समाज

    Showing 7,881-7,890 of 11,082 items.
  • उखु किसानको अनुदान कटौती नगर्न सरकारलाई सांसद् चौधरीले गराए सचेत

    काठमाडौं— पश्चिम नवलपरासी क्षेत्र नं १ बाट निर्वाचित सांसद् विनोद चौधरीले उखु किसानलाई दिइँदै आएको अनुदान कटौती नगर्न सरकारलाई सचेत गराएका छन् ।सांसद् चौधरीले बुधबार प्रतिनिधिसभाको सून्य समयमा बोल्दै उखु किसानको अधिकार र उचित मूल्य सुनिश्चित गर्न सरकारसँग जोडदार माग गरेका हुन् । सरकारले उखु किसानलाई उपलब्ध गराउँदै आएको अनुदान प्रति क्विन्टल ७० रुपैयाँलाई आधाले कटौती गरेपछि उखु किसान सरकार विरुद्ध आन्दोलित छन् ।उखु किसानको बाहुल्य रहेको पश्चिम नवलपरासीबाट निर्वाचित सांसद चौधरीले सरकारको उक्त कदमको विरोध गर्दै आफुलाई उखु किसानको पक्षमा दृढतापुर्वक उभ्याएका छन् । सांसद चौधरीले सरकारले दिदै आएको अ

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • 624 पटक पढिएको
  • इम्बोस्ड नम्बर प्लेटको अनिवार्यतामा सांसद नेम्वाङको आपत्ति, निर्णय फिर्ता लिन माग

    काठमाडौं— सत्तारुढ दल नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्ने सरकारको निर्णय फिर्ता गर्न माग गरेका छन् ।बुधबार प्रतिनिधिसभाको बैठकमा उनले जनतालाई थप सास्ती, हैरानी र झन्झटमात्र बढाएको भन्दै इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्ने सरकारको निर्णयमा आपत्ति जनाएका हुन् ।सांसद नेम्वाङले आवश्यक पूर्वाधार प्रविधि र जनचेतना सुनिश्चित गरेपछि मात्र चरणबद्ध रूपमा अगाडि बढाउन माग गरे ।उनले गाडी किन्नासाथ उच्च कर, हरेक वर्ष अनिवार्य बिमा, सडक कर तिर्न लामो लाइन र लाइसेन्स बनाउन फारम, परीक्षा र लामो प्रतीक्षा झेलेका जनताले इम्बोस्ड नम्बर प्लेटको कार्यान्वयनले थप सास्ती,

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • 561 पटक पढिएको
  • नेपालको पर्यटन उद्योगमा नयाँ आयामः दुसित थानी हिमालयन रिसोर्टले आईपीओ जारी गर्दै

    काठमाडौं— नेपालको पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यका साथ सञ्चालित दुसित थानी हिमालयन रिसोर्टले सर्वसाधारणका लागि आफ्नो प्राथमिक सेयर (आईपीओ) जारी गर्ने तयारी गरेको छ। आईपीओ निष्कासन र बिक्री प्रबन्धकको जिम्मेवारी सिटिजन्स क्यापिटल लिमिटेडले पाएको छ।आज भएको एक समारोहमा दुवै कम्पनीबीच यो महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौतामा ओमस्टोन होटेल्स लिमिटेड (दुसित थानी हिमालयन रिसोर्ट) का प्रबन्ध निर्देशक रमेश कुमार हमाल र सिटिजन्स क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन।सन् २०२३ को चौथो त्रैमासिकबाट सञ्चालनमा आएको यो रिसोर्ट काभ्रेपल

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • 732 पटक पढिएको
  • जुम्लाबाट स्याउ ल्याएको गाडीलाई कतै पनि चेक नगर्न सांसद शाहीको आग्रह

    काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले जुम्लादेखि आउने बाटो चार दिनदेखि बन्द हुदाँ पनि सरकारको ध्यान नगएको बताएका छन्।बुधबार प्रतिनिधि सभाको बैठकमा उनले चार दिनदेखि बन्द जुम्लादेखि आउने बाटोमा सडक डिभिजन कार्यालय जुम्लाको एउटा डोजरले लगेर काम गरेको भन्दै सडक डिभिजन कार्यालय सुर्खेत र जुम्लालाई सडक खुलाउने उपकरण राख्न संसदबाट अपिल गरेका छन्।उनले भने, ‘जुम्लादेखि आउने बाटो चार दिनदेखि बन्द छ । सडक डिभिजन कार्यालय जुम्लाको एउटा डोजरले कोदोमा कुटो हाने जसरी त्यो सडक हानेको छ । त्यो सडक खोल्न गाह्रो भएको छ, बल्ल बल्ल खोलीएको थियो फेरि राती पहिरो आयो, त्यसकारण एउटा मात्र ब

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • 548 पटक पढिएको
  • दमौलीमा स्कुटर ठोक्किँदा एकजनाको मृत्यु, एक घाइते

    दमौली— पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पु बजारमा गए राति दुई स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छभने अन्य एक जना घाइते भएका छन्।पोखराबाट दमौलीतर्फ आइरहेको स्कुटर र विपरीत दिशाबाट आइरहेको स्कुटर एकापसमा ठोक्किँदा म्याग्दे गाउँपालिका–७ का ३२ वर्षीय विजय थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक आशिष विश्वकर्मालेजानकारी दिए ।। गम्भीर घाइते थापाको उपचारका क्रममा दमौलीस्थित प्रदेश अस्पतालमा मृत्यु भएको हो। दुर्घटनामा अर्को स्कुटर चालक पोखरा महानगरपालिका–१७ का १९ वर्षीय प्रविण क्षेत्री घाइते भएका छन्। निजलाई उपचारार्थ पोखरा पठाइएको छ।

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • 639 पटक पढिएको
  • नेपाली भाषामै इम्बोस्ड नम्बर प्लेट राख्ने व्यवस्था गर्न आयोगको आग्रह

    काठमाडौं— भाषा आयोगले सवारी साधनमा जडान हुने विद्युतीय सङ्केत (इम्बोस्ड नम्बर प्लेट) नेपाली भाषामा नै हुनुपर्नेमा जोड दिएको छ । सरकारी कामकाजको भाषा नेपाली भाषा नै हुने  व्यवस्था नेपालको संविधानको धारा ७ को उपधारा १ मा रहेको स्पष्ट पार्दै आयोगले सवारी साधनको नम्बर प्लेट अग्रेजी भाषामा हुने व्यवस्थाप्रति आपत्ति जनाएको  ।संविधानले नचिनेको भाषा र लिपीमा नभई नेपाली भाषामा नै इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको फैसलाको समेत आयोगले जानकारी गराएको छ ।सर्वोच्च अदालतले २०८१ असार ९ मा गरेको नेपाली भाषाको वर्णविन्याससम्बन्धी फैसलामा नेपालको संविधानको धारा ७ को

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • 791 पटक पढिएको
  • आईजीपी थापा आज अवकास हुँदै

    काठमाडौं— नेपाल प्रहरीका ३१औँ आईजीपी दीपक थापासँगै आज दुई एआईजी पनि अवकास हुँदैछन् ।२०८१ चैत ४ गते आईजीपी नियुक्त थापा प्रहरी सेवामा प्रवेश गरेको ३० वर्षे अवधी पूरा गरी आज अवकास हुन लागेका हुन् । थापाले आईजीपीका रुपमा ६ महिनाभन्दा केही दिन बढी जिम्मेवारी सम्हालेका छन् ।अवकासप्राप्त आईजीपी थापालाई आज गृह मन्त्रालयले बिदाइ गर्ने कार्यक्रम छ । गृह सचिव गोकर्णमणि दुवाडीले उनलाई बिदाइ गर्ने कार्यक्रम तय भएको हो । गृह सचिव दुवाडीले नै ६ महिनाअघि थापालाई आईजीपीको दज्र्यानी चिह्न लगाइदिएका थिए ।आईजीपी थापासँगै आज एआईजी टेकबहादुर तामाङ र सुदीप गिरी पनि ३० वर्षे सेवाअवधी पूरा गरी अवकास हुँदैछन् । उनीहरु

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • 659 पटक पढिएको
  • सुनको मुल्य प्रतितोला २ लाख ७ हजार ९ सय पुग्यो

    काठमाडौं— नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला दुई हजारले बढेको छ ।आज सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेर प्रतितोला दुई लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ५ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला दुई हजार ४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • 590 पटक पढिएको
  • गोंगबुबाट सुन र नगदसहित पक्राउ परेका श्रेष्ठलाई राजस्वमा पठाउने प्रहरीको निर्णय

    काठमाडौं— काठमाडौं महानगरपालिका–२६ गोंगबुस्थित टाउन प्लानिङबाट सुन र नगदसहित पक्राउ परेका विनोद श्रेष्ठलाई प्रहरीले राजस्वमा बुझाउने निर्णय गरेको छ । छापा मारेर श्रेष्ठको घरबाट ४ करोड २५ लाख ५० हजार नगद र ९ केजी ८३७ ग्राम सुनका गहना प्रहरीले बरामद गरेको थियो । गोरखा नगरपालिका वडा नम्बर–६ घर भइ गोंगबु बस्दै आएका श्रेष्ठमाथि थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाउने निर्णय भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले जानकारी दिए । श्रेष्ठको घरमा चामलको बोरामा लुकाएर राखेको नगद र सुनका गहना भेटिएको प्रहरीको भनाइ छ। ७६ वर्षीय श्रेष्ठले छोराहरूको ‘एडिबी’ नामको

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • 765 पटक पढिएको
  • काभ्रे मालपोत कार्यालयमा अख्तियारको छापा, कर्मचारी नगदसहित नियन्त्रणमा

    काभ्रे— मालपोत कार्यालय काभ्रेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार छापा मारेको छ। टंगालस्थित अख्तियारको टोलीले कार्यालयमा विशेष अनुगमन गर्दै छापा हानेको हो।छानबिनका क्रममा मुद्दा फाटका कर्मचारी ज्ञानेन्द्र भण्डारीलाई २ लाख रुपैयाँ नगदसहित नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।प्राप्त सूचना र अनुसन्धानको आधारमा छापा मारिएको जनाउँदै आयोगले अनुसन्धानलाई अगाडि बढाइएको जनाएको छ।

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • 639 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.