समाज

    Showing 4,961-4,970 of 6,735 items.
  • सडक खन्ने क्रममा पहिरोमा पुरिएर एक्साभेटर चालकको मृत्यु

     बेनी— म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनास्थित दरखोला जलविद्युत् आयोजनामा सडक खन्ने क्रममा पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ।जलविद्युत् आयोजनाको पाइपलाइनका लागि निर्माणाधीन कुनौटा–दर शिलबाङ मोटरबाटो खन्ने क्रममा खसेको पहिरोमा पुरिएर एक्साभेटर चालक ३२ वर्षका खेमराज कुमाललको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।स्याङ्जाको चापाकोट नगरपालिका–८ घर भएका एक्साभेटर चालक कुमालको शव एक्साभेटरभित्रै च्यापिएको अवस्थामा फेला परेको र शव परीक्षणका लागि प्रदेश अस्पताल बेनी पठाउने तयारी गरिएको ताकम प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक विक्रम तिवारीले जानकारी दिए। घटनापछि प्रहरी र स्थानीय बासिन्दा

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • 181 पटक पढिएको
  • क्यानडा पठाउँछु भन्दै ७ लाख ठगेको आरोपमा युवती पक्राउ

    काठमाडौं— बेरोजगार मानिसहरूलाई क्यानडा पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको बराहपोखरी गाउँपालिका–५ घर भएर टोखा बस्ने ३४ वर्षीय सम्झना राई छिन् ।उनलाई काठमाडौं महानगरपालिका–१६ बाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले जानकारी दिए ।  उनका अनुसार आरोपीलाई थप अनुसन्धान र कारबाहीका लागी प्रहरीले वैदेशिक रोजगार विभागमा बुझाएको छ । 

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • 260 पटक पढिएको
  • नेपाल टेलिकमको जिप दुर्घटना, तीन जनाको मृत्यु

    बाजुरा— बाजुरामा मंगलबार नेपाल टेलिकमको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।  बा ५ च २२०९ नम्बरको जिप दुर्घटनामा परेको हो।जगन्नाथ गाउँपालिका–३ मा टेलिकमको जिप दुर्घटना भएको खबर प्राप्त भएपछि प्रहरी टोली घटना स्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।मृतकको पहिचान हुन बाँकी रहेको तथा दुई जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी इकपाल हवारीले जानकारी दिए। घटनाबारे थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • 210 पटक पढिएको
  • सुन तोलामा दुई सय रुपयाँले घट्यो

    काठमाडौं— नेपाली बजारमा मङ्गलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर १ लाख ९० हजार ९ सयमा कारोबार भइरहेको छ ।यसअघि सोमबार सुन तोलाको १ लाख ९१ हजार १ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • 262 पटक पढिएको
  • भन्सार छली ल्याएका एक लाख भन्दा बढिका अवैध सामान बरामद

    बर्दिया— बर्दिया प्रहरीले एक लाख १९ हजार बराबरको भन्सार छली चेरी निकासी गरेको सामान राजापुर भन्सार कार्यालय बर्दियालाई बुझाएको छ । भन्सार छली ल्याएको कुर्ता सुरुवाल, रेडिमेट कपडा प्लाष्टिक डोरी र रासायनीक मल पक्राउ गरी राजापुर भन्सारलाई बुझाएको हो । तीन दिन यता गरेको चेकजाँचको क्रममा भन्सार छली ल्याएको सामान फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी चक्रबहादुर डमरपालले बताएका छन् । उनका अनुसार गुलरिया नगरपालिका वडा नं ११ बाट करिब ४२ हजार ७ सय बराबरको तयारी कुर्ता सुरुवाल र प्याष्टिकको डोरी फेला परेको छ । त्यसैगरी बाँसगढी नगरपालिका वडा नं

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • 321 पटक पढिएको
  • 'जब मोटरसाइकल उल्टो हुइँकियो, संस्कृति र स्वास्थ्यको कुरा अगाडि आयो'

    महोत्तरी— मोटरसाइकल उल्टो दौडिएको थियो, तर उद्देश्य अगाडि बढाउने खालको थियो ।बर्दिवासका स्वास्थ्यकर्मी एवं गायक जिवनाथ पोखरेल'जेबी'ले ‘मधेश–महाभारत उल्टो मोटरसाइकल यात्रा’ सम्पन्न गरेपछि चर्चाको भर्खरै अर्को अध्याय थपिएको छ ।पोखरेलको यात्रा बर्दिवासदेखि सुरु भई सिन्धुलीको राष्ट्रिय कलाघरसम्म पुगेको हो, जहाँ २५ जनाको टोलीले संस्कृतिको धुनमा स्वास्थ्य सन्देश गुञ्जायमान पारे ।‘उल्टो’ तरिकाबाट ‘सीधा’ सन्देश दिन खोज्ने यो अभियान बर्दिवास नगरपालिकाको आयोजनामा सम्पन्न भएको हो ।पछिल्लो समय गिनिज बुकमा नाम लेखाउने सपना बोकेर अघि बढिरहेका जेबीलाई सहरको भीडले होइन, गाउँको संस्कृति र जनताको माया तानिरहेछ

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • 311 पटक पढिएको
  • भारततर्फ लैजादै गरेको ६० केजि गाँजा बरामद, शसस्त्र प्रहरी देखेपछि गाँजा छोडेर मान्छे फरार

    बारा— बाराको सिम्रौनगढ नगरपालिका–४ मा गएराती लुकाईछिपाइ भारततर्फ लैजादै गरेको प्रतिबन्धित गाँजा शसस्त्र प्रहरी देखेपछि वेवारिसे छोडेर भागेका छन् । सोही नगरपालिकाको गङ्गानगरमा १२ः४५ बजे ६० केजी गाजा वेवारिसे छोडेर भागेका हुन् ।गोप्य सूचनाका आधारमा ससस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा बल पिपरपाती गुल्मपती प्रनाउ राजन लाल श्रेष्ठको कमाण्डमा खटिएको टोली त्यसतर्फ गएकोे प्रनाउ राजनलाल श्रेष्ठले जानकारी दिए । सोमबार (आज) १२ः४५ बजे राती लुकाईछिपाई टाउकोमा बोकि खेतको आलीआली हुँदै भारततर्फ लैजादै गर्दा शसस्त्र प्रहरीलाई देखेपछि मान्छे भागेकोले गाँजा छोडेर भागेको श्रेष्ठको भनाइ छ । बरामद ग

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • 443 पटक पढिएको
  • बालिका बलात्कार गरेको आरोपमा २ युवक पक्राउ

    काठमाडौं— दुई बालिकालाई बलात्कार गरेको आरोपमा संखुवासभा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा संखुवासभाको चिचिला गाउँपालिका–२ घर भएका ३५ वर्षीय तुफान राई र सोही गाउँपालिका ३ का २८ वर्षीय प्रकाश राई छन् ।उनीहरुले ७ जेठमा खाँदबारी बजार घुम्न आएका १६ र १७ वर्षीया बालिकालाई ललाई फकाई बलात्कार गरेको पाइएको संखुवासभा प्रहरीका इन्स्पेक्टर तथा सूचना अधिकारी अभिषेक कुमार श्रेष्ठले बताए ।खाजा खाने, घुम्न जाने भन्दै मोटरसाइकलमा राखेर खाँदबारीको एक होटलमा लगेर उनीहरुले बलात्कार गरेको आरोप छ । पीडित बालिकाको तर्फबाट जाहेरी पछि प्रहरीले आइतबार पक्राउ गरेर उनीहरुमाथि अनुसन्धान अघि बढाएको छ ।

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • 343 पटक पढिएको
  • ग्यासको रेगुलेटर लिक भई आग लागि हुँदा दाजुबहिनीको मृत्यु

     काठमाडौं— रूपन्देहीको शुद्धोधन गाउँपालिका–५ जयनगरमा ग्यास सिलिन्डरमा खाना पकाउने क्रममा जलेर दाजुबहिनीको मृत्यु भएको छ।आइतबार साँझ घरमा ग्यासमा खाना पकाउने क्रममा ग्यासको ‘रेगुलेटर लिक’ भई आगो लागेपछि २५ वर्षीय शिवकुमार यादव र १८ वर्षीया सोनमको मृत्यु भएको प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्टले जानकारी दिए।आगो लाग्दा जलेर गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि आइतबार बेलुकी नै युनिभर्सल मेडिकल कलेज भैरहवा लगिएको र बहिनी सोनमलाई त्यहीँ मृत घोषणा गरिएको प्रहरीको भनाइ छ।प्रहरीका अनुसार थप उपचारका लागि भारतको गोरखपुर लैजाने क्रममा बाटोमै दाजु शिवकुमारको मृत्यु भएको थियो।दुवै जनाको शव पोष्टमा

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • 349 पटक पढिएको
  • बल्खुबाट लागु औषध कारोबारमा संलग्न ४ जना पक्राउ

    काठमाडौं— राजधानीको बल्खुबाट प्रहरीले लागु औषध कारोबार गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको गोलञ्जोर घर भएर बुढानीलकण्ठ बस्ने २४ वर्षीय होमराज श्रेष्ठ, काभ्रे घर भएर टेकु बस्ने २३ वर्षीय रविन श्रेष्ठ, नुवाकोट घर भएर तारकेश्वर बस्ने २१ वर्षीय सुरेन्द्र अछामी र धादिङ घर भएका २५ वर्षीय विजय आले मगर छन् । प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले आरोपीहरूको साथबाट १ हजार ६७ क्याप्सुल लागु औषध ट्रामाडोल बरामद गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराका अनुसार सिन्धुलीको गोलञ्जोर घर भएका होमराज श्रेष्ठलाई पक्राउ गरेर सोधपुछ गर्दा अरू ३ जनाको संल

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • 295 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा