समाज

    Showing 4,131-4,140 of 6,700 items.
  • गुण्डागर्दीमा संलग्न (चक्रे मिलन) सहित ४७ जना पक्राउ

    काठमाडौं— काठमाडौंमा गुण्डागर्दीमा संलग्न मिलन गुरुङ (चक्रे मिलन) सहित ४७ जना पक्राउ परेका छन्। उनीहरूलाई महाराजगञ्ज, ठमेल र दरबारमार्गबाट गएराति प्रहरीले पक्राउ गरेको हो। जन्मदिन मनाइरहेका बेला चक्रे मिलनलाई महाराजगञ्जस्थित होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूलाई धम्क्याउने, तर्साउने र आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा सोधपुछ गरिरहेको छ। यसै क्रममा घैँटेका सहयोगी ‘सानुभाइ’ पनि ठमेलबाट पक्राउ परेका छन्। हाल प्रहरीको विशेष टोलीले रेष्टुरेन्ट र क्लबहरूमा निगरानी बढाएको छ।

    • प्रकाशित मितिः साउन १६, २०८२
    • 542 पटक पढिएको
  • नेपालका सडकमार्ग : हत्केलामा ज्यान छ, छैन् पूर्वसूचना र सावधानी

    काठमाडौं – बर्षा लागेसँगै देशका अधिकांश राजमार्गहरु यात्राका लागि जोखिमपूर्ण अवस्थामा छन् । पहिरोले अवरुद्ध हुनेमात्र नभइ ठूला ढुंगाहरु खस्ने वा सडक भासिने जोखिम पनि बढ्दो छ । तथापी, जोखिमका बाबजुत लामो वा छोटो दुरीका सार्वजनिक यातायातहरुले सेवा दिइरहेका छन् ।बर्खामा यात्रा गर्दा ज्यान हत्केलामा राखेर हिड्नु परिरहेको अनुभव सवारी चालकहरुले सुनाउने गरेका छन् । जोखिमपूर्ण र कठिन यात्रा गर्ने गरेको चालकहरु बताउँछन् ।  काठमाडौं–सिन्धुपाल्चोक चल्ने अरनिको सुपरएक्प्रेसका चालक अशोक सापकोटा सिन्धुपाल्चोकको टिमुरे रतनपुरसम्म यात्रु लिएर ओहोरदोहोर गर्दा ज्यान जोखिममा मात्र होइन पहिरो पन्साउन बेल्चा

    • प्रकाशित मितिः साउन १६, २०८२
    • 419 पटक पढिएको
  • राजविराजमा लालपूर्जा नपाएको भन्दै ५ हजार बढी पीडित पुनः आन्दोलनमा

    राजविराज—  झण्डै ६५ वर्षदेखि ब्लक र बिटौरी क्षेत्रमा बसोबास गर्दै आएका पाँच हजारभन्दा बढी पीडित परिवारले लालपूर्जा माग गर्दै आन्दोलन चर्काउने भएका छन्।राजविराज नगरवासी पीडित संघर्ष समितिले बिहीबार बृहत् बैठक गरी नगरपालिका र प्रशासनले सहमति कार्यान्वयन नगरेको भन्दै पुनः आन्दोलनको घोषणा गरेको हो। बैठकमा संयोजक इरसाद अन्सारी, वार्ता टोली सदस्य दिपेन्द्र चौधरी, जिल्ला समन्वय समिति प्रमुख शिवनारायण साह, उद्योग वाणिज्य संघ अध्यक्ष लालुप्रसाद अग्रवाललगायतको सहभागिता थियो।यसअघि भएको सहमतिअनुसार १५ दिनभित्र समस्या समाधान गर्ने भनिए पनि कार्यान्वयन हुन नसकेपछि बाध्य भएर आन्दोलनमा जान लागेको संघर्ष

    • प्रकाशित मितिः साउन १६, २०८२
    • 510 पटक पढिएको
  • तीन महिनामा १८ लाख ७६ हजार नेपाली भिडियो हटायो टिकटकले, कारण यस्तो

    काठमाडौं— टिकटकले २०२५ को पहिलो त्रैमासिकको ुकम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्टु रिपोर्ट सार्वजनिक गरेको छ । प्रतिवेदनमा टिकटकले गत जनवरीदेखि मार्चसम्मका रिपोर्ट सार्वजनिक गरेको हो ।टिकटकले कम्युनिटी गाइडलाइन्स उल्लंघन गर्ने सामग्रीहरू पहिचान गरी हटाएको हो । कम्पनीका अनुसार, यसले प्रयोगकर्तालाई सुरक्षित र सकारात्मक अनुभव दिलाउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।सन् २०२५ को पहिलो त्रैमासिकमा नेपालमा मात्र टिकटकले १८ लाख ७६ हजार ५६३ वटा भिडियोहरू हटाएको छ । गाइडलाइन उल्लंघन गर्ने भिडियोहरू स्वचालित प्रविधिले हटाएको थियो ।विश्वव्यापी रूपमा, टिकटकले यो अवधिमा २११ मिलियन भिडियोहरू हटाएको छ, जुन प्लेटफर

    • प्रकाशित मितिः साउन १५, २०८२
    • 571 पटक पढिएको
  • मेयर भट्टराईको जीवनरक्षाका लागि राष्ट्रिय मानवअधिकार आयोगको आग्रह

     काठमाडौं— राष्ट्रिय मानवअधिकार आयोगले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईको जीवन रक्षाका लागि आग्रह गरेको छ।भट्टराई जैविक विविधता र रैथाने संस्कृति संरक्षणमा नीति निर्माणको लागि पहलकदमी गर्न, बाँसको प्रवर्धन गर्न, जलवायु परिवर्तनको असर कम गर्ने कार्य गर्न, गिटी क्रसर उद्योग मापदण्डअनुसार सञ्चालन गर्न, खोटाङलाई बाँसको राजधानी घोषणा गर्न, निर्माण व्यवसायीलाई एउटा काम नसकी अर्को निर्माण कार्य गर्न नदिने व्यवस्था मिलाउन तथा बाँदर तथा अन्य जंगली जनावर नियन्त्रणका लागि नीति बनाउन भन्ने लगायतका माग राखी साउन ११ गतेदेखि माइतीघरमा अनशन बसेका छन्। उनको स्वास्थ्य अवस्

    • प्रकाशित मितिः साउन १५, २०८२
    • 641 पटक पढिएको
  • डडेल्धुराको परशुराममा सुत्केरी महिलाको निधन

    डडेल्धुरा— डडेल्धुराको परशुराम नगरपालिका–७ साँदनीकी २७ वर्षीया भुवनी पाण्डेय (भट्ट) को सुत्केरी पछिको जटिलताका कारण निधन भएको छ।साउन १३ गते साँझ सुत्केरी ब्यथा लागेपछि उनलाई साँदनी स्वास्थ्य चौकी ल्याइएको थियो। उनले साउन १४ गते विहान ७ः१८ बजे तेस्रो सन्तानका रूपमा एक छोरालाई जन्म दिएकी थिइन्। सुत्केरीपछि समयमै सालनाल नआएको र अत्यधिक रक्तश्राव भएपछि उनलाई जोगबुढा अस्पताल रिफर गरिएको थियो।जोगबुढा अस्पतालमा पनि अवस्था जटिल भएपछि थप उपचारका लागि उनलाई धनगढीस्थित सेती प्रादेशिक अस्पताल पठाइएको थियो। आइसीयूमा राखेर उपचार भइरहेको अवस्थामा आज विहान करिब ११ बजे उनको मृत्यु भएको वडा नम्बर ७ का वडाध्यक्ष

    • प्रकाशित मितिः साउन १५, २०८२
    • 506 पटक पढिएको
  • बर्खा याममा पानीजन्य सङ्क्रमणको जोखिम उच्च रहेकाले उपभोक्तालाई पानी उमालेर मात्र पिउन कामपाको आग्रह

    काठमाडौं— काठमाडौं महानगरपालिकाले बर्खा याममा पानीजन्य सङ्क्रमणको जोखिम उच्च रहने भएकाले उपभोक्तालाई उमालेको पानी मात्र पिउन आग्रह गरेको छ। कामपाका कृषि तथा पशुपन्छी विभाग प्रमुख नुरनिधि न्यौपानेका अनुसार बर्खाको समयमा विभिन्न स्थानबाट पानी भित्रिने भएकाले मापदण्डविपरीतको पानी बिक्री हुने सम्भावना अधिक हुन्छ। यसै कारणले महानगरपालिकाले उपभोक्ताहरूलाई सावधानी अपनाउन अनुरोध गरेको हो। उनले पिउने पानीको उत्पादन, ढुवानी र वितरण प्रणालीमा नियमित अनुगमन भइरहेको जानकारी दिए।गत असार महिनामा मात्रै कामपाले मापदण्ड नपुगेका १५९ वटा पानी जार नष्ट गरेको थियो। सहरबासीको स्वास्थ्यलाई ध्यानमा राख्दै विभिन्

    • प्रकाशित मितिः साउन १५, २०८२
    • 691 पटक पढिएको
  • सूर्यविनायक नगरपालिकामा कवाडी सामानमा समेत अवैध कर असुलीः कारबाहीको माग गर्दै वाणिज्य विभागमा उजुरी

    भक्तपुर— सूर्यविनायक नगरपालिकामा कवाडी सामान खरिद बिक्री गर्दा समेत अवैध रूपमा कर असुली भइरहेको भन्दै व्यवसायीहरुले गुनासो गरेका छन्। उनीहरुले नगरपालिकाका केही कर्मचारी तथा स्थानीय निकायका प्रतिनिधिहरूको मिलोमतोमा कवाडी सामान बोक्ने सवारी साधनबाट गैरकानुनी रुपमा रकम असुली हुँदै आएको आरोप लगाएका छन्।यसै विषयमा व्यवसायीहरूले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा लिखित उजुरी दर्ता गराएका छन्। उजुरीमा भनिएको छ, “कुनै कानुनी आधार विना कवाडी मालसामान बोक्ने गाडीहरू बाटोमै रोकेर रकम असुली गर्ने काम भइरहेको छ। यसले व्यवसायमा नकारात्मक प्रभाव परेको छ।”व्यवसायीहरुको भनाइमा, कवाडी उद्योगले फोहोर

    • प्रकाशित मितिः साउन १५, २०८२
    • 824 पटक पढिएको
  • बाँससम्बन्धी नीति निर्माणको माग गर्दै अनशनरत मेयर तिर्थराज भट्टराई वीर अस्पताल भर्ना

    काठमाडौं— जलवायु परिवर्तन न्यूनीकरण तथा विस्थापित समुदायको जीवनस्तर सुधारका लागि बहुउपयोगी बाँसको उत्पादन, प्रयोग र व्यवस्थापनसम्बन्धी स्पष्ट नीति तथा कानुन निर्माणको माग गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, खोटाङका मेयर तिर्थराज भट्टराई विगत चार दिनदेखि आमरण अनशनमा छन्।लगातारको अनशनका कारण उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि आज उनलाई काठमाडौंस्थित वीर अस्पतालमा भर्ना गरिएको छ।स्वास्थ्य मन्त्री प्रदीप पौडेलले आज अस्पताल पुगेर मेयर भट्टराईको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। त्यसैगरी, राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधिहरूले समेत अस्पतालमा पुगेर उनको अवस्थाबारे बुझ्दै सरक

    • प्रकाशित मितिः साउन १५, २०८२
    • 1,419 पटक पढिएको
  • सार्वजनिक जग्गा र बनक्षेत्र अतिक्रमणविरुद्ध बारामा कारबाही सुरू

    बारा, १५ साउन । जिल्ला प्रशासन कार्यालय बाराले सार्वजनिक जग्गा तथा बनक्षेत्र संरक्षणलाई प्राथमिकता दिँदै अतिक्रमण नियन्त्रण र कारवाही प्रक्रियामा तीव्रता दिएको छ ।प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको संयोजकत्वमा सञ्चालित अनुगमन तथा अनुसन्धानको क्रममा जिल्लाभित्रका विभिन्न ठाउँमा सार्वजनिक सम्पत्तिको अतिक्रमण भएको पुष्टि भएको छ ।प्रशासनका अनुसार, बाराको प्रमुख औद्योगिक क्षेत्र वीरगन्ज–पथलैया औद्योगिक करिडोर अन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिका–२ मा पर्ने हामा स्टील उद्योगले करिब ६ कठ्ठा सार्वजनिक जग्गा आफ्नै पर्खालभित्र पारेको पुष्टि भएको छ । सो विषयमा प्रारम्भिक अनुसन्धान भईरहेको र कम्पनीलाई आ

    • प्रकाशित मितिः साउन १५, २०८२
    • 191 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा