समाज

    Showing 8,441-8,450 of 10,061 items.
  • सहरी विकास मन्त्रालयको लज्जास्पद प्रगति : आठ महिनामा आठ किलोमिटर सडक निर्माण

    काठमाडौं— सहरी विकास मन्त्रालयअन्तर्गतको पुल र सडक निर्माणको अवस्था हेर्ने हो भने लज्जास्पद अवस्था देखिएको छ । चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा सो मन्त्रालयले ग्रामीण कालोपत्रे सडक निर्माण गर्ने लिएको लक्ष्यमा जम्मा ८ प्रतिशत मात्रै प्रगति देखिएको छ । चालु आर्थिक वर्ष २०८१र८२ मा सहरी विकास मन्त्रालयले १०० किलोमिटर ग्रामीण कालोपत्रे सडक निर्माण हुने लक्ष्य लिएको थियो । तर फागुन  मसान्तसम्म (८ महिनामा) ८.६ किलोमिटर मात्रै सडक निर्माण गरेको छ । झापा, रोल्पा र पर्वत गरी ३  जिल्लाहरूमा  जम्मा ८.६  किमि निर्माण भएको मन्त्रालयले जनाएको छ । त्यसैगरी जम्मा ३०

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 321 पटक पढिएको
  • दूध उत्पादनको अनुदान रकम सिधै किसानको खातामा

    काठमाडौं— ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा दुध उत्पादन वापतको अनुदान रकम सिधै किसानको खातामा भुक्तानी हुने व्यवस्था मिलाइएको गाउँपालिकाले जानकारी दिएको छ । प्रोत्साहन वापतको रकम सिधै किसानको खातामा भुक्तानी हुने व्यवस्था मिलाइएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद दुलालले जानकारी दिए। वागमती प्रदेश सरकारको हस्तान्तरित कार्यक्रम अन्तर्गतको बजेटबाट पालिकाभित्रका दूध उत्पादक किसानहरुलाई उत्पादनमा अनुदान प्रोत्साहन रकम वितरण गर्न हरेक दुग्ध उत्पादक किसानहरुको दुग्ध पदार्थ विक्रीको विवरण पेश गर्न सूचना जारी गर्दै १०० लिटरभन्दा बढी दुग्ध संकलन तथा विक्री गर्ने सँस्थाहरुलाई निवेदन पे

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 389 पटक पढिएको
  • भत्केको संरचनामा गरिने खोज तथा उद्दार अनुशिक्षण तालिम सम्पन्न

    काठमाडौं— कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तत्वावधानमा संचालनमा रहेको ७ कार्य दिनको “भत्केको संरचनामा गरिने खोज तथा उद्दार अनुशिक्षण तालिम प्रथम समुहको समापन भएको छ । फागुन २५ गतेबाट संचालन भएको उक्त तालिम चैत्र ४  गते कोशी प्रदेश प्रहरी कार्यालयको सभाहलमा कोशी प्रदेश प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख भीम बहादुर दहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । समापन कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रमुख अतिथि दहालले प्रहरी कर्मचारीहरूलाई खोज तथा उद्दार सम्बन्धि तालिम दिई उद्दार कार्यलाई थप प्रभावकारी बनाउन अनुशिक्षण तालिम दिईएको बताए। मानव जीवनमा आईपर्ने कठोरतम् विपत्तिको उद

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 485 पटक पढिएको
  • २५ करोड नगदसहित एकजना पक्राउ, कहाँबाट आयो यत्रो पैसा

    काठमाडौं— प्रहरीले करिब २५ करोड नगदसहित दुईजनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले काठमाडौंबाट एक जनालाई पक्राउ गरेको हो । नेपाली रुपैयाँ, अमेरिकी डलर र युरोसहित एकजनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जानकारी दिए ।  अवैध रकमसहित पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ३९ वर्षीय कुसान लामा रहेको प्रहरीले जनाएको छ ।अनुसन्धान अधिकृतहरूले रकम यकिन गर्न गन्ने काम गरिरहेका छन् ।काठमाडौंको झोर महाकाल क्षेत्रबाट ना.१ ख १६५२ नम्बरको ट्रकबाट सो रकम बरामद गरिएको छ । ट्रक चालक सहित दुईजना पक्राउ परेका छन् ।

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 1,261 पटक पढिएको
  • प्रहरीमा जागिर लगाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ

