समाज

    Showing 7,371-7,380 of 11,076 items.
  • काठमाडौं महानगरले यस वर्षको दसैँमा फोहोर सङ्कलन नगर्ने

    काठमाडौं— काठमाडौं महानगरपालिकाले दसैंको समयमा तीन दिन फोहोरमैला संकलन सेवा स्थगित रहने जानकारी दिएको छ।महानगरले सार्वजनिक सूचना जारी गर्दै असोज १४, १५ र १६ गते (विजया दशमीको मुख्य दिनहरू) फोहोर संकलन नहुने जनाएको हो।यस अवधिमा फोहोर व्यवस्थापनमा खटिने कर्मचारीहरू समेत चाडपर्वका लागि घर जाने व्यवस्था गरिएको र अन्तिम फोहोर विसर्जन स्थल (ल्यान्डफिल साइट) समेत बन्द रहने भएकाले सेवा स्थगन गरिएको स्पष्ट गरिएको छ।महानगरले सो समयमा घरबाट निस्कने फोहोर स्रोतमै छुट्याई सुरक्षित तरिकाले व्यवस्थापन गर्न सबै नागरिकलाई आग्रह गरेको छ।

    • प्रकाशित मितिः असोज ८, २०८२
    • 615 पटक पढिएको
  • मलद्वारमा लुकाएर सुन ल्याउँदै गरेका भारतीय नागरिक विमानस्थलमा पक्राउ

    काठमाडौं— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक किलो सुन लुकाएर ल्याउँदै गरेका एक भारतीय नागरिक पक्राउ परेका छन्।मंगलबार दिउँसो विमानस्थलको आगमन भन्सार क्षेत्रबाट पक्राउ पर्ने व्यक्ति ४८ वर्षीय रोनक मदनी रहेको विमानस्थल प्रहरीले जनाएको छ। भारतको मुम्बईबाट इन्डिगो एयरको उडानमार्फत काठमाडौं आएका मदनीको शारीरिक हाउभाउ शंकास्पद देखिएपछि प्रहरीले थप जाँच गरेको थियो।प्रहरी स्रोतका अनुसार उनलाई नियन्त्रणमा लिएर काठमाडौं मेडिकल कलेज (केएमसी) लगिएको थियो। त्यहाँ गरिएको भिडियो एक्सरेबाट मलद्वारभित्र लुकाइएको अवस्थामा तीनवटा डल्लामा राखिएको ८३५ ग्राम सुन फेला परेको हो।बरामद गरिएको सुन अवैध रूपमा

    • प्रकाशित मितिः असोज ८, २०८२
    • 761 पटक पढिएको
  • सूचनाको हक सम्बन्धी अभ्यास अझै पनि अपूर्ण छ : महान्यायाधिवक्ता भण्डारी

    काठमाडौं । महान्यायाधिवक्ता सविता भण्डारीले सूचनाको हक सम्बन्धी अभ्यास अझै पनि अपूर्ण रहेको बताएकी छन् । अन्तर्राष्ट्रिय सूचना दिवस २८ सेप्टेम्वर २०२५ कार्यक्रममा बोल्दै उनले सूचनाको पहुँचलाई सहज बनाउनेतर्फ सरकारी निकायहरु जिम्मेवार हुनुपर्नेमा जोड दिएकी छन् ।‘अहिले पनि सूचनाको कुरामा हाम्रो बुझाइ सबैको फरक छ,’ भण्डारीले भनिन्, ‘सूचना भनेको तत्कालै उपलब्ध हुने कुरा हो । तत्काल नहुने भए सात दिनभित्र उपलब्ध गराउने कानुनी व्यवस्था छ । तर अहिलेको चलन भने निवेदन सात दिन थन्क्याएर त्यसपछि फेरि सात दिनपछि मात्रै जानकारी दिने गरिएको छ, जुन नियमविपरीत हो ।’महान्यायाधिवक्ता भण्डारीले सूचनाको हक कार्यान्

    • प्रकाशित मितिः असोज ८, २०८२
    • 435 पटक पढिएको
  • मन्त्री घिसिङ र चिनियाँ राजदूतबीच भेटवार्ता

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि चीनका चेन सोङबीच बुधबार शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको भेटमा नवनियुक्त मन्त्री घिसिङलाई चिनियाँ राजदूत सोङले बधाई दिनुकासाथै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । भेटमा नेपाल–चीनबीचको सडक तथा विद्युत् प्रसारण लाइन कनेक्टिभिटी, चिनियाँ निर्माण व्यवसायीबाट ठेक्का लिएका सडक तथा विद्युत् आयोजनाको निर्माण प्रगति, ऊर्जा क्षेत्रमा सहकार्य, चिनियाँ सहायतामा सञ्चालित आयोजनाहरुको कार्यान्वयन अवस्था, चिनियाँ लगानीलगायतका

    • प्रकाशित मितिः असोज ८, २०८२
    • 349 पटक पढिएको
  • काव्य म्युजिक अवार्डमा मोतिराजको तिजगीत ‘छड्के कपाल’ उत्कृष्ट घोषित

    काठमाडौं— गीत, संगीत र साहित्यलाई एकसाथ जोड्ने उद्देश्यसहित राजधानीमा “चौथो काव्य म्युजिक अवार्ड – २०८२” सम्पन्न भयो। काव्य म्युजिक सेन्टर र दक्षिणकाली अफसेट प्रेसको आयोजनामा नेपाल चलचित्र विकास बोर्डको हलमा भएको कार्यक्रममा लोकप्रिय गायक तथा सर्जक मोतिराज खनालले आफ्नो तिजगीत “छड्के कपाल किन कोरेको” मार्फत सर्वोत्कृष्ट चाडपर्व तिजगीत अवार्ड हात पारे।उक्त गीतका निर्देशक सुरज खनाल पनि सोही गीतकै आधारमा सर्वोत्कृष्ट निर्देशक घोषित भए। मौलिक शैली र लोकप्रियताका कारण “छड्के कपाल” यसपालि विशेष चर्चा कमाउन सफल भयो।कार्यक्रममा वरिष्ठ गायक घमेश दुलालको “समुन्द्र पारी” नामक गीति–सङ्ग्रह विमोचन गरिएको थि

    • प्रकाशित मितिः असोज ८, २०८२
    • 1,869 पटक पढिएको
  • प्रसिद्ध ज्योतिष पण्डित डा अधिकारी दम्पत्तिले बाँडे चेपाङ बस्तीमा राहत

    चितवन । प्रसिद्ध ज्योतिष पण्डित एवं गीतकार तथा समाजसेवी डा. रुद्रनाथ अधिकारीले पूर्वी चितवनको विकट इच्छाकामना गाउँपालिका–२, तेर्से, मायाटारको चेपाङ बस्तीमा दसैंको अवसरमा राहत वितरण गरेका छन्। विपन्न दुई सय जना चेपाङलाई उनले चामल, चिउरा र न्यानो कपडा, ओढ्नको लागि कम्बल वितरण गरेका हुन्। पूर्वीचितवन रोटरी क्लबको समन्वयमा डा.अधिकारीकी धर्मपत्नी लक्ष्मी अधिकारीसहितको टोलीले राहत वितरण गरेको हो। लामो समयदेखि स्वदेश तथा विदेशमा ज्योतिषीय, कर्मकाण्ड, ध्यान योग र तन्त्रमा प्रसिद्धि कमाएका अधिकारीले दसैंमा दुःख, पीडा र निराशा नहोस भनेर राहत लिएर पुगेको बताए। पूर्वीचितवन रोटरी क्लबका अध्य

    • प्रकाशित मितिः असोज ८, २०८२
    • 363 पटक पढिएको
  • हेटौँडामा दशैंलक्षित सस्तो मूल्यको खाद्यान्न बजार संचालनमा

    हेटौँडा— नेपालीहरूको महान पर्व विजयादशमीलाई लक्षित गर्दै मकवानपुर उद्योग वाणिज्य संघले सुपथ तथा सस्तो मूल्यको खाद्यान्न बजार संचालनमा ल्याएको छ । हेटौँडा–२, पल्पसा सदन प्रांगणमा सुरू भएको यो बजार असोज ७ गतेदेखि ११ गतेसम्म सञ्चालन हुनेछ भने कारोबारको अवस्था हेरी थप दिन कायम राख्न सकिने आयोजकले जनाएको छ ।सुपथ मूल्य बजारको उद्घाटन जिल्ला प्रशासन कार्यालय मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले गरिन् । उनले सुपथ बजारलाले उपभोक्तालाई सहज बनाउन निजी क्षेत्रको योगदानको रूपमा व्याख्या गर्दै भनिन्, ‘यसले मूल्यवृद्धिलाई नियन्त्रण गर्ने, बजारलाई प्रतिस्पर्धी बनाउने र पारदर्शिता कायम गर

    • प्रकाशित मितिः असोज ८, २०८२
    • 525 पटक पढिएको
  • दशैँ लागेसँगै मन्थली बजारमा किनमेल गर्नेको भिड

    रामेछाप ।  नेपालीहरूको महान् चाड दशैँ नजिकिएसँगै रामेछापको मन्थली बजारमा सामान किन्ने मानिसहरूको चहलपहल बढेको छ । मन्थली बजारमा कपडा तथा उपभोग्य सामाग्री किन्ने मानिसहरूको भिड बढेको छ । अहिले मन्थली बजारका व्यवसायीहरूलाई सामान बेच्न भ्याई नभ्याई छ भने उपभोक्ताहरू पनि सामान किन्ने चटारोमा देखिन्छन् । यसैगरी काठमाडौं लगायत सहरहरूमा कामको सिलसिलामा बसेकाहरू घर फर्कने क्रम बढेसँगै बजार केन्द्रमा चाप बढेको छ । अन्य पसलहरूसँगै कपडा, जुत्ता–चप्पल र खाद्यान्न पसलहरूमा उपभोक्ताको भिड देखिन्छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष राम्रो व्यापार भएको शुभमंगल वस्त्रालयका सञ्चालक हरेराम गुप्ता बत

    • प्रकाशित मितिः असोज ८, २०८२
    • 367 पटक पढिएको
  • मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता

    जनकपुर । मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले समर्थन फिर्ता लिएको छ ।आज जनकपुरधामस्थित नेपाली कांग्रेस मधेश प्रदेशको कार्यालयमा बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिनुका साथै मन्त्रिहरुलाई पनि फिर्ता बोलाउने निर्णय गरेको संसदीय दलका नेता कृष्णा यादवले जानकारी दिए ।नेपाली कांग्रेसबाट मधेश प्रदेश सरकारमा अर्थ मन्त्री सुनिल यादव, उर्जा तथा सिचाई मन्त्री शेष नारायण यादव, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री र श्रम तथा यातायात मन्त्री कौशल किशोर राय रहेका छन् ।

    • प्रकाशित मितिः असोज ८, २०८२
    • 329 पटक पढिएको
  • आज कतिमा कारोबार भइरहेको सुनचाँदी ?

    काठमाडौं— नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । बुधबार सुन प्रतितोला एक हजार तीन सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार दुई लाख २१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको सुन आज दुई लाख २३ हजारमा कारोबार भइरहेको छ । यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । बुधबार प्रतितोला दुई हजार सात सयमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि मंगलबार प्रतितोला दुई हजार ६ सय ८० रुपैयाँमा कारोबार भएको थियो । 

    • प्रकाशित मितिः असोज ८, २०८२
    • 592 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.