समाज

    Showing 4,461-4,470 of 6,707 items.
  • नागिरकता किर्ते गरेकाे आरोपमा वडा अध्यक्ष पक्राउ

    काठमाडौं–धादिङको धुनीवेशी नगरपालिका – ४ का वडा अध्यक्ष हरिप्रसाद सुवेदी नागिरकता किर्ते गरेकाे आरोपमा पक्राउ परेका छन् ।सात महिनादेखि फरार रहेका सुवेदीलाई प्रहरीले शनिबार काठमाडौंको कलंकीबाट पक्राउ गरेको हो ।सार्वजनिक किर्ते मुद्दामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले उमेर नपुगेको नाबालकलाई उमेर पुगेको देखाई झुटो जन्म दर्ता प्रमाणपत्र तयार पारेको आरोप लागेकाे हाे ।सोही जन्मदर्ताको आधारमा नागरिकता बनाएर जग्गा बिक्री गरेको अभियोगमा उनीविरुद्ध दर्ता भएको मुद्दा अहिले पनि जिल्ला अदालत धादिङमा विचाराधिन छ ।काठमाडौँबाट पक्राउ परेका सुवेदीलाई थप अनुसन्धानका लागि धादिङ लगिएको प्रहरीले जनाएको

    • प्रकाशित मितिः असार २९, २०८२
    • 352 पटक पढिएको
  • पूर्व आयुक्त इला शर्माको निधन

    काठमाडौँ – पूर्व निर्वाचन आयुक्त इला शर्माको निधन भएको छ । शर्माको शनिबार साँझ हृदयाघातका कारण नर्भिक अस्पतालमा निधन भएको हो ।शर्माले निर्वाचन कानुन, नियमावली र निर्देशनको मस्यौदा तयार गर्ने उच्चस्तरीय कानुनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको नेतृत्व गरेर काम गरेकी थिइन् ।शर्माको दाहसंस्कार आज गरिने छ । उनका दुई छोरीहरु छन् । 

    • प्रकाशित मितिः असार २९, २०८२
    • 227 पटक पढिएको
  • सुनको मूल्य ११ सयले बढ्यो

     काठमाडौं— नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ। सुनको मूल्य तोलामा ११ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।छापावाल सुनको मूल्य तोलाको एक लाख ९२ हजार ९०० रुपैयाँ कायम छ। अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख ९१ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो।चाँदीको मूल्य पनि तोलामा ६५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला दुई हजार २८५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ।अघिल्लो दिन चाँदी प्रतितोला दुई हजार २२० रुपैयाँमा कारोबार भएको थियो।

    • प्रकाशित मितिः असार २९, २०८२
    • 506 पटक पढिएको
  • डलर साटिदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं— डलर साटिदिन्छु भन्दै नेपाली नागरिकलाई ठगी गर्ने गिरोहका चार सदस्यलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरू सिन्धुपाल्चोकको बाह्रबिसे–३ धार्पा स्थायी घर भई हाल उपत्यकाका विभिन्न स्थानमा बसोबास गर्दै आएका थिए।पक्राउ पर्नेहरूमा पर्वत तामाङ भनिने २८ वर्षीय कर्म वाङगेल पाइन, सूर्य बहादुर भनिने २५ वर्षीय प्रकाश तामाङ, सन्तबिर भनिने ३६ वर्षीय सागर पाइन र ३५ वर्षीय विष्णु कुमार रुम्बा रहेका छन्।प्रहरीका अनुसार उनीहरूले ९७६२६३४८६१ नम्बरको मोबाइलबाट सम्पर्क गरी आफूहरूसँग ६ हजार अमेरिकी डलर रहेको, त्यसको सट्टामा ७ लाख रुपैयाँ दिनुपर्ने भन्दै ठगी गरेका थिए।उक्त गिरोहले भक्तपुर चाँगुनारायण–४ हलछापस्थित

    • प्रकाशित मितिः असार २९, २०८२
    • 478 पटक पढिएको
  • भानुभक्त आचार्यले नेपाली मनमा रामायण रोपेर जानुभएको छ : प्रधानमन्त्री

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म जयन्तीका अवसरमा शुभकामना दिएका छन् । आइतबार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले आदिकविले नेपाली मनमा रामायण रोपेर गएको बताए । उनले लेखेका छन् ,आज आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती । आदिकवि, जसले नेपाली मनमा रामायण रोपेर जानु भयो, नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नु भयो ।नेपाली भाषामा आदिलेखन थालनी गर्नु भएका भानुभक्तप्रति नमन, स्रष्टाहरूलाई भानुजयन्तीको हार्दिक शुभकामना ।’

    • प्रकाशित मितिः असार २९, २०८२
    • 214 पटक पढिएको
  • मोरङमा हात्तीको आक्रमणबाट महिलाको मृत्यु

    विराटनगर— मोरङको बेलबारीमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।बेलबारी नगरपालिका–८ बाँसबारीकी अन्दाजी ४५ वर्षीया अमिना राजवंशीको मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन् । अमिनासहित ३५ वर्षीया बन्दना राजवंशी आफ्नै घरनजिकको खेतमा पानी लगाउन गएका बेला बिहान ३ बजेतिर हात्तीले अमिनालाई आक्रमण गरेको प्रहरीले जनाएको छ । हात्तीले आक्रमण गर्दा अमिना गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि विराटनगरको न्यूरो अस्पताल ल्याइएको थियो । उपचारका क्रममा बिहान ८ः४० बजेतिर चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।बन्दनाले भने भागेर ज्यान जोगाएकी छन्

    • प्रकाशित मितिः असार २९, २०८२
    • 438 पटक पढिएको
  • दुई क्विन्टलभन्दा बढी गाँजासहित युवक पक्राउ

    सिरहा— सिरहाको औरही गाउँपालिका–५ स्थित मलाह टोलबाट दुई क्विन्टलभन्दा बढी अवैध लागुऔषध गाँजासहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा २३ वर्षीय राम उदगार मलाह रहेका छन्। मलाहलाई विशेष सूचनाका आधारमा लागुऔषध गाँजा बोक्दै गरेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्रकुमार पासवानले जानकारी दिए । सूचना अधिकारी पासवानका अनुसार मलाहलाई प्र २–०१–००३प २१५४ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिइएको हो । उनलाई पक्राउ गर्ने क्रममा प्रहरीले सातवटा पोकामा राखिएको जम्मा दुई सय १२ किलो ९२५ ग्राम गाँजा फेला पारेको हो ।गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय

    • प्रकाशित मितिः असार २९, २०८२
    • 510 पटक पढिएको
  • छाउगोठको त्रास फेरि देखियोः सुतिरहेका बेला सर्पले टोकेपछि महिलाको मृत्यु

    कञ्चनपुर— जिल्लाको कृष्णपुर नगरपालिका–१ निगालीमा एक महिलाको सर्पको टोकाइबाट मृत्यु  भएको छ।छाउगोठमा सुतिरहेकी २८ वर्षीया कमला आउजीलाई २८ गते राति करिब १२ः३० बजे सर्पले टोकेको थियो। कमला सुतिरहेको बेला सर्पले बायाँ गालामा टोकेपछि उनी गम्भीर घाइते भएकी प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ ।उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा शनिवार साँझ ८ बजे उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए।कमला आउजीका श्रीमान् भारत बस्छन्। घरमा एक्लै तीन सन्तान हुर्काइरहेकी उनको सर्पको टोकाइबाट ज्यान गएको हो । सुरुमा घरमै सु

    • प्रकाशित मितिः असार २९, २०८२
    • 471 पटक पढिएको
  • लागू औषध सहित झापा र सुनसरीबाट ६ जना पक्राउ

    विराटनगर— झापा र सुनसरी जिल्लाबाट लागू औषधसहित ६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ।इलाका प्रहरी कार्यालय दमकका अनुसार, गोप्य सूचनाको आधारमा झापाको दमक नगरपालिका–४ बाट चार जना युवालाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा दमक–४ की १९ वर्षीया प्रिया तामाङ, दमक–५ का १९ वर्षीय सुमित सुन्दास, २१ वर्षीय प्रविन चेम्जोङ र दमक–१० का २७ वर्षीय मनोज खनाल रहेका छन्। उनीहरूको साथबाट ३५० क्याप्सुल र ३५० वटा नशालु चक्की बरामद गरिएको प्रहरीले जनाएको छ।यस्तै, इलाका प्रहरी कार्यालय इटहरीले सुनसरीको इटहरी–४ बाट लागू औषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी गाउँपालिका–६

    • प्रकाशित मितिः असार २९, २०८२
    • 439 पटक पढिएको
  • नारायणी नदीको 'सिग्नेचर ब्रिज': दुई वर्ष बित्दा पनि डिजाइन अधुरै, निर्माण अन्योलमा

    चितवन — चितवनको नारायणघाट र नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को गैंडाकोटलाई जोड्ने गरी नारायणी नदीमा निर्माण हुन लागेको आकर्षक 'सिग्नेचर ब्रिज'को डिजाइन दुई वर्ष बित्दासमेत तयार हुन सकेको छैन।पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बन्ने यो नयाँ पुलको निर्माणका लागि २०८० जेठ २० मा तुँदी कन्स्ट्रक्सन प्रालिसँग १ अर्ब ६८ करोड रुपैयाँको लागतमा सम्झौता गरिएको थियो। सम्झौता अनुसार एक वर्षभित्र डिजाइन तयार गरेर तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य थियो। तर अब तेस्रो वर्ष चलिरहँदा पनि पुलको पूर्ण डिजाइन अझै पेश भएको छैन।सडक विभाग अन्तर्गतको पुल महाशाखाका प्रमुख, सुपरिटेन्डेन्ट इन्जिनियर ललिजन खनालका अनुस

    • प्रकाशित मितिः असार २७, २०८२
    • 395 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा