समाज

    Showing 6,051-6,060 of 6,797 items.
  • हत्या गरेको आरोपमा एक पक्राउ

    सर्लाही / चक्कु प्रहार गरि हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । ईश्वरपुर नगरपालिका-४ सागरनाथ बस्ने ३५ वर्षीय कृष्णबहादुर स्यङ्बोको चक्कु प्रहार गरी हत्या गरेको आरोपमा सोही ठाउँका ५८ वर्षीय पाल दोर्जे स्याङ्तानलाई मंगलबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।पुरानो विवादका कारण दोर्जेले कृष्णबहादुरमाथि चक्कु प्रहार गरेका थिए। चक्कु प्रहारबाट गम्भीर घाइते भएका कृष्णबहादुरलाई उपचारकोलागि जनकपुर लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।प्रहरी चौकी फुल्जोर र ईलाका प्रहरी कार्यालय केशरगंजबाट खटिएको प्रहरीले स्याङ्तानलाई पक

    • प्रकाशित मितिः असार २३, २०७८
    • 146 पटक पढिएको
  • प्रहरी जवान २३ दिनदेखि बेपत्ता

    गोरखा  / उत्तरी गोरखाको सामागाउँमा कार्यरत एक प्रहरी जवान बेपत्ता भएका छन् । चुमनुव्री गाउँपालिकास्थित सामागाउँ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान मोहनसिंह कुँवर यही असार १ गतेदेखि सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए ।कञ्चनपुर जिल्लाको बेलकोट नगरपालिका –२ घर भएका प्रहरी जवान कुँवर घर बिदाबाट फर्किएर कार्यक्षेत्रमा सामागाउँ जान भनी हिँडेको भए पनि अहिलेसम्म कार्यक्षेत्रमा नपुगेको र सम्पर्कमा पनि नआएको उनले बताए । कुँवर धार्चे गाउँपालिकाको तातोपानी क्षेत्रसम्म पुगेको भन्ने सूचना प्राप्त भएको भए पनि त्यहाँबाट कहाँ गए भन्ने बारेमा खुल्न नसके

    • प्रकाशित मितिः असार २३, २०७८
    • 179 पटक पढिएको
  • ३० लाख मुल्यको मोबाइल बरामद

    जितपुर / सिमरा उपमहानगरपालिका - २१ को अमलेखगञ्ज सडकबाट ३० लाख बराबरको मोबाइल सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । बारा कोल्वी नगरपालिका -४ बस्ने पदमबहादुर घिमिरेलाई सिमरा प्रहरीले पक्राउ गरेको हो ।प्रदेश २ - ०३०००१ च १४३ नम्बरको बोलेरोबाट भन्सार छलेर ल्याइएका विभिन्न कम्पनीका १५ सय २० थान मोबाइल बरामद गरेको इलाका प्रहरी कार्यालय सिमराले जानकारी दिएको छ। मोबाइल र गाडीको आवश्यक कागजपत्र नभएकाले घिमिरेलाई भन्सार कार्यालयमा बुझाउने तयारी भएको सिमराका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिएका छन् ।

    • प्रकाशित मितिः असार २३, २०७८
    • 140 पटक पढिएको
  • म्याग्दीमा बाढीले घर बगाउँदा श्रीमानको मृत्यु, श्रीमती बेपत्ता

    म्याग्दी / म्याग्दीको मालिका गाउँपालिका –६ रातोढुङ्गामा बाढीले घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।बुधबार बिहान मङ्गला गाउँपालिका –५ को खहरेखोलामा आएको बाढीले म्याग्दी खोलाको धार परिवर्तन गरेर कटान गर्दा खगेन्द्र रोकाको घर बगाएको हो । घरभित्र सुतिरहेका खगेन्द्रका छोरा बजिन र बुहारी बिनालाई बाढीले बगाएको मालिकाका वडाध्यक्ष सन्तोष सुवेदीले जानकारी दिए । बजिनको शव भेटिएको र बिना बेपत्ता भएको वडाध्यक्ष सुवेदीले बताए । खहरेखोलाको बाढी पसेर मङ्गला गाउँपालिकातर्फ पनि एउटा घरमा क्षति पुगेको छ । रातोढुङ्गाको बस्ती, निर्माणाधीन ३२/११ केभी क्षमताको सबस्टेशन र सयौ

    • प्रकाशित मितिः असार २३, २०७८
    • 105 पटक पढिएको
  • हरिणको छाला सहित दुई पक्राउ

    बिर्तामोड / झापामा हरिणको छालासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कचनकवल गाउँपालिका -३ बस्ने  ४० वर्षीय लुखिराम हस्दा र २४ वर्षीय सुमन टुडु रहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।अभिमुक्तेश्वर सामुदायिक वन क्षेत्रबाट हरिणको सिकार गरी छाला तस्करी गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुसंग अन्य ६ जना संलग्न रहेको र खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिएका छन्। पक्राउ परेका उनीहरुलाई डिभिजन वन कार्यालय झापामा बुझाउने तयारी भइरहेको थापाले जानकारी दिएका छन् ।

    • प्रकाशित मितिः असार २२, २०७८
    • 185 पटक पढिएको
  • ताप्लेजुङमा भीरबाट लडेर एकको मृत्यु

    ताप्लेजुङ / ताप्लेजुङमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेरिङदेन गाउँपालिका –२ आजुङका खेम्जु शेर्पा रहेका छन् । शेर्पा सोमबार राती १० बजे छिमेकीको बिहेबाट घर फर्कने क्रममा खाम्दाके भीरबाट अन्दाजी २० मिटर तल खसेका थिए । भीरबाट खसी घाईते भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा राती ११ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय दोभानले जनाएको छ । 

    • प्रकाशित मितिः असार २२, २०७८
    • 349 पटक पढिएको
  • टेङ्ग्रा खोलामा डुबी ९ वर्षीया बालिका बेपत्ता

    सुनसरी / सुनसरीको टेङ्ग्रा खेलामा डुबेर एक बालीका बेपत्ता भएकी छिन् । बेपत्ता हुनेमा भारतको बसमतिया घर भई हाल सितागंगा बस्ने ९ वर्षीया जिबीका यादव रहेकी छिन् । सुनसरीको बर्जु गाउँपालिका –५ टेङ्ग्रा खोला किनारमा बाख्रा चराउन गएकी यादवको हिजो बेलुका साढे ५ बजे खोलामा डुबी बेपत्ता भएकी हुन्। घटनाको जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय सितागंजबाट प्रहरी टोली खटिई खोजतलास भइरहेको छ ।

    • प्रकाशित मितिः असार २२, २०७८
    • 363 पटक पढिएको
  • भीरबाट लडेर एक बालकको मृत्यु

    उदयपुर / उदयपुरमा भीरबाट लडी एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतामाई नगरपालिका –४ बेल्बासेका १३ वर्षीय सबशाल सार्की रहेका छन् । उनको आइतबार अपरान्ह पौने ५ बजे घर नजिकै रहेको जंरगेडाँडा भीरमा बाख्रा चराउन गएका वेला सोही भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

    • प्रकाशित मितिः असार २१, २०७८
    • 82 पटक पढिएको
  • पाटेबाघको आक्रमणबाट एकको मृत्यु

    बर्दिया / पाटेबाघले आक्रमण गर्दा बर्दियामा एक जनाको मृत्यु भएको छ । मधुवन नगरपालिका वडा नम्बर ३ बस्ने ६७ वर्षीय चित्रबहादुर खत्रीको मृत्यु भएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्रराज वाग्लेले जानकारी दिएका छन् ।घरबाट दाउरा खोज्न गएका खत्री आइतबारदेखि बेपत्ता भएका थिए । उनको खोजी गर्ने क्रममा नेपाल-भारत सीमा क्षेत्रमा रहेको सम्झना सामुदायिक बनभित्र शव फेला परेको सशस्त्र सिमा सुरक्षा बल भग्रैयाका प्रहरी निरीक्षक अस्मित थापाले जानकारी दिएका छन्।बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती सामुदायिक वन र राष्ट्रिय वन तथा सामुदायिक वन क्षेत्रमा पाटेबाघको आक्रमणबाट एक वर्षभित

    • प्रकाशित मितिः असार २१, २०७८
    • 115 पटक पढिएको
  • पौडी खेल्न गएका दुई बालक खोलाले बगाएर बेपत्ता

    पाँचथर / पाँचथरको याङवरक गाउँपालिका –४ काबेली खोलामा पौडी खेल्न गएका २ बालक खोलाले बगाएर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सोही स्थानका १६ वर्षीय लक्ष्मण योङहाङ र १३ वर्षीय बिपल योङहाङ रहेका छन् । आइतबार दिउँसो साढे १२ बजे ६ जनाको समुहमा पौडी खेल्न गएका उनीहरू मध्ये लक्ष्मण र बिपल खोलाले बगाई बेपत्ता भएका हुन् । घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी नायब उपरीक्षकको कमान्डमा उद्धार सामाग्री सहितको  टोली खटि गई खोजतलास भइरहेको छ ।घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

    • प्रकाशित मितिः असार २१, २०७८
    • 126 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा