समाज

    Showing 7,441-7,450 of 11,076 items.
  • दशैं–तिहारमा सहुलियत दरमा खाद्यान्न लिन उपभोक्ताको भिड

    मुगु— नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय मुगुले आउँदै गरेको दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सहुलियत दरमा चामल, तेल र चिनी बिक्री गर्न सुरु गरेको छ ।कम्पनीले जिल्लाको छायाँनाथ रारा नगरपालिका, मुगु–कार्मारोङ गाउँपालिका र खत्याड गाउँपालिकाका उपभोक्तालाई लक्षित गरी गत सोमबारदेखि गमगढीस्थित शाखा कार्यालयबाट सहुलियत दरमा खाद्यान्न वितरण गर्न थालेको हो ।सहुलियत दरमा खाद्यान्न पाइने भएपछि उपभोक्ताको भिड लागेको छ भने दैनिक लाखौं रुपैयाँको कारोबार भइरहेको छ ।शाखा कार्यालय मुगुका सूचना अधिकारी मौसम माझीँका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीको केन्द्रीय कार्यविधिअनु

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 587 पटक पढिएको
  • चाडपर्वमा गुनासो सुन्न रौतहटमा नागरिक सहायता कक्ष संचालन

    रौतहट— हिन्दुहरुको महान पर्व दशैं–तिहार तथा छठ पर्वलाई लक्षित गरेर यात्रुहरुका समस्या समाधानको लागि रौतहटमा नागरिक सहायता कक्ष संचालनमा ल्याइएको छ । जिल्ला प्रहरी कार्यलय र  ट्राफिक प्रहरी कार्यालय सयुक्त रूपमा चन्द्रनिगाहपुर , गरुडा, गौर लगायतका विभिन्न स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेको हो। चाडपर्वको समयमा यात्रुको सहज यात्रा, सम्भावित आपराधिक क्रियाकलाप नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण गर्ने उदेश्यले  नागरिक सहायता कक्ष संचालनमा ल्याइएको प्रहरीले जानकारी दिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीले चाडपर्वक

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 598 पटक पढिएको
  • बाजुरामा राँगा जुधाएर बडादशैंको भव्य स्वागत

    बाजुरा— नेपालीहरूको महान चाड बडादशैंको सुरुआत बाजुरामा अनौठो तर परम्परागत तरिकाले गरिएको छ। सदरमुकाम मार्तडीस्थित बडीमालिका नगरपालिका–८ बाउलीका स्थानीयवासीहरूले एकआपसमा राँगा जुधाउँदै दशैंको स्वागत गरेका हुन्।जहाँ अन्यत्र विजयादशमीको सुरुआत घरघरमा जमरा राखी र भगवतीको पूजाआराधनासँग हुन्छ, त्यहीँ बाजुरामा भने घटस्थापनाको अघिल्लो दिन राँगा जुधाएर चाडको आगमनलाई उत्सवमय बनाइन्छ।स्थानिय धने थापाका अनुसार, यो परम्परा वर्षौँदेखि चलिआएको हो। लेकबाट भैंसी झारिएको बेला, गाउँलेहरूबीच राँगाको शक्ति परीक्षण गर्ने उद्देश्यले यो परम्परा सञ्चालन गरिन्छ।'कसले राँगा राम्रोसँग पालेको छ, कसको राँगामा कति बल छ भन्न

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 706 पटक पढिएको
  • सुनसरी जिल्ला अदालतले दशैंमा सेवा अवरुद्ध नहुने गरी विशेष व्यवस्था

    विराटनगर—  विजया दशमी २०८२ का अवसरमा सुनसरी जिल्ला अदालत, इनरुवाले दशैं अवधिमा पनि आवश्यक न्यायिक कामकाज निरन्तर हुने गरी विशेष व्यवस्था गर्ने भएको छ । अदालतका अनुसार असोज ६ गतेदेखि असोज २० गतेसम्म नियमित कामकाज बन्द रहने भए पनि मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ बमोजिम आवश्यक कानुनी प्रक्रिया भने जारी रहनेछ ।अदालतका उप–सचिव टिकेन्द्रवीर जङ्ग राणाले पक्राउ पूर्जि जारी गर्ने, त्यसको अनुमती प्रदान गर्ने, साथै गैरकानुनी थुनामा रहेका बन्दी प्रत्यक्षीकरणजस्ता कार्य अवरुद्ध नहुने जानकारी दिए ।यस अवधिमा शनिबार, घटस्थापना, दशैंको मुख्य दिन विजयादशमी तथा कोजागत पूर्णिमाबाहेक प्रत्

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 640 पटक पढिएको
  • चार नयाँ मन्त्रीहरुको सपथ आज हुने

    काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् थप विस्तार गर्दै पाँच नयाँ मन्त्रीको नाम राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पठाएकी छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठक पछि प्रधानमन्त्री कार्कीले नयाँ मन्त्रीहरुको नाम सिफारिस गरेकी हुन् ।अनिलकुमार सिह्नालाई उद्योग वाणिज्य, आपूर्ति, कानुन तथा न्याय र भूमिसुधार मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सिफारिस गरिएको छ ।यस्तै महावीर पुनलाई शिक्षा तथा विज्ञान प्रविधि, मदनप्रसाद परियारलाई कृषि, जगदीश खरेललाई सञ्चार र संगीता मिश्रा स्वास्थ्यमन्त्रीका रूपमा सिफारिस गरिएको छ । सिफारिस भएका नयाँ मन्त्रीहरुको सपथ सोमबार (आज) हुनेछ ।

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 631 पटक पढिएको
  • जनकपुरधाम भन्सारमा १३ करोड बढीको क्षति

    जनकपुरधाम— जनकपुरधामस्थित भन्सार कार्यालयमा भएको आगजनी र तोडफोडबाट करिब १३ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ। भन्सार प्रमुख मानबहादुर पौडेलले शुक्रबार आयोजित समीक्षा बैठकमा क्षतिको विवरण प्रस्तुत गरेका हुन्।गत भदौ २४ गते जेनजी प्रदर्शनको क्रममा प्रदर्शनकारीले जनकपुर रेल्वे स्टेशन नजिक रहेको भन्सार कार्यालयमा आगजनी र तोडफोड गरेका थिए। घटनामा कार्यालयका दुई भवन, कर्मचारी आवास, दुई वटा भ्यान, लिलामीका लागि राखिएका ३१५ वटा मोटरसाइकल, एक निजी ट्रक, फर्निचर, कम्प्युटर र प्रिन्टर जलेर नष्ट भएका छन्।पौडेलका अनुसार कर्मचारी निवासमा रहेका लत्ताकपडा, महत्वपूर्ण कागजात र केही रकमसमेत लुटिएक

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 775 पटक पढिएको
  • जनता आवास कार्यक्रमबाट निर्माण गरिएका दुई सय ४८ घर हस्तान्तरण

    सुर्खेत । जनता आवास कार्यक्रममार्फत निर्माण भएका दुई सय ४८ घर निर्माण सम्पन्नगरी सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको छ ।कर्णाली प्रदेश सरकार अन्तर्गतको पूर्वाधार बिकास कार्यालयमार्फत निर्माण भएका जुम्लामा दुई सय आठ र हुम्लामा ४० घर निर्माण गरी दलित, विपन्न, लोपोन्मुख र सीमान्तकृत समूदायलाई हस्तान्तरण गरिएका हुन् ।आर्थिक बर्ष २०७५/०७६ बाट कर्णाली प्रदेश सरकारले सञ्चालन गरेको जनता आवास कार्यक्रममार्फत आर्थिक वर्ष २०८०/८१ मा ३६ र  २०८१/८२ मा ३६ विपन्न परिवारका लागि घर निर्माण गरि हस्तान्तरण गरिएको छ ।जुम्लामा हालसम्म दुई सय आठ घर निर्माण गरिएको पूर्वाधार बिकास कार्यालयका नायब सुब्बा धर्मर

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 252 पटक पढिएको
  • भैसेपाटीमा समाज डेन्टलको नयाँ शाखा

    काठमाडौं— समाज डेन्टल हस्पिटलले भैसेपाटीमा १३ औँ शाखा विस्तार गरेको छ ।२५ वर्षदेखि दन्त उपचारमा संग्लन अस्पतालले शनिबारदेखि नयाँ शाखामा सेवा सुरु गरेको हो ।अस्पतालका प्रबन्धक सविन घिमिरेले मुख स्वास्थ सम्बन्धि जनचेतना जागरण गर्न र उपचारमा सबैको पहुँच स्थापित गर्न लागीपरेको बताए ।समाज डेन्टलको शाखा नयाँ बानेश्वर,जावलाखेल ललितपुर ,राधेराधे भक्तपुर ,सनसिटि पेप्सिकोला लगायतका ठाउँमा छ ।

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 781 पटक पढिएको
  • जेनजी आन्दोलनका घाइतेहरूले बुझाए गृहमन्त्रीलाई ज्ञापन

    काठमाडौं । जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुले गृहमन्त्री ओमप्रकाश अर्याललाई ज्ञापनपत्र बुझाएका छन् ।आइतबार सिंहदरबारको दक्षिण गेटमा धर्ना दिएका उनीहरूले पछि गएर गृहमन्त्री ज्ञापनपत्र बुझाएका हुन् ।यसअघि उनीहरू प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन सिंहदरबारभित्र प्रवेश गर्न खोजेका थिए । तर सुरक्षाकर्मीले प्रवेश गर्न नदिएपछि उनीहरूले गेटमै धर्ना दिएका थिए ।

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 330 पटक पढिएको
  • मन्थली अस्पतालमा पिसाब तथा रगतको कल्चर सेवा प्रारम्भ

    रामेछाप । एन्टिबायोटिक औषधिको दुरुपयोग रोक्ने र एन्टिमाइक्रोबियल रेसिस्टेन्स नियन्त्रण गर्ने उद्देश्यसहित मन्थली अस्पतालमा पिसाब तथा रगतको कल्चर सेवा सुरु गरिएको छ ।आइतबार मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले औपचारिक रूपमा उक्त सेवाको उद्घाटन गर्दै अस्पतालको निरन्तर सेवा विस्तार भएकोमा खुसी व्यक्त गरे । ‘अस्पतालमा जनशक्ति लगायतका चुनौती भएपनि नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा दिन हामी निरन्तर प्रयत्नशील छौँ, देखिएका कमजोरीलाई सुधार गर्दै अस्पताललाई अझ सक्षम र विश्वासिलो बनाउनुपर्नेछ ।’अस्पताल प्रमुख डा. केशव धामीका अनुसार यो सेवा सुरु भएपछि सङ्क्रमणको सही पहिचान गर्न सजिलो हुने र बिरा

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 333 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.