समाज

    Showing 4,061-4,070 of 6,700 items.
  • हवाई सेवा र नागरिक उड्डयन प्राधिकरण सम्बन्धी दुवै विधेयकको संयुक्त छलफल प्रभावकारी हुन्छ – मन्त्री पाण्डे

    काठमाडौं –  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले हवाई सेवा प्राधिकरण र नागरिक उड्डयन प्राधिकरणसम्बन्धी दुवै विधेयकहरूको संयुक्त छलफल गर्दा प्रभावकारी हुने बताएका छन् । मंगलबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा भएको नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथिको प्रारम्भिक दफावार छलफलमा उनले यस्तो बताएका हुन् । उनले व्यवहारिक हिसाबले दुबै विधेयक अन्तरसम्बन्धित भएकाले एउटा विधेयकलाई टुङ्ग्याउँदै गर्दा अर्को विधेयकलाई मस्तिस्कमा राखिएन भने अप्ठ्यारो हुने बताए । उनले भने, ऐन, नीति, कानून बनाउने काम भनेको संसदको नै हो । त्यो कार्यान्वयन गर्ने

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 325 पटक पढिएको
  • भारतबाट काठमाडौं हतियार ल्याउने तस्कर पक्राउ, प्रहरीको विशेष अपरेशन

    काठमाडौं— भारत हुँदै नेपालमा साना हतियार तस्करी गर्ने समूहका एक नाइके पक्राउ परेका छन् । प्रहरीको विशेष ब्युरोको टोलीले एक भारतीय नागरिकलाई पक्राउ गरेको हो ।दुई दिनअघि नै पक्राउ परेका ती भारतीय नागरिकमाथि ब्युरोको टोलीले थप अनुसन्धान जारी राखेको छ । ब्युरो स्रोतका अनुसार लामो समयदेखि खोजीको सूचीमा रहेका ती भारतीय नागरिकको पक्राउलाई ठूलो सफलता मानेको छ ।“नेपालमा अवैध साना हतियर तस्करी गराउने मध्येका पक्राउ परेका व्यक्ति नाइके मध्येका एक हुन्,” स्रोतले भन्यो, “उनको साथबाट हतियार बरामद भएको छैन । तर, अन्य थुप्रै प्रमाण फेला परेका छन् ।” भारतीय नागरिकको बयानका आधारमा केही नेपालीको भूमिका खुल्

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 530 पटक पढिएको
  • पूर्णरुपले अवरुद्ध राजमार्गहरु सुचारु गर्न सांसद गैरेको माग

    काठमाडौं –  नेकपा एमालेका सांसद ठाकुर प्रसाद गैरेले पूर्णरुपले अवरुद्ध भएका राजमार्गहरु सुचारु गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले ग्रामिण क्षेत्रका सडकहरु अवरुद्ध हुँदा स्थानीय जनजीवन कष्ठकर भईरहेको भन्दै सरकारको प्रयत्नलाई रुपान्तरण गर्नुपर्ने बताए । ‘पश्चिम पाल्पाको जुठापौवा, बलङगढीखण्डमा बाटो भासिएर स्थानीय जनजीवन कष्ठकर भैरहेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गतका आरुभञ्ज्याङ राम्दीखण्ड त्यहाँका सम्पूर्ण ग्रामिण क्षेत्रका सडकहरु समेत पहिरोले बन्द भएको छ । नागरिकहरुको यात्रा अवरुद्ध हुँदा त्यसलाई सुचारु गर्न सरकारको प्रयत्नलाई सा

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 570 पटक पढिएको
  • रिसोर्टमा जुवातास खेल्दै गरेका चार जना पक्राउ

    भक्तपुर— जिल्लाको चाँगुनारायण नगरपालिका–७ स्थित खरिपाटीमा रहेको बाँसबारी रिसोर्टमा जुवातास खेल्दै गरेको अभियोगमा चार जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मध्यपुर थिमी नगरपालिका–५ निवासी ३७ वर्षीय बाबुराजा प्रजापतिसहित चार जना छन्। उनीहरूलाई सोमबार दिउँसो प्रहरीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।प्रहरीले घटनास्थलबाट नगद एक लाख पाँच हजार नौ सय चालीस रुपैयाँ (रु. १,०५,९४०) बरामद गरेको छ। साथै, डिजिटल तास खेलाउन प्रयोग हुने मोबाइल आकारको एक थान डिभाइस, १२ बुक डिजिटल तास, ६ थान मोबाइल फोन, एक थान मोटरसाइकल र एक थान स्कुटर समेत बरामद गरिएको प्रहरीले

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 484 पटक पढिएको
  • म्याग्दीको गुर्जाखानीमा ४.५ म्याग्निच्युडको भूकम्प

    काठमाडौं— जिल्लाको गुर्जाखानी क्षेत्रमा मंगलबार दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो १ बजेर २ मिनेटमा ४.५ म्याग्निच्युडको भूकम्प गएको हो।भूकम्पको केन्द्रविन्दु गुर्जाखानी आसपासको क्षेत्र रहेको जनाइएको छ। हालसम्म कुनै ठूलो क्षति वा मानवीय क्षतिको विवरण प्राप्त भएको छैन। तर, स्थानीयवासीहरूले हल्का धक्का महसुस गरेको बताएका छन्।यसअघि, २०८१ साल चैत २१ गते जाजरकोटलाई केन्द्रविन्दु बनाएर ५.५ म्याग्निच्युडको भूकम्प गएको थियो, जसले केही क्षेत्रमा क्षति पुर्‍याएको थियो।भूकम्पीय गतिविधि बढ्दै गएको सन्दर्भमा विज्ञहरूले सतर्कता अपनाउन सबैलाई आग्रह गरेका छन्। र

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 538 पटक पढिएको
  • बहुविवाहलाई मान्यता दिने कानुन संशोधन र परिमार्जन हुने

    काठमाडौं –  गृहमन्त्री रमेश लेखकले बहुविवाहलाई मान्यता दिने कानुन संशोधन र परिमार्जन हुने बताएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को विधेयक समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले देश र जनताको हितमा कानुन बनाउने बताउँदै कानुनमा केही खराब कुराहरु आउँछन् भन्ने आशंका नगर्न आग्रह गरे । उनले भने,‘यसमा बाहिर जुन नागरिकमा चिन्ता र चर्चा व्यक्त भएका छन् । ती सबैलाई समितिले सम्बोधन गरेर कानुनलाई परिमार्जन गर्छ र आज हामीले यही निर्णय गरेका छौं । यसलाई हामी संसोधन गछौं । देश र जनताको हितमा बनाउँछौं । त्यसैले कानुनमा केही खराब कुराहरु आउँछन् भन्ने आशंका नगर्दा हुन्छ भन्ने मेरो आग्

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 412 पटक पढिएको
  • जसपा नेपाल सप्तरीको अध्यक्षमा केदार यादव निर्वाचित

    काठमाडौं–   जनता समाजवादी पार्टी, नेपाल सप्तरी जिल्लाको अधिवेशनबाट अध्यक्ष पदमा केदार यादव निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी उमेश यादवलाई ३० मतले पराजित गर्दै अध्यक्षमा केदार विजयी भएका हुन् । मंगलबार राजविराजमा जिल्ला अधिवेशनको निर्वाचनमा अध्यक्ष पदका लागि पाँच सय चार मत परेको थियो । जसमा दुई सय ३५ मत ल्याएर जसपा नेपाल सप्तरीको आगामी कार्यकालको लागि केदार यादव अध्यक्षमा निर्वाचित हुन् । केदार यादव यसअघि पनि सप्तरीको जिल्ला अध्यक्ष पदमा कार्यरत थिए । यसैगरी, जिल्ला उपाध्यक्षमा लक्ष्मण यादव विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी हरेराम यादवलाई जम्मा ९ मतले पराजित ग

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 363 पटक पढिएको
  • मोरङका दुई स्थानमा दुई पुरुषको शव फेला, अनुसन्धान जारी

    विराटनगर –  मोरङका दुई फरक स्थानमा दुई पुरुष मृत अवस्थामा फेला परेका छन् । उर्लाबारी र बेलबारी नगरपालिकामा सोमबार साँझ र मंगलबार बिहान फेला परेका शवको मृत्युको कारण हालसम्म स्पष्ट हुन सकेको छैन । दुवै घटनाको प्रहरी अनुसन्धान विभिन्न कोणबाट अगाडि बढाइएको छ ।उर्लाबारी नगरपालिका–२ निवासी २३ वर्षीय सुशील लिम्बू मंगलबार बिहान आफ्नै घर नजिकको धानखेतमा मृत भेटिएका हुन् ।इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार, उनको शव खेतमा घोप्टो परेको, नाकबाट रगत बगेको र हातखुट्टा कक्रिएको अवस्थामा फेला परेको हो ।घटनास्थलमै पुगेको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरेपछि शवलाई मंगलबारेस्थित मदन भण्डारी अस्पत

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 396 पटक पढिएको
  • सशस्त्र प्रहरी बल नेपालमा ७७ जनाको बढुवा सिफारिस

    काठमाडौं— सशस्त्र प्रहरी बल नेपालले रिक्त रहेका ७७ पदमा बढुवाका लागि सिफारिस गरेको छ। सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसएसपी) मा ६, सशस्त्र प्रहरी उपरीक्षक (एसपी) मा २२, प्राविधिक सशस्त्र प्रहरी उपरीक्षकमा १ र सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) मा ४८ जनाको बढुवा सिफारिस गरिएको संगठनका केन्द्रीय प्रवक्ता एसएसपी कालिदास धौवजीले जानकारी दिए ।प्रवक्ताका अनुसार, बढुवा सिफारिस गर्दा ज्येष्ठता, व्यावसायिक क्षमता र कार्यसम्पादन मूल्याङ्कनलाई प्राथमिकता दिइएको छ। यसले संगठनको वृत्ति विकास र सुरक्षा फौजको मनोबल अभिवृद्धिमा टेवा पुर्‍याउने विश्वास लिइएको छ।एसएसएसपीमा सिफारिस भएकाहरू दोस्रो ब्याचका,

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 447 पटक पढिएको
  • पाँच दिनपछि हराएका दुई बालबालिका मृत भेटिए

    पाँचथर— जिल्लाको याङवरक गाउँपालिका–२ का दुई बालबालिका पाँचदिनदेखि बेपत्ता भएका थिए । खोजी गर्ने क्रममा आज बिहान १० वर्षीय शिशिर राई र ५ वर्षीया नानुमा राईको शव स्थानीय बिरुवा खोलामा भेटिएको छ। दुवै जना बालबालिका पूर्ण आधारभूत विद्यालयमा कक्षा ४ र १ मा अध्ययनरत थिए।बालबालिका बेपत्ता भएपछि स्थानीय बासिन्दा र सुरक्षाकर्मीले खोजी कार्य तीव्र पारेका थिए। पाँच दिनको खोजीपछि उनीहरू मृत अवस्थामा फेला परेपछि गाउँ शोकमा डुबेको छ।घटनाको कारण खुल्न बाँकी रहेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 498 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा