समाज

    Showing 4,921-4,930 of 6,735 items.
  • गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेका भन्दै सुदूरपश्चिम प्रदेशका तत्कालीन मुख्यमन्त्री सोडारीविरुद्ध मुद्दा दायर

    काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेशका तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।आयोगले सोडारीले सार्वजनिक पदधारण गरेको विसं २०७४ माघ ७ गतेदेखि विसं २०७९ फागुन १० गतेसम्म अवधिको अनुसन्धान गर्दा वैधानिक आय ८५ लाख ५१ हजार ३३४ रुपेयाँ बराबर रहेको जनाएको छ । सो अवधिमा सोडारीले एक करोड ९३ लाख ८९ हार ६३६ रुपैयाँ बराबरको रकम खर्च तथा लगानी गरेको पाइएको आयोगले जनाएको छ । आयोगका अनुसार वैध आय र खर्चको बीचमा तालमेल नमिलेको एक करोड आठ लाख ३८ हजार ३०२ बराबरको सम्पत्तिको स्रोत पुष्टि

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 215 पटक पढिएको
  • सरकार र आन्दोलित यातायात व्यवसायीबीच छ बुँदे सहमति,निष्कर्ष निस्कन नसकेपछि आज पुनःबैठक बस्ने

    काठमाडौं— सरकार र यातायात व्यवसायीबीच सोमबार रातिसम्म भएको छलफल सकारात्मक र समस्या समाधानमा केन्द्रित रहेको छ।सरकार र यातायात व्यवसायीबीचको वार्ता छ बुँदे सहमतिको मस्यौदा तयार गर्दै टुङ्गिएको हो।गण्डकी प्रदेश सरकारले निजी सवारीसाधनलाई भाडामा सञ्चालन गर्न पाउनेगरी नियमावली (निर्देशिका) बनाएर कार्यान्वयनमा लैजान लागेको भन्दै त्यसविरुद्ध यातायात व्यवसायीले आन्दोलन थालेका थिए।सरकारी वार्ता टोलीका सदस्य एवं गृहमन्त्रालयका सूचना अधिकारी रविन्द्र आचार्यले गण्डकी प्रदेशले ल्याएको निर्देशिकाका सन्दर्भमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाउने र प्रध

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 211 पटक पढिएको
  • सर्लाहीको हरिवनमा प्रहरीको आँखै अधि फरार अभियुक्त तर प्रहरी मौन कञ्चन रौनियार न्यायको लागि भौतारिदै।।।

    कञ्चन रौनियार भन्छन म माथि अन्याय भयो तर न्याय पायन उनि भन्छन : मेरा श्रीमान्सँग हाम्रो विवाह २०७९ सालको असार १० गते भएको थियो। विवाहपश्चात मलाई ५० लाख दाइजोको लागि सुरुभएको दाइजोको माग, मानसिक र शारीरिक हिंसा, झूटा आरोप, चरित्र हत्या र झूटा कागजहरूमार्फत मलाई दिनरात सताइयो र सामाजिक रूपमा यातना दिन थालियो। मैले यस्ता अन्यायको विरुद्ध बोल्ने साहस र हिम्मत गरेर न्यायिक बाटो रोजेँ।घरेलु हिंसा, दाइजो, अभद्र व्यवहार, अंश, साइबर क्राइम, मिलापत्र बदर, झूटा कागजात निर्माण लगायत मुद्दा दर्ता गरें। मेरो बारेमा मेरो श्रीमान् मुन्‍ना गुप्ताले आफ्नै व्यक्तिगत आईडी र अन्य आईडीहरूबाट प्रमाणको रूपमा पोस्ट गर

    • प्रकाशित मितिः जेठ १९, २०८२
    • 1,376 पटक पढिएको
  • राजावादीको उपत्यका बन्द फिर्ता

    काठमाडौं— राजावादी समूहले घोषणा गरेको सोमबार उपत्यका बन्द फिर्ता लिएको छ।नवराज सुवेदीले  पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा सांसद दीपक सिंह लगायत रिहा भएपछि आजको लागि यसअघि घोषणा गरेको उपत्यका बन्द फिर्ता लिएको घोषणा गरेका हुन्।पक्राउ परेका थापा,सिंह लगायतलाई गएराति रिहा भएका थिए।

    • प्रकाशित मितिः जेठ १९, २०८२
    • 144 पटक पढिएको
  • व्यवसायीले ठप्प पारे सार्वजनिक यातायात, सर्वसाधारणलाई सास्ती

    काठमाडौं— गण्डकी प्रदेशले बनाएको ‘राइड सेयरिङ’सम्बन्धी ऐनको विरोध गर्दै देशभरमा यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन्। गण्डकी प्रदेशले रातो नम्बर प्लेटका चारपांग्रे सवारीसाधनलाई पनि राइड सेयरिङको अधिकार दिने गरी राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली, २०८२ पारित गरेको छ। ऐन खारेजीलगायत माग राख्दै व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन् । व्यवसायीको आन्दोलनका कारण यात्रुहरुले सास्ती भोग्नु परेको छ। निजी सवारीसाधन नहुनेहरु पैदल यात्रा गर्न बाध्य भएका छन्। त्यसमा पनि महिला, बालबालिका, बिरामी, वृद्धवृद्धालाई झनै मुस्किल भएको छ।

    • प्रकाशित मितिः जेठ १९, २०८२
    • 165 पटक पढिएको
  • कैलालीमा आगलागी हुँदा ज्येष्ठ नागरिकको मृत्यु

    काठमाडौं— कैलालीमा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका— १० जवलपुरका करिब ७२ वर्षीय कुक्रु डगौरा थारुको आगलागीमा परेर मृत्यु भएको हो ।आज बिहानपख ४६ वर्षीय अनिल चौधरीको खरले छाएको कच्ची गोठमा आगालागी हुँदा सोही गोठमा सुतेका उनका बुवा कुक्रुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।घटनाबारे जानकारी पाएपछि तीन बजेतिर इलाका प्रहरी कार्यालय मसुरिया कैलालीको टोली पुगेको थियो । प्रहरी पुग्ने बेला आयो नियन्त्रणमा आइसकेको थियो ।आगलागीको कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ १९, २०८२
    • 170 पटक पढिएको
  • बिहे गर्ने उमेर घटाउन मन्त्री साहको सुझाव

    धनुषा— महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले विहे गर्ने उमेर कम गर्नुपर्ने धारणा राखेका छन् ।आज जनकपुरधाममा आयोजित ‘राष्ट्रिय बालबालिका नीति, २०८०’ कार्यान्वयन कार्ययोजना मस्यौदासम्बन्धी मधेश प्रदेशस्तरीय राय सुझाव कार्यक्रममा उनले समाजिक, धार्मिक तथा अभिभावकको मागअनुसार केटीको हकमा बिहे गर्ने उमेर घटाउँदा राम्रो हुने सुझाव दिएका हुन् ।“सरकारले केटीका लागि विवाह गर्ने उमेर न्यूनतम २० वर्ष तोकेको छ, अब त्यसलाई १८ वर्षमा ल्याउनुपर्छ”, उनले भने। उनले यससँग सम्बन्धित प्रस्ताव सङ्घीय संसदमा प्रस्ताव पेस गरेको समेत उल्लेख गरे ।

    • प्रकाशित मितिः जेठ १८, २०८२
    • 181 पटक पढिएको
  • स्वास्थ्य बीमा बोर्डमा रोजगारको अवसर (सूचनासहित)

    काठमाडौं— स्वास्थ्य बीमा बोर्डले ठूलो संख्यामा मेडिकल अधिकृत भर्ना गर्न दरखास्त आह्वान गरेको छ।बीमा बोर्डले आज एक सूचना प्रकाशित गरी १८० जना मेडिकल अधिकृत भर्ना गर्न दरखास्त आह्वान गरेको छ। योग्य उम्मेदवारले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र रिपूर्वक दरखास्त पेस गर्नुपर्नेछ।मान्यता प्राप्त विश्वविद्यालयबाट एमबीबीएस उत्तीर्ण गरी मेडिकल काउन्सिलको प्रमाणपत्र हासिल गरेकाले मात्रै दरखास्त दिन पाउनेछन्। उमेर २१ वर्ष पूरा गरी ४५ वर्ष ननाघेको हुनुपर्नेछ।उम्मेदवारको छनौट अन्तर्वार्तामार्फत गरिने बीमा बोर्डले जनाएको छ। उम्मेदवारसँग आफ्नो ल्यापटप वा अन्य वर्किङ डिभाइस हुनुपर्नेछ। ल्यापटप वा डिभाइस प

    • प्रकाशित मितिः जेठ १८, २०८२
    • 220 पटक पढिएको
  • डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ७ जना घाइते

    काठमाडौं— डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।बोगटान गाउँपालिकाबाट दीपायलतर्फ जाँदै गरेको सुपप्र ०१–००१ ज १४६४ नम्बरको बोलेरो जिप केआइसिंह गाउपालिका–५, केदारगाउँमा दुर्घटना हुँदा बोगटान फुड्सिल गाउँपालिका–६, गगुडाका ४२ वर्षीय मिनबहादुर बमको मृत्यु भएको हो ।बोगटान फुड्सिल गाउँपालिका–६ का १९ वर्षीय धनबहादुर बम, ५० वर्षीया चनादेवी चन्द, ४० वर्षीया महेश्वरादेवी चन्द, ४२ वर्षीया बिर्मादेवी चन्द, केआइसिंह गाउँपालिका–४, वायलका ४७ वर्षीय नरेशप्रसाद जोशी, डडेल्धुराको गन्यापधुरा गाउँपालिका– ३, सकायलकी २३ वर्षीया राधिका देउवा र उनकी दुई वर्षीया छोरी रियान्सा देउवा

    • प्रकाशित मितिः जेठ १८, २०८२
    • 263 पटक पढिएको
  • सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन तथा नियमन गर्ने नियमावली जारी गरेपछि सार्वजनिक यातायात व्यवसायीहरू आन्दोलित

    काठमाडौं— सार्वजनिक यातायात व्यवसायीहरुले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन तथा नियमन गर्ने नियमावली जारी गरेपछि देशव्यापी आन्दोलन घोषणा गरेका व्यवसायीहरुले आइतबार दिउँसो माइतीघर बानेश्वर सडकखण्डमा प्रदर्शन गरेका हुन् ।दुई पांग्रे र चार पांग्रे निजी सवारी साधनलाई पनि सार्वजनिक यातायात सरह यात्रु ओसार्न दिँदा आफूहरुको लगानी संकटमा परेको भन्दै शुक्रबार गण्डकीमा सार्वजनिक यातायात ठप्प पारेका व्यवसायीहरुले आइतबार काठमाडौंमा प्रदर्शन गरेका हुन् ।

    • प्रकाशित मितिः जेठ १८, २०८२
    • 300 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा