समाज

    Showing 9,041-9,050 of 11,082 items.
  • घर ढलानको भोजमा विषालु च्याउ खाँदा १६ जना बिरामी

    नवलपरासी— नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को बुलिङटार गाउँपालिका–२ टाँडीस्वारामा विषालु च्याउ खाँदा एउटै गाउँका १६ जना बिरामी भएका छन् । स्थानीय जीवनज्योति चर्च मण्डलीको भवनको ढलानको काम गर्न गएका उनीहरू घर ढलानको भोजमा च्याउ खाएघर ढलानको भोजमा च्याउ खाएर बिरामी परेका हुन् ।च्याउ खाएर बिरामी भएकामध्ये नौ जनाको चितवनको भरतपुरस्थित सरकारी अस्पताल र सात जनाको भरतपुरकै भरतपुरको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिए । तीन जनाको अवस्था गम्भीर रहेको उनले बताए ।उनीहरु सबै बुलिङटार गाउँपालिका–२ का

    • प्रकाशित मितिः असार १५, २०८२
    • 440 पटक पढिएको
  • आज असार १५ः दही चिउरा खाई धान दिवस मनाइँदै

    काठमाडौं— आज असार १५, देशभर दही चिउरा खाई खेतमा रमाउँदै धान दिवस मनाइँदै छ। किसानहरू खेतमा धान रोप्दै, लोकगीत गाएर रमाइलो गरिरहेका छन्।शारीरिक थकान हटाउन र ऊर्जा सञ्चय गर्न दही चिउरा खाने परम्परा छ। खेतीपातीमा नभएका नागरिकले पनि दही चिउरा खाएर आजको दिन मनाउने गर्छन्।नेपाली संस्कृतिमा दही शुभताको प्रतीक हो । घरबाट निस्किँदा, विदेश जाँदा दहीसँग टीका लगाउने चलन छ। आयुर्वेदमा पनि दही र मोहीलाई स्वास्थ्यका लागि लाभदायक मानिन्छ।२०६२ सालदेखि असार १५ लाई राष्ट्रिय धान दिवसको रूपमा मनाउन थालिएको हो। खेतमा रोपाइँ गर्दै लोकदोहोरी गाउने, हिलो छ्यापाछ्याप गर्ने चलनले यो दिन अझै रङ्गीन बनाउँछ।तर, यस वर्ष अस

    • प्रकाशित मितिः असार १५, २०८२
    • 577 पटक पढिएको
  • धरानमा एक युवामाथि आफ्नै साथीहरूले गरे खुँडा प्रहार

    धरान - धरान -१० मा मोटरसाइकलमा एक युवामाथि आफ्नै साथीहरूले खुँडा प्रहार गरेका छन् ।आपसी विवादमा धरान -२० का समिर राईमाथि उनकै साथीहरूले खेदाइ-खेदाई राईमाथि खुँडा हानेको सीसीटीभी फुटेज सामाजिक सञ्जालमा बाहिरिएको छ । उनको ढाडमा चोट लागेको छ ।बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ ।

    • प्रकाशित मितिः असार १३, २०८२
    • 479 पटक पढिएको
  • डोल्पाको रिवा गाउँमा पहिरोले ५३ घरमा क्षति

    डोल्पा -  डोल्पाको काइके गाउँपालिका–४ स्थित रिवा गाउँमा लेदोसहितको पहिरो जाँदा ५३ घरमा क्षति पुगेको छ ।  गएराति साढे १२ बजेतिर बस्तीभन्दा माथिबाट लेदोसहितको पहिरो खस्दा ८ घर पुरिएका छन् । थप विवरण आउन बाँकी छ । 

    • प्रकाशित मितिः असार १३, २०८२
    • 285 पटक पढिएको
  • जुवातास खेलिरहेका अवस्थामा पाँचजना पक्राउ

    काठमाडौं —  काठमाडौं महानगरपालिका–१५ डल्लुमा जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ परेका छन्।काभ्रेको बेथानचोक गाउँपालिका–६ घर भएका २५ वर्षीय सुनिल कुमार तामाङको खाजा पसलमा जुवा खेलिरहेका बेला उनीसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको हो। बिहीबार दिउँसो प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।पक्राउ परेकाहरूको साथबाट नगद ४४ हजार ८५ रुपैयाँ र तीन बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ। हाल उनीहरूविरुद्ध आवश्यक अनुसन्धान भइरहेको छ।

    • प्रकाशित मितिः असार १३, २०८२
    • 555 पटक पढिएको
  • चोरीमा संलग्न तीन भारतीय महिला विराटनगरबाट पक्राउ

    विराटनगर— विराटनगरमा चोरीको घटनामा संलग्न रहेको अभियोगमा तीन जना भारतीय महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा २४ वर्षीया प्रियङ्का धामी, २५ वर्षीया बिहोला धामी र २० वर्षीया अटकारी धामी रहेका छन्।उनीहरु भारतको पुर्णियाबाट आएको २० देखि २५ वर्ष उमेर समूहका महिला रहेका छन।  उनीहरूलाई विहीबार १२ गते विराटनगर क्षेत्रबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ । महिलाहरूले विराटनगर बजार क्षेत्रमा भाडाका सवारी साधन प्रयोग गरी वृद्ध तथा असहाय व्यक्तिहरूलाई लक्षित गर्दै नगद तथा गरगहना चोरी गर्ने कार्य गर्दै आएका जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) कोपि

    • प्रकाशित मितिः असार १३, २०८२
    • 731 पटक पढिएको
  • बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    सिन्धुपाल्चोक— सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको छ । भोटेकोशी गाउँपालिका–५ की निशा तामाङको हत्या भएको हो । बलात्कारपछि हत्या गरेको उजुरीको आधारमा पाँच जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी रामेश्वर कार्कीले बताए ।घटना १० असारमा भएको हो । हत्या आरोपीहरुलाई शुक्रबार सार्वजनिक गरिने प्रहरीले जनाएको छ । बालिकालाई घरबाट लगेर पाँच जनाको समूहले बलात्कार पछि हत्या गरेको पाइएको एसपी कार्कीले बताए । नांगो अवस्थामा ती बालिकाको शव भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । सो क्रममा बालिकाकै गाउँका आफन्त नाता पर्ने समेतका

    • प्रकाशित मितिः असार १३, २०८२
    • 676 पटक पढिएको
  • शुक्लाफाँटामा २० वर्षमुनिका किशोरी आमा बन्ने दर बढ्दो

    कञ्चनपुर, १३ असारः शुक्लाफाँटा नगरपालिकामा २० वर्ष मुनिका किशोरी आमा बन्ने दर बढ्दै जान थालेको छ । उमेर नपुगेरै विवाह गरी आमा बन्ने किशोरीमा शारीरिक तथा मानसिक स्वास्थ्यमा असर पर्दै गएको छ । नगरपालिकाको स्वास्थ्य शाखाको तथ्याङ्कअनुसार चालु आवमा बर्थिङ सेटरमा सुत्केरी भएका ३०२ महिलामध्ये २० वर्ष मुनिका ३० जना रहेका छन् । गत वर्ष त्यो सङ्ख्या २८ रहेको थियो । उमेर नपुगिकनै आमा बन्ने किशोरीको उमेर १६ देखि १९ वर्ष रहने गरेको छ । बीस वर्ष मुनिका किशोरीमा गर्भाधारणका लागि शरीर परिपक्व नहुँदा बच्चा र आमा दुवैको स्वास्थ्य अवस्था जोखिममा पर्ने नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टल

    • प्रकाशित मितिः असार १३, २०८२
    • 458 पटक पढिएको
  • ‘छोरी काखामा, बचत खातामा’

    गण्डकी, १३ असारः कास्कीको रुपा गाउँपालिकाले ‘रुपाकी छोरी’ कार्यक्रममार्फत नयाँ जन्मने छोरीहरूका नाममा खाता खोल्न प्रोत्साहन गरी न्यूनतम रकम निजको खातामा जम्मा गर्ने कार्यक्रम अघि बढाउने भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममा ‘छोरी काखामा, बचत खातामा’ नाराका साथ कार्यक्रम अघि बढाएको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिनुभयो । गाउँपालिकाले विशेष संरक्षण तथा हेरचाहको आवश्यकता भएका बालबालिकाको पहिचान गरी उनीहरूको उचित व्यवस्थापनका लागि उचित कार्यक्रम सञ्चालन गरिने जनाएको छ । आपत्कालीन बालकोषको स्थापना भइसकेकाले यसको परिचालन गर्दै आपत्मा परेक

    • प्रकाशित मितिः असार १३, २०८२
    • 419 पटक पढिएको
  • रुकुम पश्चिममा वाईसीएल नेता बलात्कार आरोपमा पक्राउ

    रुकुम पश्चिम— रुकुम पश्चिममा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा वाईसीएल (योङ कम्युनिष्ट लिग) का एक नेता पक्राउ परेका छन्। पक्राउ पर्नेमा वाईसीएल कर्णाली प्रदेश समिति सदस्य  ३० वर्षीय रेशम खत्री रहेका छन् ।खत्रीविरुद्ध १८ जेठमा पीडित किशोरीले जबरजस्ती करणीको जाहेरी दिएकी जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी प्रमेश विष्टले जानकारी दिए । जाहेरीपछि प्रहरीले अनुसन्धान गरेपछी खत्री फरार रहेका थिए।सानोभेरी गाउँपालिकामा लुकीछिपी बसिरहेको भन्ने सूचना पाएपछि पक्राउ गरेको डिएसपी विष्टले जानकारी दिए। उनका अनुसार अहिले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ।खत्री सत्तारूढ नेकप

    • प्रकाशित मितिः असार १३, २०८२
    • 626 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.