समाज

    Showing 8,641-8,650 of 10,061 items.
  • फेरि पूर्वबाट मौसममा बदली सुरु, कोशीको आकाश बादलले ढाक्यो

    काठमाडौं– ठूलो विपत्तिको सामना गरेर केही दिन खुलेको मौसममा आजदेखि कोशी प्रदेशबाट फेरि बदली सुरु भएको छ । जल तथा मौसमविज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशीमा बादलले ढाकिसकेको र त्यसको असर कोशीसहित मधेश प्रदेश, बागमती र गण्डकीसम्म देखिने जनाइएको छ ।मौसमविद् प्रतिभा मानन्धरका अनुसार बादल लाग्ने र हल्कादेखि मध्यम वर्षा हुनेछ । उनले भनिन्, 'विशेष गरी कोशी प्रदेशमा हल्का र मध्यम वर्षा हुने छ भने मधेस, बागमती र गण्डकी प्रदेशसम्मै फैलिनेछ, सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा कम नै छ ।'यो असर भोलि र पर्सिसम्मै रहने महाशाखाले जनाएको छ । तर ठूलो अनि लगातारको वर्षा भने नहुने मौसमविद्ले ब

    • प्रकाशित मितिः असोज १५, २०८१
    • 647 पटक पढिएको
  • अविरल वर्षाका कारण बाढीपहिरोमा २१७ जनाको मृत्यु, २८ जना बेपत्ता

    काठमाडौं – केही दिनको अविरल वर्षाले आएको बाढी, पहिरो र डुबानले हालसम्म २१७ जनाको मृत्यु भएको छ भने २८ जना अझै बेपत्ता छन्।गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार, यो प्राकृतिक विपद्मा १४३ जना घाइते भएका छन्। बाढीपहिरो प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतका लागि सुरक्षा निकाय परिचालन गरिएको छ। प्रभावितलाई खाद्यान्न र अन्य राहत सामग्री उपलब्ध गराइँदै छ भने घाइतेहरूको निःशुल्क उपचार भइरहेको छ।सरकारले खोज, उद्धार र राहतलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ भने अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको जानकारी दिइएको छ।

    • प्रकाशित मितिः असोज १५, २०८१
    • 574 पटक पढिएको
  • अविरल वर्षाका कारण २०० जनाको मृत्यु

    काठमाडौं–अविरल वर्षाका कारण देशभर बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएको छ । प्रहरीका अनुसार अहिलेसम्म २०० जनाको मृत्यु भएको छ भने १२७ जना घाइते भएका छन् । २६ जना अझै बेपत्ता छन् ।प्रहरीले ४ हजार २२२ भन्दा बढी मानिसलाई उद्धार गरेको जानकारी गराएको छ । सडक अवरुद्ध भएका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको छ । प्रहरीले बाटो खुलाउने प्रयास जारी राखेको छ ।लामो दूरीको यात्रा गर्नु पर्ने अवस्था आएमा सम्बन्धित जिल्ला प्रहरी कार्यालय वा निम्न नम्बरमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ । 

    • प्रकाशित मितिः असोज १४, २०८१
    • 699 पटक पढिएको
  • एनआरएनएले बाढीपहिरो प्रभावितका लागि १ करोड सहयोग गर्ने

    काठमाडौं– लगातारको भारी वर्षाका कारण बाढी, पहिरो, र डुबानबाट प्रभावित नेपालीलाई गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले रु १ करोडको सहयोग गर्ने निर्णय गरेको छ । सङ्घका अध्यक्ष डा. बद्री केसीका अनुसार आइतबारको भर्चुअल बैठकमा यो निर्णय गरिएको हो । बैठकले उपाध्यक्ष डा. हेमराज शर्माको संयोजकत्वमा आर्थिक सहयोग सङ्कलन समिति गठन गरेको छ, जसमा विभिन्न पदाधिकारी र क्षेत्रीय संयोजकहरू समावेश छन् । अध्यक्ष डा. केसीले एनआरएनएले प्रभावित क्षेत्रहरूमा राहत वितरणको तयारी गरिरहेको उल्लेख गरे । ज्यान गुमाएकाहरूको श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ । सङ्घले प्रभावित

    • प्रकाशित मितिः असोज १४, २०८१
    • 523 पटक पढिएको
  • इलाम, पाँचथर र ताप्लेजुङमा विद्युत् सेवा अवरुद्ध

    काठमाडौं— पहिरोले काबेली करिडोर विद्युत् प्रसारण लाइनमा क्षति गरेपछि पूर्वी पहाडका तीन जिल्लामा विद्युत् सेवा अवरुद्ध भएको छ ।पहिरोले काबेली करिडोर १३२ केभी प्रसारण लाइनको इलामको महामाईमा रहेको ५१ नम्बरको टाबर ढलेको छ । टावर ढलेपछि इलाम, पाँचथर र ताप्लेजुङमा विद्युत् सेवा अवरुद्ध भएको हो ।यसैबीच, नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक माध्यमबाट बत्ती बाल्ने प्रयास जारी रहेको जनाएको छ ।काबेली करिडोर १३२ केभी प्रसारण लाइन निर्माण भएपछि पूर्वी पहाडमा उत्पादित विद्युतलाई राष्ट्रिय प्रसारणमा जोड्ने तथा यी क्षेत्रमा विद्युत् सेवा वितरणको कार्य सोही करिडोरको माध्यमबाट हुँदै आएको थियो ।

    • प्रकाशित मितिः असोज १३, २०८१
    • 433 पटक पढिएको
  • हेलिकोप्टरबाट १६१ जनाको सकुशल उद्धार

    काठमाडौं— गृह मन्त्रालयले शनिबार र आइतबार बिहानसम्म नेपाली सेनाको हेलिकोप्टरबाट बाढी, पहिरो, डुबान तथा प्राकृतिक जोखिममा परेको १६१ जनाको सकुशल उद्धार गरेको छ ।गृह मन्त्रालयकमाम प्रवक्ता एवम् सहसचिव ऋषिराम तिवारीले आइतबार बिहानदेखि काभ्रेपलाञ्चोकका विभिन्न पालिकाबाट अहिलेसम्म ८३ जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको जानकारी दिए। खराब मौसमका कारण शनिबार नै हेलिकोप्टर त्यहाँ पठाइएपनि उद्धार गर्न असहज भएको थियो ।काभ्रेपलाञ्चोकमा अहिले नेपाली सेनाका तीन वटा हेलिकोप्टरले उद्धार कार्य जारी राखेको छ । प्रवक्ता तिवारीले गृह मन्त्रालयको अनुरोधमा विपदको जोखिममा रहेका नागरिकहरुको उद्धारमा सेनाले

    • प्रकाशित मितिः असोज १३, २०८१
    • 416 पटक पढिएको
  • बाढीपहिरो र डुबानमा परी १०० जनाको मृत्यु, ६७ बेपत्ता

    काठमाडौं – बाढीपहिरो र डुबानमा परी हालसम्म १०० जनाको मृत्यु भएको छ भने ६७ जना बेपत्ता भएका छन् । विपदमा परी १०१ जना घाइते भएका छन्।ललितपुरमा २०, धादिङमा १५, काठमाडौंमा १२, काभ्रेमा १०, मकवानपुरमा ७, सिन्धुपाल्चोकमा ६, सोलुखुम्बु र पाँचथरमा ५-५, भक्तपुरमा ५ जनाले ज्यान गुमाएका छन् ।गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार दोलखामा ३, सिन्धुली र धनकुटामा २-२, महोत्तरीमा २, रामेछाप, झापा, उदयपुर, इलाम, सप्तरी, र नुवाकोटमा १-१ जनाको मृत्यु भएको छ ।प्रभावित क्षेत्रमा ९,९८३ सुरक्षाकर्मी परिचालन गरिएका छन् भने हालसम्म ३,०३९ जनाको उद्धार गरिएको छ ।

    • प्रकाशित मितिः असोज १३, २०८१
    • 476 पटक पढिएको
  • झ्याप्लेखोलामा पुरिएका सवारीसाधनबाट १४ शव निकालिए

    काठमाडौं–धादिङको धुनिबेसी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोले पुरिएका सवारीसाधनबाट १४ जनाको शव निकालिएको छ। बुटवलबाट काठमाडौँतर्फ जाँदै गरेको लु१ज ४५७८ नम्बरको माइक्रोबस र नम्बर नखुलेको बसबाट ती शवहरू निकालिएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए । उनका अनुसार, पहिरोले तीन वटा सवारीसाधन पुरिएका छन् भने उद्धार कार्य जारी छ ।

    • प्रकाशित मितिः असोज १२, २०८१
    • 532 पटक पढिएको
  • हुम्लामा भूकम्पको धक्का महसुस

    काठमाडौं— हुम्लामा शुक्रबार राति भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ११ बजेर ३६ मिनेट जाँदा ३.९ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको हो । भूकम्पको केन्द्रबिन्दु हेप्काको आसपास रहेको थियो ।

    • प्रकाशित मितिः असोज १२, २०८१
    • 330 पटक पढिएको
  • नागढुङ्गाको नागमन्दिरमा पहिरो गएपछि यातायात पूर्ण अवरुद्ध

    काठमाडौं— चन्द्रागिरि नगरपालिका–२ स्थित नागमन्दिर नजिकै पहिरो जाँदा काठमाडौं–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । शनिबार बिहान १२:२० पहिरो खस्दा दुवैतर्फको यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ । नागढुङ्गा प्रहरीका ड्युटी अफिसर प्रहरी सहायक निरीक्षक दीपकबहादुर धानुकका अनुसार पहिरोले यातायात पूर्ण रूमा अवरुद्ध भएको छभने उपत्यकाभित्र र बाहिर कुनै पनि सवारी साधन पास हुन सकेका छैनन् ।  

    • प्रकाशित मितिः असोज १२, २०८१
    • 350 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.