समाज

    Showing 4,081-4,090 of 11,034 items.
  • नयाँ सोच र खोज अभियानद्वारा राजधानीमा खबरदारी सभा

    काठमाडौं— परिवर्तनका लागि नयाँ सोच र खोज अभियानले बुधबार राजधानीमा खबरदारी सभा गरेको छ । अभियानले पुरानो सोच, नीति र नेतृत्वका कारण देश अपेक्षित विकासको बाटोमा जान नसकेको ठहर गर्दै अब चुनाव मात्र होइन, नयाँ सोच र नयाँ खोज आवश्यक भएको सन्देश दिएको छ ।अभियानका अनुसार २०४७ सालपछि भएका हरेक निर्वाचनबाट सत्ता फेरिए पनि शासन प्रणाली, सोच र नियत नफेरिँदा जनजीवनमा वास्तविक रूपान्तरण हुन सकेन । राजनीतिक परिवर्तन भएजस्तो देखिए पनि आर्थिक समृद्धि, विकास र रोजगारी सिर्जना नहुँदा नेपालीहरू कामको खोजीमा विदेशिन बाध्य भएको अभियानको भनाइ छ ।खबरदारी सभामा बोल्ने वक्ताहरूले नयाँ सोच र खोजको उद्देश्य सत्ता कब्जा

    • प्रकाशित मितिः माघ २१, २०८२
    • 530 पटक पढिएको
  • जबरजस्ती करणी गरेको अभियोगमा धादिङबाट पक्राउ

    धादिङ— २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गल्छी गाउँपालिका—१ बस्ने २४ वर्षीय बिशाल खतिवडालाई प्रहरीले पक्राउ गरेको छ ।बिशालले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

    • प्रकाशित मितिः माघ २१, २०८२
    • 567 पटक पढिएको
  • मन्थलीमा दूध सङ्कलन केन्द्र स्थापना, किसानको दूध बिक्रीको समस्या समाधान

    रामेछाप— रामेछापको मन्थली नगरपालिका–२ का किसानहरूका लागि अब आफूले उत्पादन गरेको दूध बिक्री गर्ने चिन्ता हटेको छ ।उत्पादन भएको दूध बिक्री नहुँदा आयआर्जनबाट वञ्चित हुँदै आएका किसानले अब जति दूध उत्पादन गरे पनि आफ्नै गाउँमा सहज रूपमा बिक्री गर्न पाउने भएका छन् । मन्थली नगरपालिका–२ को धारापानीमा कृष्णप्रिया फर्म तथा दूध डेरी काठमाडौंले दूध सङ्कलन केन्द्र स्थापना गरेपछि किसानको दूध गाउँमै सङ्कलन हुन थालेको हो । डेरीले गाउँमा खपत हुने दूध गाउँमै बिक्री गर्ने र अतिरिक्त दूध काठमाडौं लैजाने व्यवस्था मिलाएको जनाएको छ ।सञ्चालकका अनुसार उक्त क्षेत्रमा दूध उत्पादन र सङ्कलनको राम्रो सम्भावना देखिएपछि सङ्कल

    • प्रकाशित मितिः माघ २१, २०८२
    • 588 पटक पढिएको
  • एलपी ग्यास अभावको हल्ला निराधारः चण्डीका भट्ट

    काठमाडौं— एलपी ग्यास अभावको हल्ला निराधार भएको नेपाल आयल निगमका प्रबन्ध निर्देशक चण्डीका प्रसाद भट्टले बताएका छन् ।पछिल्लो समय बजारमा एलपी ग्यास अभाव भएको भन्दै फैलिएको हल्लामा विश्वास नगर्न भन्दै उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छन् । उनले आपूर्ति सहज र पर्याप्त रहेको स्पष्ट पारेका छन् । दैनिक उपभोगका लागि आवश्यक एलपी ग्यास नियमित रूपमा नेपाल भित्रिरहेको उनले बताएका छन् ।उनकाअनुसार नेपालमा प्रतिदिन करिब ९० बुलेट, अर्थात करिब १ लाख १४ हजार सिलिण्डर एलपी ग्यास आवश्यक पर्छ । तर पछिल्ला तीन दिनमा भारतीय आयल कर्पोरेशन (आइओसी) बाट सोभन्दा बढी मात्रामा ग्यास लोडिङ भएको छ ।‘लोडिङ विवरण

    • प्रकाशित मितिः माघ २१, २०८२
    • 563 पटक पढिएको
  • एकैदिन १४ हजार ४०० रुपैयाँ बढ्यो सुनको मूल्य

    काठमाडौं— नेपाली बजारमा आज सुनको मूल्य एकैदिन १४ हजार ४०० रुपैयाँले बढेको छ ।आज सुन प्रतितोला तीनलाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार एकतोला सुनको मूल्य दुई लाख ९० हजार ३ सय रुपैयाँ निर्धारण गरिएको थियो ।त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी २ सय ५६ रुपैयाँले बढेर प्रतितोला पाँच हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

    • प्रकाशित मितिः माघ २१, २०८२
    • 557 पटक पढिएको
  • प्रधानमन्त्री कार्कीले भन्छिन्–अनुशासन, राष्ट्रप्रेम र नेतृत्व युवाको जीवनशैली बन्नुपर्छ

    काठमाडौं— प्रधानमन्त्री सुशिला कार्कीले अनुशासन, राष्ट्रप्रेम र नेतृत्व युवाको जीवनशैली बन्नुपर्नेमा जोड दिएकी छन्।मंगलबार श्री राष्ट्रिय सेवा दल मध्य तालिका शिक्षालयद्वारा आयोजित वार्षिक सामूहिक क्याम्प दीक्षान्त कवज कार्यक्रममा सम्बोधन गर्दै उनले राष्ट्रिय सेवा दलको तालिमले युवालाई जिम्मेवार नागरिक बनाउने महत्वपूर्ण भूमिका खेलेको बताइन्।प्रधानमन्त्री कार्कीले क्याडेट छात्रछात्रालाई सम्बोधन गर्दै तालिमले आधारभूत सुरक्षा, सैनिक कला, समसामयिक विषयको ज्ञान, साथै नेपालको भूगोल, भाषा, संस्कृति र इतिहासलाई नजिकबाट बुझ्ने अवसर दिएको उल्लेख गरिन्।यसले नेतृत्व क्षमता, सामूहिकता र राष्ट्रिय एकताको भावन

    • प्रकाशित मितिः माघ २१, २०८२
    • 506 पटक पढिएको
  • बालेन शाह उर्लाबारीमा, सुशासन र नागरिक सहभागितामा जोड

    उर्लाबारी— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) उर्लाबारी आएका छन्।उर्लाबारीमा आयोजित भेटघाट तथा छलफलका क्रममा उनले स्थानीयवासी, युवाहरू र नागरिक अगुवासँग समसामयिक राजनीतिक अवस्था, सुशासन र स्थानीय विकासका विषयमा संवाद गरेका छन्।भेटघाटमा शाहले विकासको मूल आधार पारदर्शिता र जवाफदेहिता भएको उल्लेख गर्दै राज्य संयन्त्रमा देखिएको बेथिति र अनावश्यक खर्च नियन्त्रण गर्न नागरिक स्वयं सचेत र सक्रिय हुनुपर्ने धारणा राखे। उनले स्थानीय तह बलियो बने मात्र संघीय संरचनाको औचित्य पुष्टि हुने बताए।स्थानीय युवाहरूले रोजगारीको अभाव, शहरी व्यवस्थापन, फोहोर व्यवस्थापन तथा आधारभू

    • प्रकाशित मितिः माघ २१, २०८२
    • 517 पटक पढिएको
  • देउराली–जनता फर्मास्यूटिकल्सले चितवनमा ४७५ करोडको नयाँ औषधि उद्योग स्थापना गर्ने

    काठमाडौं— स्वदेशमै अत्यावश्यक औषधि उत्पादन गर्दै आएको अग्रणी औषधि उद्योग देउराली–जनता फर्मास्यूटिकल्स प्रा. लि. ले चितवनको भरतपुरमा अत्याधुनिक नयाँ औषधि कारखाना निर्माण गर्ने निर्णय गरेको छ ।कम्पनीले उक्त परियोजनामा ४७५ करोड रुपैयाँ लगानी गर्ने जनाएको छ । कम्पनीको ३५ औं वार्षिकउत्सवको अवसरमा मंगलबार जारी गरिएको प्रेस वक्तव्य मार्फत कम्पनीले यस्तो जानकारी दिएको हो । कम्पनीका अनुसार अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिने यो नयाँ कारखाना दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । परियोजना पूरा भएपछि करिब ५५० जनालाई प्रत्यक्ष रोजगारीको अवसर सिर्जना हुने बताइएको छ । नयाँ उद्योग सञ्चालनमा आ

    • प्रकाशित मितिः माघ २१, २०८२
    • 497 पटक पढिएको
  • अटोमोवाइल क्षेत्र दिगो सडक र सुरक्षित यातायात सम्बन्धी नीति चुनावी घोषणापत्रमा समेट्न सुझाब

    काठमाडौं— राजनीतिक दलहरूका चुनावी घोषणापत्रमा अटोमोवाइल, दिगो सडक र सुरक्षित यातायातसम्बन्धी नीतिहरु समावेश गर्न नेपाल अटोमोबाइल्स एसोसिएसनले सुझाब पेश गरेको छ ।आइतबार जारी गरिएको सुझावपत्रमा देशका सडकहरूमा दैनिकजसो हुने दुर्घटनाका कारण ठूलो संख्यामा नागरिकको अकाल मृत्यु तथा अपांगता बढ्दै गएको उल्लेख गरिएको छ । संयुक्त राष्ट्रसंघको तथ्यांकअनुसार नेपालमा वार्षिक करिब ८ हजार मानिस सडक दुर्घटनामा ज्यान गुमाइरहेका छन् भने नेपाल प्रहरीको तथ्यांकअनुसार यो संख्या करिब २ हजार ५ सय हाराहारीमा रहेको छ ।सडक दुर्घटनाले मानव अधिकार र उपभोक्ता अधिकारको गम्भीर उल्लंघन भइरहेको एसोसिएसनको ठहर छ । एसोसिएसनले ना

    • प्रकाशित मितिः माघ २१, २०८२
    • 505 पटक पढिएको
  • राष्ट्रपति पौडेल आज स्वदेश फर्कँदै

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने औपचारिक भ्रमण सम्पन्न गरी आज टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेश फर्किदै छन् ।जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन सोमबार जापान गएका थिए ।भ्रमणका क्रममा राष्ट्रपति पौडेलले टोकियोमा जापान सरकारले आयोजना गरेको नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव विशेष स्वागत समारोहमा सहभागिता जनाउँदै समारोहलाई सम्बोधन गरे ।यसैगरी, टोकियोस्थित इम्पेरियल प्यालेसम

    • प्रकाशित मितिः माघ २१, २०८२
    • 566 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.