समाज

    Showing 4,071-4,080 of 9,918 items.
  • दुई करोड १० लाख रुपैयाँ बराबरको बैंकिङ कसुरमा फरार साह काठमाडौंबाट पक्राउ

    काठमाडौं— दुई करोड १० लाख रुपैयाँ बराबरको बैंकिङ कसुरमा फरार रहेका एक व्यक्तिलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले धनुषा स्थायी घर भई हाल काठमाडौं बस्दै आएका एसएन सप्लायर्सका सञ्चालक सन्तोषकुमार साहलाई बुधबार काठमाडौं महानगरपालिका–४, चन्डोल क्षेत्रबाट पक्राउ गरेको हो।प्रहरीका अनुसार सुमितकुमार खेतानको जाहेरीका आधारमा दर्ता भएको बैंकिङ कसुर मुद्दामा साहविरुद्ध झापा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। उनी लामो समयदेखि फरार रहेका थिए।कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले पक्राउ परेका साहलाई थप अनुसन्धान र कानुनी कारबा

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 483 पटक पढिएको
  • चार किलोभन्दा बढी कोकिनसहित तीन विदेशी नागरिक पक्राउ

    काठमाडौं— अवैध लागूऔषध कारोबारमा संलग्न तीन जना विदेशी नागरिकलाई चार किलो ३०० ग्राम कोकिनसहित प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा थाइल्याण्डकी ४० वर्षीया रुसानी कामा, भारतका ५५ वर्षीय जेभियर म्याथ्यू थालियाचेरी र भारतकै २१ वर्षीय मुर्सालेन हुसेन रहेका छन्। पक्राउ परेका तीनै जनालाई बिहीबार सार्वजनिक गरिएको र उनीहरू नेपालमै बसेर कोकिनको कारोबार गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको ब्यूरोका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक जीवन निरौलाले जानकारी दिए । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले हवाई मार्ग हुँदै नेपाल प्रवेश गरेका शंकास्पद विदेशी नागरिकमाथि निगरानी ग

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 439 पटक पढिएको
  • रविले बालेन भेट्दै, निर्णायक छलफल हुने

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता हुँदैछ ।सोमबार राति लामो समय छलफल गरेका उनीहरुबीच आज हुने छलफललाई निर्णायक भनिएको छ । स्रोतका अनुसार छलफलका लागि बालेनलाई भेट्न रवि ललितपुरको कुपोण्डोल जाँदैछ ।यसअघि सोमबार राति कमलपोखरीमा भएको छलफलमा यसपटक सरकारको नेतृत्व बालेनले र पार्टीको नेतृत्व आफूले गर्ने प्रस्ताव रविले राखेका समाचार सार्वजनिक भएका थिए । अर्को चुनावपछि भने सरकारको नेतृत्व रविले गर्ने र बालेनले सघाउने प्रस्ताव आएको थियो । त्यसमा ठोस सहमति नभए पनि सकारात्मक छलफल भएको उनीहरु निकट नेताहरुले बताएका

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 467 पटक पढिएको
  • पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री

    काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेकी छन । यस अवसरमा आज एक सन्देश जारी गर्दै प्रधानमन्त्रीले प्रेम, शान्ति, करुणा र सद्भावको सन्देश बोकेको यस पर्वले मानवताका साझा मूल्यहरूलाई अझ सुदृढ बनाउँदै समाजमा आपसी समझदारी, सहअस्तित्व र भाइचारा अभिवृद्धि गर्न थप प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छन ।  “विविध धर्म, भाषा र संस्कृतिको संगम रहेको हाम्रो मुलुकमा क्रिसमसजस्ता पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण योगद

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 530 पटक पढिएको
  • मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि पोखरा–जोमसोम हवाई सेवा तीन महिनाका लागिस्थगित

    मुस्ताङ—  हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले पोखरा–जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित गरेका छन् ।नियमित उडान भर्दै आएका कम्पनीहरु समिट एयरलाइन्स र तारा एयरलाइन्सले प्रतिकूल मौसम, हिमपातको सम्भावना र पर्यटक अफसिजनका कारण हवाई सेवा स्थगित गरेको नागरिक उड्यन कार्यालय जोमसोमका प्रमुख दीपक पोखरेलले जानकारी दिए ।प्रमुख पोखरेलका अनुसार नियमित हवाई सेवा स्थगित भएपनि चार्टर र आपत्कालीन हेली सेवा नरोकिने बताए । तारा एयरलाइन्स मुस्ताङका स्टेशन इञ्चार्ज सुचन लालचनले कम्पनीले डिसेम्बर ४ देखि मार्च एक सम्म पोखरा–जोमसोम उडान स्थगित गरेको बताए। त्यसैगरी समिट

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 420 पटक पढिएको
  • क्रिसमसको अवसर पारेर फिल्म ‘मुगलान’ प्रदर्शनमा

    काठमाडौं— नेपाली फिल्म ‘मुगलान’ प्रदर्शनमा आएको छ । प्रभात पाल र स्मारिका ढकाल अभिनित फिल्म क्रिसमस–डेको अवसर पारेर बिहीबार रिलिज भएको हो । आशिष ढकालको लेखन तथा निर्देशन रहेको फिल्मले रोजगारी र उज्ज्वल भविष्यको खोजीमा मातृभूमि छाडेर विदेशिने युवाको कथालाई मार्मिक रूपमा प्रस्तुत गरेको छ ।फिल्ममा प्रभात र स्मारिकाका साथमा श्री शिवांशी, दिनेश डिसी, मोती सुवेदी, रामचन्द्र अधिकारी, राजुराज सोनी, रश्मी भट्ट, जीवन गौतम, सविन बाँस्तोलालगायत कलाकारहरूको अभिनय छ । गोमन सिंह निर्माता रहेको ‘मुगलान’ को सह–निर्माता रीता चौधरी हुन् ।नेपालमा नयाँ फिल्म रिलिज शुक्रबार गर्ने परम्परा भएपनि चाडपर्व तथा विशेष समय

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 507 पटक पढिएको
  • शहीद परिवारका सदस्यहरुले दिए सशक्त आन्दोलनमा उत्रिने चेतावनी

    जनकपुर— मधेश प्रदेशमा रहेका शहीद परिवारका सदस्यहरुले सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।बुधबार जनकपुरधाममा पत्रकार सम्मलेन गर्दै मधेशी शहीद प्रतिष्ठानका सदस्यहरुले सरकारले आफूहरुलाई हदै सम्मको बेवास्ता गरेको भन्दै एक हप्ता पछि सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।शहीदको नाममा नेता र मन्त्री बनेकाहरुले संघियता ल्याउन आफ्नो बलिदानी दिएका शहीद र उनीहरुको परिवारका सदस्यहरुलाई झुक्काउन मात्र खोजेको मधेशी शहीद प्रतिष्ठानका सदस्य एवम सहिद चंदिन पटेलका पिता अवदेश पटेलले बताए ।उनले शहीद परिवारका निम्ति बनाइएको मधेशी शहीद प्रतिष्ठानको नाममा १० करोड बजेट बिनियोजन गरिने भनिएकोमा जम्मा २ करोड

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 453 पटक पढिएको
  • सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं— नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। बुधबार सुन प्रतितोला दुई लाख ६८ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो। उक्त मूल्य हालसम्मकै उच्च हो।आज सुन प्रतितोला दुई लाख ६७ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यावसायीले जनाएको छ।बुधबारको तुलनामा बिहीबार सुन प्रतितोला ६ सय रूपैयाँ घटेको हो।यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। बुधबार तोलामा चार हजार चार सय २० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार चार हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ घटेको हो।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार चार सय ८० अमेर

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 463 पटक पढिएको
  • कोशीका क्रिकेट खेलाडी मिनेश थापाको दुर्घटनामा निधन

    विराटनगर— कोशी प्रदेशका प्रतिभाशाली क्रिकेट खेलाडी मिनेश थापाको दुर्घटनामा परी असामयिक निधन भएको छ ।विराटनगरमा भएको दुर्घटनामा गम्भीर घाइते भएका थापाको उपचारका क्रममा निधन भएको हो ।थापाको निर्धनप्रति नेपाल क्रिकेट संघ (क्यान) ले दुख व्यक्त गरेको छ । क्यानले भनेको छ–'कोशी प्रदेशका कुशल तथा प्रतिभाशाली क्रिकेट खेलाडी मिनश थापाको दुर्घटनामा परी भएको असामयिक निधनको दुःखद खबरले नेपाल क्रिकेट संघसहित सम्पूर्ण क्रिकेट परिवारलाई गहिरो शोकमा डुबाएको छ। दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन, आफन्तजन तथा खेलप्रेमीहरूलाई यो अपार दुःख सहन सक्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछौं ।

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 472 पटक पढिएको
  • बाजुराको गौमुल गाउँपालिकाले पालिकाका नागरिकलाई आयोडिनयुक्त नुन वितरण गर्ने

    बाजुरा— बाजुराको गौमुल गाउँपालिकाले पालिकाका नागरिकलाई आयोडिनयुक्त नुन वितरण गर्ने भएको छ । पालिकाले आजदेखि गाउँपालिकाका सबै वडाहरूमा आयोडिनयुक्त भानु नुन वितरण गर्ने भएको हो ।प्रति परिवार २२ केजीका दरले आयोडिनयुक्त भानु नुन वितरण गरिने गाउँपालिकाले जनाएको छ ।नुन लिन आउँने सेवाग्राहीहरुले आफ्नो नेपाली नागरिकताको फोटोकपी अनिवार्य साथमा लिएर आउँनु पर्ने छ।वडा नम्बर ३, ४, ५ र ६ का नागरिकहरुले गाउँपालिकाको केन्द्र घट्मुनाबाट नुन लिन लिनु पर्ने छ । त्यस्तै वडा नम्बर १ र २ का नागरिकहरुले सिम बजारबाट नुन प्राप्त गर्ने व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष हरी बहादुर रोकायाले जानकारी दिए ।नागरिकको सहजत

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 481 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.