समाज

    Showing 41-50 of 6,520 items.
  • बालेनलाई जनकपुरधाम विमानस्थलमा समर्थकहरुले गरे भव्य स्वागत

    जनकपुर— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई जनकपुरधाम विमानस्थलमा आइतबार भव्य स्वागत गरिएको छ ।आईतबार बेलुका जनकपुरधाम पुगेका बालेनलाई समर्थकहरुले विमानस्थलमै पुगि भव्य स्वागत गरेका छन् । बालेनलाई स्वागत गर्न पुगेको भीडलाई व्यवस्थापन गर्न नसक्दा विमानस्थल बाहिर निस्कने सिसाको ढोका फुटेको छ ।बालेन आज (सोमबार) जनकपुरधाममा आयोजना हुन लागेको परिवर्तनको उद्घोष सभामा सहभागी हुन जान लागेका हुन । आग हुने सभामा बालेनसहित, रवि लामिछाने र डि.पि अर्यालसहित १२ जना वक्ताहरुको सभहागीता हुने जनाइएको छ ।

    • प्रकाशित मितिः माघ ५, २०८२
    • 319 पटक पढिएको
  • सुनिताले बालेनलाई धन्यवाद दिइन

    काठमाडौं— काठमाडौं महानगरपालिकाकी कार्यवहाक प्रमुख सुनिता डंगोलले महानगर प्रमुखले आफ्नो कार्य अवधिमा गरेका सकारात्मक कामको लागि धन्यवाद ज्ञापन गरेकी छन् ।आइतबार भएको ४६ औं नगर कार्यपालिकाको बैठकमा उनले बालेनलाई आगामी दिनमा सफलताको कामना गर्दै सबैको तर्फबाट धन्यवाद ज्ञापन गरेकी छन् ।उनले भनिन्, ‘महानगर प्रमुखले आफ्नो कार्यावधीभर काठमाडौं महानगरपालिकाको विकास गर्न, सुशासन कायम गर्न र महानगरमा सम्पूर्ण रुपले खेल्नु भएको सकारात्मक भूमिकाको लागि धन्यवाद ज्ञापन गर्दछौ । आगामी दिनमा उहाँले चाल्नु भएको पाइला सफल होस भन्ने कामना दिन चाहन्छौ ।’उनले बैठकमा नेपालको संविधान स्थानीय सरकार सञ्चालन ऐन २०७४ र

    • प्रकाशित मितिः माघ ५, २०८२
    • 324 पटक पढिएको
  • आजको मौसमः तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना

    काठमाडौं— मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।जसका कारण गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नुका साथै पहाडी भूभागमा आंशिक बादल लागेको छ । साथै बाँकी हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।महाशाखाका अनुसार आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । साथै तराई भूभागका केही स्थानहरूमा हुस्सु र कुहिरो रहनेछ ।कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रह

    • प्रकाशित मितिः माघ ५, २०८२
    • 328 पटक पढिएको
  • यस्तो छ, सोमबार विदेशी मुद्राको विनिमय दर

    काठमाडौं— नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।जसअनुसार, आज अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६९ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ९७ रुपैयाँ ३६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ २७ पैसा र बिक्रीदर १०४ रुपैयाँ ७० पैसा, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ २९ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९९ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९४ रुपैयाँ १७ पैसा र बिक्रीदर १९४ रुपैयाँ ९७ पैसा तोकिएको छ ।यस्तै, सिङ्गापुर डलर एकको खरिददर ११२ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११३ रुपैयाँ ०३ पैसा, स्वीस फ्रय

    • प्रकाशित मितिः माघ ५, २०८२
    • 342 पटक पढिएको
  • आज २०८२ साल माघ ५ गते सोमबारको राशिफल

    काठमाडौं— आज २०८२ साल  माघ ५ गते सोमबार । माघ शुक्ल पक्षको प्रतिपदा तिथि मेषः धन सञ्चित हुनेछ । परिवारमा सुख र शान्ति मिल्नेछ । साथीको साथ मिल्नेछ ।स्वदेशी भन्दा विदेशको व्यापारबाट फाइदा हुनेछ । स्वास्थ्यमा भने समस्या हुनसक्छ ।वृषः सम्पत्तिको सुरक्षा गर्नुपर्ने दिन छ । राजनीतिमा साथीको साथ मिल्नेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । परिवारलाई उचित सल्लाह दिन नसक्दा खटपटी बढ्नेछ । प्रेम सम्बन्धमा उतारचढाव आउनसक्ने जोखिम छ ।मिथुनः बोल्दा सचेत बन्नुपर्नेछ । सोचेर काम अगाडि बढाएमा दीर्घकालीन योजना बन्नेछ । इज्जतका लागि धन खर्च हुनेछ । मनमा असन्तुष्टि बढ्ने योग छ । शिक्षामा ढिलासुस्ती मिल

    • प्रकाशित मितिः माघ ५, २०८२
    • 348 पटक पढिएको
  • घण्टीघर पुगे बालेन र सुदन

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का वरिष्ठ नेता बालेन शाह केन्द्रीय कार्यालय घण्टीघर पुगेका छन् ।उनले मेयर पदबाट राजीनामा दिएर घण्टीघर पुगेका हुन् । उनी आजै औपचारिकरुपमा रास्वपा प्रवेश गर्ने कार्यक्रम रहेको छ । बालेनसँगै सुदन गुरुङ पनि घण्टीघर पुगेका छन् ।यसअघि मात्र गुरुङले बालेन र आफू आजै रास्वपा प्रवेश गर्न लागेको जनाएका थिए ।

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 343 पटक पढिएको
  • राष्ट्रियसभा बैठक सिंहदरबारबाट सुरु गरियो

    काठमाडौं— राष्ट्रियसभाको १९औँ अधिवेशन आइतबारबाट सुरु भएको छ। सिंहदरबारस्थित संघीय संसद् सचिवालय परिसरको राष्ट्रियसभाको पुरानो भवनमा आइतबार बसेको बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले अधिवेशन प्रारम्भ भएको घोषणा गर्दै सदस्यहरूलाई स्वागत गरेका थिए। त्यस्तै उनले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए भने लोकतन्त्रका लागि योगदान पुर्‍याउने सहिदहरूप्रति सम्मानका लागि मौन धारण समेत गरिएको थियो।बैठकले सभाका सदस्य वलदेव बोहराको निधनप्रति शोकप्रस्ताव पारित गरेको छ। २००८ मा जन्मिएका कञ्चनपुर निवासी बोहराको गत पुस ३० निधन भएको थियो। उनी २०७० मा संविध

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 335 पटक पढिएको
  • संयुक्त विद्यार्थी संगठनद्वारा रवि लामिछानेसम्बन्धी मुद्दा फिर्ता लिने निर्णयको विरोध

    काठमाडौं— संयुक्त विद्यार्थी संगठनहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि चलिरहेका सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दामा अभियोगपत्र संशोधनको नाममा मुद्दा फिर्ता लिने सरकारको निर्णयप्रति कडा विरोध जनाएका छन् ।आइतबार जारी संयुक्त प्रेस वक्तव्यमा विद्यार्थी संगठनहरूले विभिन्न अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दामा रवि लामिछानेसहित छविलाल जोशी र जीबी राईलगायतका व्यक्तिहरूलाई उन्मुक्ति दिने निर्णय सर्वोच्च अदालत विपरीत तथा राज्यसत्ता र कानूनको चरम दुरूपयोग भएको ठहर गरेका छन् ।गम्भीर वित्तीय अपराधस

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 354 पटक पढिएको
  • मेयरबाट बालेनले दिए राजीनामा (पत्रसहित)

    काठमाडौं— रास्वपाबाट राजनीति थालेका काठमाडौं महानगरका मेयर बालेन शाहले पदबाट राजीनामा दिएका छन् ।उनले उपमेयर सुनिता डंगोललाई आइतबार राजीनामा बुझाएका हुन् । उनी आगामी निर्वाचनमा रास्वपाबाट प्रधानमन्त्रीका उम्मेदवार हुनेगरी झापा५ मा निर्वाचन लड्दै छन् ।

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 345 पटक पढिएको
  • नेपाल डेरी एसोसिएसनको महाधिवेशन माघ ६ र ७ गते

    काठमाडौं— नेपाल डेरी एसोसिएसनको महाधिवेशन माघ ६ र ७ गते आयोजना हुन गइरहेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै एसोसिएसनले मेचीदेखि महाकालीसम्मका विभिन्न स्थानबाट ठूलो संख्यामा उद्योगीहरूको सहभागितामा माघ ६ र ७ गते महाधिवेशनको आयोजना हुन लागेको जानकारी गराइएको हो ।यो साधारणसभामा डेरी उद्योगको हक हितको विषयमा घनिभुत छलफल गरि निर्णय गरिने पनि एसोसिएसनको भनाई छ । डेरी एसोसिएसनले निम्नानुसार विषयमा छलफल गरि निर्णयार्थ सम्बन्धित निकायसँग समन्वय गरि अगाडि बढ्ने योजना बनाएको छ ।१. नेपालमा दुध तथा दुग्ध पदार्थको उत्पादन लागत बढी भएको, आयातित वस्तु सस्तो, निर्यात गर्दा अन्तर्राष्ट्रिय ब

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 341 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा