काठमाडौं— कास्कीको फुलिबाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ। बुधबार बिहान ११ बजेर ५६ मिनेट जाँदा ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।भूकम्पको धक्का कास्कीसहित आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।
दार्चुला— दार्चुलाको नौगाड गाउँपालिका– ६ धुलिगडाबाट बझाङतर्फ हिडेर जाने क्रममा ७० वर्षीय कालु जोशीको ढुङ्गा लागेर मृत्यु भएको छ । उनको ढुङ्गा लागेर घटनास्थलमै मृत्यु भएको हो ।जोशीको घटनास्थलमै आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्र रावतले जानकार दिए ।बाटोमा हिँडिरहेका उनलाई रतपडे भन्ने ठाउँमा माथिबाट खसेको ढुङ्गाले लागेको थियो ।यस्तै जोशीसँग हिँडेका नौगाड गाउँपालिका– ६ धुलिगडाका ४५ वर्षीय प्रताप धामी घाइते भएका छन् । उनलाई उद्धार गरेर गोकुलेश्वर अस्पताल पठाइएको छ ।
बिराटनगर— झापा र इलामबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपक गडतौला, बिरहाङ लेछर्वो लिम्बु, किरण राई, मनिश कुमार गुप्ता र अन्जन राई रहेका छन् । झापाको मेचीनगर नगरपालिका–६ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ५ ग्राम ५४० मिलिग्राम ब्राउन सुगर र बेचबिखनमा संलग्न मे. ५ प ९६४५ नम्बरको मोटरसाईकल सहित मोटरसाईकल चालक कनकाई नगरपालिका–५ का २५ बर्षीय रुपक गडतौला र शिवसताक्षी नगरपालिका–९ का २५ बर्षीय बिरहाङ लेछर्वो लिम्बुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।त्यस्तै प्रहरी चौकी बाघखोरले दमक नगरपालिका–३ का २९ बर्षीय क
धादिङ— जिल्ला कारागार धादिङमा एक बन्दी मृत फेला परेका छन्। धादिङको वेनीघाट रोराङ गाउँपालिका–७ चरौंदिका २० वर्षीय विष्णु सुनारले शौचालयमा झुण्डिएर आत्महत्या गरेको धादिङ कारागार प्रशासनले जनाएको छ। गत ७ गते ज्यान मार्ने उद्योगमा पुर्पक्षका लागि थुनामा रहेका सुनार राति १ बजेतिर शौचालय गएको र लामो समयसम्म पनि नफर्किएपछि सुरक्षाकर्मीले झ्यालबाट हेर्दा झुण्डिएको अवस्थामा देखेको धादिङ कारगारका प्रशासक राममणि मिश्रले बताए। उनीले मुडा बुन्न प्रयोग हुने दुई हात लामो डोरीले पासो लगाई आत्महत्या गरेका धादिङ प्रहरीले जनाएको छ। घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरी मृतकको शव पोष्टमार्टमका ल
बुटवल— दाजूको हत्या गरी जेल बसेर केही वर्षअघि आममाफी पाएका व्यक्तिले पूर्वपत्नीसहित तीनजनाको हत्या गरेको समाचार छ । बुटवलको होराइजनचोकस्थित मिलिजुली पथमा बस्दै आएकी ३४ वर्षीया दीपा बस्याल र उनका चार र सात वर्षका दुई छोरीहरूको हत्या गरिएको हो ।सम्बन्ध विच्छेदपछि अर्को व्यक्तिसँग विवाह गरेर गएकी दीपालाई पूर्वपति सुजन कोइरालाले आफ्नै घरमा बोलाएर २०८२ जेठ १४ गते बिहान करिब ४ बजे हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी सुरज कार्कीले जानकारी दिए।प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, कोइरालाले घरेलु हतियार हेम्बर र चक्कु प्रयोग गरी तीनै जनाको हत्या गरेका हुन् । घटनापछि कोइरालालाई प्रहरी
काठमाडौं— स्थानीय बजारमा सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन एक हजार ६०० रुपैयाँले बढेको छ। मंगलबार प्रतितोला सुनको मूल्य १ लाख ९० हजार ९०० रुपैयाँ रहेकोमा बुधबार १ लाख ८९ हजार ३०० रुपैयाँमा झरेको छ। यता, चाँदीको मूल्य भने मंगलबार प्रतितोला १ हजार ९९५ रुपैयाँ रहेकोमा बुधबार १० रुपैयाँ बढेर २ हजार ५ रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ।
काठमाडौं— लमजुङको सुन्दर बजार नगरपालिका–९ बुद्धटोलस्थित भरत थापाको घरमा आगलागी हुँदा भाडामा बसेकी एकल महिलाको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा दोर्दी गाउँपालिका–१ की ७० वर्षीया मिठी थापा रहेकी छन् ।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजकिशोर शाहीका अनुसार आज बिहान करिब साढे ३ बजे आगलागी भएको हो । प्रहरी र स्थानीयले उनी बसेको कोठाको ढोका फोडेर थापालाई उद्धार गरेका थिए । जलेर गम्भीर घाइते भएकी उनको बेँसीसहरस्थित प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
सुनसरी— मोरङ औद्योगिक करिडोरस्थित तिरुपती उड प्यानल इन्डष्ट्रीमा आगलागि भएको छ । आगो आज बिहान २ः३० बजेदेखि लागेको इलाका प्रहरी कार्यालयले जनाएको छ । तिरुपती उड प्यानल इन्डष्ट्रीमा लागेको आगो निभाउने प्रयास जारी रहेको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।विद्युत् सर्ट भएर आगो सल्किएको हुनसक्ने प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जनाएका छन् आगो निभाउन धरान, विराटनगर, इटहरी, दमक, पथरी, दुहवी, इनरुवालगायत स्थानका १६ वटा दमकल प्रयोग गरिएको उनको भनाइ छ ।
काठमाडौं— गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रदर्शन भएको छ । मंगलबार माईतीघर मण्डलामा बिरोध प्रदर्शन भएको हो ।बिरोध गर्नेहरुमा अखिल (क्रान्तिकारी), अखिल (समाजवादी), अनेरास्ववियु युवा संघ नेपाल, योङ कम्युनिष्ट लिग, नेपाल युवा संगठनहरुले अध्यागमन भिजिट भिसामा भएको भ्रष्टाचार, मानव बेचबिखन र देशद्रोहबिरुद्ध भन्दै प्रदर्शन गरेका हुन् ।मानव तस्कार सरकार मुर्दावाद, नालायक गृहमन्त्री राजीनामा दे, गृहमन्त्रीको आम्दानी दैनिक ५० लाख, मासिक १५ करोड, वार्षिक २ खर्ब जस्ता प्ले कार्ड बोकेर उनीहरुले सामुहिक प्रदर्शन गरेका छन् ।
काठमाडौं— पछिल्लो एक महिनामा देशभर आगलागीमा परेर ११ जनाले ज्यान गुमाएका छन् । आगलागीमा परेर ज्यान गुमाउनेमा तीन पुरुष, पाँच महिला, दुई बालक र एक बालिका छन् ।नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले गएको वैशाखको तथ्यांक विश्लेषण गर्दा सो अवधिमा आगलागीबाट ६७ जना घाइते भएको बताए । घाइते हुनेमा २७ पुरुष, ३२ महिला र आठ बालबालिका छन् ।आगलागीका घटनामा बढोत्तरी भएसँगै ठूलो भौतिक तथा मानवीय क्षति हुने गरेको उनले बताए । प्रहरीले एक महिनामा आगलागीबाट १५१ घर, १०१ गोठ र तीनवटा सरकारी कार्यालयमा क्षति पुगेको जानकारी दिएको छ । आगलागीबाट १८९ पशुचौपायसमेत मरेका छन् । ती आगल
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.