समाज

    Showing 8,661-8,670 of 11,082 items.
  • कम्पनी रजिष्ट्रारको कार्यालयका ३१ कर्मचारीको एकैपटक सरुवा

    काठमाडौं— कम्पनी दर्ता तथा अद्यावधिक सेवाका लागि आउने नागरिकलाई दीर्घकालीन हैरानी र बिचौलियामार्फत मात्र काम हुने गुनासो व्यापक रूपमा उठेपछि सरकारले कम्पनी रजिष्ट्रारको कार्यालयमा कार्यरत ३१ जना कर्मचारीलाई एकैपटक सरुवा गरेको छ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार शाखा अधिकृत, नायब सुब्बा, कम्प्युटर अपरेटर र कार्यालय सहयोगी गरी विभिन्न तहका कर्मचारीहरूलाई अन्यत्र सरुवा गरेको हो। मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतका अनुसार सो निर्णय प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको असार २७ गतेको निर्णयअनुसार गठित सहसचिवस्तरीय छानबिन समितिको सिफारिसमा आधारित छ।एक वर्षभन्दा लामो समयदेखि सेवा

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 499 पटक पढिएको
  • अपांगता भत्ता पाउनबाट वञ्चित भएपछि गाउँपालिकाले घरमै गएर दियो नागरिकताको प्रमाणपत्र

    तनहुँ— जन्मजात शारीरिक अपांगता भएकी २० वर्षीया नवीना खनालले नागरिकता प्राप्त गर्दाको क्षण उनका अभिभावमा खुसीको सीमा थिएन ।मातृबात्सल्य नपाइएकी नवीनालाई ७७ वर्षीया हजुरबुबा बासुदेव खनालले पालनपोषण गर्दै आएका छन् । म्याग्दे गाउँपालिका– १ गुणादीकी नवीनाको जन्म २०६२ साल माघ ११ गते भएको थियो । २०६८ सालमा उनले आमा गुमाएकी थिइन् ।बुबा पहिचान नभएकी नवीनालाई गाउँपालिकाले यसअघि नै अपांगता भएको रातो कार्ड उपलब्ध गराइसकेको थियो । तर उनको नागरिकताको प्रमाणपत्र नहुँदा अपांगता भत्ता भने पाउनबाट वञ्चित भएकी थिइन् ।प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले सोमबार घरमै पुगेर शारीरिक अपांगता भएकी नवीनालाई नागरिकत

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 523 पटक पढिएको
  • वाइसीएलले सुरु गर्यो मनोहराको सुकुम्बासी बस्तीमा तटबन्ध निर्माण

    काठमाडौं – नेकपा माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिस्ट लिग (वाइसीएल) नेपालले मनोहराको बाढी प्रभावित सुकुम्बासी बस्तीमा पस्न नदिने उद्देश्यले अस्थायी तटबन्ध बनाउन सुरु गरेको छ । वाइसीएल बागमती प्रदेश र सम्पर्क विदेश प्रदेश कमिटीको आयोजनामा मंगलबार बिहानदेखि मनोहरा खोला पुलबाट करिब एक किलोमिटर उत्तरतर्फ बाँध बाँध्ने काम भएको हो । यस्तै, वाइसीएल नेपाललको अध्यक्ष पुष्प ओलीले यो बस्तीमा वर्षेनी बाढी छिर्ने हुनाले, स्रोत र साधनले सकेजति तटबन्ध बनाएर अस्थायी रुपमा जोगाउने प्रयास गरेको भन्दै सरकारसँग पहल गरेर स्थायी रुपमा पनि बचाउने बताए ।उनले भने, ‘श्रम तथा उत्पादनमा वाइसीएल भन्ने अ

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 366 पटक पढिएको
  • १८ सयले बढ्यो सुनको मूल्य, चाँदी अहिलेसम्मकै उच्च

    काठमाडौं— नेपाली बजारमा आज मंगलबार पनि सुनको मूल्यमा वृद्धि भएको छ । आज एकैदिन प्रतितोला १८ सय रुपैयाँले सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।महासंघका अनुसार आज एकतोला सुनको मूल्य एक लाख ९५ हजार पाँच सय रूपैयाँ कायम भएको छ । सोमबार सुन ४०० रुपैयाँले बढ्दै प्रतितोला एक लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।मंगलबार चाँदीको मूल्य पनि बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ। सोमबार प्रतितोला २२ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी एकैदिन ३५ रूपैयाँले बढेर आज २३ सय २० रूपैयाँ पुगेको महासंघले जनाएको छ।

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 573 पटक पढिएको
  • खेतमा लुकाइएको निजी कारबाट गाँजा बरामद

    रौतहट– रौतहटको गरुडा नगरपालिका–५ स्थित झाझ खोला नजिकबाट प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ।मंगलबार बिहान चन्द्रनिगाहपुरबाट गौरतर्फ जाँदै गरेको ग ३ च ६७९६ नम्बरको ब्रेजा कारबाट इलाका प्रहरी कार्यालय गरुडाको टोलीले उक्त गाँजा फेला पारेको हो। हाल बरामद गरिएको गाँजाको तौल गर्ने कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।प्रहरीले नियमित चेकजाँचका क्रममा उक्त कारलाई रोक्न खोज्दा चालकले गाडी नथामेर तीव्र गतिमा भाग्न थालेका थिए। पछि प्रहरी टोलीले पिछा गर्दा झाझ खोलानजिकै करिब २० फिट गहिरो खेतमा गाडी छाडेर चालक फरार भएका थिए।प्रहरीले सूचना पाएअनुसार रातो रंगको ब्रेजा कारमार

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 417 पटक पढिएको
  • तीन महिनामा तेइस सय बढी विपद्जन्य घटना

    काठमाडौं— गत वैशाख १ देखि यही साउन ५ गतेसम्म देशभरका विभिन्न क्षेत्रमा भएका विपदजन्य दुई हजार ३२६ घटनामा एक सय दुई जनाले ज्यान गुमाएका छन् ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती विपद्मा परेर अझै २० जना हराइरहेका छन् । कुल पाँच सय १२ जना घाइते भएका छन्भने चार हजार ३२३ परिवार प्रभावित भएका प्राधिकरणका प्रवक्ता एवं उपसचिव सुरेश सुनारले जानकारी दिए ।उनका अनुसार मनसुनी विपद्सहितका विभिन्न प्रकारका विपद्जन्य घटनाबाट यसरी जनधनको क्षति भएको हो । बाढीका मात्रै एक सय ५१ घटनामा १३ जनाको मृत्यु र २० जना बेपत्ता भएका छन् । यो धेरैजसो रसुवा बाढीले क्षति पुर्याएको उनले बताए।&nb

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 519 पटक पढिएको
  • जब दाजुभाईले एउटै केटी बिहे गरे, देखेर भयो दुनियाँ अचम्म

    हिमाञ्चल, ६ साउन । हिमाचल प्रदेशमा भएको एक विवाहको तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यसमा दुलहीलाई दुई बेहुलासँगै उभिएको देखाइएको छ । उनले ती दुवैसँग विवाह गरिसकेकी छन् र दुवै दुलहा साँचो दाजुभाइ हुन्। यो हट्टी समुदायको हजारौं वर्ष पुरानो परम्परा हो, जसमा युवतीले आफ्नै दाजुभाइसँग विवाह गर्दै आएका छन् । यस समुदायका धेरैले पुरानो परम्परालाई पालना नगरे पनि यी तीनले पुरानो परम्परालाई पुनर्जीवित गरेर जनतालाई चकित बनाएका छन् । आउनुहोस् हट्टी जनजातिको यो अनौठो परम्परा के हो र यसको इतिहास के हो जानौं ।भारतमा बहुपति प्रथा महाभारत कालमा पाइन्छ, जसमा माता कुन्तीको सल्लाहमा पाँचै प

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 282 पटक पढिएको
  • कैलालीका वरिष्ठ वन अधिकृत घुससहित पक्राउ

    काठमाडौं—  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, धनगढी कैलालीका वरिष्ठ वन अधिकृत पूर्णशङ्कर यादवलाई घुस रकमसहित पक्राउ गरेको छ।स्थानीय चुरे गाउँपालिका—६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरेको काठको बिर्मका र छोडपूर्जीका लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा आयोगको कञ्चनपुर कार्यालयबाट गएको टोलीले यादवलाई पक्राउ गरेको हो।आरोपी यादवको साथबाट रु ७ लाख ३१ हजार रकमसहित डिभिजन वन कार्यालयबाट सोमबार साँझ पक्राउ गरेको हो। आरोपी यादवमाथि थप अनुसन्धान भइरहेको आयोगक प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए। 

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 554 पटक पढिएको
  • सवारीसाधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

    चितवन—  सवारीसधानको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका–११ का ३१ वर्षीय राम अवतार रहेका छन्।गएराति खैरहनी नगरपालिका–१ शाहीचोकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना३च ६६१० नम्बरको बलेरोले पैदलयात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए । ठक्करबाट गम्भीर घाइते अवतारको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा गएराति नै मृत्यु भएको हो। ठक्कर दिने बलेरो र चालक प्रहरीको नियन्त्रणमा छन्।

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 641 पटक पढिएको
  • संस्कृति नीतिमार्फत संस्कृतिको क्षेत्रलाई नयाँ दिशा दिन सकिन्छ : मन्त्री पाण्डे

    काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले नयाँ संविधान बनेपछिको संस्कृति नीतिले संस्कृतिको क्षेत्रमा नयाँ दिशा दिने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित गायक स्व.अरुण थापा मगरको २६ औं स्मृति दिवसको अवसरमा स्रष्टा सम्मान कार्यक्रममा उनले संस्कृति नीति कार्यान्वयनमा आउने हो भने यसले संस्कृतिलाई रक्षा र संरक्षण गर्ने काममा सहज हुने भन्दै यो संविधान बनेपछि बन्ने संस्कृति नीतिले नेपाललाई त्यो दिशातर्फ लाने बताए ।उनले भने, ‘म यो सरकारको मन्त्री भएपछि संस्कृति नीतिलाई मन्त्रिपरिषद्मा पु¥याएका छौ । त्यो नीति बाहिर कार्यान्वयनमा आउना साथ संस्कृतिहरुलाई मूलधारमा ल्याउने,

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 375 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.