काठमाडौं— नेपाली बजारमा आज मंगलबार पनि सुनको मूल्यमा वृद्धि भएको छ । आज एकैदिन प्रतितोला १८ सय रुपैयाँले सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज एकतोला सुनको मूल्य एक लाख ९५ हजार पाँच सय रूपैयाँ कायम भएको छ । सोमबार सुन ४०० रुपैयाँले बढ्दै प्रतितोला एक लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार चाँदीको मूल्य पनि बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ। सोमबार प्रतितोला २२ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी एकैदिन ३५ रूपैयाँले बढेर आज २३ सय २० रूपैयाँ पुगेको महासंघले जनाएको छ।