     काठमाडौं— सर्लाहीको हरिपूर्वाका एक युवकलाई प्रहरीमा जागिर लगाइ दिने भन्दै ठगी गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–१७, रानिगन्जकी ३२ वर्षीया लक्ष्मीकुमारी महतो रहेकी छन्। महतोले हरिपूर्वा नगरपालिका–५, का २१ वर्षीय जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी सरोज राईका अनुसार शिवमकुमार यादवलाई प्रहरीमा जागिर लगाइ दिने भन्दै पटक–पटक गरी दुई लाख ७५ हजार रुपियाँ ठगी गरेको प्रमाण फेला परेको थियो। सार्वजनिक मुद्दामा धनुषा प्रहरीको नियन्त्रणमा रहेकी लक्ष्मीकुमारीलाई त्यहाँबाट हिरासतमुक्त भएपछि सर्लाही ल्याइएको हो। धनुषामा अदालतको आदेश अनुसार धरौटी रकम बुझाउन

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 390 पटक पढिएको
  • इराक पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा एक जना पक्राउ

    काठमाडौं— घरेलु काममा आकर्षक तलबको प्रलोभन देखाई इराक पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  नुवाकोट तारकेश्वर गाउँपालिका–५ घर भएका ३४ वर्षीय हिरा तामाङलाई पक्राउ गरेको हो ।उनलाई मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । हिरा तामाङ समेतले इराकमा घरेलु काममा आकर्षक तलबको प्रलोभन देखाई दुबई हुँदै इराकमा पुर्‍याई विभिन्न व्यक्तिहरूको घरमा पठाई चरम श्रम शोषण गरी शारीरिक यातना समेत दिई बन्धक बनाएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।उनी उपर मानव बेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनु

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 404 पटक पढिएको
  • विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ

    काठमाडौं— बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा रसुवाको गोसाइकुण्ड गाउँपालिका नगरपालिका–३ का ४६ वर्षीय बिर्ख तामाङ र बाजुरा बूढीनन्दा नगरपालिका–६ का २८ वर्षीय दीपेश राउत छन् ।उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । राउतले क्यानडा पठाउने भन्दै एक जनाबाट चार लाख र तामाङले माल्टा पठाउने भन्दै एक जनाबाट १२ लाख रुपैयाँ ठगी गरेको आरोप छ ।पक्राउ परेका दुवै जनालाई कारबाहीका लागि वैदेशिक रोजगार विभागको कार्यालय ताहचल पठाइएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 386 पटक पढिएको
  • चोकको नाम राख्ने विषयमा विवाद हुँदा प्रहरीले चलायो गोली, एक जना घाइते

    काठमाडौं— धनुषाको सबैला नगरपालिकामा सोमबार चोकको नाम राख्ने विषयमा विवाद हुँदा प्रहरीले एक राउण्ड गोली चलाएको छ । नगरपालिका–९ भठिहनस्थित चोकको नाम राख्ने विषयमा दुई समूहबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर एकजना घाइते भएका छन् ।  भीड नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर सबैला नगरपालिकाका सन्तोष यादव घाइते भएको धनुषा प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहले बताए ।कम्मरमुनी गोली लागेका घाइते यादवको अवस्था गम्भीर रहेको मधेस प्रदेश प्रहरी प्रवक्ता शान्तिराज कोइरालाले जानकारी दिए । चोकको नामाकरणका विषयमा भएको विवादले उग्ररुप लिएपछि भीड नियन्त्रणमा लिन गोली चलाएको प्रहरीले

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 462 पटक पढिएको
  • मुख्यमन्त्री कार्यालय अगाडि कर्मचारीहरुले दिए धर्ना

    काठमाडौं— सुदूरपश्चिम प्रदेश सरकारले ल्याउन लागेको प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन ऐन तत्काल जारी गर्नुपर्ने माग गर्दै स्थानीय तहका कर्मचारीले मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिएका छन् ।उनीहरूले सोमबारदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मूल गेटमा धर्ना सुरू गरेका छन् । कर्मचारीहरूले स्थानीय तह कर्मचारी संघर्ष समिति नै बनाएर आन्दोलन गरिरहेका छन् ।फागु पूर्णिमा पर्व (होली) को सार्वजनिक बिदाका बेला आन्दोलन रोकेका उनीहरूले सोमबारदेखि फेरि आन्दोलन थालेका हुन् ।‘सुदूरपश्चिम प्रदेश स्थानीय तहको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धीमा व्यवस्था गर्न बनेको विधेयक– २०८१’ तत्काल जारी हुनुप

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 424 पटक पढिएको
  • ८ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा पक्राउ

    काठमाडौं— बाँकेमा ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । बैजनाथ गाउँपालिका—८ पिपिरी बस्ने २५ वर्षीय निम बहादुर बिकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । बिकले ती बालिकालाई शनिबार साँझ डर त्रास देखाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 259 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.