समाज

    Showing 8,791-8,800 of 11,082 items.
  • तोलामा १३ सयले घट्यो सुन, कतिमा हुदै छ कारोबार ?

    काठमाडौं— नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज छापावाल सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले घटेर १ लाख ९२ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यसअघि मंगलबार सुन तोलाको १ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी २ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः असार ३२, २०८२
    • 640 पटक पढिएको
  • २० वर्षदेखि फरार कर्तव्य ज्यान अभियुक्त कुटपिट प्रकरणमा परे पक्राउ

    दाङ— झन्डै १८ वर्षको उमेरमा कर्तव्य ज्यान मुद्दामा मुछिएर फरार रहेका अर्जुन बुढा मगर भनिने राजाबाबु बुढा मगर पक्राउ परेका छन्।गढवा गाउँपालिका–३, खैरेनी निवासी २७ वर्षीय बुढालाई इलाका प्रहरी कार्यालय गढवाले कुटपिटको विषयमा सोधपुछ गर्ने क्रममा पक्राउ गरेको हो।२०७६ साल माघ २४ गते उच्च अदालत पाटनले उनलाई कर्तव्य ज्यान र चोरी मुद्दामा २० वर्ष १ महिना १५ दिन कैद सजायको फैसला सुनाएको थियो। त्यसयता उनी फरार थिए।प्रहरीका अनुसार उनी कहिले अर्जुन, कहिले चुनु त कहिले राजाबाबु नाम प्रयोग गरेर गाउँघरमै बस्दै आएका थिए। उनले दाङको लमही क्षेत्रमै केही बालकहरूलाई चोरी गर्न लगाउने गरेको पनि अनुसन्धानबाट खुलेको छ

    • प्रकाशित मितिः असार ३२, २०८२
    • 547 पटक पढिएको
  • करार कर्मचारीलाई हाजिर नगराउन थलारा गाउँपालिकाको निर्देशन

    बझाङ — जिल्लाको थलारा गाउँपालिकाले करार सेवामा कार्यरत कर्मचारीहरूलाई हाजिर नगराउन सम्बन्धित वडा कार्यालय तथा स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको छ। मङ्गलबार सार्वजनिक सूचना जारी गर्दै मातहतका कर्मचारीहरुलाई हाजिर नगराउन निर्देशन दिएको हो ।गाउँपालिकाले असार ३० गतेको बैठक निर्णयअनुसार हालै लागू भएको ‘सुदूरपश्चिम प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन ऐन, २०८१’ का प्रावधानअनुसार करार सेवाको नवीकरण प्रक्रिया अघि नबढाइने बताएको छ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रयागराज पाध्याद्वारा जारी सूचनामा सेवा अवधि नवीकरण नहुने भएकाले करार कर्मचारीहरूलाई हाजिर नगराउन भनिएको हो।गाउँपालिकाको निर्णयसँगै क

    • प्रकाशित मितिः असार ३२, २०८२
    • 434 पटक पढिएको
  • सडक किनारैभरि ‘असारे फूल’ फुल्दा उर्लाबारीको रूप फेरियो

    थोरै लगानी र दृढ इच्छाशक्तिले पनि गाउँ सुन्दर बनाउन सकिन्छ भन्ने उत्कृष्ट उदाहरण बनेका छन् उर्लाबारी–९ डाँडाटोलका ५८ वर्षीय हर्क थेबे। विदेशबाट परिवारले पठाएको खर्चबाट थोरै बचत गर्दै उनले तीन वर्षअघि डाँडाटोलदेखि आमबारी बजारसम्मको सडक दुवैतर्फको जमिन सम्याउने कामबाट यो रूपान्तरण सुरु गरे। करिब दुई लाख ५० हजार रुपैयाँ खर्चेर जमिन सम्याए पछि उनले आफ्नै पहलमा ‘असारे’ फूलका बिरुवा रोपे। सुरुमा कतिपयले हाँसो ठट्टा गरे, केहीले आलोचना पनि गरे, तर उनले हार मानेनन्।आफ्नै सानो नर्सरीमा फूलका बिरुवा हुर्काउँदै हर्क थेबेले निरन्तर तीन वर्षसम्म स्याहार, सिँचाइ, मलजल र गोडमेल गर्दै आइपुगेका छन्। अहिले

    • प्रकाशित मितिः असार ३२, २०८२
    • 169 पटक पढिएको
  • दार्चुलामा तुइनबाट खसेर एक युवक महाकाली नदीमा बेपत्ता

    दार्चुला– दार्चुलाको व्याँस नगरपालिका–२, तल्लो दुम्लिङका २८ वर्षीय नारायण बुढाथोकी तुइनमार्फत महाकाली नदी पार गर्ने क्रममा खसेर बेपत्ता भएका छन्।जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक छत्रबहादुर रावतका अनुसार, नारायण बुढाथोकी नेपालतर्फको दुम्लिङबाट भारततर्फको घर्माधारतर्फ अवैध रूपमा तुइन प्रयोग गरी नदी पार गर्दै गर्दा अचानक खसेका हुन्।घटनाका बेला नारायणसँग अन्य दुई जना स्थानीय युवाहरू पनि थिए। तीमध्ये दुई जना सकुशल छन् भने नारायण नदीमा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ। घटना आज दिउँसो करिब १२ बजे भएको हो।प्रहरीका अनुसार यो तुइन नक्साबाट बाहिरको सीमाक्षेत्रमा अवैध

    • प्रकाशित मितिः असार ३१, २०८२
    • 391 पटक पढिएको
  • दाङमा नक्कली नोट र १९ किलो अफिमसहित पत्रकार पक्राउ

    दाङ –बाँकेको कोहलपुरबाट नक्कली नोट र लागूऔषधसहित एक पत्रकार पक्राउ परेका छन्।कोहलपुरबाट सञ्चालित जनगर्जन नेटवर्क प्रालिमा कार्यरत पत्रकार मनबहादुर सहकारीलाई १ हजार दरका ५१ थान नक्कली नोट र १९ किलो अफिमसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी लक्ष्मी खनालले जानकारी दिइन्।प्रहरीका अनुसार सहकारीलाई उनको कार्यलयबाटै पक्राउ गरिएको हो। अहिले उनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ।यस घटनाले पत्रकारिताको आडमा गैरकानुनी गतिविधि भइरहेको गम्भीर आशंका समेत जन्माएको छ।

    • प्रकाशित मितिः असार ३१, २०८२
    • 466 पटक पढिएको
  • रुकुम पश्चिमबाट नवजात शिशुसहित आमाको हेलिकप्टरमार्फत उद्धार, सुर्खेत रेफर

    रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–४ गोताकोटकी २२ वर्षीया अर्चना विक र उनकी नवजात शिशु छोरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।नगरपालिकाका अनुसार, सोमबार बिहान जन्मिएकी शिशुलाई श्वासप्रश्वासमा समस्या देखिएपछि प्राथमिक उपचारपछि थप उपचारका लागि आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेतस्थित प्रादेशिक अस्पताल पठाइएको हो।आठबीसकोट नगरप्रमुख रवि केसीका अनुसार, नगर अस्पतालमा आवश्यक सुविधा अभाव भएका कारण तत्काल उद्धारको सिफारिस गरिएको थियो।राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत, नगरपालिकाको सिफारिसमा जिल्ला प्रशासन कार्यालयमार्फत उद्धार प्रक्रिया सञ्चालन गरिएको हो। अहिले आमा र शिशुको स्वास्थ्य अ

    • प्रकाशित मितिः असार ३१, २०८२
    • 406 पटक पढिएको
  • दाङमा मोटरसाइकल दुर्घटनामा परी दुई किशोरको मृत्यु

    दाङ— जिल्लामा सोमबार साँझ भएको मोटरसाइकल दुर्घटनामा परी दुई किशोरको मृत्यु भएको छ। रामपुर–घोराही सडकखण्ड अन्तर्गत सिस्ने खोलानजिक दुर्घटना हुँदा गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही लगिएको थियो। उपचारको क्रममा दुबै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहले जानकारी दिए।मृत्यु हुनेमा गढवा गाउँपालिका–८ घर भई हाल घोराही उपमहानगरपालिका–१७ भैँसेमा डेरा गरी बस्ने १८ वर्षीय रोहित विक र १६ वर्षीय निशान विक रहेका छन्।दुर्घटना बेलुका करिब ७ बजे घोराही उपमहानगरपालिका–४ स्थित सिस्ने खोलामा

    • प्रकाशित मितिः असार ३१, २०८२
    • 475 पटक पढिएको
  • गाईभैंसीमा प्रजनन क्षमता घट्दै, बाँझोपन बढ्दो

    चितवन— गाई र भैँसीमा बाँझोपनाको समस्या बढ्दै गएको छ । चार जिल्लामा गरिएको अध्ययनले यस्तो समस्या भएको पुष्टि गरेको हो ।गण्डकी प्रदेशको स्याङ्जा, लमजुङ, गोरखा र नवलपरासी ९बर्दघाट सुस्तापूर्व०मा गरिएको अध्ययनले ३६ दशमलव ८८ प्रतिशत रहेको देखाएको हो । ३८ भैँसी र एक सय २२ गाईमा गरिएको अध्ययनले पशुमा बाँझोपनाको समस्या अत्यधिक रहने गरेको अध्ययनमा सहभागी पशु चिकित्सक डा. रविन वस्ताकोटीले जानकारी दिए ।पशुमा सङ्क्रामक रोगका कारणले बाँझोपना आउने गर्दछ । यसका कारण बच्चा तुहिने, गर्भ नअडिने, बाली नखोज्नेजस्ता समस्या देखापर्ने समस्या हुने गरेका छ  । पशु पाल्ने परिवार र त्यसको उपचारमा संलग्न पशु चिकित्सक

    • प्रकाशित मितिः असार ३१, २०८२
    • 871 पटक पढिएको
  • सामान्य प्रशासनमन्त्री गुप्ताले दिए राजीनामा

    काठमाडौँ- केही दिनअघिबाट विवादित बनेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन्।उनले आज प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राजीनामा दिएका हुन्। उनले सामाजिक सञ्जालमार्फत मन्त्री पदबाट राजीनामा दिएको बताएका छन्। उनले घुस प्रकरणमा जोडिएर विवादमा तानिएका थिए।

    • प्रकाशित मितिः असार ३१, २०८२
    • 254 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.