समाज

    Showing 4,321-4,330 of 11,034 items.
  • राष्ट्रियसभा बैठक आज बस्दै, दुई समिति प्रतिवेदन पेस हुने

    काठमाडौं— आज संघीय संसद अन्तर्गतको राष्ट्रियसभा बैठक बस्दैछ । बैठक दिउँसो १ः१५ बजे सिंहदरबारस्थित संघीय संसद सचिवालयमा बस्नेछ ।नयाँ बानेश्वरस्थित संसद भवन जेनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएपछि स्थगित भएको राष्ट्रियसभा बैठक माघ ४ गतेदेखि पुनः सुरु भएको हो।आजको बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले ‘चलचित्र विधेयक, २०८१’ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ।त्यसैगरी, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले ‘संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्र

    • प्रकाशित मितिः माघ १३, २०८२
    • 455 पटक पढिएको
  • टिकापुरस्थित रास्वपा सम्पर्क कार्यालयमा उम्मेदवार कोलम ज्ञवालीसँग बालेन

    कैलाली— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह समर्थकहरूसहित कैलाली निर्वाचन क्षेत्र नम्बर- १ को टिकापुर पुगेका छन् ।मंगलबार उनले कैलाली निर्वाचन क्षेत्र नम्बर १ को टिकापुरस्थित सम्पर्क कार्यालयमा रास्वपा उम्मेदवार कोलम ज्ञवालीसँग भेटघाट गरेका हुन् ।भेटका क्रममा बालेनले रास्वपा उम्मेदवार ज्ञवालीसँग आगामी प्रतिनिधिसभा निर्वाचन, सुशासन, स्थानीय तह सुदृढीकरण र जनअपेक्षाबारे छलफल गरेका छन् । कार्यक्रममा रास्वपाका कार्यकर्ता तथा समर्थकको बाक्लो उपस्थिति रहेको थियो।चुनावी अभियान अन्र्तगत बालेनले भेटघाटलाई बाक्लो बनाएका छन् । यससँगै टिकापुर क्षेत्रमा रास्वपाको गतिविधि थप सक्रिय

    • प्रकाशित मितिः माघ १३, २०८२
    • 491 पटक पढिएको
  • प्रतिनिधिसभा निर्वाचनः समानुपातिकतर्फको मतपत्र छपाइको काम सम्पन्न, प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु

    काठमाडौं— आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ ।जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा सोमबार समानुपातिकतर्फको दुई करोड आठ लाख ५० हजारप्रति मतपत्र छपाइ कार्य सम्पन्न भएको आयोगले जनाएको हो ।समानुपातिकतर्फका मतपत्र आगामी फागुन ५ गतेभित्र सबै निर्वाचन क्षेत्रमा मतपत्र पठाइसक्ने योजना रहेको निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।यससँगै, प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र छपाइको काम सुरु भएको छ ।सोमबार निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त भण्डारीसहितका अधिकारीहरूल

    • प्रकाशित मितिः माघ १३, २०८२
    • 465 पटक पढिएको
  • दक्षिण कोरियाबाट अमेरिकामा आयात हुने सामानमा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

    काठमाडौं— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाबाट अमेरिका आयात हुने विभिन्न वस्तुमा २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन् । यसअघि ती वस्तुमा १५ प्रतिशत शुल्क लाग्दै आएको थियो ।सामाजिक सञ्जाल टुथ सोशल मार्फत निर्णय सार्वजनिक गर्दै ट्रम्पले दक्षिण कोरियाली संसद्ले अमेरिकी पक्षसँग गरिएको “ऐतिहासिक व्यापार सम्झौता” अनुमोदन नगरेको भन्दै शुल्क वृद्धि गरिएको बताएका छन् । “कोरियाली विधायिकाले हाम्रो ऐतिहासिक व्यापार सम्झौता पारित नगरेको कारण जुन उनीहरूको अधिकार हो, अब म दक्षिण कोरियाबाट आयात हुने गाडी, काठ, औषधि तथा अन्य सबै पारस्परिक ट्यारिफ १५ प्रतिशतबाट बढाएर २५ प्रतिशत बनाउँद

    • प्रकाशित मितिः माघ १३, २०८२
    • 471 पटक पढिएको
  • हिमपातपछि अवरुद्ध कर्णाली राजमार्ग पुनः सञ्चालनमा

    मुगु— माघ १० गते राति परेको भारी हिमपातका कारण कर्णाली राजमार्गअन्तर्गत जुम्लाको भुलभुलेदेखि घुच्चिलेख, सात मोड हुँदै झाडनाउलासम्मको सडक खण्ड अवरुद्ध बनेको थियो।हिउँ जमेर सडक पूर्ण रूपमा बन्द भएपछि सवारी आवागमन ठप्प भएको थियो। सडक डिभिजन कार्यालय जुम्लाको पहलमा माघ ११ र १२ गते जेसीबी मेसिन प्रयोग गरी सडकमा जमेको हिउँ हटाइएपछि कर्णाली राजमार्ग उक्त खण्ड पूर्ण रूपमा सञ्चालनमा आएको छ।सडक सुचारु भएसँगै जुम्ला–मुगु आवतजावत सहज बनेको छ भने यात्रु तथा स्थानीयवासीले राहत महसुस गरेका छन्। यसअघि हिमपातका कारण अलपत्र परेका सवारी साधनहरू समेत गन्तव्यतर्फ लागेका छन्।

    • प्रकाशित मितिः माघ १३, २०८२
    • 463 पटक पढिएको
  • जनयुद्धमा होमिएका संगम २४ वर्षपछि प्रतिनिधिसभाको चुनावी मैदानमा

    मुगु— मुगुको खत्याड गाउँपालिका–९ निवासी ४७ वर्षीय रंगबीर परियार ‘संगम’ २४ वर्षपछि प्रतिनिधिसभा सदस्यको चुनावी मैदानमा उत्रिएका छन्।२०५८ साल माघ १० गते सशस्त्र जनयुद्धमा होमिएका संगम आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) बाट प्रत्यक्षतर्फ उम्मेदवार बनेका हुन्।प्रेमको प्रतीक मानिने गुलाब चुनाव चिह्न लिएर उनी मतदातामाझ पुगेर आफ्ना भावी एजेन्डा प्रस्तुत गर्दै भोट मागिरहेका छन्। चुनावी प्रचारका क्रममा मतदाताले ‘मान्छे राम्रा हुनुहुन्छ, तर पार्टी कमजोर भयो’ भन्ने प्रतिक्रिया सुनाउने गरेको उनी बताउँछन्।मेडिकल पेसा त्यागेर कठिन परिस्थितिको

    • प्रकाशित मितिः माघ १३, २०८२
    • 475 पटक पढिएको
  • धनराज शाही भन्छन संविधान पुनर्लेखन र आत्मनिर्भर अर्थतन्त्र हाम्रो एजेन्डा हो ।

    काठमाडौं— नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) संसदीय प्रणालीको आलोचक दलका रूपमा परिचित छ । सशस्त्र संघर्षको पृष्ठभूमिबाट आएको यो दल अहिले भने प्रतिनिधिसभा निर्वाचनको मैदानमा उत्रिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर १ बाट सो पार्टीका तर्फबाट धनराज शाही उम्मेदवार बनेका छन् ।शाहीले संसदीय चुनावमा सहभागितालाई वैचारिक विरोधाभास नभई संघर्षको नयाँ थलोका रूपमा व्याख्या गरे । उनका अनुसार पछिल्लो चरणको जनआन्दोलनले संसदीय प्रणालीलाई नै ‘भत्काइसकेको’ छ र अहिले संसद जनसंघर्ष र वैचारिक बहसको मञ्च बनेको छ । ‘त्यही कारण हामी चुन

    • प्रकाशित मितिः माघ १३, २०८२
    • 485 पटक पढिएको
  • अस्पतालबाटै किशोरीको शव हराएपछि गोलबजारमा चक्का जाम

    सिरहा— सिरहाको गोलबजार नगरपालिका–३, जमदहकी करिब १६ वर्षीया किशोरी निशा बानियाँको शव अस्पतालबाटै हराएको घटनाले क्षेत्र तनावग्रस्त बनेको छ ।घटनाको विरोधमा आक्रोशित आफन्त र स्थानीयवासीले हिजो (माघ ११ गते) पूर्व–पश्चिम राजमार्ग अन्तर्गत गोलबजार क्षेत्रमा चक्का जाम गरेका थिए ।रमेश बानियाँकी छोरी निशा बानियाँको शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उपेन्द्रप्रसाद प्रादेशिक अस्पतालमा राखिएको थियो। तर शव नै हराएको जानकारी पाएपछि दोषीमाथि कडा कारबाहीको माग गर्दै आफन्त र स्थानीय सडकमा उत्रिएका हुन्।गत शुक्रबार (माघ ९ गते) किशोरी आफ्नै घरमा पासो लगाएको अवस्थामा मृत फेला परेकी थिइन्। इलाका प्रहरी कार्य

    • प्रकाशित मितिः माघ १३, २०८२
    • 565 पटक पढिएको
  • थारू कल्याणकारिणी सभाका आठ संस्थापक सम्मानित

    काठमाडौं— थारू कल्याणकारिणी सभा केन्द्रीय समितिले थारू कल्याणकारिणी सभा (थाकस)को स्थापना गराउन महत्वपूर्ण योगदान दिने ८ जना अग्रज व्यक्तित्वहरूलाई सम्मान गरेको छ ।थाकसले आफ्नो ७७औँ स्थापना दिवस २०८२ को अवसरमा ८ जना अग्रज व्यक्तित्वहरूलाई मरोपरान्त सम्मान गरेको हो।सम्मानित हुनेहरूमा थाकसका संस्थापक स्व।अमर फौजदार (बारा), थाकसका प्रथम अध्यक्ष स्व.बलिबन्ठा थारू (रौतहट), थाकस संस्थापक महामन्त्री स्व।केवल चौधरी, थाकसका संस्थापक स्व.चिरञ्जीवि चौधरी (जसले राणा प्रधानमन्त्री मोहन शमशेरबाट थाकसको लागि लालमोहर लिएका व्यक्ति), थाकस सस्थापक स्व.राम प्रसाद राय (थारू), स्व चु.ल्लाइ थारू, स्व.महन्थराम चौधरी,

    • प्रकाशित मितिः माघ १३, २०८२
    • 524 पटक पढिएको
  • विनोद चौधरीको चुनावी अभियान तीव्र, प्रचारप्रसारका लागि क्षेत्रीय कार्यालय उद्घाटन

    नवलपरासी— फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नवलपरासी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले आफ्नो चुनावी गतिविधिलाई तीव्र पारेको छ । नेपाली कांग्रेसले उक्त क्षेत्रमा विनोद चौधरीलाई उमेदवार बनाएको छ ।सोमबार बर्दघाटमा आयोजित अगुवा कार्यकर्ता भेलाले निर्वाचन क्षेत्रका सबै तह र तप्कालाई समेट्ने गरी क्षेत्रीय कार्यालय उद्घाटन गरिएको छ । यसैगरी क्षेत्रीय सभापति मुकुल आचार्यको संयोजकत्वमा ५५५ सदस्यीय ‘क्षेत्रीय चुनाव प्रचार प्रसार समिति’ गठन गरिएको हो ।समितिले पार्टीभित्रको आन्तरिक एकतालाई मजबुत बनाउँदै ‘घर दैलो’ अभियानलाई प्रभावकारी बनाउने निर्णय गरिएको छ। क्षेत्रीय समिति मातहत रहने

    • प्रकाशित मितिः माघ १३, २०८२
    • 479 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.