समाज

    Showing 3,991-4,000 of 11,034 items.
  • प्रचण्ड शान्तिको यात्रा तय गर्ने ऐतिहासिक बैठक स्थल चुनबाङमा

    काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ तात्कालिन नेकपा (माओवादी)को ऐतिहासिक बैठक स्थल चुनबाङको भेरीडाँडा पुगेका छन् ।प्रतिनिधि सभा सदस्यका लागि रुकुम पूर्वका उम्मेदवार प्रचण्डले मतदाता भेटघाटको क्रममा आज विहान माओवादीको केन्द्रीय समितिको बैठक स्थलको भ्रमण गरेका हुन् ।२०६२ को असोजमा माओवादीको केन्द्रीय समितिको बैठक चुनबाङमा बसेको थियो। उक्त बैठकले लोकतान्त्रिक गणतन्त्रको प्रस्ताव पारित गरेर संसदवादी राजनीतिक दलसँग सहकार्यको बाटो खोलेको थियो। माओवादीको ९५ सदस्यीय केन्द्रीय समितिलाई ३५ जनामा झारेको थियो। त्यो बैठकलाई ऐतिहासिक मानिन्छ।संयोजक प्रचण्डले चुनबाङ बैठक स्थ

    • प्रकाशित मितिः फागुन २, २०८२
    • 179 पटक पढिएको
  • प्रधानमन्त्री कार्कीसँग विभिन्न देशका एनसीसी प्रतिनिधिमण्डलको भेट

    काठमाडौं । युवा आदानप्रदान कार्यक्रमअन्तर्गत नेपाल, भारत, पाकिस्तान, भुटान र मालदिभ्सका राष्ट्रिय सेवा दल (एनसीसी) का प्रतिनिधिमण्डलले प्रधानमन्त्री सुशीला कार्कीसँग बालुवाटारमा शिष्टाचार भेटघाट गरेका छन्।प्रतिनिधिमण्डलले प्रधानमन्त्री कार्कीसँग बालुवाटारमा भेट गरेका हुन्।प्रतिनिधिमण्डलमा भारतबाट २० सदस्यीय टोली, पाकिस्तानबाट १२ सदस्यीय टोली, भुटानबाट ९ सदस्यीय टोली तथा मालदिभ्सबाट ५ सदस्यीय टोली सहभागी थियो।प्रधानमन्त्री कार्कीले यस कार्यक्रममार्फत सहभागी राष्ट्रहरूबीच मित्रता, पारस्परिक समझदारी र युवास्तरको सहकार्य थप सुदृढ हुने विश्वास व्यक्त गर्दै नेपाल भ्रमण सुखद् र स्मरणीय रहोस् भनी कामन

    • प्रकाशित मितिः फागुन २, २०८२
    • 201 पटक पढिएको
  • आईतबार घोषणा पत्र सार्वजनिक गर्ने कांग्रेसको तयारी

    काठमाडौं । नेपाली कांग्रेसले भोली (आइतबार) घोषणा पत्र सार्वजनिक गर्ने तयारी गरेको छ ।फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कांग्रेसले आफ्नो घोषणापत्र सार्वजनिक गर्न लागेको हो । कांग्रेसले शुक्रबार एक विज्ञप्ती जारी गर्दै आइतबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा घोषणा पत्र सावर्जनिक गरिने जनाएको छ ।कांग्रेसका प्रवक्ता देवराज चालिसेका अनुसार कांग्रेसले यसपटकको घोषणापत्रमा १० वटा मुख्य भिजनसहितको संकल्प ल्याउँदैछ ।

    • प्रकाशित मितिः फागुन २, २०८२
    • 198 पटक पढिएको
  • ‘फ्रेन्ड्स सिनेमाज्’ अब इलाममा पनि

    काठमाडौं । फ्रेन्डस् सिनेमाले आफ्नो तेस्रो शाखा विस्तार गरेको छ । धरान र बुटवलपछि फ्रेन्डस् सिनेमाले आफ्नो तेस्रो शाखा इलाममा विस्तार गरेको हो ।इलाम नगरपालिका–७ मा आउँदो शुक्रबारबाट यो चलचित्र घर सञ्चालनमा आउनेछ । फ्रेन्डस् सिनेमाका डाइरेक्टर आशिस एच तामाङका अनुसार साढे तीन करोड लगानीमा चलचित्र घर तयार भएको हो ।एउटा स्क्रिन रहेको यो चलचित्र घरमा १९० सिट क्षमता छ । चलचित्र विकास बोर्डले शुक्रबारबाट सञ्चालनको अनुमति दिइसकेको छ ।‘ठूला सहरमा मात्रै चलचित्र घर रहेको अवस्थामा हामीले गाउँगाउँमा पनि चलचित्र देखाउने र हेर्ने वातावरण बनाउँदै लैजानुपर्छ भनेर पहाडी जिल्ला इलाममा हल खोलेका हौँ । हामी सिनेम

    • प्रकाशित मितिः फागुन २, २०८२
    • 157 पटक पढिएको
  • ललितपुरमा मिनी ट्रक दुर्घटना,४ जनाको मृत्यु

    काठमाडौं । ललितपुरको कोन्ज्योसोम गाउँपालिका–१ मा मिनी ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।लेलेबाट बालुवा लिएर कालेश्वरतर्फ जाँदै गरेको बागमती प्रदेश–०१–००४ क ६२२८ नम्बरको मिनी ट्रक गएराति ९ बजे सडकबाट अन्दाजी ५ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको हो ।दुर्घटनामा ट्रक चालक र एक जनाको घटनास्थलमै मृत्यु भएको थियो, भने अन्य दुई जनाको उपचारका क्रममा मृत्यु भयो ।दुर्घटनामा परी ट्रक चालक ललितपुरकै गोदावरी नगरपालिका–६ का ५२ वर्षीय गणेश खड्का र ट्रकमा सवार सोही ठाउँका ४२ वर्षीय गणेश थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।त्यस्तै, ट्रकमा सवार अन्य दुई जना अन्दाजी ४० वर्षीय र ५०

    • प्रकाशित मितिः फागुन २, २०८२
    • 255 पटक पढिएको
  • ६३ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न, १४ वटा जिल्लाको बाँकी

    काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १४ वटा जिल्लाको मतपत्र छाप्न बाँकी रहेको जनाएको छ ।आयोगका अनुसार अहिलेसम्म ६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ भने अब काठमाडौं उपत्यका आसपासका जिल्लाका निर्वाचन क्षेत्रको मतपत्र छपाइको काम बाँकी छ ।भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा नियमित रूपमा मतपत्र छपाइको काम भइरहेको छ ।हालसम्म डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा,दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखल

    • प्रकाशित मितिः फागुन २, २०८२
    • 200 पटक पढिएको
  • युवालाई स्वरोगार बनाउन सीपमूलक कार्यक्रमलाई प्राथमिकता दिनु पर्छ : नेता आले

    कैलाली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट कैलाली क्षेत्र नं. ५ का उम्मेदवार एवं पूर्वमन्त्री प्रेमबहादुर आले ले युवालाई स्वरोजगार र आत्मनिर्भर बनाउने लक्ष्यसहित सीपमूलक कार्यक्रमलाई उच्च प्राथमिकता दिनुपर्ने बताएका छन् ।धनगढी उपमहानगरपालिका द्वारा आयोजित ‘सीप तथा रोजगार मेला–२०८२’ को शुक्रबार निरीक्षण तथा अवलोकन गर्दै उनले वर्तमान समयमा बढ्दो बेरोजगारी समस्याको समाधान सीप विकास र उद्यमशीलता प्रवद्र्धनमार्फत मात्रै सम्भव रहेको बताए ।उनले भने,‘देशको ठूलो जनसंख्या युवाहरूको छ । यदि युवालाई समयमै प्राविधिक तथा व्यवसायिक सीप प्रदान गर्न सकियो भने उनीहरू रोजगार खोज्ने होइन, रोजगार दिने अवस

    • प्रकाशित मितिः फागुन २, २०८२
    • 273 पटक पढिएको
  • आज प्रणय दिवस : विश्वभर प्रेम साटासाट गरी मनाइँदै

    काठमाडौं । आज फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन डे । नेपालसहित विभिन्न देशमा प्रेमिल जोडीहरूले एक–आपसमा शुभकामना साटासाट गर्दै, भेटघाट गरी र उपहार आदानप्रदान गरेर यो दिवस मनाउँदै छन् ।भ्यालेन्टाइन डे प्रेम, स्नेह र भावनाको अभिव्यक्ति गर्ने विशेष दिनका रूपमा चिनिन्छ । आधुनिक समयसँगै यसको प्रभाव नेपालमा पनि बढ्दै गएको छ । विशेषगरी युवा पुस्तामा यस दिन फूल, चकलेट, कार्ड, उपहार तथा साथमा समय बिताउने चलन बढ्दो देखिन्छ ।भ्यालेन्टाइन डे एक सातासम्म चल्ने ‘भ्यालेन्टाइन सप्ताह’को अन्तिम दिन हो । यस अवधिमा रोज डे, प्रपोज डे, चकलेट डे, टेडी डे, प्रमिस डे, हग डे र किस डे जस्ता विभिन्न दिन मनाइएपछि आजको दि

    • प्रकाशित मितिः फागुन २, २०८२
    • 230 पटक पढिएको
  • निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारबाहीका लागि प्रेस काउन्सिललाई पत्राचार

    काठमाडौँ। निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घनको उजुरी परेका सञ्चारमाध्यम र पत्रकारबारे अध्ययन, अनुसन्धान गरी कानुनी कारबाही गर्न निर्वाचन आयोगले प्रेस काउन्सिलमा पत्रचार गरेको छ।काठमाडौँको तारकेश्वर नगरपालिका–१० स्थित शिवपुरी मिडिया नेटवर्क प्रालिबाट सञ्चालित सगरमाथा पोष्ट डटकमका अध्यक्ष/सम्पादक रबिनप्रसाद थपलिया र प्रबन्ध सम्पादक चित्रकुमार (सिके) चौलागाईंले आफ्ना व्यक्तिगत सामाजिक सञ्जालबाट उम्मेदवारका प्रचारप्रसारका सामग्री निरन्तर पोष्ट गरेको भनी आयोगमा उजुरी परेपछि प्रेस काउन्सिल नेपाललाई कानुनी कारबाहीका लेखी पठाएको हो।उजुरीअनुसार यसमा प्रचलित कानुनबमोजिम आवश्यक अनुसन्धान तथा कारबाही गर्न

    • प्रकाशित मितिः माघ २९, २०८२
    • 320 पटक पढिएको
  • देश निर्वाचनमय भइसकेको छ, पार्टी थप सुदृढ हुँदैछ :प्रचण्ड

    काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान जटिल राजनीतिक परिस्थितिमा जनतामाझ जाने सबैभन्दा उपयुक्त माध्यम निर्वाचन नै भएको बताएका छन् ।सोमबार काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ ले आयोजना गरेको वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले देश निर्वाचनको संघारमा पुगेको उल्लेख गरे ।उनले निर्वाचन कसरी अगाडि बढ्ने भन्ने विषयमा राष्ट्रिय राजनीतिमा व्यापक तनाव र बहस भएको स्मरण गराउँदै सर्वदलीय र सर्वपक्षीय सरकार तथा संसद पुनःस्थापनाका विषयहरू पनि उठेको बताए ।‘तर हामी सुरुदेखि नै यही निष्कर्षमा डटेर उभिएका छौँ कि आजको जटिल राजनीतिक अवस्थामा जनता

    • प्रकाशित मितिः माघ २६, २०८२
    • 190 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.