समाज

    Showing 8,381-8,390 of 11,082 items.
  • विद्युतीय धरापमा परेर किसान र गैँडा मारिए

     चितवन –  मकवानपुरको मनहरी गाउँपालिका–६ र चितवनको माडी नगरपालिका–२ भैरवपुरमा वन्यजन्तु मार्नका लागि थापिएका विद्युतीय धरापमा परेर एकै दिन एउटामा मान्छे र अर्कोमा गैंडा मारियो ।हिजो बुधबार मनहरी गाउँपालिका–६ को जोगितालको धानखेतमा आफैंले राखेको विद्युतीय धरापमा परेर राप्ती नगरपालिका–१ चितवन बसोबास गर्ने ३४ वर्षीय लालबाबु मुक्तानको ज्यान गयो ।बिजुलीको पोलबाट हुक गरेर जोडिएको धरापमा पर्दा उनको मृत्यु भएको मनहरी गाउँपालिका–६ का वडाध्यक्ष युवराज थपलियाले पुष्टि गरे ।खेतमा विद्युतीय धराप थापेको बिर्सिएर धान गोड्न खेतको आलीबाट हिँडिरहेका मुक्तानले पानीमा टेक्ने बित्तिकै करेन्ट लागेको थियो ।आ

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 515 पटक पढिएको
  • नेपालीलाई भारतमा लगेर मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

    काठमाडौं— नेपाली युवालाई भारतमा लगेर मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ परेका छन् । मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले काठमाडौं र काभ्रेबाट २२ जनालाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानमा गिरोहले पछिल्लो एक वर्षमा मात्रै कम्तीमा ५० जनालाई भारतका दिल्ली र नोयडा पुर्‍याएर मिर्गौला निकालेको खुलेको छ ।संगठित मिर्गौला निकाल्ने गिरोहले प्रतिव्यक्ति ५ देखि ७ लाखसम्म रकम दिएर नेपाली युवालाई भारत पुर्‍याएर मिर्गौला निकाल्ने गरेको जानकारीमा आएको ब्युरो प्रमुख एसएसपी कृष्ण पंगेनीले बताए ।

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 816 पटक पढिएको
  • बढ्दै मुटु, क्यान्सर र श्वासप्रश्वास सम्बन्धी रोगका बिरामी

    काठमाडौं— नेपालमा नसर्ने मुटु, क्यान्सर र श्वासप्रश्वास सम्बन्धी रोग धेरै देखिने गरेको छ ।नसर्ने रोगबारे काम गरिरहेको संस्था नेपाल एनसिडी एलाइन्सका डा मनिता प्याकुरेलले नेपालमा नसर्ने रोग बढ्दै गएको बताइन् । तीमध्ये मुटु, क्यान्सर र श्वासप्रश्वास सम्बन्धी रोग धेरै देखिने गरेको उनको भनाइ छ ।प्रमुख नसर्ने रोगमा मुटु रोग ३० प्रतिशत, क्यान्सर नौ प्रतिशत र दीर्घकालीन श्वासप्रश्वास सम्बन्धी रोग १० प्रतिशत रोग लाग्ने गरेको उनले बताइन् ।नेपालमा आजभन्दा १५ वर्ष अघि अर्थात् सन् २०१० मा कुल मृत्युमध्ये ५१ प्रतिशत नसर्ने रोगबाट हुने गर्दथ्यो । सन् २०१४ मा मृत्युको सङ्ख्या बढेर ६० प्रतिशत पुगेको र सन् २०१६

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 729 पटक पढिएको
  • बागमती प्रदेशभर आइतबार सार्वजनिक बिदा

    काठमाडौं— बागमती प्रदेशभर आइतबार सार्वजनिक बिदा हुने भएको छ । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै गाईजात्राको अवसरमा उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।बागमती विशेषगरी उपत्यकामा गाईजात्रा मनाउने चलन रहिआएको छ ।

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 537 पटक पढिएको
  • सर्लाहीमा दुई समुह बीच झडप हुँदा तीन जना घाइते

    सर्लाही— सर्लाहीको बलरामा छुरा प्रहारबाट तीन जना घाइते भएका छन् । घाइते हुनेमा सोही वडाका २५ वर्षीय धर्मवीर सहनी, १८ वर्षीय दशरथ सहनी र २५ वर्षीय अमित मण्डल रहेका छन् ।बलरा नगरपालिका–१ मा दुई समूहबीच मदिरा सेवनका क्रममा विवाद हुँदा झडप भएको हो । झडपको क्रममा एक समूहले अर्को समूहलाई छुरा प्रहार गर्दा तीन जना घाइते भएका छन् ।धर्मवीरको पेटमा, दशरथको घाँटीमा र अमितको दाहिने हातमा  चोट लागेको प्रहरीले जनाएको छ । घाइते तीनै जनालाई उपचारका लागि बलरास्थित धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।उनीहरूमाथि छुरा प्रहार गर्ने व्यक्तिहरू फरार रहेको र उनीहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।प्र

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 713 पटक पढिएको
  • रविलाई भेटेपछि अध्यक्ष भट्टराईले भने : ‘जनप्रतिनिधिलाई थुनामा राख्दा जनतालाई अन्याय हुन्छ’

    काठमाडौं –  नेपाल समाजवादी पार्टी(नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले राष्ट्रिय स्ततन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेटेका छन् ।बिहीबार भट्टराईले  भैरहवा कारागार पुगेर लामिछानेलाई भेटेका हुन् ।भेटेपछि उनले सञ्चारकर्मीहरुसँगको कुराकानीमा एउटा राजनीतिक जनताको प्रतिनिधि भएको मान्छे भागेर पनि सुख पाउँदैन् भन्ने कुराको अनुमान गरेर पनि जमानतमा बाहिर रहेर मुद्दा फेस गर्ने व्यवस्था गर्नुपर्नेे धारणा राखे । उनले भने, ‘उहाँमाथि त अन्तिम फैसला भइसकेको छैन । उहाँ न्यायिक हिरासतमा हुनुहुन्छ । कोही मान्छे भाग्छ अथवा थप अपराध गर्छ भन्ने लाग्दा न्यायिक हिरासतमा राख्ने हो । तर एउटा

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 557 पटक पढिएको
  • देउवालाई सिधै प्रधानमन्त्री बनाउने बाटो बन्द

    काठमाडौं –  नेपाली कांग्रेस र नेकपा एमालेबीचको सात बुँदे सहमति सरल रेखामै कार्यान्वयन भए त ठिकै छ । तर एमाले अध्यक्ष केपी शर्मा ओलीको मुड बदलियो र उनले सहमतिअनुसारै कांग्रेस सभापति शेरबहादुर देउवालाई शक्ति हस्तान्तरण गर्न चाहेनन् भने राष्ट्रपति रामचन्द्र पौडेलले पनि केवल रामराम मात्र भन्नुपर्ने अवस्थाको सिर्जना सर्वोच्च अदालतले गरिदिएको छ । किनभने सर्वोच्च अदालतको संवैधानिक इजलासले एउटा यस्तो फैसला सार्वजनिक गरिदिएको छ कि जसले राष्ट्रपतिका हात बाँधिदिएको छ भने ओलीले सत्ताको साँचो नबुझाए पनि प्रधानमन्त्री बन्न पाउने देउवाको कार्ड पनि खोसिदिएको छ ।गत वर्षको साउनमै गरेको फैसलाको लिखित प

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 513 पटक पढिएको
  • बौद्धमा युवकमाथि खुकुरी प्रहार, दुई जना पक्राउ

    काठमाडौं— काठमाडौंको बौद्धमा एक युवकमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटाको भेडेटार घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७ बस्ने २० वर्षीय आशिष राई तथा मोरङको उर्लाबारी नगरपालिका–१ घर हाल गोकर्णेश्वर–५ जोरपाटी बस्ने १८ वर्षीय शंस्कार मगर रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक कुलदीप चन्दले जानकारी दिए।उहाँले भन्नुभयो, “यही साउन १८ गते राति गोकर्णेश्वर–६ नारायणटार लामा पेट्रोल पम्प नजिक मकवानपुर घर भई गोकर्णेश्वर–४ गोकर्ण नाम्गेल  बस्ने २७ वर्षीय सुरेन्द्र थोकरलाई धारिलो खुकुरी प्रहार गरी घाइते बनाएको आरो

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 662 पटक पढिएको
  • ललितपुरमा केटा साथीको घरमा गएकी किशोरीको मृत्यु

    ललितपुर— ललितपुरको महालक्ष्मी नगरपालिका–३ स्थित केटा साथीको घरमा गएकी एक १८ वर्षीया किशोरीको मृत्यु भएको छ। किशोरी बुधबार दिउँसो केटाको घर गएकी जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। उनका घर भएकी किशोरी अचानक बेहोस भएकी थिइन्। तत्कालै उनलाई उपचारका लागि ग्वार्कोस्थित किष्ट अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार मृतक किशोरी र घरधनी युवकबीच प्रेम सम्बन्ध रहेको आशंका गरिएको छ। दुवै जना १८ वर्षकै रहेका छन्।मृत्युको कारणबारे यकिन जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ। यसबारे थप अनुसन्धान अघि बढाइएको छ। मृतक किशोरीको शव पोस्टमार्टमको लागि पठ

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 623 पटक पढिएको
  • टिकटकले पत्ता लगायो दोस्रो बिहे, प्रहरी हवल्दारले श्रीमतीलाई दिन्थे हत्याको धम्की

    काठमाडौं  –  रामेछाप लिखु तामाकोशीकी सावित्रा बस्नेतले टिकटक हेर्ने क्रममा एक पुरुषले एक महिलालाई सिन्दुर हालिरहेको भिडियो देखेपछि झसङ्ग भइन्। भिडियोमा देखिएका पुरुष उनको श्रीमान् भरत बस्नेत थिए।श्रीमान् नेपाल प्रहरीका हवल्दार। उनी जिल्ला प्रहरी परिसर भक्तपुरमा कार्यरत थिए। नातेदारहरूले भरतले अर्को विवाह गरेको सुनाए पनि उनले पत्याएकी थिइनन्। तर, टिकटकमा सिन्दुर हालिरहेको भिडियो नै देखेपछि भने उनले जिल्ला प्रहरी कार्यालय भक्तपुरमा दुवै जनाविरुद्ध बहुविवाहको जाहेरी दिइन्।बहुविवाहको जाहेरी परेपछि भरत १७ दिनदेखि फरार रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी ढुण्डिराज न्यौपानेले

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 543 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.