समाज

    Showing 4,051-4,060 of 6,700 items.
  • मोटरसाइकल जाँच गर्ने क्रममा नक्कली नोटसहित दुई जना पक्राउ

    धरान— कोशी गाउँपालिका—८ स्थित भीमनगर सीमावर्ती क्षेत्रबाट प्रहरीले नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको लु ९२ प २३८० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा प्रहरीले नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाले जानकारी दिए ।पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–२ का २६ वर्षीय राजेशकुमार रजक र सोही नगरपालिका–१ का २५ वर्षीय राजेश चमार रजक रहेका छन् ।गए राति उनीहरूलाई इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट खटिएको टोलीले पक्राउ गरेको प्रवक्ता खतिवडाले जानकारी दिए ।प्रहरीका अनुसार मोटरसाइकलको पछाडि सवार

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 557 पटक पढिएको
  • कांग्रेसनिकट कोइराला रविको पक्षमा हस्ताक्षर गर्दागर्दै पक्राउ, कारण यस्तो

     विराटनगर— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको समर्थनमा हस्ताक्षर गर्न आएका एक व्यक्ति यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर भइसकेको खुलासा भएपछि प्रहरीले पक्राउ गरेको छ।सुनसरीको वराहक्षेत्र नगरपालिका–७ का ५९ वर्षीय अर्थराज कोइरालालाई प्रहरीले मंगलबार विराटनगरको महेन्द्र चोकबाट पक्राउ गरेको हो। उनी लामिछानेको पक्षमा विराटनगरस्थित पार्टी कार्यालयमा चलिरहेको हस्ताक्षर संकलन कार्यक्रममा सहभागी हुन आएका थिए।सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमन तिम्सिनाले कोइराला यौन दुर्व्यवहार मुद्दामा अदालतबाट दोषी ठहर भइसकेको भन्दै उनलाई पक्राउ गरिएको जानकारी दिए। “अदालतले फैसला ग

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 486 पटक पढिएको
  • उखु अनुदान कटौतीप्रति किसान आन्दोलित, राजधानी केन्द्रित आन्दोलनको चेतावनी

    महोत्तरी— सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा उखु अनुदान समावेश नगरेपछि महोत्तरीका किसान आन्दोलित भएका छन्। चिनी उद्योगलाई बिक्री गरिएको उखुमा प्रतिक्विन्टल रु ७० अनुदान दिने व्यवस्था यस वर्ष हटाइएपछि किसानले विरोध प्रदर्शन थालेका हुन्।महोत्तरीमा करिब १५ हजार किसान उखुखेतीमा संलग्न छन्। उनीहरूले आइतबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् भने मंगलबार गौशाला–१ स्थित एभरेष्ट चिनी उद्योग अगाडि प्रदर्शनसमेत गरेका छन्।उखु उत्पादक कृषक सङ्घका अध्यक्ष नरेशसिंह कुशवाहाले सरकारले बजेटमा अनुदानको विषय नसमेटेपछि निरन्तर ध्यानाकर्षण गराइरहेको बताए। “ह

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 540 पटक पढिएको
  • प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु

    सप्तरी –  सप्तरीमा प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको छ । भारततर्फ तस्करी गर्न राखेको मदिरा नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर राजगढ गाउँपालिका–२ कमलपुरका ३५ वर्षीय लालु यादवको मृत्यु भएको हो । गोली लागेका यादवलाई उपचारका लागि राति साढे ११ बजे गजेन्द्र नारायणसिंह सगरमाथा अस्पतालमा पु¥याइएको थियो । उनको त्यहीँ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले बताए ।उनका अनुसार तस्करको समूहले प्रहरी टोलीमाथि डुङ्गामुढा लगायतले आक्रमण गरेको थियो । ढुङ्गामुढाबाट दुई प्रहरी पनि घाइते भएका छन् ।नेपाल भारत सीमा क्षेत्र नजिकको गाउमा

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 455 पटक पढिएको
  • खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

    झापा— झापाको गौरादह नगरपालिका–४ स्थित जोरघरेमा गएराति मोटरबाट खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । गौरादह–४ जोरघरेकी ५४ वर्षीया चन्द्रमाया नेम्वाङको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए । मोटरबाट खेतमा सिँचाइ गर्ने क्रममा चन्द्रमायालाई करेन्ट लागेर लडिरहेको अवस्थामा उनका छोरा सुशीलले देखेपछि गाउँलेलाई खबर गरेका थिए । घटनाबारे इलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान गरिरहेको छ ।यसअघि झापाको बुद्धशान्तिमा खेतमा सिँचाइ गर्ने क्रममै करेन्ट लागेर एक पुरुषको मृत्यु भएको थियो ।

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 456 पटक पढिएको
  • एकीकृत समाजवादीको पार्टी परीत्याग गरिन भुम्लु गाउँपालिकाकी पूर्वउपाध्यक्षले

    काभ्रेपलाञ्चोक— भुम्लु गाउँपालिकाकी पूर्वउपाध्यक्ष कल्पना श्रेष्ठले नेकपा एकीकृत समाजवादी पार्टी परित्याग गरेकी छन् ।उनले पार्टी सोचेकोभन्दा फरक पाएकोले आफूसहित परिवारका अन्य सदस्यले पार्टी परित्याग गरेको बताएकी छन् ।सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै श्रेष्ठले भनेकी छन, ‘नेकपा एकीकृत समाजवादी साँचिकै देश र जनताको हितमा उभिन्छ र देशलाई फोहोरी राजनीति संक्रमणबाट मुक्त गरेर सही गन्तव्यमा पुर्‍याउँछ भनेर साथ दिएँ तर मैंले सोचेकोभन्दा फरक पाएकोले आजैबाट मलगायत मेरो परिवारको सबै जनाले  पार्टीको साधारण  सदस्य पनि नरहने गरे पार्टी  परित्याग  गरेकको जानकारी  गराउँछु ।’कल्पना

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 561 पटक पढिएको
  • दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्ने आदेशविरुद्ध महान्यायाधिवक्ताको पुनरावेदन तयारी

    काठमाडौं –  मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन गर्ने भएको छ । तत्काल प्राप्त प्रमाणबाट प्रसाईं दोषी नदेखिने भनी उच्च अदालतले दिएको आदेश त्रुटिपूर्ण रहेको निष्कर्षसहित महान्यायाधिवक्ताको कार्यालयले पुनरावेदनको तयारी गरेको हो ।“तत्काल प्राप्त प्रमाणबाट दोषी देखिने भएमा जन्मकैद वा तीस वर्षभन्दा बढी सजाय हुने मुद्दामा अभियुक्तलाई थुनामा पठाउनुपर्ने मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ६७ अनुसार अभियुक्तलाई छोड्न मिल्दैन,” महान्यायाधिवक्ता कार्यालयका प्रवक्तासमेत रहेका सहन्यायाधिवक्ता उद्धवप्रसाद पुडासैनीले बाह्

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 444 पटक पढिएको
  • संसदीय उपचुनावमा उम्मेदवार बन्ने सोच छैन : कुलमान घिसिङ

    काठमाडौं –  नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले रुपन्देहीमा हुन लागेको संसदीय उपचुनावमा आफु उम्मेदवार नहुने स्पष्ट पारेका छन् ।नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले भने,‘अहिलेकै विद्यमान परिस्थितिमा एक  सांसद भएर आउँंदैमा ठूलो परिवर्तन गर्न सक्छु जस्तो मलाई लाग्दैन् ।  त्यसोभएको हुनाले  रुपन्देहीमा हुन गइ रहेको संसदीय उपचुनावमा उम्मेदवार हुने  कुरामा मेरो कुनै रुची छैन ।’आफु यतिखेर देशका लागि केहि गरौं भन्ने सोच भएका सबै साथीहरुलाई जोड्ने अभियानमा रहेको बताउँदै उनले यसलाई राजनितीक र

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 398 पटक पढिएको
  • पार्टी फुट्न लागेको हल्लामा कुनै सत्यता छैनः महासचिव बास्तोला

    काठमाडौं –  नेकपा बहुमत का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले आफ्नो पार्टी फुट्न लागेको हल्लामा कुनै सत्यता नभएको बताएका छन् । मंगलबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी भ्रष्टाचार र कुशासनविरुद्ध आफ्नो पार्टीले संघर्षलाई तीब्रता दिनेसमेत जानकारी दिए । पार्टीको नवौं केन्द्रीय समितिको तेस्रो बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्दै बास्तोलाले संसदमुखी राजनैतिक पार्टीहरुमा गम्भिर समस्या देखिन थालेको बताए । उनले भने, ‘संसदवादी दलहरु सत्ता र स्वार्थमा लिप्त हुँदाको परिणाम राष्ट्रिय स्वाधिनतामा खतराको घण्टी बज्न थालेको छ । यो अवस्थामा स्वाधीन संयुक्त सरकार गठनका लागि तेस्रो

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 438 पटक पढिएको
  • ४९ जिल्लामा कोभिड फैलियो, वाग्मतीमा सबैभन्दा बढी संक्रमित, सतर्क रहन मन्त्रालयको आग्रह

    काठमाडौं— नेपालमा थप जिल्लामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले कोभिड–१९ संक्रमण थप जिल्लामा पुष्टि भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन् ।०८१ पुस १७ गतेदेखि ०८२ साउन १९ गतेसम्म ४२६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार, पुस १७ यता तीन जनाको कोभिडका कारण मृत्यु भएको छ ।पछिल्लो तथ्यांकअनुसार, ४९ जिल्लामा कोभिड संक्रमण फैलिएको छ । सबैभन्दा बढी वाग्मती प्रदेशमा २९४ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 587 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा