समाज

    Showing 4,031-4,040 of 6,700 items.
  • देशका सबै संघीय अस्पतालमा डिजिटल भुक्तानी हुने

    काठमाडौं— अब देशका सबै संघीय अस्पतालमा डिजिटल भुक्तानी हुने भएको छ । संघीय अस्पतालको सेवा डिजिटल बनाउने मन्त्री प्रदीप पौडेलको योजनाअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै संघीय अस्पताल तथा प्रतिष्ठानलाई बुधबार पत्र पठाएर बिलको भुक्तानी अनलाइन तथा क्यूआरमार्फत् डिजिटल भुक्तानीको व्यवस्था मिलाउन भनेको हो ।मन्त्री पौडेलले अस्पतालमा हुने भीड व्यवस्थापनका लागि नौ बुँदे सुधार योजना कार्यान्वयनमा लैजान पहल गरेका थिए । मन्त्री पौडेलले नागरिकलाई टिकट लिन तथा भुक्तानीका लागि सकेसम्म कम सास्ती र भीड कम हुने गरी काम अघि बढाउन अधिकारीहरूलाई भनेका थिए ।यसअन्तर्गत डिजिटल पेमेन्टलाई समेत अघि

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 539 पटक पढिएको
  • गायक पशुपति शर्मा चढेको कार दुर्घटना

    काठमाडौं— गायक पशुपति शर्मा सवार कार दुर्घटना भएको छ । बुधबार दिउँसो सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका–२ मा कार दुर्घटना भएको हो ।जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी बाबुराम न्यौपानेले सामान्य दुर्घटना भएको जानकारी दिए।उनका अनुसार पोखराबाट वालिङ जाँदै गरेको ग १ च ४१७१ नम्बरको कार अनियन्त्रित भएर कल्भर्टमा ठोक्किएको थियो ।कारमा सवार ४ जनालाई ठूलो चोट नलागेको डीएसपी न्यौपानेले जनाए । गायक शर्माको देब्रे हातको कान्छी औंला भाँचिएको छ । कारमा सामान्य क्षति पुगेको छ ।गायक शर्मा सांगीतिक कार्यक्रमको लागि स्याङ्जा पुगेका हुन् ।

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 760 पटक पढिएको
  • सात रोपनी ट्राफिक कार्यालयको जमिन साट्ने तयारी, बालेनले मागे साइबर व्युरो भवन

    काठमाडौं –  नेपाल प्रहरीको साइबर व्युरो कार्यालय रहेको भोटाहिटीस्थित भवनमा काठमाडौं महानगरपालिकाको वडा कार्यालय राख्नका लागि मेयर बालेन्द्र साह (बालेन) ले माग गरेका छन् । त्यसको बदलामा रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी महाशाखा रहेको सात रोपनी जमिनमध्ये पाँच रोपनी प्रहरीकै स्वामीत्वमा रहने गरी दिन उनी तयार भएका छन् ।प्रहरी महानिरीक्षक दीपक थापासहितको प्रहरी टोलीसँग मंगलबार भएको भेटका क्रममा बालेनले भोटाहिटीको भवन मागेका हुन् । प्रहरी टोली भने महानगरको स्वामीत्वमा रहेको रामशाहपथस्थित घोडा तवेलाको जमिनमा रहेको ट्राफिक कार्यालयको जमिनको स्वामीत्व माग गर्न बालेनलाई भेट्न पुगेको थियो ।सात रो

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 605 पटक पढिएको
  • तीन दिन बन्धक बनाएर महिलामाथि सामूहिक बलात्कार, दुई जना पक्राउ

     वीरगञ्ज— एक जना महिलालाई बन्धक बनाएर सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज बस्ने ४० वर्षीय नेक महमद र २१ वर्षीय अफताब अन्सारी छन्। बलात्कार आरोपमा पर्सा प्रहरीले मंगलबार दिउँसो दुई जनालाई पक्राउ गरेको डिएसपी किशोर लम्सालले जानकारी दिए। उनका अनुसार नेक महमद मोटरसाइकल वर्कशपका सञ्चालक हुन् भने अफताब त्यहाँ काम गर्छन्।घटना वैशाख २० गतेको हो। एक जना महिला आफ्नो गोठमा बाख्रा बाँधेर फर्किंदै थिइन्। त्यही बेला दुई जनाले घेरा हालेर उनलाई रोके। दुई जना मिलेर ती महिलालाई एउटा होटलमा पुर्‍याएका थिए।मुखमा कपडाको बुझो र आँखामा कालो पट्टी बा

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 511 पटक पढिएको
  • हनुमानढोकाको जीर्ण प्रहरी भवन हटाउन मेयर बालेन र आइजिपी थापाबीच मौखिक सहमति

    काठमाडौं— काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दीपक थापाबीच हनुमानढोकास्थित जीर्ण प्रहरी भवन हटाउने विषयमा मौखिक सहमति भएको छ।साँस्कृतिक दृष्टिले महत्वपूर्ण दरबार स्क्वायर क्षेत्रभित्र रहेको सो भवन २०७२ को भूकम्पमा क्षतिग्रस्त भएको थियो। त्यही भवनमा लामो समयसम्म जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालय सञ्चालन हुँदै आएको थियो। यद्यपि हाल ती कार्यालयहरू अन्यत्र सरेका छन् र भवन पनि प्रायः खाली छ, तर केही प्रहरी सुरक्षाका लागि त्यहाँ अझै बस्दै आएका छन्।स्थानीय बासिन्दा र संरक्षणविद्हरूले विश्व सम्पदा सूचीमा सूचीकृत दरबार क्षेत्रलाई सु

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 606 पटक पढिएको
  • मधेस प्रदेशमा डिपबोरिङ र स्यालो ट्युबेल व्यवस्था गर्न माग

    काठमाडौं— प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सङ्कटग्रस्त क्षेत्र मधेस प्रदेशमा डिपबोरिङ र स्यालो ट्युबेल व्यवस्था गर्न माग गरेका छन । बैठकको आकस्मिक समयमा उनीहरूले सरकारले मधेसलाई सुक्खा भएका कारण सङ्कटग्रस्त क्षेत्र घोषणा गरे पनि डिपबोरिङ र स्यालो ट्युबेल नपुग्दा समस्या भएकाले समाधान गर्न माग गरेका हुन्।सांसद रामकृष्ण यादवले खडेरी परेको मधेस प्रदेशमा डिपबोरिङ र स्यालो ट्युबेलको पर्याप्त व्यवस्था गर्न माग गरे । केही दिनदेखि अलिअलि पानी परेर राहत भएपनि अझै आवश्यक मात्रामा पानी नपरेको उनको भनाइ छ ।सांसद महेशकुमार बर्तौलाले गरिबीको परिचय पत्र २५ जिल्लामा वितरण गरिए पनि रोग लागेर उपचारका लागि प

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 563 पटक पढिएको
  • प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित ७ जना पक्राउ

    विराटनगर— सुनसरी र झापाका विभिन्न स्थानबाट ब्राउन सुगरसहित सात जना पक्राउ परेका छन्। प्रहरीले विशेष सूचनाको आधारमा चेकजाँच गर्दा उनीहरूलाई लागुऔषध र नगदसहित पक्राउ गरेको हो।सुनसरीको कोशी गाउँपालिका–१ मा लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको टोलीले ८८ ग्राम ३८ मिलिग्राम ब्राउन सुगर र २ लाख ५६ हजार नगदसहित दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा कोशी गाउँपालिका–४ का ३४ वर्षीय मनोज कुमार खतवे र भारत, अररिया बस्मतियाका ४५ वर्षीय राजकुमार खतवे छन्।त्यसैगरी, जिल्ला प्रहरी कार्यालय सुनसरीले इनरुवा–४ बाट वराहक्षेत्र नगरपालिका–२ का २० वर्षीय रमेश बस्नेत

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 537 पटक पढिएको
  • सुनसरीमा नक्कली नोटसहित दुई जना पक्राउ

    इटहरी –  सुनसरीको कोशी गाउँपालिका–८ स्थित भाण्टाबारी क्षेत्रबाट नेपाली रुपैयाँ १ हजार दरका नक्कली नोट ३८ थानसहित दुई जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सप्तरी जिल्लाको हनुमान कंकालिनी गाउँपालिका–१ का २५ वर्षीय राजेश चमार रजक र सोही गाउँपालिका–२ का २५ वर्षीय राजेश कुमार रजक रहेका छन् ।साउन १९ गते राति इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट खटिएको चेकजाँच टोलीले मोटरसाइकलमा सवार उनीहरूलाई नियन्त्रणमा लिएको हो । मोटरसाइकलको पछाडि सवार राजेश चमार रजकको साथबाट नेपाली रुपैयाँ १ हजार दरका नक्कली नोट ३८ थान बरामद भएपछि चालक राजेश कुमार रजकलाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।हाल उनीहरूमाथि

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 522 पटक पढिएको
  • सप्तरी घटना अपडेटः निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन

    रौतहट – सप्तरीको कमलपुरमा गएराती भएको घटनाको निष्पक्ष छानबिनको माग गर्दै राजविराजमा प्रदर्शन भइरहेको छ ।राजगढ गाउँपालिका–२ कमलपुरमा मंगलबार राति मदिरा तस्करी रोक्न पुगेका प्रहरी र स्थानीयबिच झडपको क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय  ३६ वर्षीय लालु यादवको मृत्यु भएको हो । घटनाको निष्पक्ष छानबिनको माग गर्दै केही बेर अघिदेखि मृतकका आफन्तहरू सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । राजविराजमा भएको प्रदर्शनलाई मध्यनजर गर्दै ठाँउ ठाँउमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।मंगलबार मध्यराति तस्करी भइरहेको  सूचनाका

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 553 पटक पढिएको
  • भिजिट भिसा प्रकरणमा ५० हजारदेखि १ लाख बुझ्ने गृहमन्त्रीको मुटु काँप्दैन भन्दै सांसद कार्कीको प्रश्न

    काठमाडौं –  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले भिजिट भिसाको नाममा भइरहेका शोषण, हत्या र मानव तस्करीको घटनाप्रति कडा आपत्ति जनाउँदै तत्काल सरकारको ध्यानाकर्षण गराएकी छन् ।बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कार्कीले भिजिट भिसा पूर्णरूपमा रोक्न नभई यसको नाममा भइरहेको अपराधको विरोधमा आफूहरू सडकदेखि संसदसम्म आन्दोलित रहेको स्पष्ट पारिन् ।‘भिजिट भिसाको विरोधी हामी होइनौं,’ उनले भनिन्, ‘तर यसको आडमा नेपाली नागरिकहरूलाई मार्ने, बलात्कार गर्ने, शोषण गर्ने र बाकसमा फर्काउने काम भइरहेको छ, त्यसको विरोधी हौं ।’कार्कीले भिजिट भिसाको आडमा नेपाली महिला तथा युवतीहरू वैदेश

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 427 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा