काठमाडौं– ललितपुरको टिकाथलीमा एक युवतीको कोठाबाट करिब ७ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ। महालक्ष्मी नगरपालिका–५, टिकाथलीमा डेरा गरी बस्दै आएकी रुकुम पश्चिम मुसिकोट नगरपालिका–१३ की २० वर्षीया निर्मला केसीको कोठाबाट बुधबार साँझ चोरी भएको हो।प्रहरीका अनुसार कोठाबाट सुन तथा नगद सहित झण्डै ७ लाख रुपैयाँ बराबरको सम्पत्ति चोरी भएको छ। चोरीमा संलग्न व्यक्ति हाल फरार रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। साथै, घटनासम्बन्धी आवश्यक अनुसन्धान पनि अगाडि बढाइएको छ।
नुवाकोट— नुवाकोट जिल्लाको विदुर नगरपालिका–९ को कोलोनी क्षेत्रमा पानी ट्यांकीमा डुबेर एक बालकको ज्यान गएको छ। ४ वर्षीय दिक्षान्त तामाङ पानी ट्यांकीमा डुबेको अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।उनलाई उद्धारपछि तत्कालै अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरी नायव उपरीक्षक (डीएसपी) विक्रम लामाले शव पोष्टमार्टमका लागि त्रिशूली अस्पतालमा लगिएको जानकारी दिएका छन्।हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जनकपुरधाम— धनुषामा बुधबारदेखि बेपत्ता भएका बालक पोखरीमा मृत अवस्थामा भेटिएका छन् । धनुषाको सबैला नगरपालिका–१० खरियानी बस्ने खुसिया कापरका ७ वर्षीय छोरा सचिन कापर मृत भेटिएका हुन्।बिहीबार बिहान १० बजेतिर बालक घर नजिकैको पोखरीमा डुबेर तैरिहेको अवस्थामा मृत फेला परेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।बालक सचिन बुधबार बिहानै ११ बजे घरबाट खेल्दै निस्केका डीएसपी सिंहको भनाइ छ । खोजतलास गर्ने क्रममा बिहीबार बिहान उनको शव पोखरीमा फेला परेको हो । गर्मी छल्न पोखरीमा नुहाउन पस्दा डुबेर उनको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।घटनबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी क
सप्तरी— सप्तरी जिल्लाको राजगढ गाउँपालिकामा दुई पुरुषको शव शंकास्पद अवस्थामा फेला परेका छन्। राजगढ–३ र राजगढ–५ मा दुई फरक स्थानमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।राजगढ गाउँपालिका–५ मलेकपुरस्थित कामत टोलको धानखेतमा करिब ४५ वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ। मृतकको सनाखत हुन बाँकी रहेको र घटनाको प्रकृति शंकास्पद देखिएको प्रहरीले जनाएको छ।त्यस्तै, राजगढ गाउँपालिका–३ मा २१ वर्षीय युवक झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। मृतक सप्तरीको विष्णुपुर गाउँपालिका–१ खुरहुरियाका जितेन्द्र यादव रहेको पुष्टि भएको छ। यादवको शव उनको ससुराली घरमै झुन्डिएको अवस्थामा फेला परेक
कञ्चनपुर – कञ्चनपुरको लालझाडी गाउँपालिका–५ स्थित वडा कार्यालयमा बुधवार राति चोरी भएको छ। अज्ञात समूहले कार्यालयको ढोका तोडेर विभिन्न महत्वपूर्ण सामग्री चोरी गरेको वडा अध्यक्ष पहलबहादुर थापाले जानकारी दिए।उनका अनुसार चोरहरूले कार्यालयको पछाडिपट्टिको ढोका र वडा सचिवको कार्यकक्षको ताला फोडेर प्रवेश गरेका थिए। चोरी भएका सामानहरूमा एक थान कम्प्युटर, सीपीयू, ल्यापटप र भित्ते पंखा रहेका छन्।वडा कार्यालय हाल एक भाडाको घरमा सञ्चालनमा रहेको थियो। केही महिनामै नयाँ भवनमा सर्ने तयारी भइरहेकाले कार्यालयमा सीसीटीभी जडान गरिएको थिएन। नजिकैको स्वास्थ्य चौकीमा जडित क्यामेरामा पनि चोरहरू देखिएको छैनन्।चोरीपछि व
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको निर्यातमा यस वर्ष इतिहासकै उच्च बिन्दु हासिल भएको दाबी गरेका छन् ।बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीले चालु आर्थिक वर्षमा नेपालले २ खर्ब ७७ अर्ब ३ करोड २ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवाको निर्यात गर्न सफल भएको बताए । उनले आफू प्रधानमन्त्री हुनुअघि अर्थात् अघिल्लो वर्ष नेपालको कुल निर्यात १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँ मात्र रहेको बताउँदै गत वर्षको तुलनामा निर्यात ८१.८० प्रतिशतले वृद्धि भएको बताए । उनले लेखेका छन्,‘यस वर्ष निर्यातमा इतिहासकै उच्च बिन्दु हासिल भएको छ। २ खर्ब ७७ अर्ब ३ करोड
काठमाडौं— नेपाल बीमा प्राधिकरणकी सञ्चालक राधा पोखरेलले आफ्नो पदबाट राजीनामा दिएकी छन्। सोमबार उनले व्यक्तिगत कारण देखाउँदै औपचारिक रूपमा राजीनामा बुझाएकी हुन्। पोखरेलले पद सम्हालेको झण्डै चार महिनामै राजीनामा दिएकी हुन्।प्राधिकरणका एक उच्च अधिकारीका अनुसार पोखरेलले आफ्नो राजीनामा पत्रमा 'व्यक्तिगत कारणले पदमा निरन्तरता दिन नसक्ने' उल्लेख गरेकी छन्। यद्यपि उनको राजीनामाको पछाडिको वास्तविक कारण भने खुलेको छैन।राधा पोखरेलको नियुक्ति भएदेखि नै विवादास्पद रहँदै आएको थियो। बीमा क्षेत्रसँग विशेष अनुभव नभएका व्यक्तिलाई सञ्चालक पदमा नियुक्त गरिएको भन्दै चौतर्फी आलोचना भएको थियो। केही आलोचकहरूले उक्त नि
काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वराजदूत टंक कार्कीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा आउन संविधानले कुनै रोकावट नगर्ने बताएका छन्। संविधानले नरोक्ने विषयमा राजनीतिले पनि प्रतिबन्ध लगाउन नमिल्ने उनको तर्क छ।फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै कार्कीले लेखेका छन्, “पूर्वराष्ट्रपति भनेको राष्ट्राध्यक्ष, राष्ट्रिय एकताको प्रतीक, संविधानको पालनकर्ता र संरक्षणकर्ता, सेनाको परमाधिपति होइन। त्यसैले संविधानले रोकेको छैन, राजनीतिले कसरी रोक्न मिल्छ?”कार्कीले अन्य व्यक्तिहरूको उदाहरण दिँदै भण्डारीलाई राजनीतिमा फर्किन नहुने भन्ने सोचप्रति व्यंग्य गरेक
बाजुराको हिमाली गाउँपालिका–५ क्युडीमा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।वडाध्यक्ष प्रदीप बुढथापाका अनुसार जिपमा सवार २६ जनामध्ये दुई जनाको मृत्यु भएको हो। दुर्घटनामा परी अन्य १५ जना घाइते भएका छन्।दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको र घाइतेहरूको उद्धार तथा उपचारको कार्य भइरहेको वडाध्यक्ष बुढथापाले जानकारी दिएका छन्।
काठमाडौं – कपिलवस्तुको वाणगंगा नगरपालिका– ९, कोइली खोला (ख)मा दुई वर्षको निर्माण सम्झौता भएको पुल सुरु भएको नौ महिनामै सम्पन्न भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल मार्फत आफूले विकासमा खोजेको यस्तै तीव्रता रहेको बताउँदै निर्माण सम्पन्न गर्ने ठेकेदार समूहलाइ धन्यवाद दिए । उनले लेखेका छन्,‘हामीले विकासमा खोजेको यस्तै तीव्रता हो । कपिलवस्तुको वाणगंगा नगरपालिका– ९, कोइली खोला (ख)मा दुई वर्षको निर्माण सम्झौता भएको पुल निर्माण सुरु भएको नौ महिनामै सम्पन्न भएको छ । निर्माण सम्पन्न गर्ने ठेकेदार समूहलाई धन्यवाद !’ नौ करोड तीन लाख ७८ हजार ६८ रुपैयाँ लागतमा पुल निर्
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.