हेटौँडा— हेटौँडा उपमहानगरपालिकामा गठन भएको न्यायिक समितिले एक वर्षमा १४३ उजुरी फछ्र्योट गरेको छ । उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको संयोजकत्वमा गठित समितिले मेलमिलापको सिद्धान्तमा आधारित भएर मुद्दा किनारा लगाएको हो । स्थानीय तहका विवाद स्थानीय तहमै मेलमिलापका माध्यमबाट समाधान गर्न स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४६ मा स्थानीय तहमा न्यायिक समितिको व्यवस्था गरिएको छ । समितिमा आर्थिक वर्ष २०८१/८२ मा नयाँ दर्ता भएका २४७ वटा उजुरी र पुराना ४४ वटा गरी २९१ उजुरीमध्ये १४३ वटा फछ्र्योट भएका उपप्रमुख बानियाँले बताए। समितिले ४५ वटा उजुरीको निरुपण अदालतबाट हुनुपर्ने राय
जनकपुरधाम— सिरहामा एक ज्येष्ठ नागरिकको हत्या भएको छ। धनगढीमाई नगरपालिका–११ आमचोक निवासी ७५ वर्षीय अनिल लाल यादवको सुतेकै अवस्थामा हत्या भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।यादवलाई अज्ञात व्यक्तिले रातिको समयमा हतियार प्रयोग गरी आक्रमण गरेका प्रहरीले जनाएको छ । आज बिहान करिब ६ः२० बजे प्रहरीलाई यादव गम्भीर घाइते अवस्थामा भेटिएको सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानको भनाइ छ ।उनीलाई तत्कालै प्रादेशिक अस्पताल सिराहा लगिएको थियो, तर उपचारको क्रममा बिहान ८ः२० बजे मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ।हत्या भएपछि स्थानीय बासिन्दाले विरोध स्वर
काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक (आईएसपी)हरुलाई अबबाट जथाभावी वाईफाई हटस्पट सञ्चालन गर्न रोक लगाउने भएको छ। प्राधिकरणले मोबाइल सेवा प्रदायकहरू मात्र वाईफाईमार्फत सेवा दिन सक्ने प्रावधान रहेको जनाउँदै, अन्यथा कानुनी कारबाहीको चेतावनी दिएको छ।प्राधिकरणले मंगलबार एक सूचना प्रकाशित गर्दै, वाईफाई हटस्पट सेवा सञ्चालन गर्न ‘वाईफाई हटस्पट सञ्चालनसम्बन्धी विनियमावली, २०७५’ को पालना गर्नुपर्ने स्पष्ट पारेको छ। सो विनियमावलीअनुसार, आईएसपीहरूले केवल तोकिएको क्षेत्र र सीमित समयको लागि मात्र एकपटकको लग–इनमार्फत सेवा सञ्चालन गर्न पाउने व्यवस्था छ।हाल दूरसञ्चार प्राधिकरण
काठमाडौं— बुधबारबाट झापा इनर्जीको आईपीओ निष्कासन तथा बिक्री खुला भएको छ । आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि कम्पनीको आईपीओ निष्कासन तथा खुला भएको हो ।कम्पनीले जारी पुँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँको १० प्रतिशत अर्थात ३ करोड ८० लाख १९ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ३ लाख ८० हजार १९० कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्कासन गरेको हो ।स्थानिय बासिन्दाहरुका लागि छुट्याइएको कुल सेयरमध्ये १ लाख ९० हजार ९५ कित्ता सेयर प्रत्यक्ष प्रभावित क्षेत्र झापा जिल्लाको शिवसताक्षी नगरपालिका वडा नम्बर
काठमाडौँ – हेडक्वार्टमा कार्यरत प्रहरी जवान बलात्कार आरोपमा पक्राउ परेका छन् ।प्रधान कार्यालयस्थित सुरक्षा सेवा व्यवस्थापन महाशाखामा कार्यरत जवान मान बहादुर विक पक्राउ परेका हुन् ।हात्तीवनस्थित डेरामा बलात्कार गरेको आरोपमा उनलाई मंगलबार पक्राउ गरिएको ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले बताए । उनले भने, ‘जबर्जस्तीकरणी सम्बन्धी कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेका छौँ ।’जवान बाजुराका स्थानीय हुन् । उनले कालिकोट घर भएकी २६ वर्षीया युवतीलाई बलात्कार गरेको आरोप छ । बलात्कारपछि विकले सामाजिक सञ्जालमा ती महिला आफ्नी पत्नी भएको भन्दै पोस्ट गरेका थिए । पीडित युवती र आरोपी दुवै विवा
बैतडी— लगातारको वर्षाका कारण अवरुद्ध भएको सडक खोल्न माग गर्दै पुर्चौंडी नगरपालिका–१० का स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका छन्।विजयपुरदेखि दोगडाकेदार हुँदै सदरमुकाम जोड्ने मुख्य सडक पहिरोको उच्च जोखिममा परेपछि स्थानीयले पहिरो तत्काल हटाउन माग गर्दै कार्यालयमा तालाबन्दी गरेको वडा सदस्य अम्मर महराले जानकारी दिए।भङाड बस्तीमा पहिरो खसेपछि छवटा घर जोखिममा परेका छन्। स्थानीयको भनाइ अनुसार, लगातार १३ दिनसम्म पनि पहिरो हटाउने प्रयास नभएकाले बाध्य भएर तालाबन्दी गरिएको हो। यता, वडाध्यक्ष हिक्मतबहादुर बिष्टले सडक खुलाउने मेसिन बिग्रिएका कारण पहिरो पन्छाउन ढिलाइ भएको बताएका छन्।
जुम्ला — जुम्लाका किसानलाई अब काँचो स्याउ टिप्न रोक लगाइएको छ। कृषि विकास कार्यालय जुम्लाले सार्वजनिक सूचना जारी गर्दै आगामी भदौ १५ गतेपछि मात्र स्याउ टिप्न अनुरोध गरेको छ।कार्यालयका प्रमुख रामभक्त अधिकारीका अनुसार यदि कसैले तोकिएको मितिभन्दा अगाडि काँचो स्याउ टिपेमा, वा व्यापारीहरूले त्यस्तो स्याउ खरिद गरेमा दुवैलाई कानुनी कारबाही गरिने छ।"काँचो स्याउ टिप्दा त्यसको स्वाद, गुणस्तर र पौष्टिकता कमजोर हुन्छ," प्रमुख अधिकारीले भने, "यसले दीर्घकालीन रूपमा स्याउको ब्रान्ड र बजार मूल्यमा नकारात्मक असर पुर्याउँछ।" त्यसैले जिल्लाका सबै आठवटा स्थानीय तह र त्यहाँका कृषकलाई सार्वजनिक सूचनामार्फत सचेत गरि
मुगु – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मुगुमा एकवर्षमा १२ करोड ८७ लाख रुपैयाँको खाद्यान्न विक्री गरेको छ । पछिल्लो समय मुगुमा सडक सञ्जालको विस्तार राम्रो भएसँगै सरकारको स्वामित्व रहेको खाद्य कम्पनीले यहाँ पर्याप्त मात्रामा खाद्यान्न पठाउने गरेको छ ।मुगुस्थित खाद्य कम्पनीको शाखा कार्यालय, खत्याड डिपो, सोरुकोट डिपो, पुलु डिपो र विक्री केन्द्र रातापानी, कालै सहकारीमार्फत आव २०८१÷८२ को अन्त्य सम्म १२ करोड ८७ लाख ४९ हजार १५२ रुपैयाँ बराबरको १६ टन खाद्यान्न विक्री गरिएको हो । खाद्यले चामल, तेल, दाल, चीनि लगायत खाद्यान्न विक्री गरेको जनाएको छ ।गत वर्ष भन्दा पछिल्ला वर्
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एनजिओ÷आइएनजिओहरुमाथि निगरानी बढाउनुपर्ने बताएका छन् ।विभिन्न संस्थाहरुले आफ्नो ढंगले पैसा लिएर दुरुपयोग भइरहेको भए त्यसमा राज्य गम्भीर बन्नुपर्ने बताए । मंगलबार पार्टीको समाजकल्याण विभागले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले एनजिओ र आइएनजिओका नामबाट रकम अनुदानमा पारदर्शिता आवश्यक रहेको औंल्याएका हुन् । राजनीतिक रूपले पनि माओवादीको इतिहास मेटाउन एउटा वर्ग सक्रिय भएर लागिरहेको बताए । ‘एउटा वर्ग र तप्क न्वारनदेखिको बल लगाइरहेका छन् । माओवादीले गरेका राम्रा कामलाई राम्रो भन्न र स्थापित गर
झापा — झापाको कचनकवल गाउँपालिकामा सिचाईंको मोटरमा तार जडान गर्ने क्रममा करेन्ट लागेर एक व्यक्तिको ज्यान गएको छ। घटनामा कचनकवल गाउँपालिका–७ सितागढीका ५५ वर्षीय अरुण राजवंशीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।आज बिहान उनको शव घर नजिकैको खेतमा फेला परेको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार राजवंशीको मृत्यु सिचाईंको मोटरमा तार जोड्ने क्रममा करेन्ट लागेर भएको डीएसपी खगेन्द्र खडकाले जानकारी दिए।प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ। मृतक राजवंशी घरमा एक्लै बस्दै आएका थिए। उनका दुवै छोरा वैदेशिक रोजगारीमा छ
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.