काठमाडौं— दैलेख र अछाम जिल्लासँग जोडिएको ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत आयोजनालाई छिटो र छरितो रूपमा निर्माण चरणमा लैजान आवश्यक पहलका विषयमा सरोकारवालाबीच छलफल भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट दैलेख क्षेत्र नम्बर २ का उम्मेद्वार बखत बहादुर शाहीले माथिल्लो कर्णाली जलविद्युत आयोजनाको हालको प्रगति अवस्था बुझ्न जीएमआर कम्पनीका आयोजना प्रमुख के.के. शर्मासँग भेटघाट गरेका हुन् ।भेटका क्रममा आयोजनाको हालसम्मको प्रगति विवरण, देखिएका चुनौती तथा आगामी कार्ययोजनाबारे विस्तृत छलफल गरिएको शाहीले बताए ।शाहीले माथिल्लो कर्णाली जलविद्युत आयोजना, भैरवी सिरिस्थान ग्यास पेट्रोल आ
काठमाडौं— संघीय संसदको राष्ट्रिय सभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ ।बिहीबार समितिको १६५ औं बैठक सिंहदरवारस्थित समितिको बैठक कक्षमा बिहान ११ः३० बजे बस्ने भएको हो ।आजको बैठकमा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ उपर दफावार छलफल गरिने कार्यसूचीमा उल्लेख गरिएको छ ।समितिका सचिवालयले बैठकमा सहभागिता जनाउन सबै सरोकारवालाहरू र सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरेको छ ।
काठमाडौं— नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई मुलुकप्रति विशेष अभिभारा रहेकाले त्यसलाई पूरा गर्नुपर्ने दायित्व रहेको बताएका छन्।झापा–काठमाडौं सम्पर्क कमिटीको निर्वाचन विशेष भेटघाट कार्यक्रममा बोल्दै उनले नेकपा (एमाले) अन्य दलभन्दा पृथक रहेको दाबी गरे।उनले भने, ‘नेकपा एमाले विशेष अभिभारा बोकेको पार्टी हो । त्यो पूरा गर्नुपर्नेछ । अरु पाटी भन्दा यो पृथक छ । यसको काममा राष्ट्रियता, जिम्मेवारी र जवाफदेही छ । त्यसकारण यो पार्टी अरु भन्दा पृथक छ ।’अध्यक्ष ओलीले एमाले मात्र देशभक्त वा लोकतान्त्रिक पार्टी हो भन्ने आशय नरहेको स्पष्ट पार्दै अन्य दलहरूसँग स्पष्टता र त्यसमा अडिग रहने तथा कार
ललितपुर— ललितपुरको पाटनस्थित ऐतिहासिक कृष्ण मन्दिर परिसर विहानैदेखि मानिसहरूको भीडले भरिन्थ्यो । यहाँ आउने आन्तरिक र बाह्य पर्यटकहरुको बाक्लो भिडले यहाँको व्यापार व्यवसायलाई सधैं चलायमान बनाइराख्थ्यो ।परम्परागत हस्कलाका सामाग्री, नेवारीकला कौशल, पूजा सामग्रीदेखि विभिन्न किसीमका व्यापार यहाँ हुने गर्दछन् । आन्तरिक देखि बाह्य पर्यटकहरुले हस्तकलाका सामाग्रीहरु खरिद गर्ने भएकाले स्थानियकलालाई प्रोत्साहन मिलको छ ।तर पछिलो समय यहाँ आउने पर्यटकहरुको संङ्ख्या तुलनात्मक रुपमा कम भएको महशुस गरेको स्थानियहरु बताउँछन् । यहाँको व्यापार मानिसहरूले मात्र होइन, उड्ने परेवालाले पनि गरिरहेको देखिन्थ्यो । धर्म क
काठमाडौं— काठमाडौं महानगरपालिकाले सहकारी संस्थाले बहालमा लिएका घर तथा कोठा खाली गर्न सम्बन्धित पक्षलाई ७ दिनभित्र सम्पर्क गर्न आग्रह गरेको छ ।काठमाडौं महानगरपालिका, कानून तथा मानव अधिकार विभागअन्तर्गत न्यायिक समितिबाट घररकोठा खाली गर्ने भनी भएका निर्णयहरूमध्ये सहकारी संघ–संस्थाले बहालमा लिएका घर–कोठा खाली गर्ने सम्बन्धमा मिति २०८२/१०/१५ मा निर्णय कार्यान्वयन समितिको बैठकले गरेको निर्णयअनुसार उक्त सूचना प्रकाशित गरिएको हो ।सूचनाअनुसार तपसिलमा उल्लेख गरिएका सहकारी संस्थाका पदाधिकारी (सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति), कर्मचारी तथा सदस्यहरूले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र काठमाडौं
काठमाडौं— होटल फरेष्ट इन लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) तथा बिक्री आवेदन खुला गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि कुल ३३ लाख २० हजार कित्ता साधारण शेयर निष्कासन गरेको हो ।निष्कासन गरिएका शेयरमध्ये २ लाख कित्ता सामूहिक लगानी कोषका लागि र ८० हजार कित्ता कर्मचारीहरूका लागि छुट्याइएको छ । बाँकी शेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म शेयरका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनले तोकेका शाख
मुगु— फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण, भयमुक्त र मर्यादित रूपमा सम्पन्न गराउने उद्देश्यले मुगुमा निर्वाचन लक्षित संयुक्त सुरक्षा नमुना अभ्यास प्रदर्शन गरिएको छ ।नेपाली सेनाको श्री हनुमानध्वज गुल्म, हुटु मुगुको आयोजनामा सदरमुकाम गमगढीस्थित श्री देवीदत्त गण (ख) गुल्म, सुसेमुमा सुरक्षा प्रदर्शन गरिएको हो। निर्वाचन अवधिमा एकीकृत सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्ने तथा जिल्लाको समग्र सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउने उद्देश्यसहित अभ्यास सञ्चालन गरिएको आयोजकले जनाएको छ।जिल्लास्थित तीनवटै सुरक्षा निकाय-नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल-तथा जिल्ला निर्
काठमाडौं— निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै ‘सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ जारी गरेको छ ।आयोगले निर्वाचन अवधिमा सवारीसाधनको प्रयोगलाई कडाइका साथ नियमन गर्ने उद्देश्यले ‘सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ जारी गरेको हो ।निर्वाचन प्रचारप्रसारको अवधि तथा मतदानको दिन सवारीसाधनको प्रयोगलाई व्यवस्थित, मर्यादित र नियन्त्रित बनाउने लक्ष्यसहित कार्यविधि लागू गरिएको आयोगले जनाएको छ ।राजनीतिक दल, उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिले निर्वाचन प्रयोजनका लागि प्रयोग गर्ने सवारीसाधनको अनुमति प्रक्रिया स्पष्ट पार्न आवश्यक भएकाले कार्यविध
जनकपुर— मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संघीयता अधिकार र अवसरको न्यायोचित वितरण रहेको बताएका छन् ।बुधबार मधेश प्रदेश सभाको ८ औं वार्षिकोत्सव समारोहमा बोल्दै प्रदेश प्रमुख लाभले संघीयता भनेको भूगोलको विभाजन मात्र नरहेको धारणा राखे ।उनले संघीयता भनेको सिंहदरबारको अधिकारलाई जनताको घरदैलोसम्म ल्याउने प्रदेश संरचना रहेको बताए । लोकतन्त्रको सुन्दरता भनेको जनताले आफ्नो प्रतिनिधिहरु मार्फत आफ्ना लागि आफै कानुन बनाउनु रहेको प्रदेश प्रमुख लाभको भनाई थियो ।प्रदेश प्रमुख लाभले विगत ८ वर्षमा मधेश प्रदेश सभाले विभिन्न उतार चढाव झेल्दै संघियता कार्यान्वयनमा खेलेको नेर्तत्वदायी भूमिका प्रशंसन
काठमाडौं— सूचना प्रविधि क्षेत्रमा तीन दशकभन्दा बढी समयदेखि सक्रिय रहँदै आएको सागर ग्रुपले आगामी माघ २२ गतेदेखि माघ २७ गतेसम्म काठमाडौंको कलंकीस्थित कर्पोरेट हाउस परिसरमा विशेष प्रविधि एक्स्पो आयोजना गर्ने भएको छ ।‘बेलियो एक्सपेरियन्स टेक्नोलोजी एण्ड लाइफस्टाइल’ नाम दिइएको यस कार्यक्रम सागर ग्रुपद्वारा आयोजना हुँदै आएको प्रविधि एक्स्पोको चौथो संस्करण हो ।ग्राहक, विक्रेता, पत्रकार तथा शुभेच्छुकहरूलाई एउटै थलोमा भेला गराई सूचना प्रविधि क्षेत्रका नवीन प्रवृत्ति, नयाँ उत्पादन तथा बजारको वर्तमान अवस्थाबारे प्रत्यक्ष अन्तरक्रिया गराउने उद्देश्यले यो एक्स्पो आयोजना गर्न लागिएको सागर ग्रुपले जनाएको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.