्र वितरण भइरहेको जारको पानीको गुणस्तरप्रति व्यापक शंका उत्पन्न भएपछि महानगरपालिकाले अनुगमन र चेकजाँचलाई तीव्र बनाएको छ। यसै सिलसिलामा माछापोखरी क्षेत्रमा काठमाडौं महानगरपालिका, कृषि तथा पशुपक्षी विभाग, र महानगर प्रहरी बलको संयुक्त टोलीले पानी आपूर्तिकर्ता कम्पनीहरूमा छापा मारेका छन्।उक्त चेकजाँचको क्रममा कुल ५१ वटा पानी जार वितरण योग्य नदेखिएको भन्दै जफत गरिएको छ। यी जारहरूमा पानीको गुणस्तर मापदण्ड अनुसार नभएको, उचित फिल्ट्रेसन प्रक्रिया नअपनाइएको वा म्याद नाघेको पानी हुन सक्ने अनुमान गरिएको छ।त्यसैगरी, शंकास्पद देखिएका १७ वटा पानी आपूर्ति कम्पनीका नमूनाहरू ल्

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 511 पटक पढिएको
  • ४५ शैक्षिक परामर्श केन्द्रमा ताला लगाउन प्रशासनको आदेश

    काठमाडौं— शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण सञ्चालन गर्दै आएका जिल्लाका ४५ वटा संस्थाहरु बन्द गर्न निर्देशन दिइएको छ ।जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै शिक्षा विकास तथा प्रविधि मन्त्रालय तथा बागमती प्रदेश सामाजिक विकास मन्त्रालयबाट अनुमति प्राप्त नगरेका त्यस्ता संस्था बन्द गर्न प्रहरीलाई निर्देशन दिएको हो ।प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलका अनुसार कार्यालयले जारी गरेको सूचनामा आवश्यक कागजपत्र बुझाउन नआएका केन्द्रहरुलाई बन्द गर्न भनिएको छ । प्रजिअ पौडेलले भने, “जिल्ला प्रहरीमा पत्र पठाइसकेका छौँ । अब आवश्यक काम कारबाही प्रहरीले गर्छ ।” बिना अनुमति सञ्चालनमा आएका परामर्श केन्द्रहरुबा

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 556 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा