समाज

    Showing 4,091-4,100 of 6,700 items.
  • काठमाडौं सुन्दरीजलस्थित खोलामा डुबेर १ जनाको मृत्यु

    काठमाडौं  – काठमाडौं सुन्दरीजलस्थित खोलामा डुबेर १ जनाको मृत्यु भएको छ ।​ गएराति गोकर्णेश्वर नगरपालिका- १ सुन्दरीजलस्थित खोलामा डुबेर काठमाडौं कपन बस्ने चितवन घर भएकी ३५ वर्षीया सन्ध्या धामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।डुबेर अशक्त भएकी उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो ।थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 325 पटक पढिएको
  • बागमती नगरपालिकाका मेयर थापाविरुद्धको गैरकानुनी सम्पत्ति आर्जन सम्बन्धी मुद्दामा आज सुनुवाइ

    काठमाडौं – बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्धको गैरकानुनी सम्पत्ति आर्जन सम्बन्धी मुद्दामा सोमबार विशेष अदालतमा सुनुवाइ भइरहेको छ ।विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, न्यायाधीश श्री मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासमा सुनुवाइ भइरहेको हो । मेयर थापाविरुद्धको मुद्दा गत असार १२ गतेदेखि ‘हेर्दाहेर्दैमा’ राखेर सुनुवाइ भइरहेको छ ।गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा मेयर थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० चैत २७ मा ५ करोड ३३ लाख ५३ हजार १ सय ९० रुपैयाँ बिगो कायम गरेर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । थापाको बिगो कायम गरिएको रकम बराबरको

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 534 पटक पढिएको
  • अहिलेको नेतृत्वले व्यवस्थापन गर्न नसक्दा विद्युत् आपूर्तिमा समस्या देखिएको छ : कुलमान घिसिङ

    नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको अहिलेको नेतृत्वले व्यवस्थापन गर्न नसक्दा विद्युत् आपूर्तिमा समस्या देखिएको बताएका छन् । ‘उज्यालो नेपाल अभियानका’साथ अमेरिकाको भ्रमणमा रहेका घिसिङले अस्टिनमा रहेका नेपाली समुदायले गरेको कार्यक्रममा विद्युत् उत्पादन पर्याप्त रहेता पनि प्राधिकरण नेतृत्वले व्यवस्थापकीय क्षमता देखाउन नसक्दा देशभरि विद्युत् आपूर्तिमा समस्या रहेको टिप्पणी गरे । घिसिङले भने, ‘नयाँ व्यवस्थापन आएपछि विगतमा सुरु गरिएको सही व्यक्तिलाई सही ठाउँमा लत्त्याएर राम्रो काम गरिरहेकालाई कुलमानका मान्छे भन्दै जिम्मेवारीबाट हटाउन सुरु गरियो,

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 380 पटक पढिएको
  • पर्सामा कटुवा पेस्तोलसहित १ जना पक्राउ

    पर्सा–  पर्सामा कटुवा पेस्तोलसहित १ जना पक्राउ परेका छन् ।​ वीरगन्ज महानगरपालिका- १६ इनर्वा गाउँबाट कटुवा पेस्तोल १ थानसहित सोही ठाउँ बस्ने ४० वर्षीय साहेब खाँलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।प्रहरी चौकी इनर्वा गाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोलसहित आइतबार साँझ पक्राउ गरेको हो ।थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 424 पटक पढिएको
  • ३५ वर्षपछि घर फर्किए जुठे, मृत घोषित श्रीमान् को जीवित आगमनले उजेली परिवारमा खुसीको भेल

    गोरखा  – गोरखा नगरपालिका–४ फिनामकी ६३ वर्षीया उजेली कामीलाई आँबुखैरेनीबाट साथीले फोन गरिन् । श्रीमान् कलकत्ताबाट घर फर्किँदै गरेकाले बाटोसम्म लिन आउन सूचना गरिन् ।उजेलीलाई साथीको फोनले पत्याउनु कि नपत्याउनु दोधार पार्‍यो । उनले जेठो छोरोलाई सो खबर जस्ताको तस्तै सुनाइन् । ‘जेठोले पत्याउँदै पत्याएन । बाबालाई बजारसम्म लिन जाम न हिँड भनेँ । बजारसम्म त आयो तर नपत्याएर घर फक्र्यो’, उजेलीले हालैको घटना सुनाउँदै भनिन्, ‘मचाहिँ पर्खेर बसेँ । साँझ ७ बजेतिर खैरेनीबाट ट्याक्सीमा आउनुभा’को रछ । ट्याक्सीबाट झर्नुभयो । उहाँले त मलाई एकछिन टोलाएर हेरेपछि चिन्नु भएछ । तिम्रो बुढो मै हो भनेर ठिंग उभिनुभो ।

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 692 पटक पढिएको
  • सुनसरीमा वर्षा पछि किसानमा खुसी, धान रोपाइँमा तीव्रता

    सुनसरी –  लामो समयपछि पानी परेपछि धान रोप्ने तयारीमा रहेका यहाँका किसान खुसी भएका छन् । सुनसरी सदरमुकाम इनरुवासहित कोशी, भोक्राहा, हरिनगर, बराहक्षेत्र, देवानगञ्ज, बर्जु, गढी, दुहबी, रामधुनीलगायतका स्थानीयतहमा पानी नपर्दा धान रोपाइँमा समस्या भएको थियो । वर्षा नभएका कारणले अकासे पानीको भरमा खेती गर्दै आएका किसानलाई शनिबारदेखि भएको वर्षाले ठूलो राहत भएको भोक्राहा नरसिंह गाउँपालिकाका किसान सुरेन्द्र उराँवले बताए । पानी नभएर रोपाइँ गर्न नपाएका किसान समेत अहिले रोपाइँ गर्नका लागि जुटेको स्थानीय किसान बबलु खड्गाले बताए ।पानीले नभएकाले सुक्न थालेको रोपो र बीउ समेत जोगाउनका लागि मद्दत पुगेको

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 468 पटक पढिएको
  • जयबहादुर थापाको गोठ भत्किदा पाँच पशुचौपाया मरे

    रेसुङा –  गुल्मीको मुसिकोट नगरपालिका–१, रगनाम बस्ने ६६ वर्षीय जयबहादुर थापाको गोठ भत्किदा पाँच पशुचौपाया मरेका छन् । वर्षाका कारण थापाको ढुङ्गा माटोले बनेको टिनले छाएको दुईतले कच्ची गोठ भत्किएको छ ।गोठमा रहेका तीन गाई, एक बाच्छा र एक बाख्रा मरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिनुभयो । पौदी अमराई प्रहरी चौकी गुल्मीबाट प्रहरी नायब निरीक्षक लखनलाल चौधरी नेतृत्वको टोलीले घटना मुचुल्का गरिरहेको सारुले बताउनुभयो । 

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 481 पटक पढिएको
  • महाकाली नदीमा पानीको बहाव बढेपछि बनबासा पुलमा चारपांग्रे सवारी आवागमन रोक

    कञ्चनपुर –  नेपाल–भारत जोड्ने बनबासा पक्की पुलमा चारपांग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।कञ्चनपुरको भीमदत्त नगरपालिका–११, गड्डाचौकीस्थित महाकाली नदीमा पानीको बहाव बढेपछि उक्त पुलमा चारपांग्रे सवारीको आवतजावत बन्द गरिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भनेको छ- मिति २०८२।०४।१९ गते बिहान ८ बजेको समयमा जिल्ला कञ्चनपुर भि.न.पा.११ गड्डाचौकी स्थित महाकाली नदीमा पानीको बहाव वृद्धि भई १,०९,९८० क्युसेक पुग्न गई  महाकाली नदीमा रहेको नेपाल-भारत जोड्ने बनबासा पक्की पुलमा चार पाङग्रे सवारी साधन आवतजावत बन्द गरिएको छ ।'

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 481 पटक पढिएको
  • तारकेश्वर गाँउपालिका वडा नं ६ का अध्यक्ष रिमालको ४४ वर्षको उमेरमा निधन

    नुवाकोट – नुवाकोटको तारकेश्वर गाँउपालिका वडा नं ६ का अध्यक्ष नारायणप्रसाद रिमालको ४४ वर्षको उमेरमा आज बिहान निधन भएको छ। ज्वरो र निमोनियाले स्वास्थ्य प्रतिकूल भएसँगै वीर अस्पताल काठमाडौँमा उपचारको क्रममा उनको निधन भएको परिवार स्रोतले जनाएको छ।गत जेठमा पत्थरीको शल्यक्रियापश्चात नियमित स्वास्थ्य जाँच गराउँदै आएका उनलाई पछिल्लो एक सातादेखि ज्वरो र निमोनियाले समस्या बनाएको थियो। नेकपा (एमाले) नुवाकोटको सचिवालय सदस्य समेत रहेका रिमाल यसअघि विसं २०७४ को निर्वाचनमा वडा सदस्यमा निर्वाचित थिए।उनको निधन प्रति श्रद्धाञ्जली प्रकट गदै तारकेश्वर गाँउपालिकाले आज शोक बिदा दिएको छ। गाँउपालिका अध्यक्ष शिव अधिका

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 433 पटक पढिएको
  • हलेसीबाट तीर्थयात्री बोकेर फर्किँदै गरेको गाडी सोमबार बिहान दुर्घटना ,एकजनाको मृत्यु, १६ जना घाइते

    विराटनगर : प्रशिद्ध धार्मिक तीर्थस्थल खोटाङको हलेसीबाट तीर्थयात्री बोकेर फर्किँदै गरेको गाडी सोमबार बिहान दुर्घटनामा परेको छ । दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ । १६ जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ । कोशी प्रदेशका निमित्त ट्राफिक प्रहरी प्रमुख डीएसपी सन्तोष श्रेष्ठका अनुसार मृतक र घाइतेको पहिचान खुल्न बाँकी छ ।  चालकसहित १८ जना सवार रहेको प्रदेश २–०१–००१ ज ००५३ नम्बरको विंगर गाडी खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ जयराम घाटनजिक दुर्घटनामा परेको श्रेष्ठले बताए । उनका अनुसार हलेसीबाट सिराहातर्फ जाँदै गरेको गाडी सडकबाट करिब २ सय मिटर तल खसेको प्रारम्भिक जानका

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 526 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा