समाज

    Showing 7,761-7,770 of 11,082 items.
  • गोली लागेर एक जना प्रदर्शनकारीको मृत्यु भएपछि अवस्था झन तनावग्रस्त

    काठमाडौं— जेनजी पुस्ताको प्रदर्शनका क्रममा निषेधित क्षेत्र बानेश्वरमा रहेको संसद भवन अगाडी प्रदर्शन हिंसात्मक बन्दै गएको छ। सो क्रममा सुरक्षाकर्मीले प्रहार गरेको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएपछि सो क्षेत्रको अवस्था अझ तनावपूर्ण बनेको हो।सरकारले स्थिति नियन्त्रणमा लिन काठमाडौं उपत्यकाका संवेदनशील क्षेत्रहरूमा कर्फ्यू आदेश जारी गरे पनि, बानेश्वरमा भने त्यसको खासै प्रभाव देखिएन । प्रदर्शनकारीहरू अझ आक्रोशित हुनुका साथै सडकबाटै सरकार विरुद्ध नाराबाजी गरेका छन् । आक्रोषित भएका उनीहरुले संंसद भवनमा लगाएको वालसमेत तोडफोड गरेका छन्।संसद भवन आसपासको क्षेत्रमा व्यापक सुरक्षा घेराबन्दी गरिएको छ।

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 625 पटक पढिएको
  • नयाँबानेश्वरमा प्रहरीले चलाएको रबरको गोली लागेर कान्तिपुर टेलिभिजनका पत्रकार श्रेष्ठ घाइते

    काठमाडौं— नयाँबानेश्वरमा भएको प्रदर्शन कभरेजका क्रममा कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठ घाइते भएका छन्। प्रदर्शनस्थलमा भिडको गतिविधि क्यामेरामा कैद गरिरहेका बेला उनलाई प्रहरीले प्रहार गरेको रबरको गोली पाखुरामा लागेको हो।घाइते श्रेष्ठलाई तत्काल सिभिल अस्पतालमा उपचार भइरहेको कान्तिपुर टेलिभिजनका नायव समाचार प्रमुख रुपेश श्रेष्ठले बताएका छन् । नायव समाचार प्रमुख श्रेष्ठका अनुसार प्रदर्शन कभर गर्न गएका पत्रकारमाथि भएको घटनाले मिडिया सुरक्षा सम्बन्धी चिन्ता थपिएको छ।माइतीघर मण्डलाबाट सुरु भएको जेनजीको प्रदर्शन बिस्तारै आक्रोशित हुँदै संसद भवनसम्म पुगेको थियो। भिड नियन्त्रणमा लिन प्रहरीले प

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 517 पटक पढिएको
  • रबरको गोली लाग्दा फोटो पत्रकार ढुंगाना र कार्की घाइते

    काठमाडौं— नयाँ बानेश्वरमा जारी विरोध प्रदर्शनको समाचार संकलनका क्रममा फोटो पत्रकार पत्रकारद्वय दिपेन्द्र ढुंगाना र उमेश कार्की रबरको गोली लागेर घाइते भएका छन्।नयाँ पत्रिकाका ढुंगाना र नेपाल प्रेसका कार्की प्रदर्शनको दृश्य कैद गर्ने क्रममा सुरक्षाकर्मीले चलाएको रबरको गोली लागेको हो।गोली लागेका उनीहरुको उपचारका लागि तत्काल सिभिल अस्पताल लगिएको छ।

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 433 पटक पढिएको
  • वीरगन्जमा जेन–जीको प्रदर्शन, परिवर्तन ल्याएरै छाड्ने दावी

    वीरगन्ज— जेनजी पुस्ताले आज वीरगन्जको घण्टाघरमा भव्य प्रदर्शन गरी भ्रष्टाचारविरुद्ध आवाज उठाएका छन् ।करिब दुई सयको संख्यामा आएका प्रदर्शनकारीहरूले घण्टाघरबाट सुरुआत गरी नगरपरिक्रमा गरेका थिए र पुनः घण्टाघरमै पुगेर कोण सभा सम्पन्न गरेका हुन् ।कोण सभामा वक्ताहरूले सामाजिक सञ्जाललाई प्रभावकारी ढङ्गले सञ्चालन गर्नुपर्ने, देशमा मौलाइरहेको भ्रष्टाचार अन्त्य गर्न राज्यले पहल गर्नुपर्ने र युवापुस्तालाई नेतृत्वमा अघि ल्याउनुपर्ने माग राखे ।  सहभागीहरूले आन्दोलन तबसम्म जारी रहने र परिवर्तन ल्याएरै शिथिल हुने चेतावनीसमेत दिएका थिए ।आन्दोलनलाई लक्षित गर्दै पर्सा प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको थि

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 515 पटक पढिएको
  • जेनजीको प्रदर्शनमा प्रहरीले गोली चलाउदा चार जना घाइते

    काठमाडौं— भ्रष्टाचारविरुद्ध जागृत हुँदै गएको जेन–जी पुस्ताको आन्दोलन शनिबार झडपमा परिणत भएको छ। निषेधित क्षेत्र तोड्दै संसद भवनतर्फ अगाडि बढेका प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले रबरको गोली प्रहार गर्दा चार जना घाइते भएका छन्।घाइतेमध्ये एक जना कान्तिपुर दैनिकका पत्रकार रहेका छन् भने बाँकी तीन जना विद्यार्थी हुन्। उनीहरुको सिभिल अस्पलातमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । आन्दोलनकारीहरू संसदभित्र छिर्ने प्रयासमा रहेकाले सुरक्षा निकायले बल प्रयोग गरेको जनाइएको छ।झडपपछि नयाँ बानेश्वर क्षेत्र पूर्ण रूपमा तनावग्रस्त बनेको छ। स्थिति नियन्त्रणबाहिर जान सक्ने भन्दै जिल्ला प

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 754 पटक पढिएको
  • संसदीय सुनुवाइ समितिका सभापति खतिवडाले लिए शपथ

    काठमाडौं— संसदीय सुनुवाइ समितिका नवनिर्वाचित सभापति रामहरि खतिवडालाई पद तथा गोपनीयताको शपथ लिएका छन् ।सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरे समक्ष सभापति खतिवडाले शपथ लिएका हुन् ।यही भदौ २० गते शुक्रबार भएको निर्वाचनमा सभापति खतिवडा निर्विरोध चयन भएका थिए । त्यस अवसरमा सभामुख घिमिरेले सभापति खतिवडालाई खादाले सम्मान गरेका थिए ।कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख इन्दिरा राना, राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे, एमालेका मुख्य सचेतक र नेपाली कांग्रेसका प्रमुख सचेतक, संसदीय समितिका सभापति र सांसदहरू उपस्थित थिए । 

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 353 पटक पढिएको
  • इटहरीमा जेनजीको प्रर्दशन यस्तो देखियो

    इटहरी— सोमबार काठमाडौंको माइतीघरसहित देशैभरका विभिन्न स्थानमा जेनजी पुस्ताले प्रदर्शन गरेका छन् ।जसअन्तरगत सोमबार बिहान १० बजेदेखि नै भेला भएका जेनजी पुस्ताले कोशी प्रदेशको इटहरीमा पनि र्याली निकालेका छन् । उनीहरूले सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार र नातावादविरुद्ध प्रदर्शन गरेका छन् । 

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 523 पटक पढिएको
  • काठमाडौंको बानेश्वर क्षेत्रमा आज कर्फ्यू आदेश लागू

    काठमाडौं— काठमाडौं महानगरपालिका अन्तर्गतको बानेश्वर क्षेत्रका केही भागमा आज कर्फ्यू आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी छविलाल रिजालद्वारा जारी आदेशअनुसार आज अपरान्ह १२ः३० बजेदेखि राति १०ः०० बजेसम्मका लागि कर्फ्यू लागु हुनेछ।स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (१) बमोजिम जारी गरिएको उक्त आदेश अनुसार तोकिएको क्षेत्रभित्र मानिसको आवतजावत, कुनै पनि प्रकारको सभा, जुलुस, प्रदर्शन, घेराउ, भेला वा बैठक गर्न पूर्ण निषेध गरिएको छ।कर्फ्यू लागु क्षेत्रहरू यसप्रकार छन्ःबानेश्वर चोकदेखि पश्चिमतर्फ एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म,बानेश्वर चोकदेखि पूर्वतर्फ मिनभवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म,ब

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 507 पटक पढिएको
  • संसद भवन अगाडि पुगेर जेनजीले गर्दै गरेको प्रदर्शनमा प्रहरीको अश्रुग्याँस

    काठमाडौं— सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजीले नेतृत्व गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । निषेधाज्ञा तोडेर नयाँबानेश्वरको संसद भवनतर्फ बढ्न खोजेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको हो ।माइतीघरबाट अगाडि बढेको प्रदर्शनलाई प्रहरीको ब्यारिकेड तोड्दै नयाँबानेश्वरसम्म पुगेको हो ।तिनकुनेतर्फबाट अघि बढेको टोली संसद भवनको गेट अगाडि नै पुगेको छ। माइतीघरबाट अघि बढेका प्रदर्शनकारी पनि संसद भवन अगाडि पुगेका छन् ।

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 710 पटक पढिएको
  • माइतीघर–बानेश्वर सडकमा जेन–जी पुस्ताको प्रदर्शन

    काठमाडौं— भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध विरुद्ध जेन–जी पुस्ताका युवाहरु सडकमा आएका छन् । भ्रष्टाचार, नातावाद र कृपावादका कारण युवाको पलायनलगायतका कारण देखाउँदै जेनजी पुस्ताले विरोध थालेका हुन् । अहिले माइतीघरमा उपस्थित हुँदै जेन जी पुस्ताका युवाहरुले प्रदर्शन गरिरहेका छन् । जेनजीको प्रदर्शनलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको छ। उनीहरूले केपी तेरो पाराले दुख पायो साराले, नालायक सरकार मुर्दावाद , केपी चोर देश छोड जस्ता नाराहरु लगाईरहेका छन् । 

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 446 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.